काठमाडौँ ,२ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्न लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जेन-जी प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्तिलाई पक्राउ गरिएको छ ।
जेन-जी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेजका आधारमा घिसिङलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार प्रहरी नियन्त्रणमा रहेका घिसिङमाथि अनुसन्धान जारी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देशभित्र कालोधन थुप्रिएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने बताएका हुन्।
विप्लवले भने, “विदेशी वा स्वदेशी बैंकमा कालोधन लुकाइएको छ भने पनि छानबिन हुनुपर्छ। अहिले पैसा जनतासँग छैन, निष्क्रिय भएर बसेको छ। कानुनी हैसियतबाहेकको पूँजी जफत गर्नुपर्छ। अब ५ सय र हजारका नोट प्रतिबन्ध लगाएर नयाँ नोट ल्याउनुपर्छ।”
उनका अनुसार नेकपाले कृषि उत्पादन बढाउने उद्देश्यले ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ। उनले विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको बताउँदै यस वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको उल्लेख गरे।
विप्लवले एउटै कम्युनिष्ट पार्टी गठन गर्नुपर्ने आवश्यकता पनि दोहोर्याए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो। आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने तयारीमा थिइन्।
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा मिश्रले खरिद प्रक्रियामा अनियमितता गरेकी थिइन्। लागत अनुमान तयार पार्ने चरणदेखि नै ठेकेदार कम्पनीसँग मिलेमतो गरी सम्झौताको सर्तअनुसार सम्पूर्ण सामग्री नआइसके पनि रकम भुक्तानी गरिएको ठहर आयोगले गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
कपिलवस्तु, २ कार्तिक । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४ दरखास्तबाट आइतबार बिहान दुई बालकलाई अपरिचित व्यक्तिले अपहरण गरेर लगेका छन्।
स्थानीय सम्राट मल्ल र सान्विक मल्ललाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमतर्फ लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनापछि प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहको कमाण्डमा तत्कालै व्यापक प्रहरी परिचालन गरिएको थियो। प्रहरीको सक्रियतापछि केही घण्टामै बालकहरू सम्पर्कमा आएका र सुरक्षित अवस्थामा भेटिएको सिंहले जानकारी दिए।
घटनाको थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ कार्तिक । दाङको तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा घरको छतबाट खस्दा उक्त बालक घाइते भएका हुन् ।दाङ,२ कार्तिक । दाङको तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते भएका छन्।
शनिबार बिहान करिब जिबन डाँगीका दुई वर्षीय छोरा किरण डाँगी आफ्नै एकतले घरको छतमा खेल्ने क्रममा तल खस्दा टाउकोमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
घाइते बालकलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र अहिले सामान्य उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव निरीक्षक सालिकराम भट्टराईको कमाण्डमा टोली खटिएको छ। थप विवरण आउन बाँकी छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ कार्तिक । दाङमा धान दाउने थ्रेसर मेसिनमा परेर एक महिला घाइते भएकी छन्। दाङको दंगीशरण गाउँपालिका–४ मौलीकी ६० वर्षीया टिका शर्मा थ्रेसर मेसिनमा परि घाइते भएकी हुन् ।
शनिबार बिहान करिब ८:३० बजे घर नजिकै झिमेकी लिलाधर केसीको बारीमा धान थ्रेसिङ गर्ने क्रममा उनी थ्रेसर मेसिनमा सल अड्किएर घाइते भएकी हुन्।
थ्रेसर मेसिनमा परेर घाइते भएकी शर्माको टाउकोमा चोट लागेको छ। घाइते शर्मालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप सिटि स्क्यानका लागि उनलाई घोराही रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेको अवस्था सामान्य रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक उज्वल शाहले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानमा शनिबार लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।
पूर्वी चिनियाँ सहर हाङझाउबाट दक्षिण कोरियाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको उक्त विमानमा आगलागी भएको एयर चाइनाले जनाएको छ। एयरलाइन्सले वेइबोमा जारी गरेको विज्ञप्तिअनुसार, उडानका क्रममा ओभरहेड बिनमा राखिएको यात्रुको ब्यागमा रहेको लिथियम ब्याट्री अचानक प्रज्वलित भएको थियो।
चालक दलले तुरुन्तै निर्धारित प्रक्रिया अनुसार आगो नियन्त्रणमा लिएका थिए र घटनामा कसैलाई पनि चोटपटक लागेको छैन।
उडान सुरक्षा सुनिश्चित गर्न विमानलाई सांघाई पुडोङ विमानस्थलमा डाइभर्ट गरिएको एयर चाइनाले जनाएको छ। स्थानीय समयअनुसार बिहान ९ः४७ बजे हाङजाउबाट उडेको विमान बिहान ११ बजेपछि सांघाईमा सुरक्षित अवतरण गरेको थियो।
द चोसुन डेलीका अनुसार विमानलाई समुद्रमाथि पूर्ण रूपमा घुमाएर आपतकालीन अवतरण गराइएको
२२ सय व्यक्ति फरार सूचिमा
सप्तरी,२ कार्तिक । सप्तरीमा पुजारीको गोलि हानी हत्या गरिएको छ। जिल्लाको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको गोली हानी हत्या गरिएको हो।
७० वर्षीय साहलाई शनिबार राति अपरिचित हतियारधारी समूहले गोली प्रहार गरेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए।
प्रहरीका अनुसार साह आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेका बेला पछाडिबाट दुई गोली प्रहार गरिएको थियो। गोली नाभी नजिकै ढाडतर्फ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
घटना जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमान्डमा टोली पुगेको र घटनास्थल सुरक्षित पार्दै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेका छन्।
गोली प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त टोली खटाइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि कडाइ गरी चेकजाँच तीव्र पारिएको छ। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । हालैको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित दर्जनौँ नागरिकको मृत्यु भएपछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराममा सहमति गरेका छन्।
कतारको पहलमा दोहामा भएको उच्चस्तरीय वार्तामा दुवै देशका प्रतिनिधिहरूले युद्धविराम लागू गर्न र सीमा क्षेत्रमा दिगो शान्ति कायम गर्न संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्। उक्त वार्तामा टर्कीले पनि मध्यस्थतात्मक भूमिका खेलेको थियो।
बीबीसीका अनुसार, युद्धविरामको निगरानी र कार्यान्वयनका विषयमा छलफल गर्न दुवै देशका समितिहरू आगामी दिनमा दोहा र इस्लामाबादमा बैठक गर्नेछन्।
कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान–अफगानिस्तान सीमामा बढ्दो तनाव घटाउने र क्षेत्रीय स्थिरता कायम गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
जियो टिभीका अनुसार, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविराम सम्झौताप्रति आशा व्यक्त गर्दै भने, “यसले सीमामा जारी तनाव अन्त्य गर्नेछ।” उनले दुवै देशका प्रतिनिधिमण्डलहरू आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः भेट्ने जानकारी पनि दिएका छन्।
यसअघि, अफगानिस्तानले पाकिस्तानमाथि युद्धविराम उल्लङ्घन गरी साधारण नागरिकमाथि आक्रमण गरेको आरोप लगाएको थियो भने पाकिस्तानले सीमावर्ती वजीरिस्तान क्षेत्रमा “आतङ्कवादी शिविरहरू”लाई निशाना बनाएको दाबी गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २ कार्तिक। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर कागलाई मनपर्ने खानेकुरा अर्पण गरी मनाइँदैछ।
यस दिन कागलाई यमराजको दूतका रूपमा पूजा आराधना गरेर मीठा परिकारहरू खुवाउने चलन छ। जनविश्वासअनुसार आज कागलाई दही भात खुवाएमा उसले यमराजसमक्ष राम्रो सन्देश पुर्याउँछ र घरमा शुभ फल प्राप्त हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बिहान सूर्योदयको समयमा त्रयोदशी परेकाले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार मनाइने निर्णय गरिएको हो।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा–आराधना हुने परम्परा छ। त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजापाठ गरिन्छ, जहाँ कागको ठूलो मूर्ति स्थापित गरिएको छ।
यसैबीच, यमयातनाबाट मुक्ति प्राप्तिको लागि परिवारका सबै सदस्यका नाममा ‘यम दीपदान’ गर्ने क्रम शनिबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्र अनुसार यम दीप दक्षिण फर्काएर दान गर्नुपर्छ, जसले यमयातनाबाट मुक्ति दिलाउने विश्वास गरिन्छ।
तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक पर्व शनिबार बेलुकीदेखि नै सुरु भएको हो। त्यसैगरी, लक्ष्मीलाई घरमा स्थायी रूपमा बसोबास गराउने धार्मिक विश्वाससहित धनतेरस पर्व पनि शनिबार नै मनाइएको थियो, जस दिन गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस