तुलसीपुर कारागारबाट भागेका चार कैदीबन्दी पक्राउ

   असोज ०, २०८२       admin

दाङ,९ असोज । दाङ प्रहरीले कारागारबाट भागेका चारजना कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले भदौ २४ गते तुलसीपुर कारागारबाट भागेकामध्ये चार जना कैदी बन्दीलाई पक्राउ गरी कारागारमा बुझाएको छ।

आगुऔषध मुद्दामा सजाय भुक्तान गरिरहेका दंगीशरण गाउँपालिका–७ का कुन्जन थापा, जबरजस्ती करणी मुद्दाका घोराही उपमहानगरपालिका – २ का मुकेश विक, लमही नगरपालिका–८ का कर्तव्य ज्यान मुद्दाका मोतिलाल चौधरी र सोही ठाउँकै चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका ओमप्रकाश घर्ती पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले लमहीका दुई जनालाई मंगलबार र बाँकी दुई जनालाई बिहीबार पक्राउपछि तुलसीपुर कारागारमा बुझाइएको जानकारी दिए।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भागेकामध्ये अझै एक सय सात जना कैदी फर्किएका छैनन्। तीमध्ये आठ जना भारतीय नागरिक पनि भागेका छन्।

कुल १२ जना भारतीय नागरिकले सजाय भुक्तान गरिरहेकोमा चार जना भने भागेर नगएको तुलसीपुर कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए।

पुनः पक्राउ परेकामध्ये १५ जना दाङदेखि बाहिरका विभिन्न जिल्ला कारागारमा तत्कालका लागि राखिएका छन्।

दाङभन्दा बाहिर विभिन्न जिल्लाहरूमा पक्राउ परेका उनीहरूलाई हाल सम्बन्धित जिल्ला कारागारहरूमै राखिएको जेलर सेजुवालले बताए।

भदौ २४ गते तुलसीपुर कारागारका दुई ब्लकबाट कुल दुई सय ५३ कैदी भागेका थिए। तीमध्ये एक सय ४६ जना पुनः पक्राउ परेका छन्।

तुलसीपुर कारागारमा कुल चार सय ७९ कैदीबन्दी थिए। तीमध्ये दुई जना महिला भने हालसालै सजाय भुक्तान गरी निस्किएको जेलर सेजुवालले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार्तिक ३० सम्म मतदाता नामावली संकलन

   असोज ०, २०८२       admin


काठमाडौँ,९ असोज । निर्वाचन आयोगले नामावली संकलन र अद्यावधिक गर्ने भएको छ । आज बसेको आयोगको बैठकले आउँदो कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने र अद्यावधिक गर्ने निर्णय गरेको हो ।

कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने–‘ कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ, आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो ।

आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपमहानगरलाई ज्ञानज्योति फाउण्डेशनको सहयोग

   असोज ०, २०८२       admin


दाङ,९ असोज । तुलसीपुर उपमहानगरपालिकालाई ज्ञान ज्योति एजुकेशन फाउण्डेशनले सहयोग सामग्री प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँस्थित ज्ञानज्योति फाउण्डेशन प्रालिले बिहिबार आगजनीका कारण क्षति पुगेको उपमहानगरलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा पालिकामा आगजनी हुँदा दुईवटा भवन पूर्ण रूपमा नष्ट भएका थिए। कार्यालयका सबै सामग्री जलेर सेवा प्रवाहमा गम्भीर अवरोध सिर्जना भएपछि फाउण्डेशनले तत्काल आवश्यक सामग्री उपलब्ध गराएको हो।

फाउण्डेशनले ९ थान कम्प्युटर, ४ थान प्रिन्टर, ३ थान स्क्यानर, १० थान दराज, १२ थान कुर्सी, २ थान सोफा र २० थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरेको सिइओ सुरेन्द्र जिसीले जानकारी दिए।

कार्यक्रममा बोल्दै सिइओ जिसीले आपतकालीन परिस्थितिमा सरकार र समुदायलाई सकेको सहयोग गर्नु सबैको सामाजिक जिम्मेवारी भएको बताए। संस्थापक अध्यक्ष टिकाबहादुर जिसीले पालिकाको दैनिक कार्य सञ्चालन सहज बनाउन तुरुन्तै आवश्यक सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै, सबैको साथ र सहयोगले पालिका चाँडै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरे।

नगर प्रमुख टिकाराम खड्काले फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै भने, “यो सहयोगले उपमहानगरलाई पीडाको घडीमा मलमपट्टी लगाउने काम गरेको छ। यसले कार्यालय सञ्चालन सहज हुने र सेवाग्राहीलाई राहत मिल्नेछ।”

जेनजी प्रदर्शनका क्रममा उपमहानगरपालिकासहित विभिन्न सरकारी कार्यालयमा आगजनी हुँदा अहिले पालिकाले अस्थायी टहरामार्फत सेवा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नारायणगढ–मुग्लिन सडकमा अलपत्र यात्रुका लागि निःशुल्क बस सेवा

   असोज ०, २०८२       admin

चितवन, ९ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहरूलाई लक्षित गर्दै नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मंगलबारदेखि रोकिएका यात्रुहरूलाई सहयोग गर्न प्रहरीले बस सेवा सञ्चालन गरेको हो। प्रहरी स्कुल शान्तिपुरका दुईवटा बस प्रयोग गरी यात्रुहरूलाई भरतपुरसम्म पुर्याइने व्यवस्था गरिएको उनले बताए।

तनहुँतर्फको बाटो हुँदै पाँचकिलोसम्म आएका यात्रुहरूलाई लक्षित गरी बस पठाइने गरिएको छ। सुरुमा पहिरो खसेको स्थानमै पुगेर यात्रु ल्याइए पनि अहिले पाँचकिलोमा यात्रु जम्मा भएपछि प्रहरीलाई खबर दिई बस पठाइने गरिएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरूलाई पैदलै वैकल्पिक बाटो लिनुपर्ने बाध्यता थियो। लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेकालाई सहज बनाउन निःशुल्क बस सेवा सुरु गरिएको प्रहरीले जनाएको छ।

मंगलबार खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको छ। अहिले पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ र शुक्रबारसम्म सडक सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चट्याङ लागेर चार वर्षीय बालिकाको मृत्यु:दम्पत्ति घाइते

   असोज ०, २०८२       admin

गुल्मी,९ असोज । चट्याङ लागेर गुल्मिमा चारवर्षीय बालिकाको मृत्यु भएको छ।जिल्लाको मदाने गाउँपालिका–५ झ्यानपानीमा गएराति परेको चट्याङका कारण चार वर्षीया रियासा विकको घटनास्थलमै मृत्यु भएको हो। बालिकाको बुबा नेरसिंह विक र आमा सुन्तली विक भने घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार, राति करिब दुई बजे घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेको थियो। नेरसिंहको छाती र पेटमा नीलडाम देखिएको छ भने सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको छ।

घाइते दम्पत्तिलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

   असोज ०, २०८२       admin

काठमाडौ,९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु राजनीतिबाट पर नगएको बताएका छन् । बुधबार पार्टी अध्यक्षको पदबाट राजीनामा दिएका भट्टराईले पद छाडेपनि राजनीति नछाडेको स्पष्ट पारेका हुन् ।

डा. भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु।”

बुधबार मात्र उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएका थिए। राजीनामा दिनुको मुख्य कारण नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनु भएको उनले बताए।

साथै, डा. भट्टराईले नयाँ कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने मागसमेत राखेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चाडपर्वमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन

   असोज ०, २०८२       admin

कर्णाली,९ असोज । कर्णाली प्रदेशमा चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था योजना बनाइएको छ । जसअन्र्तगत दसैँ, तिहार र छठ पर्वका बेला हुने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरी ड्रोनसहित सुरक्षा व्यवस्था गर्ने योजना बनाएको छ।

योजना असोज ६ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुनेछ। देशभरका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार, गोली तथा फरार कैदीबन्दी चाडपर्वको समयमा घरबतनमा फर्किन सक्ने भएकाले थप आपराधिक घटना हुन सक्ने जोखिम रहेको बताइएको छ।

योजना अनुसार ३३ मोबाइल गस्ती, ११२ मोटरसाइकल गस्ती, ९२ द्रुत प्रतिकार्य टोली ९क्युआरटी०, १७८ पैदल गस्ती र २० लामो तथा छोटो दूरीका गस्ती परिचालन गरिने छ। १३१ स्थानमा पिकेट राखिने र ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ सञ्चालन हुनेछ।

धार्मिक, प्रतिष्ठान र पर्यटकीय स्थलका लागि ४३ स्थानमा प्रहरी खटाइनेछ। यात्रु तथा नागरिक सुविधाका लागि ४३ स्थानमा सहायता कक्ष स्थापना गरिने छ। सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार, बैंक तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी परिचालन गरिने छ।

आठ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य संवेदनशील स्थानको सुरक्षामा पनि प्रहरी खटाइने छ। आवश्यकताअनुसार ड्रोनबाट निगरानी गरिने छ भने खाद्यान्न लगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था मिलाइने वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने

   असोज ०, २०८२       admin

काठमाडौँ,९ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा गएको पहिरो हटाउन शुक्रबार बिहानसम्म लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आजै पहिरो हटाउन सकिने सम्भावना नभएको जनाएको हो।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले ६ वटा उपकरण परिचालन गरेर दुई साइडबाट काम भइरहेको छ। तर, एक साइडमा दुईवटा मात्र उपकरण प्रयोग गर्न सकिने भएकाले ढिलाइ भएको उनको भनाइ छ।

मंगलबार दिउँसो ४:५५ बजे मुग्लिनको तुइन खोला नजिकै ठूलो पहिरो गएको थियो। त्यसपछि बुधबार बिहानैदेखि पहिरो हटाउने काम सुरु गरिएको हो।

सडक विभागका अनुसार करिब १६० मिटर सडकमा पहिरो थुप्रिएको छ। १८ मिटर अग्लो पहाड जस्तो बनेको उक्त भागमा करिब ३४ हजार ट्रक बराबरको ढुंगामाटो थुप्रिएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो

   असोज ०, २०८२       admin

काठमाडौं,९ असोज । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म (भदौ मसान्त) यो रकम पुगेको हो। गत असार मसान्तसम्म ऋणभार २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो।

भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रहेको छ। यसले कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४४.९२ प्रतिशत ओगटेको छ।

भदौमा मात्र विनिमय दरको उतारचढावले ५५ अर्ब २३ करोड रुपैयाँ बराबरको अतिरिक्त दायित्व थपिएको छ। दुई महिनामा सरकारले ७९ अर्ब १५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ, जसमा ७० अर्ब आन्तरिक र ९ अर्ब १५ करोड बाह्य ऋण समावेश छन्।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। सो अवधिमा ६५ अर्ब ७ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको छ। यसमध्ये आन्तरिक ऋण ५६ अर्ब ४० करोड र बाह्य ऋण ८ अर्ब ६७ करोड साँवा भुक्तानी गरिएको हो।

ब्याज भुक्तानीमा आन्तरिक ऋणतर्फ ११ अर्ब २७ करोड र बाह्य ऋणतर्फ २ अर्ब ३२ करोड खर्च भएको छ। सार्वजनिक ऋण सेवाका लागि विनियोजित ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेटमध्ये भदौ मसान्तसम्म ७८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोका कारण पाँच राजमार्ग पूर्ण अवरुद्ध

   असोज ०, २०८२       admin

काठमाडौँ,९ असोज । देशका विभिन्न पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । विभिन्न स्थापनमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण ठाउँ–ठाउँका राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड , रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यस्तै, पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार , रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल पनि अवरुद्ध भएको छ । नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology