नेपालले आज वेस्ट इन्डिजसँग फाइनल खेल्दै

   असोज १४, २०८२       admin

काठमाडौं,१४ असोज। नेपालले आज वेस्ट इन्डिजसँग टी–२० शृङ्खलाको फाइनल खेल्दैछ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी युनिटी कप टी–२० शृङ्खलामा नेपाल एक खेल अगावै २–० ले विजयी भइसकेको छ। अन्तिम खेल युएईस्थित शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ।

सोमबार राति भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै उपाधि जितेको थियो। पहिलो खेलमा पनि नेपालले १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भएको थियो।

लगातार दुई खेलमा ऐतिहासिक जित निकालिसकेको नेपाल आज फाइनलमा उत्साहका साथ मैदानमा उत्रिँदैछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तरुण दल दाङद्वारा अराजक गतिविधिमा संलग्न तीन सदस्यमाथि कारबाही: साधारण सदस्यताबाट समेत निष्कासन

   असोज १३, २०८२       admin

दाङ, १३ असोज । नेपाल तरुण दल दाङले हालैको आन्दोलनमा संलग्न भएको आरोपमा आफ्नै संगठनका तीन जना सदस्यलाई कारबाही गरेको छ। उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गरिएको तरुण दल दाङले जनाएको छ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तीले सोमबार जारी गरेको विज्ञप्तिमा घोराहीका विनोद गुरुङ, बबई गाउँपालिकाका अध्यक्ष गोपिकृष्ण बुढा र आफूलाई तरुण दल तुलसीपुर उपमहानगरपालिकाको अध्यक्ष भनेर परिचय दिँदै हिँड्ने कमल घर्तिलाई संगठनविरुद्ध गतिविधि गरेको ठहर गर्दै कारबाही गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “दाङ जिल्लामा समेत सरकारी कार्यालय, पार्टी कार्यालयदेखि निजी घरसम्पत्तिमाथि आगजनी, लुटपाट र तोडफोडका जघन्य घटना घटेका छन्। ती घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएको देखिएकाले संगठनको विधान विपरीत गतिविधि गर्ने तीन जनामाथि कारबाही गरिएको हो।”

तरुण दल दाङले विधानको परिच्छेद ३ को दफा ५ (ख) अनुसार उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गरिएको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बोलेर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

   असोज १३, २०८२       admin

काठमाडौ,१३ असोज । बोलेरो दुर्घटना हुदा चालकसहित १२ जना घाइते भएका छन् । काठमाडौंबाट गईरहेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन्  

खुर्कोटनजिकै मरिन डाइभर्सननजिक बोलेरो दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी सिन्धुलीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। 

खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुइनखोलामा पुनः पहिरो, रोकियो आवागमन

   असोज १३, २०८२       admin

काठमाडौं,१३ असोज । तुइनखोलामा पुनः पहिरो खसेको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै आइतबार मध्यान्ह १२ बजे ठूलो पहिरो खस्दा दुईतर्फी यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। निरन्तर ढुंगा–माटो खसिरहेको कारण तत्काल सफाइ सुरु गर्न नसकिएको र पहिरो रोकिएपछि मात्रै सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, “पहिरो खसिरहेकै छ। रोकिएपछि तैनाथ जेसीबी, हाइड्रोलिक क्रेन र अन्य उपकरण प्रयोग गरी सडक सफा गरिनेछ।” यसअघि पनि यही स्थानमा ४५ घण्टादेखि ५३ घण्टासम्म सडक अवरुद्ध भएको थियो।

पूर्व–पश्चिम यात्राको जीवनरेखा मानिने ७० किलोमिटर लामो मुग्लिन–नारायणगढ सडक हाल देशकै सबैभन्दा जोखिमपूर्ण खण्ड बनेको छ। चितवन सडक डिभिजनका अनुसार, यो सडकमा २५ ठाउँ उच्च जोखिममा छन्, जसमा तुइनखोला सबैभन्दा सक्रिय क्षेत्र हो। विगतमा पनि यस क्षेत्रमा एकैपटक पाँच ठाउँमा पहिरो खसेर सडक बन्द भएको थियो।

विशेषज्ञहरूका अनुसार, यस क्षेत्रमा लगातार पहिरो खस्नु भौगोलिक संरचनाकै कारण हो। हिमालको फेदीमा अवस्थित यो सडक नरम चट्टान र माटोमा बनेको छ, जसलाई वर्षाको पानीले सजिलै खसाउँछ। मनसुन सकिए पनि ‘सुक्खा पहिरो’ बढिरहेको छ। नेपाल जर्नल अफ जियोसाइन्सेज को अध्ययनअनुसार, पुराना पहिरोहरू फेरि सक्रिय बन्दै गएका छन्। त्यसमाथि अनियोजित स्थानीय सडक निर्माण र वन विनाशले समस्या झन् चर्किएको छ।

गत साताभरि मात्रै बारम्बार पहिरो खस्दा करिब १०५ घण्टासम्म यातायात बन्द हुँदा हजारौं सवारी रोकिन पुगेका थिए। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी चल्छन्, जसमा दशैंका सामान बोकेका गाडी धेरै हुन्छन्। ढुवानी अवरुद्ध हुँदा तरकारी, फलफूल र अन्य उपभोग्य वस्तुको मूल्य बढेको छ।

सडक डिभिजनका अनुसार, सडक सफाइमै लाखौं खर्च भइसकेको छ। यदि यो अवस्था यस्तै लम्बिँदै गयो भने दशैं बिदामा मात्र अर्बौंको क्षति हुने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीको प्रतिवद्धता: तोकिएको मितिमै निर्वाचन हुने

   असोज १३, २०८२       admin

काठमाडौं, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

बडा दसैंका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको स्मरण गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले देशमा सुशासन कायम गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारेकी छन्।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, साथै संसारभर छरिएर बसोबास गर्ने नेपाली भाषीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस वर्ष प्रधानमन्त्री कार्कीले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समाजवादीले नेतृत्व पुस्तान्तरण गर्ने

   असोज १३, २०८२       admin


काठमाडौा,१३ असोज। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी सच्याउने, आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्ने र नेतृत्व हस्तान्तरणलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

अपानीअनुसार पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, रणनीतिक लक्ष्य समाजवाद रहने, समाजवादी कार्यदिशा अगाल्ने र नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गरिनेछ। समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताको आधारमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादलाई मानिएको छ।

नेपाली जनता र पुँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने र नवउपनिवेशवादको विरोध गर्ने नीति अवलम्बन गरिने पार्टीले जनाएको छ। साथै, बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरिएको छ। यसअन्तर्गत पार्टीले अशोक राई नेतृत्वको जसपा, नेकपा ९माओवादी केन्द्र० र विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फरार कैदीबन्दी असोज २० गतेसम्म सम्पर्कमा आउन प्रहरीको आग्रह

   असोज १३, २०८२       admin


काठमाडौँ,१३ असोज । प्रहरीले फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दीहरुलाई कारागार कार्यालय चितवनले सम्पर्कमा आउन आग्रह गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको हो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।

कैदीबन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुनसमेत सूचनामा भनिएको छ । कारागार कार्यालयबाट गत भदौ २५ गते सात सय ४२ कैदीबन्दी भागेका थिए । जसमध्ये पाँच सय ६१ जना कारागारको सम्पर्कमा आएका छन् भने अन्य जिल्लामा रहेका कारागारमा आठजना सम्पर्कमा आएका छन् । साथै अन्य जिल्लाबाट भागेका १७ जना कैदीबन्दी यस कारागारमा सम्पर्कमा रहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विभिन्न स्थानका ६ राजमार्ग अवरुद्ध

   असोज १३, २०८२       admin


काठमाडौ,१३ असोज । वर्षा र बाढीपहिरोका कारण विभिन्न स्थानका ६ वटा राजमार्ग अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहानसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपािलका–७, एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

धरानका मेयर हर्क साम्पाङले खोले नयाँ पार्टी

   असोज १२, २०८२       admin

काठमाडौँ, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दल दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दर्ताका लागि पेस गरिएका कागजातहरू हाल रुजु गर्ने प्रक्रियामा छन् । “सवै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता प्रक्रिया टुंगिनेछ,” उनले जानकारी दिए ।

आयोगले हाललाई साम्पाङले दर्ता गराएको निवेदन स्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी

   असोज १२, २०८२       admin

कास्की,१२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति साढे २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।

यसअघि भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सोही भवनमा तोडफोड र आगजनी भएको थियो ।

मुख्यमन्त्री पाण्डेका अनुसार आगलागीका कारण बाँकी रहेका कागजातसमेत जलेर नष्ट भएका छन् । “गेट लगाइएको थियो, सम्भवतः पर्खाल चढेर आगो लगाइएको हो । केही कागजात बाँकी थिए, सबै जले,” उनले भने ।

निवास प्रयोग अयोग्य भएपछि मुख्यमन्त्री पाण्डे हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएकोमा १३ भवन पूर्णरूपमा नष्ट भएका छन् भने १६ भवन तत्काल बस्न नमिल्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology