हेटौँडा, ५ कार्तिक । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ।
३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ (विजय तामाङ) लाई पक्राउ गरेको हो।
२०७४ साउन ११ गते जिल्ला अदालत सिन्धुपाल्चोकले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको सजाय सुनाएपछि तामाङ फरार रहेका थिए। उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
त्यस्तै, प्रहरीले मकवानपुर बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल ९हेमन्त परियार० लाई समेत पक्राउ गरेको छ। परियारमाथि २०८१ सालमा विभिन्न मितिमा पाँच पटक चोरी र डाँका मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जुवातास खेलिरहेका उनीहरू सहित ११ जनालाई पक्राउ गरी प्रहरीले ११ बुक तास र नगद ६ लाख ६ हजार ३१० रुपैयाँ बरामद गरेको छ। जुवा सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सिआरएस चेकजाँच गर्दा तामाङ र परियार दुवैजना फरार अपराधी भएको पत्ता लागेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,५ कार्तिक । रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान करिब सवा सात बजे बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
काठमाडौँबाट तिहार मनाउन यात्रु लिएर चन्द्रपुरतर्फ आइरहेको बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा पुगेको प्रहरी टोली, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।
आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको भए पनि यात्रुहरूले समयमै भागेर ज्यान जोगाएका छन्। घटनाका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ कार्तिक ।जापानले इतिहास रचेको छ । देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा चयन गरेको हो।
जापानको सबैभन्दा ठूलो दल एलडीपीले जापान इन्नोभेसन पार्टीसँग गठबन्धन गरी नयाँ सरकार गठन गर्न लागेको छ।
६४ वर्षीया टाकाची एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन्। उनले आजै मन्त्रिपरिषद् गठनको तयारी गरिरहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
टाकाचीको यो प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो। ‘स्क्यान्डल’ले ग्रस्त एलडीपीले पछिल्लो पाँच वर्षमा चार प्रधानमन्त्री देखिसकेको छ। अब उनीसामु सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने, अमेरिका–जापान सम्बन्ध सन्तुलित राख्ने र आन्तरिक द्वन्द्वले कमजोर बनेको पार्टीलाई एकजुट गर्ने जस्ता चुनौतीहरू छन्।
२२ सय व्यक्ति फरार सूचिमा
सिरहा,३ कार्तिक । सिरहाको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एकै परिवारमाथि सामूहिक आक्रमण हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्।
गम्भीर घाइते रीता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्य तीन जनाको मिर्चैयामै उपचार भइरहेको प्रहरीले जनाएको छ।
पीडित परिवारका अनुसार १५–२० जनाको समूहले घरमै आएर खुकुरी, रड र भाटा जस्ता हतियार प्रयोग गर्दै आक्रमण गरेको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर यादव, अशोक यादव र जगदीश यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरू छिमेकी गाउँ सिसबोनीका बासिन्दा हुन्।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ कार्तिक ।सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाका धरान, इनरुवा र रामधुनी क्षेत्रमा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी योगराज खतिवडाका अनुसार आइतबार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
सो क्रममा इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी नगरपालिका–४ का २८ वर्षीय रोशन हरिजनलाई पक्राउ गरिएको हो।
चेकजाँचका क्रममा राजु चौधरीको गुप्ताङ्ग भागमा लुकाइराखिएको १९.६९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–६ का सुमनकुमार चौधरीको घरमा खानतलासी गर्दा लुकाइराखिएको ५.७३ ग्राम ब्राउन सुगर बरामद गरेको छ।
सो क्रममा घरधनी चौधरी र उनीसँगै रहेका धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई समेत पक्राउ गरिएको डीएसपी खतिवडाले बताए।
त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको अर्को टोलीले धरान उपमहानगरपालिका–११ मा विकास परियारको घरमा खानतलासी गर्दा डेकोलिक ५०० र ट्रामोल ५०० ट्याब्लेट फेला पारेको छ।
उक्त लागूऔषधसहित ३१ वर्षीय विकास परियार, २२ वर्षीय विजय परियार र ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै घटनाका पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३ कार्तिक । इजरायलमा २ वर्ष १३ दिनअघि हमासले अपहरण गरेका नेपाली युवक विपिन जोशीको शव अन्ततः स्वदेश आइपुगेको छ।
फ्लाइ दुबईको विमानमार्फत जोशीको शवको अवशेष सोमबार नेपाल ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार शव बोकेको विमान केही समयअघि काठमाडौं अवतरण गरेको छ।
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। दुई वर्षभन्दा बढी समयपछि उनको शव फेला परेर नेपाल ल्याइएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।
गंगाले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामाको जानकारी गराएकी हुन्। उनले आफू पार्टीकी जिम्मेवार कार्यकर्ता भएर निरन्तर सक्रिय रहने बताएकी छन्।
उनका अनुसार पछिल्लो समय आफूलाई देखाएर बुबा प्रचण्ड र माओवादी केन्द्रविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेकाले सचिवालयको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेकी हुन्।
गंगाले लेखेकी छन्, “निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।”
उनले स्टाटसमा लेखेकी छन्, “भाइ प्रकाश दाहालको निधन र आमा सीता दाहाल बिरामी भएपछि पार्टी नेताहरूको सल्लाहमा म सचिवालयमा रहेर बुवालाई सहयोग गर्न आएको थिएँ। सधैं निस्वार्थ भावले काम गरेँ तर जति राम्रो गर्न खोजे पनि विवादमा तानिनुपर्यो।”
गंगाले केही संचार माध्यमहरूले आफूमाथि गरेको ‘कुप्रचार’ र ‘भ्रामक समाचार’प्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “माथि निरन्तर प्रहार भइरहेछ। कहिले लाखौंको ब्याग भनेर, कहिले लाखौंको घडी भनेर लेखिन्छ, तर मसँग त्यस्ता वस्तुहरू नै छैनन्। साथीहरूले दिएको सानो उपहार पनि अब छैन, जलेर खरानी भइसकेको छ।”
उनले सचिवालयबाट बाहिरिए पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता जारी रहने स्पष्ट पार्दै लेखेकी छन्, “पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।”
राजीनामा सँगै उनले सबै पार्टी नेता, कार्यकर्ता र नागरिकप्रति आभार प्रकट गर्दै दिपावली, छठ र नेपाल संवत् लगायतका पर्वको शुभकामना पनि दिएकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ कार्तिक । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने राजनीतिक समूहहरूको संख्या १७ पुगेको छ। आयोगका अनुसार सबै १७ दल दर्ताको प्रक्रियामा रहेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अघि १० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए भने आन्दोलनपछि थप सात दलले निवेदन दिएका हुन्। उनका अनुसार ती सबै निवेदनहरू हाल आयोगको अध्ययनको क्रममा छन्।
हालसम्म आयोगमा दर्ता भएका दलहरूको संख्या १२४ पुगेको छ। यदि निवेदन दिएका सबै दल दर्ता भए, दलको संख्या अझ बढ्नेछ।
यसबीच दुई पार्टी फुटेर नयाँ दल बनेका छन् — जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ भने नेपाल जनमुक्ति पार्टी फुटेर अर्को नयाँ दल दर्ता भएको आयोगले जनाएको छ।
आयोगका अनुसार केही दलको विधान स्पष्ट हुनुपर्ने, केहीको सनाखतका लागि आवश्यक सदस्य संख्या नपुगेको, र केहीको चुनाव चिन्ह सम्बन्धी समस्या रहेको कारण अध्ययन र संशोधन प्रक्रिया चलिरहेको छ।
आयोगले एक दललाई चुनाव चिन्ह परिवर्तन गर्न समेत सुझाव दिएको छ। ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले प्रस्ताव गरेको ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगले आग्रह गरेको हो।
यस्तै, राष्ट्रिय परिवर्तन पार्टी पनि दर्ता प्रक्रियामा रहेको छ। सो पार्टीका अध्यक्ष अजयकुमार हुन् र चुनाव चिन्ह ‘बाँसुरी’ प्रस्ताव गरिएको छ।
त्यस्तै, नेपाल लिबरल पार्टी नामक दल पनि दर्ता प्रक्रियामा छ, जसका अध्यक्ष गोपीलाल न्यौपाने हुन् र यसको चुनाव चिन्ह ‘सिक्का’ प्रस्ताव गरिएको छ।
यसअघि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, र गतिशील लोकतान्त्रिक पार्टी ले पनि दल दर्ताका लागि निवेदन दिएका थिए।
श्रम संस्कृति पार्टीका अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् भने गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईं हुन्।
निर्वाचन आयोगले सबै नयाँ दलको विवरण अध्ययन गर्ने कार्य जारी रहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ कार्तिक । ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ नामको नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। दलको चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ।
हीराप्रसाद सेती (किरण विक) अध्यक्ष रहेको उक्त दलले प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको उल्लेख गरेको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहने बताइएको छ।
दलको नेतृत्वमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव तथा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ सचिव रहेका छन्।
पार्टीका अनुसार युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरण संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई संगठनका आधारस्तम्भका रूपमा लिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ कार्तिक । दाङको घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही उपमहानगरपालिकामा कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जनालाई गए राति काठेकोलस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ र तीन गड्डी तास बरामद गरिएको छ।
पक्राउ पर्ने अन्यमा घोराही–१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेज प्रसाद आचार्य रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि जुवा तास खेलाएको अभियोगमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस