नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

   असोज २, २०८२       admin

दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको  लक्ष्य प्रस्तुत गरेको छ। 

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले ।उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। 

नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेट गुमायो। आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार २ विकेट गयो । कप्तान र उपकप्तान सस्तैमा पेभेलियन फर्किए।  कुशल मल्लले यो प्रतियोगिता अवधिभर नै राम्रो ब्याटिङ गर्न सकेका छैनन्। आजको खेलमा पनि कुशल मल्ल ११.४ ओभरमा ७ रन बनाउँदै क्याच आउट भए ।
पाँचौँ विकेटका लागि कुशल भुर्तेलसँग आदिल आलमले ४० रनको साझेदारी गरे । उनले १५ बलमा ३ चौकासहित १६ रन बनाए। 

छैटौं विकेट कुशल भुर्तेलको विकेट गयो। सातौं विकेटको रुपमा गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रनमा विकेटकिपरको हातमा क्याच हुँदै पेभेलियन फर्किए। 
आठौं विकेटको रुपमा लोकेश बम १९.१ ओभरमा ३ बल खेल्दै डकआउट भए। नन्दन यादव ९ रनमा अन्तिम बलमा रनआउट हुँदा सोमपाल कामी १ रनमा अविजित रहे। 
ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए।

सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए। 
आज दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्। 

यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती प्रतिष्ठामा विरामी बढे , विरामीलाई बेड पाउनै मुस्किल  

   असोज २, २०८२       admin

दाङ,२९ असोज ।  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूले सैया (बेड) पाउनै मुस्किल भएको छ ।  उपचार गर्न आउने विरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि बिरामीलाई बेड अभाव भएको अस्पताल्ले जनाएको छ ।  दैनिक ९ सय जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन । त्यस्मा आधा बिरामीभर्ना हुने प्रकारका आउने गरेको  अस्पतालको भनाइ छ ।

प्रतिष्ठानमा भने बिरामीको लागि ३२० बेट मात्रै रहेका छन्। नयाँ भवन सञ्चालनमा नआउँदासम्म बेडको अभावको अवस्था भने यस्तै रहने अस्पतालका सुचना अधिकृत निशानदाजु भट्टराईले जानकारी दिए । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामिको संख्या भने वर्षेनि लाखौको संख्या बढिरहेको छ ।  प्रतिष्ठानको वहीरंग र अन्तरंग गरेर २ लाख १८ हजार ७९ जना विरामीले चालु आवमा सेवा लिएका छन  । जसअनुसार वहिरंग सेवा २ लाख ४ हजार १ सय जना र अन्तरंग सेवा १३ हजार ९ सय ७९ जनाले लिएका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वहीरंग र अन्तरंग १ लाख ७६ हजार ९ सय ७४ जना विरामीले सेवा लिएका छन् । जसमा वहिरंग सेवा १ लाख ६८ हजार ५ सय २२ जना र अन्तरंग सेवा ८ हजार ४ सय ५२ जना विरामीले पाएका छन् ।

त्यस्तै आर्थिक बर्ष  २०७९/८० मा वहिरंग र अन्तरंग गरेर १ लाख ६० हजार ६ सय ५८ जना विरामीले सेवा पाएका छन् । जसमा वहिरंग सेवा १ लाख ५३ हजार ५ सय र अन्तरंग सेवा ७ हजार १ सय ५८ जना विरामीले उपचार सेवा प्राप्त गरेको  सुचना अधिकृत भट्टराइले जानकारी दिए ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा‍. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिदै गएपछि सेवा विस्तार हुँदै गएको बताए । उनले प्रतिष्ठानलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हव बनाउने गरी अघि बढेको भन्दै यसको विकास र विस्तारमा सामुहिकरुपमा पहल र आवश्यक्ता रहेको औल्याए ।

रजिष्ट्रार लम्सालले  प्रतिष्ठानले गएको आर्थिक वर्षदेखी न्युरो सर्जरी सेवा सेवा सुरु गरेको, आगामी मंसिर महीनाभित्र क्याथ्ल्याव सेवा सुचारु गरी मुटु रोग उपचार सुरु गर्ने, युरोलोजि र युरो सर्जरी सेवा सुचारु रहेको छ । त्यस्तै उनका अनुसार ४ सय शैया अस्पताल यसै आवमा निर्माण शुरु हुने, सामुदायीक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणिमा सेवा सुरु गरेको र एमविविएस कार्यक्रम सहजरुपमा सञ्चालनमा रहेको छ । प्रतिष्ठानमा हाल ३ सय २० वेड चालु अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

   असोज २, २०८२       admin

दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ ।

छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ। 
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ। आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा पुग्नेछ। यद्यपी आज कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ।

कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो। अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ। यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन् । 
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन्। यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ। किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ ।

 छनोटबाट शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कारागारबाट फरार कैदी भारतमा चोरी आरोपमा पक्राउ

   असोज २, २०८२       admin

काठमाडौं,२९ असोज । जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट फरार भएका दुई व्यक्ति भारतमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्।

भारतको बिहार राज्यस्थित अररिया जिल्लाको फारबिसगञ्ज नजिकै बथनाहाबाट पिन्टु कुमार यादव र उमेश कुमार मेहतालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीहरू सोमबार पक्राउ परेका हुन्।

अररिया प्रहरीका सहायक प्रमुख मुकेश कुमारका अनुसार, पक्राउ परेका दुबैजना सुनसरीको कप्तानगञ्जका हुन्। सुपौल जिल्लाको वीरपुरमा मोटरसाइकल चोरी गरेर फारबिसगञ्जतर्फ जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए।

पक्राउपछि उनीहरूले जेन–जी आन्दोलनका क्रममा कारागारमा भागदौड हुँदा आफूहरू पनि भागेको बयान दिएका छन्।

भारतीय प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, पक्राउ परेकामध्ये पिन्टु कुमार यादवको नाम कारागार व्यवस्था विभागको फरार सूचीमा रहेको छ भने उनको ठेगाना सुनसरीको देवानगञ्ज उल्लेख छ। तर, उमेश कुमार मेहताको नाम भने उक्त सूचीमा छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खुलालु नदीमा हाम फालेर १४ वर्षीया किशोरी बेपत्ता

   असोज २, २०८२       admin

कालिकोट,२९ असोज । खुलालु नदीको पुलबाट हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्।

मंगलबार साँझ करिब ७ बजे नरहरिनाथ गाउँपालिका–७ उत्सवकी १४ वर्षीया सिर्जना बटाला पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार खोजी कार्य जारी भए पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। सिर्जना त्यही गाउँकी अनिपाल बटालाकी छोरी हुन्।

नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराका अनुसार, बटाला परिवार खुलालु बजारमा कपडा पसल सञ्चालन गर्दै आएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसका २४ सय ८८ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग

   असोज २, २०८२       admin

काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।

देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले खड्कालाई बुझाएका हुन्। उनका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिन विशेष महाधिवेशन आवश्यक रहेको बताए। उनले यो पहल पार्टीभित्र विवाद होइन, स्वर्गीय नेता सुवर्णशम्शेर राणाले अपनाएको असल अभ्यासलाई पुनःस्थापित गर्ने उद्देश्यले गरिएको स्पष्ट पारे।

जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा आमूल नेतृत्व परिवर्तनको माग बढेको भन्दै नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए।

पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

   असोज २, २०८२       admin

काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ।

कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको आरोपपछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई प्रअ पदबाट हटाउने निर्णय गरेको हो।

अभिभावकहरूको तीव्र विरोधपछि आइतबारदेखि लगातार छलफल गर्दै आएका समितिका सदस्यहरूले सर्वसम्मत रूपमा राउतलाई जिम्मेवारीमुक्त गर्ने निष्कर्ष निकालेका थिए। व्यवस्थापन समिति अध्यक्ष कुबेर मगरका अनुसार, अभिभावक र स्थानीयवासीको माग अनुसार तत्काल कारबाही स्वरूप उनलाई हटाइएको हो।

मगरका अनुसार, कक्षामा सामाजिक विषय पढाइरहेका बेला विद्यार्थीहरूसँग प्रश्न–उत्तर गर्ने क्रममा उनले समीक्षा राईलाई थप्पड हानेका थिए। “सामान्य विषयमा छलफल गर्दा विद्यार्थीलाई अन्य तरिकाले सम्झाउन सक्ने विकल्प हुँदाहुँदै कुटपिटमा उत्रिनु गलत ठहरियो,” अध्यक्ष मगरले बताए।

घटनापछि विद्यार्थीका अभिभावकले राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कारबाहीको माग गरेका थिए। केही महिनाअघि मात्रै प्रअमा नियुक्त राउतले जिम्मेवारीअनुसार भूमिका निर्वाह नगरेको भन्दै स्थानीयले पनि उनको हटाइँ उचित ठानेका छन्।

राउतलाई जिम्मेवारीमुक्त गरेपछि विद्यालयले शिक्षक अङ्गधन राईलाई निमित्त प्रधानाध्यापकको रूपमा जिम्मेवारी तोकेको विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गा राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजीको असली पार्टी माओवादी हो: प्रचण्ड

   असोज २, २०८२       admin

काठमाडौं,२९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्।

उनले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै भने, “यस्तो अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको छ।”

प्रचण्डले जेन–जी आन्दोलन सुरु हुनु अघि नै माओवादी केन्द्रले उनीहरूको मागलाई समर्थन गरेको उल्लेख गर्दै भने, “जेन–जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।”

सरकारमा बस्ने बेला जेन–जीमाथि दमन गर्ने र सडकमा उनीहरूको मागलाई सम्बोधन गर्नुपर्ने कुरा गर्ने दल एउटै नभएको प्रष्ट पार्दै उनले भने, “हामी उनीहरूजस्ता होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन–जीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र नै हो।”

उनले आगामी निर्वाचनबारे उत्पन्न आशंकालाई अस्वीकार गर्दै भने, “निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।”

त्यसैगरी, पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले जेन–जीका मागअनुसार नेतृत्व तहमा युवालाई ल्याउने नीतिगत निर्णय गरिसकेको जानकारी दिए। उनले पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता पनि जनाए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट

   असोज २, २०८२       admin

काठमाडौं,२९ असोज । जेन-जी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

आठ वर्षदेखि वकालत गर्दै आएका अधिवक्ता विपिन ढकालले संसद् विघटनविरुद्ध रिट दायर गरेका हुन्।

ढकालले जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन्।

उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै, प्रधानमन्त्री र सरकारले गरेका सबै निर्णय बदर गर्न तथा ती निर्णयको कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नक्कली पेस्तोल देखाएर लुटपाट

   असोज २८, २०८२       admin

कास्की,२८ असोज । पोखरामा नक्कली पेस्तोल देखाएर एक महिला लुटपाट गर्ने घटना घटेको छ। पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई सोमबार राति लुटपाट गरेको आरोपमा सुजन विक नामका एक युवक पक्राउ परेका छन्।

कास्की प्रहरीले जानकारी दिएको अनुसार, विक पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाम बस्दै आएका थिए। घटना सोमबार राति ८ः५० बजे भएको थियो।

कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, लुटपाटको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थलमा पुगेको र विकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र उनी प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

प्रहरीले विकमाथि थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology