सगरमाथा हिम क्षेत्र उच्च जोखिममा

   कार्तिक १०, २०८२       admin

काठमाडौ,९ कार्तिक । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको तीव्र प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो र छिटो हिउँ पग्लने जोखिम क्रमिक रूपमा बढिरहेको देखाएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै प्रकाशित गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव र भविष्यका जोखिम’ शीर्षकको अध्ययनअनुसार उक्त क्षेत्रमा हरेक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ। अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन्।

अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा हिमनदीको पग्लिने दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको जनाएको छ। यसले अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनमा रहेका २५ हजारभन्दा बढी हिमतालहरूलाई जोखिममा पारेको छ।

सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विस्फोटन बाढीबारे गरिएको अध्ययनमा भूगर्भीय र भूआकृतिक कारकहरूले बाढीको विनाशकारी शक्ति बढाएको उल्लेख छ।

इसिमोडका ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनका अनुसार हिन्दुकुश हिमालयका २५ हजारभन्दा बढी हिमतालमध्ये थामे जस्तो सानो तालले पनि ठूलो क्षति पुर्याउन सक्ने देखिएको छ। “थामे घट्नाले साना तालहरू पनि कति जोखिमपूर्ण हुन सक्छन् भन्ने बुझ्न सन्देश दिएको छ,” उनले भने।

अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर करिब १ लाख ५६ हजार घन मिटर पानी बाहिरिएको जनाएको छ। सो पानी तलको अर्को तालमा खस्दा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल बनेर थप ३ लाख ३ हजार घनमिटर पानी बाहिरिएको थियो।

दुवै तालबाट निस्किएको तीव्र बहावले ठूला ढुङ्गा र भग्नावशेषलाई करिब ८० किलोमिटर तलसम्म बगाएको थियो। बाढीले निजी घर, विद्यालय, स्वास्थ्य चौकी, पुल र एक जलविद्युत् आयोजना क्षति पुर्याएको थियो। घटना दिउँसो भएकाले मानवीय क्षति नभए पनि २५ घर नष्ट र १३५ जना विस्थापित भएका थिए।

नेपालमा सन् १९२० देखि अहिलेसम्म ९० भन्दा बढी हिमताल विस्फोटन भइसकेका छन्। केवल सगरमाथा क्षेत्रमा मात्रै पछिल्ला ५० वर्षमा पाँच ठूला घटना भएका छन्। यी हिमताल विस्फोटन बाढीहरू उच्च हिमाली क्षेत्रमा हुने सबैभन्दा विनाशकारी प्राकृतिक खतरा मानिन्छन्।

इसिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले भने, “थामे बाढी एक कठोर सम्झना हो—जलवायुका चरम घटना कसरी तीव्र बन्दै गएका छन् भन्ने बुझ्न।”

त्यसैगरी, अध्ययनका सहलेखक तथा इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले भने, “हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतको झन्डै तीन गुणा छ, जसले हिमनदी र हिमतालहरूमा गम्भीर खतरा बढाइरहेको छ।”

उनले थपे, “अब यस क्षेत्रमा तत्काल वास्तविक सूचना प्रणाली सुदृढ गर्दै थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना गर्नु अत्यावश्यक छ। साथै, नदी किनार संरक्षण र इन्जिनियरिङ संरचनामार्फत सम्भावित क्षति घटाउन कदम चाल्नुपर्छ।”

थामे घटनाले हिमवत क्षेत्रका जोखिम र विपद् बुझ्न, र भविष्यका नीति तथा अनुकूलन रणनीति बनाउन महत्त्वपूर्ण पाठ दिएको अध्ययनमा उल्लेख छ। हालै सुरु गरिएको ‘बिल्डिङ एडप्टेसन एण्ड रेजिलिएन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले पनि यस्ता विपद् र जोखिम घटाउने उपायमा ध्यान केन्द्रित गरेको इसिमोडले जनाएको छ।

तस्बिर:एसपिसिसी

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रदर्शनमा संयमता अपनाउन आयोगको आग्रह

   कार्तिक १०, २०८२       admin

काठमाडौ, ९ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधनको मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले उठाएका मागहरूलाई समयमा र उचित ढंगले सम्बोधन गर्न सरकारसँग आह्वान गरिएको छ। साथै समस्याको समाधान वार्ता र संवादमार्फत खोजिनुपर्नेमा आयोगले जोड दिएको छ।

“समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारका मूल्य–मान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

आयोगले विगतका केही घटनामा शान्तिपूर्ण भनिएका प्रदर्शनहरू हिंसात्मक र ध्वंसात्मक रूप लिएको स्मरण गराउँदै आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन प्रदर्शनरत पक्ष सचेत रहनुपर्नेमा जोड दिएको छ।

“प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ। आगामी प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हो,” आयोगले भनेको छ।

त्यसैगरी, आयोगले सुरक्षा निकायलाई संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ। प्रदर्शनरत पक्षले पनि आफ्ना गतिविधि शान्तिपूर्ण राख्ने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारबाट टाढा रहनुपर्ने आयोगले स्मरण गराएको छ।

आयोगका अनुसार नागरिकका अधिकारहरूको सम्मान गर्नु र सो अधिकार उपभोगको सहज वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो। त्यसैले गत भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात् जेनजी पुस्ताले उठाएका जायज मागहरू समयमा सम्बोधन हुनुपर्नेमा आयोगले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुई मन्त्रीले लिए शपथ, खगेन्द्रको रोकियो

   कार्तिक १०, २०८२       admin

काठमाडौ,९ कार्तिक । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त भएका छन् । दुवैले आज शपथ ग्रहण गरेका छन्।

यद्यपि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनुवारको नाम सिफारिस भए पनि केही विवादका कारण उनीहरूको शपथ रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

   कार्तिक १०, २०८२       admin

काठमाडौ,९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन जोड्यो।

अमेरिकाका स्मित पटेलले सर्वाधिक ७५ रन बनाए। उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए। पटेल र साइतेजा मुक्कामल्लाबीच ९५ रनको साझेदारी भएको थियो। मुक्कामल्लाले ४२ रनको योगदान दिए।

त्यस्तै, मिलिन्द कुमारले आक्रामक अर्धशतकीय पारी खेले। उनले ५० बलमा ६ चौका र २ छक्का सहित ७० रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।

मुख्य प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको प्रदर्शन सानदार बन्दै आएको छ। जुन महिनामा स्कटल्यान्डमा भएको लिग–२ मा नेपालले चारमध्ये तीन खेल जितेको थियो। चार महिनापछि नेपाल पुनः लिग–२ मा फर्किएको हो। यसबीचमा नेपालले टी–२० विश्वकपमा समेत स्थान बनाइसकेको छ।

नेपालले अब दोस्रो खेल कात्तिक १३ गते बिहीबार यूएईसँग खेल्नेछ।
शृङ्खलाको तेस्रो खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग हुनेछ।

विश्वकप लिग–२ मा हालसम्म १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ। समान खेल खेलेको यूएईसँग ६ अंक मात्र छ।
तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गांजासहित तीन भारतीय पक्राउ

   कार्तिक १०, २०८२       admin

काठमाडौ,९ कार्तिक । लागुऔषध गाँजाजस्तो देखिने करिब सात किलो २९५ ग्राम पदार्थसहित तीन भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा भारतका २५ वर्षीय हरगोबिन्द सिंह, १९ वर्षीय समिर, र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्।

विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरी आइतबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

एयर एसियाको उडानबाट बैंकक हुँदै काठमाडौं आएका हरगोबिन्द र समिरको साथबाट तीन किलो ५४० ग्राम, र इन्डिगो एयरको उडानबाट मुम्बई हुँदै काठमाडौं आएका सम्पदको साथबाट तीन किलो ६५५ ग्राम लागुऔषधजस्तो देखिने पदार्थ बरामद गरिएको हो।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

   कार्तिक १०, २०८२       admin

गुल्मी,९ कार्तिक । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्याक्टरका सहचालक १९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पुन सडकबाट करिब ५०० मिटर तल खसेका थिए।

प्रहरीका अनुसार उकालो बाटोमा लोड तान्न नसक्दा ट्याक्टर ब्याक भएर दुर्घटना भएको हो।

ट्याक्टर चालक २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बाँझकटेरीका प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभा बैठक कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी

   कार्तिक १०, २०८२       admin

काठमाडौँ,९ कार्तिक । संघीय संसद भवन नयाँबानेश्वरमा जेनजी आन्दोलनकारीले गरेको आगजनीका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद भवन अझै निर्माण सम्पन्न नभएकाले सिंहदरबारभित्रकै कृषि समितिको हल सर्वाधिक उपयुक्त विकल्पका रूपमा देखिएको हो।

उनका अनुसार, “२०७२ सालको भूकम्पले क्षतिग्रस्त पुरानो प्रतिनिधि सभा भवनमा प्रबलीकरणको काम भइरहेको छ। त्यसैले तत्कालका लागि कृषि समितिको हलमै बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ।”

राष्ट्रिय सभाको बैठक सुरु भएपछि युट्युबमा प्रत्यक्ष प्रसारण गर्नुपर्ने र दर्शकहरू पनि आउने भएकाले न्यून लागतमा आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधार तयार पार्ने विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ।

प्रवक्ता गिरीले भने, “नयाँ संसद भवन बनेपछि बैठक सर्ने भएकाले अहिलेको तयारी अस्थायी र न्यून लगानीमै सीमित राख्ने योजना बनाइएको छ।”

अघिल्ला वर्षहरूमा पनि स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभाको बैठक कृषि समितिको हलमै सञ्चालन गरिएको थियो।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरिएको थियो। सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने निर्णय गरिसकेको छ, भने राष्ट्रिय सभा भने यथावत् छ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिक संघ ९आईपीयू०को १५१ औं महासभामा भाग लिन स्विटजरल्याण्डको जेनेभा प्रस्थान गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बैठक सञ्चालन स्थलबारे छलफल गरेका थिए। दाहाल स्वदेश फर्किएपछि यस विषयमा थप परामर्श हुने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा जुवातास खेलिरहेका सात जना पक्राउ

   कार्तिक ०, २०८२       admin

दाङ,८ कार्तिक । दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका–७, जंङ्रहवास्थित मोतिराम डाँगीको घरमा शुक्रबार राति जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, जुवा खेल्ने क्रममा प्रहरीले नगद ६३ हजार ९२० रुपैयाँ र एक बुक तास बरामद गरेको छ।

पक्राउ परेकामध्ये तुलसीपुर–६ का २७ वर्षीय विष्णु शर्मा लगायत सात जना रहेका छन्। उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निकुञ्ज र आरक्ष संरक्षणका लागि ९ हजारबढी सैनिक परिचालन

   कार्तिक ०, २०८२       admin

काठमाडौ,८ कार्तिक। नेपाली सेनाले देशभरका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ।

नेपाल सरकारद्वारा घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, शिकार आरक्षण तथा चुरे क्षेत्रको संरक्षणका लागि सेनाका नौ हजार ४६ जना जनशक्ति खटिएको नेपाली सेनाका युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।

उनका अनुसार सेनाका आठ वटा गण, दुई वटा वन तथा वातावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्मले यी क्षेत्रको संरक्षणको जिम्मेवारी सम्हालेका छन्।

थापाका अनुसार चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रमा गरिएको कारबाहीबाट ४२ नाल हतियार, एक हजार ९७६ वटा जाल–पासो, एक हजार ९६५ वटा घरेलु औजार, ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरिएको छ।

सेनाको सुदृढ सुरक्षा र संरक्षण प्रयासका कारण पछिल्ला १५ वर्षयता बाघ र गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ र गैँडाको संख्या ७५२ पुगेको छ। सन् २००९ मा बाघको संख्या १२१ र २००५ मा गैँडाको संख्या ४०० मात्र थियो।

यी उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणले ११६ जना सैनिकले ज्यान गुमाएका छन्। यसै आर्थिक वर्षमा मात्रै पाँच जना सैनिक जङ्गली जनावरको आक्रमणमा परी घाइते भएका छन्।

नेपालका हिमालहरूको सौन्दर्य जोगाउन सेनाले पछिल्लो दशकदेखि वार्षिक रूपमा “हिमाल सफाइ अभियान” पनि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कारागारबाट फरार कैदीको नवलपरासीमा हत्या

   कार्तिक ०, २०८२       admin

चितवन,८ कार्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ।

गैंडाकोट नगरपालिका–१ इँटाभट्टा नजिक कात्तिक ६ गते राति कालिका नगरपालिका–४ पदमपुर निवासी २८ वर्षीय नारायण कुमाललाई स्थानीय युवाहरूको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिए।

प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनाका प्रत्यक्षदर्शीका भनाइअनुसार, करिब १४र१५ जनाको समूहले कुमालमाथि घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए।

जेलर सुवास पौडेलका अनुसार मृतक कुमाल जर्बजस्ती करणीको मुद्दामा अदालतबाट १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए। उनी २०७४ साउन ३ गते पक्राउ परेका र २०८४ मा छुट्ने क्रममा रहेका थिए।

गत भदौ २५ गते जेनजी आन्दोलनकै क्रममा भीमफेदी कारागारबाट फरार भएका कुमाललाई कारागार प्रशासनले पटक–पटक उपस्थित हुन आग्रह गरे पनि उनी सम्पर्कमा आएका थिएनन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology