मलेसियामाथि नेपालको जित

   असोज २१, २०८२       admin

काठमाडौ,२१ असोज । मलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको अविजित ४८ रनको पारीसहित नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।

यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। अब बुधबार हुने अन्तिम खेलले सिरिजको विजेता तय गर्नेछ।

मलेसियाले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो। मलेसियाकी मास एलिसाले ५६ रन योगदान दिइन्। नेपालका कविता कुँवरले तीन विकेट लिई उत्कृष्ट बलिङ गरिन्।

जवाफमा नेपालले इन्दु बर्मा र रुविना क्षेत्रीको अविजित साझेदारीमा लक्ष्य सजिलै पुरा गर्दै जित हात पारेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारले विपद प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिने

   असोज २१, २०८२       admin

काठमाडौँ,२१ असोज । सरकारले हालैको बाढी र पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ।

मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी–पहिरो प्रभावित परिवारलाई पहिलो र दोस्रो किस्तामा २५/२५ हजार रुपैयाँका दरले राहत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रभावितहरूलाई राहत र पुनःस्थापनाका लागि सात बुँदे निर्णय गरेको छ। बैठकमा असोज १७ गतेदेखि लगातार परेको अविरल वर्षाबाट देशभर ठूलो जनधन र भौतिक क्षति पुगेको जानकारी गराइएको छ।

बैठकले विपद्बाट ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धारलाई निरन्तरता दिन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

त्यसैगरी, अवरुद्ध भएका सडकहरू तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई जिम्मेवारी तोकिएको छ। खानेपानी, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकायलाई व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

तीनै तहका सरकारबीच राहत वितरणमा समन्वय गरी दोहोरो नपर्ने व्यवस्था मिलाउने र महामारी फैलिन नदिन स्वच्छ खानेपानीको आपूर्ति, जनचेतना कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्न समेत बैठकले निर्णय गरेको छ।

बैठकले स्थानीय तहको समन्वयमा विपद्मा घरबास गुमाएका परिवारको पहिचान गरी तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने तयारी गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हुम्लाको उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

   असोज २१, २०८२       admin

हुम्ला,२१ असोज। हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ। सोमबार साँझदेखि उत्तरी नाम्खा गाउँपालिकाका यारी, हिल्सा, लिमीलगायत क्षेत्रमा हिमपात भएपछि चिसो अत्यधिक बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले जानकारी दिएका छन्।

उनका अनुसार सोमबार दिउँसो हल्का वर्षा भएकोमा मंगलबार बिहानदेखि हिमपात सुरु भएको हो। हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ।

त्यसैगरी, सिमकोट गाउँपालिकाका पञ्चमुखी, रलिङ, सैपाललगायत उच्च क्षेत्र र खार्पुनाथ गाउँपालिकाका हिमाली भागमा पनि हिमपात भएको छ।

जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहितका होचो क्षेत्रहरूमा वर्षा भइरहेको छ। लगातारको वर्षा र हिमपातका कारण सिमकोटमा चिसो बढेको स्थानीय मुक्ति रावतले बताए।

चिसोका कारण विद्यालयमा विद्यार्थीहरूको उपस्थिति घटेको मानसरोवर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए। मौसम खराबीका कारण सदरमुकाम सिमकोटस्थित एकमात्र विमानस्थलमा हवाई उडान समेत अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बेपत्ता दुई बालिकाको शव फेला

   असोज २१, २०८२       admin


काठमाडौँ,२१ असोज । सोमबार देखि बेपत्ता भएका दुईजना बालिकाको शव फेला परेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव मंगलबार फेला परेको हो ।

खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर प्राप्त भएपछी प्रहरी र आफन्तले निरन्तर खोजी गरिएको थियो । बेपत्तामध्ये आरतीको शव मंगलबार बिहान फेला परेको हो भने दिउँसो अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपदमा परी ६० जनाको मृत्यु

   असोज २१, २०८२       admin

काठमाडौँ ,२१ असोज । गएको शुक्रबार रातिदेखि लगातार परेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो र चट्याङका घटनामा परी ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका छन्।

सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको ज्यान गएको छ। त्यसैगरी पाँचथरमा आठ, उदयपुरमा तीन, खोटाङमा दुई र सुनसरीमा एक जनाको पहिरोमा परी मृत्यु भएको छ। रौतहटमा तीन जनाको चट्याङ लागेर ज्यान गएको छ भने मोरङ, सिन्धुली र महोत्तरीमा एक–एक जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको मृत्यु भएको र काभ्रेपलाञ्चोकमा दुई महिलाको शव फेला परेको पनि सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग

   असोज २१, २०८२       admin

इलाम,२१ असोज । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक क्षति पुगेको भन्दै तत्काल जिल्लालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्।

नेम्वाङले सामाजिक सञ्जालमार्फत इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराउँदै राहत तथा उद्धार कार्य सहज बनाउन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि आग्रह गरेका छन्।

जारी वर्षाका कारण जिल्लामा जनधनको ठूलो क्षति पुगेको, मुख्य सडकहरू अवरुद्ध भएका, विद्युत् आपूर्तिमा बाधा पुगेको र जनजीवन अस्तव्यस्त बनेको उनले बताएका छन्।

उनका अनुसार पहिरो, सडक ध्वस्त र सञ्चार विच्छेदका कारण उद्धार तथा राहत कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ। यस विषम अवस्थालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिसका आधारमा सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि तथा सञ्चारमा समेत बाधा पुगेको भन्दै उनले तत्काल हवाई सेवा सञ्चालन गरी राहत आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

करेन्ट लागेर दुईजनाको मृत्यु

   असोज २१, २०८२       admin

काठमाडौँ,२१ असोज । छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । कैलालीमा एक र धनुषामा एक गरी दुईजनाको करेन्ट लागेर मृत्यु भएको हो ।

कैलालीको जोशीपुर गाउँपालिका– ७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार साँझ घर नजिकै रहेको घैलानालामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस्तै, धनुषाको विदेह नगरपालिका- २ दुहबी ब्रम्हस्थान टोल बस्ने ५० वर्षीय हरि पंडितको पनि करेन्ट लागेर गएराति मृत्यु भएको छ ।

आफ्नो घरको फलामको गेटमा विद्युत् सर्ट भएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५ वर्षीय बालक मृत्त फेला

   असोज २१, २०८२       admin

दमक,२१ असोज । सुतेकै अवस्थामा झापाका पाँच वर्षीय एक बालक मृत्त फेला परेका छन् । मंगलबार विहान सुतेकै ठाउँमा बालक मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा –५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार बेलुकाको खाना खाई बुवा चन्द्रमान रिमालसँगै कोठामा सुतेको र विहान ६ बजे उठेर हेर्दा मृत अवस्थामा देखिएको भनेर प्रहरीमा खबर आएको छ ।

प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । मृतक बालकको आमा बैदेशिक रोजगारमा माल्दिभ्समा रहेको अवस्थामा गतबर्ष उहि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अख्तियार आयोग प्रमुख आयुक्तको राजीनामा माग्दै जेनजीको प्रर्दशन

   असोज २१, २०८२       admin

काठमाडौँ,२१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामाको माग गर्दै जेनजी युवाहरुले पर्दशन गरेका छन् । उनीहरुले

उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् ।

उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

   असोज २१, २०८२       admin


प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”
साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ मिटरको उचाइमा अवस्थित यो स्थल घना जंगलले ढाकिएको छ। तुलसीपुर बजारदेखि करिब २० किलोमीटर दक्षिणतिर रहेको राजाकोट, तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ र यहाँ पुग्न करिब ५ किलोमीटर पैदल यात्रा गर्नुपर्छ।

दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औँ–१५औँ शताब्दी सम्म शासन गरेका भुरेटाकुरे राजाहरुसँग राजाकोट जोडिएको छ। सुकौराकोटका राजा दंगीशरण गर्मीमा यहाँ बस्ने गर्दथे, त्यसैले यसलाई राजाकोट भनिएको हो। थारु भाषामा कोटलाई “रज्जवाकोट” भनिन्थ्यो। राजा दंगीशरण सिकारमा पारखी थिएस रानीसँगै बुल्बुल्या तालमा नुहाउने प्रचलन पनि थियो, जसको परम्परा आज पनि माघिमा जारी छ।
शिवालिग चुरे श्रृङ्खलामा रहेको राजाकोट भौगर्भिक र ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ। ऐतिहासिक तथ्यअनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औं शताब्दी देखि १५औं शताब्दी सम्म शासन गर्ने भुरेटाकुरे राजाहरूसँग पनि राजाकोटको सम्बन्ध रहेको छ। इतिहासले के देखाउँछ भने दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग पनि रहेको थियो। दाङ सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले उक्त स्थानको नाम ‘राजाकोट’ रहन गएको हो।

थारु भाषामा कोटलाई ‘रज्जवाकोट’ भनिन्छ। सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो। त्यस समयमा दंगीशरणले सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए। दाङ उपत्यकामा औंलो लाग्ने र दंगीशरण राजा गर्मी छल्नका लागि सुकौराकोटदेखि दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्थे।

दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोट लगायतका संरचनाहरू अहिले पनि देख्न सकिन्छ।
राजा आफ्नो सम्पत्ति सुरक्षित राख्न धनटाकुरामा पैसा र वस्तु गाडेको कथाले यहाँको ऐतिहासिक महत्त्व थप्छ। राजाकोट नजिकैको तिलकन्याको कोटमा राज्यको गौडा रहेको अनुमान पनि छ। यहाँको कुकुरगौडा पाण्डवसँग जोडिएको भन्ने कथा रहस्यमय छ।

कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हुदैं राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो ।
गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे ।

नेपालगञ्ज–दाङ गर्ने घोडेहरुको लस्कर, नुन तेल किन्न जाने हटारुको समूह, घोडा चडेर राजाकोट वारपार गर्नेहरुलाई आजभोलि ति दिनहरु संस्मरण मात्र बनेको होला ।
राजाकोटको चुचुरोबाट नेपालगञ्ज, बहराइज, थर्कोट, स्वर्गद्वारी र महाभारत श्रृङ्खला संगै हिमाली सेताम्मे हिम श्रृङ्खला र रमणीय स्थलहरू देख्न सकिन्छ। देउखुरी उपत्यका भएर बग्ने राप्ती नदि र दाङ उपत्यका भएर बग्ने बबई नदीको नागबेली आकारले बनेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभिन्छ।

पहिला राजमार्गको रूपमा प्रयोग हुने तिलकन्याको बाटो आजको तुल्सिपुर–अमेलिया–घोराही–लमही मसोट सडक सञ्चालन अघि प्रमुख मार्ग थियो। त्यहाँ टाकुरोमा होटल सन्चालन हुन्थ्यो र हजारौं मानिस यहाँ यात्रा गर्थे।
तर, राजाकोट अहिले पनि उस्तै छ। यहाँ चिसो हावा र रमणीय दृश्यहरूले यहाँ पुग्ने मानिसलाई आनन्दित पार्दछन्। यद्यपि, वन फडानीका कारण वातावरणमा विग्रह भएको छ। अब पैदल यात्रा र घोडाका सवार राजाकोट र तिलकन्यामा भेटिँदैनन्। तर, यहाँको चिसो हावा र वातावरणीय सौन्दर्य भने कायम छ।

नेपाल प्रहरीसँगको ऐतिहासिक सम्बन्ध
राजाकोट–तिलकन्या क्षेत्र नेपाल प्रहरीको इतिहाससँग पनि जोडिएको छ। हाम्रो पुर्खालाइ त यो थाहा थिएन, र शायद धेरैलाई तिलकन्या प्रहरी नामले कमै थाहा होला। त्यहाँ प्रहरी कहिले बस्न थाले, त्यो नेपाल प्रहरीको लागि पनि एक इतिहाँसको खोजिको बिषय हो र हुनु पनि पर्छ । जुन अहिले गोल्टाकुरी प्रहरी चौंकीको रुपमा दंगिशरण गाँउपालिका २ गोल्टाकुरीमा रहेको छ यो पनि एक जीवित इतिहास हो र अनुसन्धानको विषय बन्नुपर्छ।
आज पनि राजाकोट चिसो हावा, घना जंगल र रमणीय दृश्यले यात्रुहरूलाई मनमोहक अनुभव दिन्छ। तर वन विनास र वातावरणीय परिवर्तनले वन्यजन्तु र चराचुरुङ्गीहरू कम देखिन्छन्।

अन्त्यमा
राजाकोट केवल प्राकृतिक सौन्दर्य होइन, यहाँ लुकेको ऐतिहासिक, सांस्कृतिक र प्रहरी सम्बन्धी तथ्यहरू पनि छ। नयाँ पुस्ताले यसको खोजी गर्नु आवश्यक छ। इतिहासलाई बुझ्न र अनुभव गर्न कार्तिक १ मा राजाकोट पुग्न अनुरोध छ।
राजाकोट तिहारको पूर्वसन्ध्यामा — सबै मिलेर जीवित यादगार बनाऔँ,तिहार नजिकिँदैछ  यस वर्ष तिहारमा केवल दियो बाल्ने उत्सव मात्रै होइन — हाम्रो गौरव, इतिहास र प्राकृतिक सुन्दरताको उत्सव गरौँ ।


किन राजाकोटपुग्नेरु यहाँ छन् केही कारणहरू
: ऐतिहासिक महत्व

राजाकोट सुकौराकोटमा रहेको दरबार, कोटलगायत संरचनाहरुले देखाउँछन् कि राजा दंगीशरणले यहाँ राजकाज चलाउँथे र गर्मी छल्ने ठाउँको रूपमा यो स्थल प्रयोग हुन्थ्यो । यो थारू संस्कृति र स्थानीय परम्परासँगजोडिएको ऐतिहासिक स्थल हो ।


प्राकृतिक सौन्दर्य र रमणीयता
चुरे पर्वतको उचाइमा रहेको साथै सुन्दर हावापानी, हरियाली र घाटी दृश्यहरु यहाँका विशेष आकर्षण हुन् ।
तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको र पिकनिक स्थलहरु पर्यटकको खोजीको स्थल हुन सक्छन् ।

पर्यटनले आर्थिक फाइदा
तपाइ हामिले यसलाइ चिनाउन सक्यौ भने यो क्षेत्र पर्यटनको अर्को गन्तव्यको रुपमा विकास हुने छ .

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology