काठमाडौ,१८ कार्तिक। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि नागरिकता लिएकी छन्।
गत भदौ २४ गते जेन–जी आन्दोलनको दोस्रो दिन उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा नागरिकता प्रमाणपत्र जलेको थियो। त्यसपछि उनले मङ्गलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर नयाँ प्रतिलिपि नागरिकता प्राप्त गरेकी हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने बताएका छन्।
मंगलबार देउखुरीमा सम्पन्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले बिरामीको चाप बढ्दै गएपछि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका हुन्। उनले भने,– “प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ। जनशक्ति पर्याप्त छ, तर बिरामीहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन्। त्यसैले रचनात्मक रूपमा सेवा विस्तार गर्नुपर्छ।”
आचार्यले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने योजना बनाउन मन्त्रालयलाई निर्देशन दिएका छन्। साथै उनले जिल्ला तहका अस्पतालहरूको सेवा सुदृढ गर्न, उपचार गर्न सकिने बिरामीहरूलाई अनावश्यक रूपमा रिफर नगर्न र सरकारी अस्पतालबाट निजी अस्पतालतर्फ रिफर गर्ने प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिए।
“जिल्ला अस्पतालमै उपचार हुन सक्ने केसहरू पनि अनावश्यक रूपमा प्रादेशिक अस्पताल पठाइन्छ। यसले भीड बढाउँछ। सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ,” उनले भने।
मुख्यमन्त्री आचार्यले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरेका छौं। स्वास्थ्यका सूचकहरूमा सुधार देखिएको छ, पोषणमा सुधार आएको छ, मातृ र बाल मृत्युदर घटाउने अभियानहरू सञ्चालनमा छन्।”
उनले समुदायस्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्ने पनि बताए।
स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेशका उपलब्धिहरू
लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१र८२ मा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको देखिएको छ।
देउखुरीस्थित भालुवाङमा ५० शय्याको आधुनिक अस्पताल सञ्चालनमा आएको छ। नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँचीमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको छ।
चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ, जसले महिला, बालबालिका र परिवारको स्वास्थ्य तथा पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ।
प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूको पदपूर्ति गरिएको छ। साथै आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ्ग नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा ‘विद्युतिय स्वास्थ्य अभिलेख’ प्रणाली लागू गरिएको छ, जसले स्वास्थ्य सेवा प्रविधिमैत्री बनाएको छ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘सूचना भण्डार सर्भर’ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापन सुदृढ बनाइएको छ। नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ। त्यस्तै, ‘लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६’ स्वीकृत भई लागू गरिएको छ, जसले प्रदेशको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन र समावेशी दिशामा अघि बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी हौं, तर अहिले आन्दोलन हाम्रो विरुद्धमा छ।”
उनका अनुसार अहिले कांग्रेस एक किसिमले सडकमा फ्यालिएको अवस्थामा पुगेको छ। “कार्यकर्ता र शुभेच्छुकको प्रश्न हामीप्रति छ। यी प्रश्नहरूको जवाफ नदिई अघि बढ्यौं भने मतदाताले मतदानकै माध्यमबाट हाम्रो उत्तर दिनेछन्,” थापाले चेतावनीस्वरूप भने।
थापाले मतदाताले कांग्रेसका उम्मेदवारहरू भोट माग्न आउँछन् भनेर कुर्दैनन् भन्दै पार्टीप्रतिको असन्तुष्टि समाधान गर्नुपर्नेमा जोड दिए। “जनता हामीलाई भोट दिन आतुर भएर बसेका छैनन्, पार्टीका कमिटीहरूले पनि पर्खेर बसेका छैनन्,” उनले स्पष्ट पारे।
जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उल्लेख गर्दै उनले पार्टीले आफ्ना गल्तीहरूबाट सिक्नुपर्ने बताए।
त्यस क्रममा थापाले सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने जिम्मा दिएर उपचारका लागि सिंगापुर गएको जानकारी पनि दिए।
देश अहिले तीन विकल्पको मोडमा रहेको बताउँदै थापाले भने, “देश हिंसाको दिशामा जान सक्छ, अहिलेको जस्तै अवस्थामा रहन सक्छ, वा जनभावनालाई समेटेर नयाँ दिशा दिन सक्छ। यीमध्ये तेस्रो विकल्प कांग्रेसले अगुवाइ गर्नुपर्छ।”
थापाले पार्टीले विगतमा आफैंले नेतृत्व नगरेका आन्दोलनहरूलाई पनि संस्थागत गर्दै आएको स्मरण गराउँदै निष्कर्षमा भने, “यो अनिश्चितताको घडीमा कांग्रेसले ‘हामी छौं, हामीले सम्हाल्छौं’ भन्ने आत्मविश्वास देखाउनैपर्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
रुपन्देही,१८ कार्तिक । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेटअगाडि गोली प्रहार हुँदा एक जना सुरक्षागार्ड घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो। विवाद चर्किएपछि ती समूहहरू बाहिर निस्किएर होटलको गेटअगाडि आइपुगेका थिए। त्यस क्रममा एक समूहले गोली चलाएको प्रहरीले जनाएको छ।
गोली लागेर होटलमा कार्यरत एक सुरक्षागार्ड सामान्य घाइते भएका छन्। गोली चलाउने समूहका तीन जना व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक ।प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र निःशुल्क बनाउन नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई सम्मानजनक र जिम्मेवार बनाउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिईन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सीप विकासमार्फत दक्ष जनशक्ति बनाउनुपर्ने बताईन् । उनका अनुसार वैदेशिक रोजगारीबाट आर्जित सीप, पूँजी, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकार नीति अवलम्बन गरिरहेको छ ।
प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेका ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिकको हितका लागि प्रभावकारी रहेको बताउँदै सबै कल्याणकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने बोर्डको प्रयास प्रशंसनीय भएको उल्लेख गरिन् ।
उनले वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सृजना गर्न, सीपआधारित उद्यम विस्तार गर्न र पुनःएकीकरणका कार्यक्रमहरू बलियो बनाउन मन्त्रालयलाई कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिईन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ,१८ कार्तिक । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
भुसालले हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतका नाम लिँदै हिंसात्मक तथा अराजक अभिव्यक्ति दिएका थिए। यसअघि पनि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए।
गत शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनको विरोध गर्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई “हत्यारा”को संज्ञा दिएका थिए। उक्त आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो, जसको जिम्मेवारी ओली र लेखकले लिनुपर्ने उनको आरोप रहेको थियो।
प्रहरीले भुसाललाई केही समयदेखि निगरानीमा राख्दै आएको र विवादास्पद अभिव्यक्ति बढेपछि पक्राउ गरिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व १८ कार्तिक । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी सुत्केरी व्यथा लागेकी एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् मङ्गलबार उद्धार गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहान करिब पौने १० बजे उद्धार गरी ती महिलालाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो।
मङ्गलबार बिहान ४ बजे व्यथा लागेपछि उनलाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले जाँच गर्दा अवस्था जटिल देखिएपछि तत्काल उद्धारका लागि पहल गरिएको परियारले बताइन्।
स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टका अनुसार बच्चा जन्मिने समय अझै एक महिना बाँकी रहे पनि अचानक व्यथा सुरु भएपछि अवस्था गम्भीर बनेको थियो। उनका अनुसार सुत्केरीको पेट फुल्ने, शरीर काम्ने र बेहोस हुने लक्षण देखिएका थिए।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उनलाई थप उपचारका लागि सुर्खेत लगिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागू औषधको कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। सोमबार राति सुनसरी, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानहरूबाट लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिए।
सुनसरीको कोशी गाउँपालिका–१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० वर्षीया विष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१५ स्थित स्थानबाट लागू औषध ट्रामाडोलका २१० क्याप्सुल र नगद १ लाख ३० हजार रुपैयाँसहित बेचबिखनमा संलग्न सोही स्थानका लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङलाई पक्राउ गरेको एसएसपी पोखरेलले बताए।
मोरङको बेलबारी नगरपालिका–७ बाट प्रहरी चौकी बाहुनीले बेलबारी–६ का जिवन सरदारलाई ट्रामाडोल र डाइक्लोमाइन गरी ५५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ। त्यस्तै, मोरङकै केराबारी गाउँपालिका–८ का १९ वर्षीय आशिष श्रेष्ठलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ३ ग्राम १८ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर–१५ बाट पक्राउ गरेको जनाएको छ।
झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–७ स्थित स्थानबाट बेवारिसे अवस्थामा १२२ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको जनाएको छ।
प्रवक्ता एसएसपी पोखरेलका अनुसार पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् ।
भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, सार-ए-पोल, बागलान र कुन्दुजमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । विशेष गरी काबुल र मजार-ए-शरीफ बीच पर्ने पहाडी बस्तीहरू बढी प्रभावित भएका छन्, जहाँ माटो–इँटाका कम तल्लाका घरहरू ठूलो संख्यामा भत्किएका छन् ।
आफ्नो घर भत्किँदा बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले भावुक हुँदै भने, “राति १ बजेतिर भूकम्प गएपछि म त बाहिर निस्किन भ्याएँ, तर मेरी बुहारी ज्यान जोगाउन सकिनन् । उनी गर्भवती थिइन्, विवाह भएको १० महिना मात्रै भएको थियो । अब न घर बाँच्यो, न बस्ने ठाउँ नै छ ।”
चाइना मिडिया ग्रुपद्वारा कैद दृश्य अनुसार काबुल–मजार राजमार्गमा चट्टान खस्दा सडक बन्द भएको छ । केही सवारी साधन भग्नावशेषमा पुरिएपछि यात्रुहरू बीचमै अलपत्र परेका छन् ।
अफगान स्वास्थ्य मन्त्रालयका अनुसार उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन् । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ । भूकम्पमा परेर घाइते भएका नुर मोहम्मदले भने, “कम्पनका बेला म दोस्रो तलाबाट खस्न पुगें । अहिले उपचार भइरहेको छ ।”
भारतीय र युरेसियन प्लेटको सङ्घात क्षेत्र नजिक रहेको अफगानिस्तान उच्च भूकम्पीय जोखिमयुक्त मुलुक मानिन्छ । यस वर्षकै अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढीले ज्यान गुमाएका थिए । सन् २०२३ मा पनि उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पले हजारौँको ज्यान लिएको इतिहास छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड छपाइ प्रक्रिया पुनः सुरु भएको छ। सरकारको निर्देशनमा यातायात व्यवस्था विभागले सोमबारदेखि अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स छाप्ने कार्य अघि बढाएको हो।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार सुरक्षण मुद्रण केन्द्रलाई करिब १ हजार सेवाग्राहीहरूको डाटा पठाइएको छ। विभागले दैनिक पाँच सयदेखि एक हजारको दरले डाटा उपलब्ध गराउने योजना बनाएको छ। केन्द्रले अर्को हप्तादेखि कार्ड छाप्न सुरु गर्ने तयारी गरेको छ।
“ अति आवश्यक परेका सेवाग्राहीहरूको लागि लाइसेन्स कार्ड छाप्ने प्रक्रिया सुरु भएको हो,” तिवारीले बताए। उनका अनुसार दुई महिनाभित्र करिब १२ लाख सेवाग्राहीहरूको डाटा मुद्रण केन्द्रमा पठाइनेछ।
विदेशमा अध्ययन गर्न, वैदेशिक रोजगारीमा जान तथा शान्ति सेनामा सहभागी हुन लागेकाहरूका लागि प्राथमिकताका साथ लाइसेन्स उपलब्ध गराइने विभागले जनाएको छ। यस्तै सेवाग्राहीहरूले विभागको कार्यालयमा गई फाराम भरेर तत्काल कार्डको लागि आवेदन दिन सक्नेछन्।
‘जेनजी आन्दोलन’का क्रममा विभागको लाइसेन्स छाप्ने मेसिन र प्रणाली जलेपछि सेवा ठप्प भएको थियो। यसले हजारौं सेवाग्राहीलाई समस्या पारेपछि विभागले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेको हो।
सुरक्षण मुद्रण केन्द्र सम्बन्धी ऐन–२०८१ अनुसार बैंकनोट, पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र र लाइसेन्स कार्डजस्ता सरकारी कागजात केन्द्रकै मार्फत छापिने व्यवस्था गरिएको छ।
विभागका अनुसार हालसम्म ३५ लाख सेवाग्राहीले लाइसेन्स कार्ड पाइसकेका छन् भने २५ लाख भन्दा बढी अझै पर्खाइमा छन्। हाल केन्द्रसँग १२ लाख कार्ड छाप्ने सम्झौता भएको छ।
यसअघिका कार्डमा रहेको चिप्स हटाएर नयाँ कार्डमा क्युआर कोड राखिएको छ। कार्डमा १८ वटा सुरक्षण फिचर हुने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गरिने निर्देशक तिवारीले बताए।
उनका अनुसार छपाइ सम्पन्न भएपछि विभागले केन्द्रलाई प्रति कार्ड २२५ रुपैयाँ प्रदान गर्नेछ। यद्यपि सेवाग्राहीबाट शुल्क उठाउने जिम्मा प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमै रहनेछ।
विभागले निकट भविष्यमै अनलाइनबाट फाराम भर्ने, राजस्व बुझ्ने र परीक्षा प्रणाली पनि पुनः सुरु गर्ने तयारी गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस