हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

   असोज ०, २०८२       admin

काठमाडौ,९ असोज । हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति झापाको विर्तामोड नगरपालिका ७ स्थित खालबाडीमा हात्तीले आक्रमण गर्दा ३६ वर्षीय युवकको मृत्यु भएको हो । विर्तामोड ७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रीपरिषद्को बैठक बस्दै

   असोज ०, २०८२       admin

काठमाडौ,९ असोज । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक तय गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह् ४ बजे मन्त्रीपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँ झ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

   असोज ०८, २०८२       admin

काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न र छानबिन गर्ने व्यवस्थालाई सक्रिय बनाएको बताएको छ ।

मन्त्रालयका अनुसार, कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या परेमा तत्काल गुनासो गर्न सकिनेछ। यसका लागि हेल्पलाइन नम्बर १११५, भ्वाइस ह्वाट्सएप नम्बर ९८५१२५५८२१, इमेल info@mohp.gov.np लगायतका माध्यम उपलब्ध गराइएको छ।

त्यसैगरी, प्रवक्ता तथा सूचना अधिकारीमार्फत् पनि गुनासो तथा प्रतिकृया दिने व्यवस्था गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई प्राथमिकता दिँदै यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएको छ।

सचिवालयका अनुसार, गुनासो व्यवस्थापनमा आएका सबै उजुरीलाई सम्बन्धित निकायमा पुर्‍याइनेछ र आवश्यक कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

   असोज ०८, २०८२       admin

काठमाडौँ ,८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका थिए।

स्रोतका अनुसार भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन्। पद छाड्ने प्रस्ताव राखेसँगै ड. भट्टराईले राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

   असोज ०८, २०८२       admin

काठमाडौ,८ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । यसअघि पनि उनलाई सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।

सहकारी ठगी प्रकरणसँगै उनीविरुद्ध २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित

   असोज ०८, २०८२       admin

काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ।

पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार सडक जामका कारण यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्‍याउन कठिनाइ भएको छ।

लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ। यस बीचमा नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै सञ्चालन गर्नुपर्ने बाध्यता बनेको उनले बताए।

साईका अनुसार पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत पोखरा–काठमाडौँ खण्डमा दैनिक करिब ४०० यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेका छन्। दसैंको टीकाको दिन नजिकिँदै गर्दा आवतजावत बढ्नुपर्ने बेला सडक अवरुद्ध हुँदा यात्रुहरूलाई थप कठिनाइ भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्धार

   असोज ०८, २०८२       admin

चितवन,८ असोज । भरतपुरस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधबार बिहान करिब ११ बजे पुलबाट हाम फालेका उनलाई सूचना पाएलगत्तै विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले उद्धार गरी भरतपुर अस्पताल पठाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

उद्धार गरिएका युवकको पहिचान खुल्न बाँकी रहेको र उनले किन हाम फाले भन्ने कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

   असोज ०८, २०८२       admin

काठमाडौं,८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार दिउँसो भन्सार क्षेत्रबाट पक्राउ परेका ४८ वर्षीय रोनक मदनी इन्डिगो एयरमार्फत मुम्बईबाट काठमाडौं आएका थिए।

भन्सार जाँचको क्रममा शंका लागेपछि गरिएको भिडियो एक्स–रेमा उनले मलद्वारमा तीन वटा डल्लोमा सुन लुकाएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मदनीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिपालले ढाकियो सिंहदरबार

   असोज ०८, २०८२       admin

काठमाडौँ ,८ असोज । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको देशको प्रशासनिक केन्द्र सिंहदरबारको मर्मत कार्य सुरु भएको छ।

क्षति पुगेका संरचनाका कारण हालसम्म बाँकी भाग मिलाएर सरकारी कार्यालय सञ्चालन हुँदै आएको थियो। सरकारले अब मर्मत सुरु गर्दै सिंहदरबारलाई त्रिपालले छोपेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदूरपश्चिमबाट प्रतिनिधिसभा पुनर्स्थापनाको माग

   असोज ०८, २०८२       admin

धनगढी ,८ असोज । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग उठेको छ। नेपाली कांग्रेस सुदूरपश्चिमले बुधबार धनगढीमा बसेको बैठकमार्फत यस्तो माग अघि सारेको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र जिल्लाका पदाधिकारीहरूको सहभागितामा भएको बैठकले प्रतिनिधिसभा पुनर्स्थापना र त्यसमार्फत संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए।

बैठकले संशोधित संविधानको आधारमा आम निर्वाचन गर्नुपर्ने र पार्टीभित्रको आन्तरिक एकता आवश्यक रहेको निर्णय गरेको छ। साथै, हालैका तोडफोड, आगजनी र आक्रमणका घटनालाई लोकतन्त्र कमजोर बनाउने शक्ति केन्द्रहरूको खेल भन्दै दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology