दाङ, १ कार्तिक । रुकुमपुर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्डमा बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमन पूर्ण रूपमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार तोकिएको अवधिभर सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले बाँकी काम शीघ्र सम्पन्न गर्न तत्काल आवागमन बन्द गर्न प्रस्ताव गरेका थिए। सोही प्रस्तावका आधारमा १९ दिनका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो।
प्रशासनले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग र साना सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा भएको सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७:१५ बजे सात सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएपछि पछाडिका अन्य सवारीसाधन पनि एकपछि अर्को ठोक्किएका थिए।
उक्त दुर्घटनामा ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रोबस, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बी ए बी ८४७० नम्बरको कार पनि संलग्न रहेका छन्।
घाइते २१ जनामध्ये १३ जनाको उपचार नेशनल सिटी अस्पताल, ४ जनाको नयाँ मेडिकल कलेज भरतपुर, र ४ जनाको जनता केयर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार घाइतेको अवस्था फरक–फरक रहेको र अझै सङ्ख्या थपघट हुन सक्ने सम्भावना छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको र हाल नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १ कार्तिक । उज्यालो र दीपावलीको प्रतीकका रूपमा मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइँदैछ।
समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आज बेलुकी त्रयोदशी तिथि परेकाले धनत्रयोदशी र यमदीपदान गर्ने दिन हो। आइतबार बिहान काग तिहार, सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन पर्नेछन्। सोमबार बिहान नरक स्नान गरी बेलुकी लक्ष्मीको पूजा गर्ने चलन छ।
मङ्गलबार कुनै विशेष पर्व नपरे पनि बुधबार गाईगोरु पूजा, गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा गरिनेछ। यसै दिनबाट नेपाल संवत् ११४६ सुरु हुनेछ। बिहीबार भाइटीका मनाइनेछ, जसको शुभ साइत बिहान ११:३९ बजे तोकिएको समितिले जनाएको छ। भाइटीकाका बेला दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा रहिआएको छ।
तिहारलाई उज्यालो र माया–सम्बन्धको पर्व मानिन्छ। यस अवसरमा घरघरमा दीप बालिन्छ, शहरहरू झिलिमिली बत्तीले सजिन्छन्। भैलो र देउसी गीत–नृत्यका साथ मनाइने यो पर्वले आपसी स्नेह, भाइचारा र शुभकामनाको वातावरण सिर्जना गर्छ।
नेपाल प्रहरीले यस वर्ष पनि तिहार सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गर्दै पटाका नपड्काउन र जुवा नगर्न जनचेतना फैलाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सात सवारीसाधन एकअर्कासँग ठोक्किएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७:१५ बजे सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ लगिएको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।
२२ सय व्यक्ति फरार सूचिमा
जनकपुर ,३१ असोज । जनकपुरको सोनारपट्टीमा शुक्रबार साँझ गोली चलेको छ।
एक सुनचाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको हो।
बिलबिजकबिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली छापा मार्न पुगेको थियो। सो क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो।
२१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ रनमै सीमित भयो।
त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो।
नेपालका ओपनर आसिफ शेख र अलराउन्डर दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।
विकेटकिपर आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाए भने ऐरीले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए।
इन्निङ्सको अन्त्यतिर लोकेश बम ले केवल १२ बलमा २ चौका र ४ छक्का सहित ३९ रनको विस्फोटक इनिङ्स खेले। कप्तान रोहित पौडेल ले १२ बलमा २१ रन बनाएर साथ दिएका थिए।
सामोआका बलरहरू मध्ये ड्यानियल बर्गेस, साउमानी टिली, डेरियस भासर र नोआ मीड ले एक–एक विकेट हात पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।
नेपालका लागि ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्का सहित ५३ रनको योगदान दिए।
ओपनर कुशल भुर्तेल १५ बलमा १७ रन बनाए भने आरिफ शेख ९ रनमा आउट भए। कप्तान रोहित पौडेल १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै नटआउट २१ रनमा रहे।
आक्रामक ब्याटिङ गरेका लोकेश बम ले १२ बलमा नटआउट ३९ रन प्रहार गरे। उनले २ चौका र ४ छक्का हानेका थिए।
आजको खेलका लागि अघिल्ला खेलमा मौका नपाएका केही खेलाडीलाई टोलीमा समावेश गरिएको छ। आरिफ शेखसँगै करण केसीले पनि आज खेल्ने मौका पाएका छन्। ललित राजवंशी टोलीमा फर्किएका छन् भने लोकेश बम दोस्रो खेलमा मैदान उत्रिएका हुन्।
यसअघि सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा र आदिल अन्सारी आजको टोलीमा परेका छैनन्।
नेपालको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, लोकेश बम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।
अन्तिम खेलअघि नेपालको ८ अंक छ भने दोस्रो स्थानमा रहेको घरेलु टोली ओमानको पनि ८ अंक नै छ। तर रनरेटमा नेपाल अघि छ — नेपालको रनरेट ०.७४५ रहेको छ भने ओमानको ०.४५६ मात्र छ।
आज ओमान विजयी भएसँगै युएई ६ अंकमा झरेर तेस्रो स्थानमा पुगेको छ। नेपाल, ओमान र युएई — यी तीन टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्।
अब छनोट अन्तर्गतको अन्तिम खेल नेपाल र सामोआबीच हुनेछ। यो खेलको नतिजासँगै च्याम्पियन टिमको टुंगो लाग्नेछ।
नेपालले जित निकाल्न सकेमा च्याम्पियन बन्नेछ, तर झिनो अन्तरले हार्दा पनि नेपाल रनरेटको आधारमा च्याम्पियन हुने सम्भावना बलियो रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, ३१ असोज । सल्यानमा शनिबार ६ घण्टा विद्युत सेवा बन्द हुने भएको छ। रुखका हाँगा हटाउने र विद्युत संरचना मर्मतका कारण विद्युत सेवा बन्द हुने भएको हो।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, शितलपाटी सबस्टेशन र बागचौर सबस्टेशन अन्तर्गतका सबै फिडरहरूमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।
तुलसीपुर–शितलपाटी र शितलपाटी–थारमारे ३३ केभी प्रसारण लाइन वरिपरि रहेका रुखका हाँगा काट्नुपर्ने भएकाले उक्त अवधिमा विद्युत सेवा रोकिने बताइएको छ।
साथै, त्रिवेणी–५ सल्लेखोलास्थित ३३ केभी लाइन होचो भएकाले जोखिम न्यूनीकरणका लागि पोल थप्ने र अन्य आवश्यक मर्मत कार्य गर्ने योजना रहेको सल्यान वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिए।
उनका अनुसार, तोकिएको समयअघि नै काम सकिएमा वा मौसम प्रतिकूल भएमा परिस्थितिअनुसार लाइन पुनः सुचारु गरिनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३१ असोज । पाकिस्तानको उत्तरी वजीरिस्तानस्थित मिर अलीमा रहेको सैन्य शिविरमा शुक्रबार भयानक आत्मघाती आक्रमण भएको छ। उक्त आक्रमणमा परेर सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।
तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूले आक्रमणको जिम्मेवारी लिएका छन्। फाटा क्षेत्रमा अलकायदा लडाकुहरूका विरुद्ध पाकिस्तानी सेनाले कारबाही थालेपछि विभिन्न लडाकु समूहहरू मिलेर सन् २००७ मा टीटीपी गठन भएको थियो।
आत्मघाती बमसहित आएका आक्रमणकारीले सैन्य शिविरभित्र गाडी ठोक्दै ठूलो विस्फोट गराएका थिए। विस्फोटपछि घटनास्थल वरिपरि बाक्लो धूवाँको मुस्लो उडेको बताइएको छ।
पाकिस्तानमा लामो समयदेखि भइरहेका हिंसात्मक गतिविधिका कारण इस्लामाबाद र छिमेकी अफगानिस्तानबीचको सम्बन्ध चिसिएको छ। इस्लामाबादले अफगानिस्तानको तालिबान सरकारसँग टीटीपीमाथि नियन्त्रण गर्न आग्रह गर्दै आएको भए पनि उसले खासै प्रतिक्रिया नदिएको पाकिस्तानको आरोप छ।
यही विषयमा दुवै देशबीच सीमाक्षेत्रमा सशस्त्र झडप समेत भएको थियो। अहिले दुबै पक्षबीच युद्धविरामको स्थिति रहेको बताइन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्।
ढुंगानाले नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेजस्ता एजेन्डालाई प्राथमिकतामा राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले भनेका छन्, “राजनीतिक दल खोल्नुको अर्थ अहिलेको अवस्थामै निर्वाचनमा जानु होइन। जबसम्म हाम्रो बटमलाइन — प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट दिने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय — पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।”
उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तनको सुरुवात भन्दै अझै शान्तिपूर्ण रूपमा लडिरहने प्रतिबद्धता जनाएका छन्। “यो आन्दोलन देशको मुहार फेर्ने अभियान हो। यो पटक हामी फर्किएर धेरै समयसम्म नआउनेछौँ। देशको विकास चाहनेहरूलाई हाम्रो साथमा आउन आग्रह गर्दछु,” ढुंगानाले भनेका छन्।
उनका अनुसार, देश अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको छ। “७८ जना नेपालीले ज्यान गुमाएका छन्। देशले निकास खोजिरहेको छ र त्यस निकास दिन हामी आफूलाई जिम्मेवार ठान्छौँ। निकास दिलाएरै छोड्नेछौँ,” उनले भनेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस