काठमाडौ,१४ कार्तिक। संस्थापन र इतर पक्षबीच महाधिवेशनको मितिलाई लिएर विवाद बढेपछि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु हुन नपाई स्थगित गरिएको हो।
अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
सूत्रका अनुसार, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमति नलिएरै महामन्त्री गगन थापाले मंसिरभित्र १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्ने तयारी गरिरहेका थिए।
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बिहान कार्यवाहक सभापति खड्कासँग भेटेर सहमति नपाए पनि कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिएका थिए।
स्रोतले जनाएको छ, कार्यतालिका प्रस्तुत गर्न नदिए आफू बैठकमै सहभागी नहुने धम्की पनि दिइएको थियो। बैठकमा द्वन्द्व बढ्ने जोखिम देखिएपछि कार्यवाहक सभापति खड्काले थप समय लिएर बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियाa व्यवस्थित गर्न ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ जारी गरेको छ।
नयाँ नियमावली अनुसार, अब नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने सञ्चालनमा रहेका अनलाइन मिडियाले हरेक आर्थिक वर्ष आफ्नो प्रमाणपत्र २ हजार ५ सय रुपैयाँमा नवीकरण गर्नुपर्नेछ। यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि शुल्क तिर्नु नपर्ने व्यवस्था थियो।
नियमावलीले नवीकरणमा ढिलाइ भएमा पहिलो महिनामा १० प्रतिशतदेखि सातौँ महिनासम्म २०० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ। तर, २०८२ पुस मसान्तसम्म नवीकरण गर्ने अनलाइन मिडियाले थप शुल्क तिर्नु नपर्ने जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार अनलाइन सञ्चारमाध्यममा कम्तीमा सम्पादकसहित तीन जना कर्मचारी अनिवार्य हुनु पर्नेछ। साथै, एउटै व्यक्ति एकभन्दा बढी अनलाइनको सम्पादक बन्न नपाउने प्रावधान राखिएको छ।
दर्ता र नवीकरणका लागि आवेदन सूचना व्यवस्थापन प्रणालीमार्फत गर्नुपर्ने र अनलाइन सञ्चारमाध्यमले आफ्नो वेबसाइटमा दर्ता नम्बर, कार्यालयको नाम, ठेगाना, सम्पर्क नम्बर र सम्पादकको विवरण अनिवार्य रूपमा राख्नुपर्नेछ।
पहिले नै दर्ता भइसकेका अनलाइन सञ्चारमाध्यमले पुनः दर्ता गर्न नपर्ने भए पनि हरेक वर्ष नवीकरण अनिवार्य हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ कार्तिक । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश ,दाङले मतदान स्थलको विवरण पठाउन निर्देशन दिएको छ। आयोगले दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा विवरण पठाउन निर्देशन दिएको हो ।
दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा विवरण पठाउन निर्देशन दिएको छ।
प्रदेश निर्वाचन अधिकारी लालसिंह खड्काले जारी गरेको सूचनाअनुसार, असोज २८ गतेसम्म विवरण पठाउन समय दिइएको थियो। तर तोकिएको समयभित्र विवरण नपठाउने स्थानीय तहलाई आयोगले अन्तिम म्यादस्वरूप कात्तिक १७ गतेभित्र पठाउन आग्रह गरेको छ।
निर्वाचन कार्यालयका अनुसार मतदान स्थलको नाम वा विवरणमा त्रुटि भए सच्याउन, साविकका मतदान स्थल हटाउन वा गाभ्न, वा मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भए स्पष्ट कारणसहित जानकारी पठाउनुपर्नेछ।
विवरण आयोगको इमेल ठेगाना deo.dang@election.gov.np मा पठाउन सकिने बताइएको छ।
‘तोकेको समयभित्र विवरण नआएमा साविककै मतदान स्थल यथावत् कायम गरिनेछ।’- सूचनामा भनिएको छ।

साथै, आयोगले ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नारासहित समयमै तयारी र समन्वय गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(–१७ ग्वार्कोस्थित एक क्याफेबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थानसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका–५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । पहिला देश ‘पिपुल्स रेवोलुसन’ अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्न असफल भएको आरोप लगाउँदै उनको राजीनामाको माग गरेको छ।
बिहीबार राजधानीको संवाद डबलीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत अभियानले न्याय नदिने सरकारले जनअपेक्षा तोडेको भन्दै आगामी कात्तिक १६ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।
अभियानका संयोजक एसपी शाहले जेन्जी आन्दोलनपछि जनतामा ठूलो आशा पलाएको तर वर्तमान सरकारले ती आशा मेटाएको बताए। उनले जेन्जी, लघुवित्त, सहकारी, मिटर ब्याज, बैंकलगायतका पीडितले न्याय नपाएसम्म निरन्तर संघर्ष जारी रहने चेतावनी दिए।
शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै कात्तिक १६ गते सांकेतिक प्रदर्शन गर्ने जानकारीसमेत दिए। उनले भने, “शुसिला कार्कीको सरकार न घोडा, न गधा, खच्चडजस्तै भएको छ, यसबाट देशले निकास पाउँदैन, त्यसैले राजीनामा गर्नुपर्छ।”
अभियानका संरक्षक मनिराम ज्ञवालीले जेन्जी आन्दोलनको बलमा बनेको यो सरकार पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारभन्दा फरक नभएको आरोप लगाए। उनले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्नेमा जोड दिए।
साथै, लघुवित्त पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका ज्ञवालीले वित्तीय शोषण अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै त्यसका मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए। उनले केपी ओली र रमेश लेखकको स्वेच्छाचारी शैलीकै कारण देश संकटमा परेको बताए।
मिटर ब्याजी तथा किसान मजदुर आन्दोलनका सचिवालय सदस्य सूरेश घिमिरे र विकास स्नेहीले मिटर ब्याज पीडितका माग तीन पटक आयोगले प्रतिवेदनमार्फत उठाए पनि न्याय नपाएको गुनासो गरे। घिमिरेले भने, “जाली तमसुक र चेक रद्द नगरेसम्म पीडितले न्याय पाउँदैनन्।”
नागरिक युवा दस्ताका संयोजक तथा अभियानका संस्थापक सदस्य सम्भू थापाले ठूला बैंक र वित्तीय संस्थामाथि ‘ब्रह्मलुट’ को आरोप लगाउँदै भने, “वित्तीय पीडितलाई कालोसूचीमा राख्ने वा धितो लिलाम गर्ने काम भए कडा आन्दोलन हुनेछ।”
एन्टेक जे जेन्जीका सुरेन्द्र घर्ति, सुनिल सिंह र विकास रसाइलीले सरकार एन्जियो र आइएन्जियोहरूको प्रभावमा परी देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए।
त्यस्तै, जेनवाईका प्रतिनिधि सौरभ भण्डारीलगायतले पनि सरकारप्रति आक्रोश व्यक्त गर्दै तत्काल संविधान परिमार्जन सभाको गठन गर्न माग गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका घटना बढेका छन्, जसका कारण आवागमन ठप्प भएको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा छ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ खरङ्खोला क्षेत्रमा आएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाममा मेची राजमार्गमा पनि पहिरो र सडक अवरोधका कारण सवारी आवागमन रोकिएको छ।
पाँचथरको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको छिन्ताङलाई जोड्ने तमोर कोरिडोर सडकखण्ड तथा ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग पनि वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काभ्रेपलाञ्चोकका कोसिस्वुङ्गा, नमोबुद्ध र चौरीदेउरालीका विभिन्न स्थानमा समेत बीपी राजमार्गमा पहिरो खस्दा सडक आवागमन अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत,१४ कार्तिक । सुर्खेतमा छोराले सुतिरहेकी आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् ।
हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कबिरामले मदिरा सेवन गरेको बुझिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक। सरकारले हाल फिर्ता गरिएका देशहरूमा तत्काल नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम रूपमा गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्।
उनका अनुसार हालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमा कार्यरत दोस्रो तहका कर्मचारीहरूले नै दूतावासका कामकारबाही सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिका र कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको जानकारी दिए।
त्यस्तै, उनले मन्त्रिपरिषद्ले आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको पनि बताए।
यस्तै, वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा तथा बन्दीको पहिचानलगायत सेवाका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कमा पहुँच दिन सक्ने गरी क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।
बैठकले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक । बिपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता गरिएको छ।
गत असोजमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका विभिन्न खण्डहरूको पुनर्निर्माणका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ६० करोड रुपैयाँ बराबरको (२ अर्ब ८० करोड जापानी येन) अनुदान सहायता प्रदान गर्ने भएको हो।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म फैलिएको १५९ किलोमिटर लामो बिपी राजमार्ग नेपालका प्रमुख राष्ट्रिय राजमार्गमध्ये एक हो। उक्त राजमार्ग पनि जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो।
गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न भागहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, विशेष गरी रोशी नदी आसपासका क्षेत्रहरू पूर्ण रूपमा नष्ट भएका थिए।
अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
अर्थमन्त्री यादव खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार भएको उल्लेख गर्दै प्रदान गरिएको अनुदान नेपाल–जापान मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीक भएको बताए।
त्यस्तै, जापानी राजदूत महामहिम तोरु माएदाले यो अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरूको पुनःस्थापना र मर्मत कार्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक । सरकारले सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने भएको छ । आज बिहिबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्ययोजना बनाउन निर्णय गरेको हो।
२०७८ साल भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधारका उपायसमेत समेटिएको कार्ययोजना तयार पार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। बैठकले कार्ययोजना आगामी २०८१ कात्तिक १६ गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ।
बैठकपछि मुख्यसचिव अर्यालद्वारा जारी विज्ञप्तिअनुसार, आन्दोलनबाट प्रभावित क्षेत्रहरूमा राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कार्यलाई तीव्र पार्ने निर्णय गरिएको छ। साथै, जनधनको क्षतिको विस्तृत विवरण संकलन गरी राष्ट्रिय योजना आयोगको अनलाइन पोर्टलमा अभिलेख राख्ने व्यवस्था मिलाइने पनि उल्लेख छ।
आन्दोलनले प्रभावित पारेका विद्यालय, स्वास्थ्य संस्था, आवास र अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य तत्काल सुरु गरिने र त्यसका लागि आवश्यक स्रोत, जनशक्ति तथा स्थानीय तहसँगको समन्वय गृह मन्त्रालयको संयोजनमा अघि बढाइने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयलाई सञ्चार प्रणाली, आपतकालीन सेवा र उद्धार कार्यमा अवरोध नआओस् भनेर तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पुनर्निर्माण र सुधारका काममा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस