१२ केजी गाँजासहित दुई महिला पक्राउ

   असोज १२, २०८२       admin


काठमाडौँ,१२ असोज । प्रहरीले गाँजासहित दुईमहिलालाई पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीया लीलादेवी राम छन्।

प्रहरी चौकी नेपालटारको गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए।

उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्ष्यका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको उनले बताए। पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुमबाट दाङ जाँदै गरेको फोर्स दुर्घटना: तीनजनाको मृत्यु

   असोज १२, २०८२       admin

दाङ, १२ असोज । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको छ । आइतबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक बिहान करिब ४ बजे भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमा सवारी दुर्घटना तीनजनाको मृत्यु 

   असोज १२, २०८२       admin

दाङ,१२ असोज । राप्ती राजमार्ग अन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हाइस गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा तीनजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ। 

रूकुमबाट दाङतर्फ जादै गरेको लु २ ख ६५०२ नम्बरको हाइस गाडी सल्यानको कपुरकोट- ३ चोरखोला नजिकै दुर्घटनामा परेको हो। 

हाइस सडकबाट करिब ३/४ सय मिटर तल खसेको र ३ जनाको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन सकेको छैन भने घाइतेहरूको उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बैतडीमा जिप दुर्घटनाः १० जना घाइते

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज ।बैतडीमा जिप दुर्घटना भएको छ । बैतडी सडकखण्डको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौंडी तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित १९ जना सवार रहेकामा ८ जना सकुशल छन् भने १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको छ ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । त्यस्तै पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक महेश बोहरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अलपत्र २३४ सडक–पुलका ठेक्का तोडिने

   असोज ११, २०८२       admin


काठमाडौँ,११ असोज। सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २सय ३४ सडक र पुलका ठेक्का तोडिने भएका छन् ।

सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज सम्बद्ध अधिकारीसँग छलफलपछि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार कर्मचारीलाई पनि छानबिन गर्न समिति बनाइने जनाइएको छ ।

मन्त्री घिसिङले भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा सहसचिवहरू, सडक विभागका महानिर्देशक, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरू, आयोजना प्रमुखलगायतसँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गरी परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृत्तिको समेत अन्त्य हुने उनले उल्लेख गरे । सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत ५० प्रतिशतभन्दा कम प्रगति रहेको रु दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ ।

यस्तै, २०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम भएका रु दुई करोडभन्दा बढी सम्झौता अङ्क भएका, ४०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेका रु दुई करोडभन्दा बढी सम्झौता अङ्क भएका ठेक्कालाई रुग्ण मानिएको छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घुस माग्ने, सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति देखिए संलग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गरे । उनले आफ्नो नाम बेचेर कसैले अनावश्यक दुःख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको थियो ।

जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भइसकेको छ । उनले भने, ‘विभिन्न चरणको छलफलपछि कांग्रेसलाई नेतृत्व दिएर नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर सरकार बनाउने सहमति भएको छ ।’

प्रदेश प्रमुख काठमाडौंमा रहेका कारण नयाँ सरकार गठनको प्रक्रिया केही ढिलो भएको जनाइएको छ । ‘प्रदेश प्रमुख आजै जनकपुर फर्किनुभयो भने आजै, नभए भोलिसम्म बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी छ,’ यादवले बताए ।

यद्यपि कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा भने अझै सहमति हुन बाँकी रहेको उनले प्रष्ट पारे ।

जनमतले गत भदौ २८ गते आफ्नै सांसद एवं मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो । त्यसपछि नेपाली कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएसँगै सिंहको सरकार अल्पमतमा पुगेको हो ।

मधेस प्रदेशमा सरकार बनाउन ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ ९एकजना निलम्बित बाहेक०, जनमतका १३ र लोसपाका ८ (एक निलम्बित बाहेक) सांसद छन् । यो संख्याले नयाँ सरकार बनाउन पर्याप्त बहुमत जुटाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गाँजा ओसारपसारमा संलग्न दुई महिला पक्राउ

   असोज ११, २०८२       admin

काठमाडौँ, ११ असोज । प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । शनिवार उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उदयपुरगढी–७ चिया कमानमा विहान करिब ६ः४५ बजे प्रहरीले दुई महिलालाई ११ किलो ८ सय ५२ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । उदयपुरगढी–६ नेपालटारस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले सडकमा झोला बोकेर हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१७ की ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका–८ की ४० वर्षीया अस्मिता राम रहेका छन् । उनीहरूलाई अज्ञात स्थलबाट ल्याइएको गाँजा झोलामा लुकाएर बोकेको अवस्थामा पक्राउ गरिएको हो ।

बरामद गाँजासहित दुवैलाई शनिबारै दिउँसो जिल्ला प्रहरी कार्यालय, उदयपुरमा ल्याइएको छ । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी केदारमान दोङले बताए । उनीहरूलाई कोही परिचालित गर्दै थिए वा आफैं गाँजा तस्करीमा संलग्न थिए भन्नेबारे अनुसन्धानपछि मात्रै पुष्टि हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओलीले गरे सचिवालय बैठक आह्वान

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । भक्तपुरको गुन्डुमा आइतबार दिउँसो १ बजे बस्ने गरी उनले बैठक तय गरेका हुन् ।

‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ । गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् ।

आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

   असोज ११, २०८२       admin

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ ।

पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका तथा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

झुलामा फसेका ५६ जनाको उद्धार

   असोज ११, २०८२       admin

जनकपुर ,११ असोज । जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।

नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरूको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरिएको हो । विजयादशमीमा महावीर युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधाममा मेला लाग्ने गरेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले उद्धार कार्य सम्पन्न गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology