प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबिच छलफल

   असोज ०७, २०८२       admin

काठमाडौँ,७ असोज। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले चुनावको तयारीका विषयमा आयोगका पदाधिकारीसंग छलफल गरेकी हुन् ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आउँदो फागुन २१ गतेका लागि चुनाव तोकिएको सन्दर्भमा त्यसका लागि आवश्यक कानून संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन् ।

छलफलमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चुनावको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरू भए त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताए।

आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्न मतदाता नामावली ऐन २०७३ मा संशोधनलगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ । अहिले आउँदो कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० रहेको छ ।

यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । उपचुनावको मिति तोकिएको सन्दर्भमा गएको असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकाले मध्यावधि चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन खुला गर्न कानूनी प्रबन्ध गर्नुपर्नेछ ।

गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेश बमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानूनी विज्ञसँग छलफल गरेको छ ।

गएको भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आउँदो फागुन २१ गते चुनाव गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

   असोज ०७, २०८२       admin

काठमाडौं,७ असोज । पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुब्दा मंगलबार दुई बालिकाको मृत्यु भएको हो ।

स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी नुहाउने क्रममा पोखरीमा डुबेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार, घटनाबारे स्थानीयले जानकारी दिएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरूको शव निकालिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अभिषेकको अपहरणपछि हत्या: पाँचजना पक्राउ

   असोज ०७, २०८२       admin

काठमाडौं,७ असोज । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाका १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

“अहिले नै संलग्न यही हो भन्न सकिने अवस्था छैन, तर छिट्टै अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ,” प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए। घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर समेत झिकाइएको छ।

आइतबार राति घर नजिकैको चोकबाट अपहरणमा परेका महतोको शव मंगलबार बिहान घरदेखि करिब १०० मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ। हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याई हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जानकारी दिए।

ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकै घुम्न निस्किएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारजनले रातभर खोजतलास गरे पनि सोमबार बिहान मात्र अभिषेकको आमाको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग गरिएको थियो। परिवारले उक्त जानकारी प्रहरीलाई तत्काल दिए पनि छोराको सकुशल उद्धार गर्न नसकिएको भन्दै पीडित पक्षले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन्।

स्थानीयवासीले पनि घटना अपहरण हो भन्ने पुष्टि गर्नमै प्रहरी ढिलाइ भएको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गड्डाचौकीमा सवारीसाधनमा ‘टाइम कार्ड’

   असोज ०७, २०८२       admin

काठमाडौं,७ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।

भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ अनुसार महेन्द्रनगर बजारसम्म मात्र आउने–जाने अनुमति दिने गरी यो व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार यस प्रणालीले सीमा नाका हुँदै भित्रिने भारतीय सवारीसाधनको अभिलेख राख्न तथा गतिविधि अनुगमन गर्न सहज हुने छ।

“अब सीमा नाकाबाट प्रवेश गर्ने गाडीलाई निश्चित समय तोकेर पठाइनेछ। तोकिएको समयभित्र नफर्केमा ती गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ,” बोहराले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गायक चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र “हाँसि देउन” म्युजिक भिडियो सार्वजनिक

   असोज ०७, २०८२       admin

तुफानबाबु श्रेष्ठ,७ असोज । बाल्यकाल देखिनै सल्यान जिल्लाबाट आफ्नो साङ्गितिक यात्रालाई निरन्तरता दिईरहेका गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र सोही एल्बमको “हाँसि देउन” बोलको म्युजिक भिडियो राजधानीमा आयोजित विशेष समारोहका बीच लोकार्पण गरिएको छ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंह, प्रख्यात गीतकार लोकराज अधिकारी र सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतका अतिथिहरूले संयुक्त रुपमा गीति सङ्ग्रह र म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा कलाकार, सञ्चारकर्मी, सङ्गीतप्रेमी र चेतन राईका शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।

सङ्गीतकार सिंहले चेतन राईलाई बहुमुखी प्रतिभाका धनी कलाकारका रुपमा चित्रण गर्दै उनलाई नेपाली सङ्गीत बजारमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे।
गीतकार अधिकारीले तीन दशक अघिदेखिको चिनजान र पछिल्ला दुई गीतमा सहकार्यको अनुभव सुनाउँदै एल्बमका गीतहरू श्रोताले मन पराउने विश्वास व्यक्त गरे।

त्यस्तै, सङ्गीतकार श्रेष्ठले डेढ दशकदेखि चेतनलाई चिन्दै आएको र उनले चुपचाप निरन्तर सङ्गीतकर्म गर्दै आएको भन्दै उनको पहिचान गहिरो र सिर्जनात्मक रहेको उल्लेख गरे।

“हाँसि देउन” बोलको म्युजिक भिडियोमा सुजन सुवेदी र ज्योति खड्काको अभिनय रहेको छ। गीतको शब्द लोकराज अधिकारीले लेखेका हुन् भने गायन, सङ्गीत र निर्देशन स्वयं चेतन राईकै हो। भिडियोको छायाङ्कन सविन तिमल्सिना र सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन् ।

गायक चेतन राईले सङ्गीतलाई आफ्नो जीवन र कर्मक्षेत्रको रुपमा ग्रहण गर्दै निरन्तर नयाँ सिर्जना ल्याइरहने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपालीपन बोकेका गीतमार्फत श्रोता–दर्शकलाई मनोरञ्जन दिने र सन्देशमूलक सिर्जना ल्याउने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा उपस्थित सबैले चेतन राईको नयाँ गीति सङ्ग्रह र म्युजिक भिडियोको सफलता र लोकप्रियताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाल टेलिकमको दशैं तिहार अफर : २५० रुपैयाँमै १ हजार मिनेट कुरा गर्ने सुबिधा

   असोज ०७, २०८२       admin

दाङ ,७ असोज । नेपाल नेपाल टेलिकमको दशैं, तिहारदेखि छठसम्मको अफर ल्याएको छ । नेपालीहरुको महान पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि छुट, डाटा र फोनकलको अफर ल्याएको छ ।

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन्।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्कमा ५ सय रुपैयाँ मिनाहा गरेको छ ।

टेलिकमले दशैं तिहार र छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर यूजर पोलिसी (एफपीयू) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने दिने भएको छ ।

यसका लागि ग्राहकले प्रतिदिन एफपीयूमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।

२५० रुपैयाँमा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १ हजार अननेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट *१४१५*५५ #डायल गरेर वा नेपाल टेलिकम एपु प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पुनः अवरुद्ध मुग्लिन-नारायणगढ सडक

   असोज ०७, २०८२       admin

काठमाडौं,७ असोज । मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ। 

तुइन खोलामा पहिरो खसेका कारण सडक पुनः अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेको हो। खसेको पहिरो हटाउने काम भइरहेको छ।

यस सडकको विकल्पमा मुग्लिङ-आँबुखैरेनी-गाेरखा-ढुवाडेभञ्ज्याङ्ग-घ्याम्पेसाल-आरुघाट-धादिङ्वेशी-मलेखु सडक खण्ड प्रयाेग गर्न सकिन्छ। गाेरखा बजारबाट ९० किमी मात्र दूरी रहेकाे ८५ किमी पिच सडक रहेकाे छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

   असोज ०७, २०८२       admin

काठमाडौँ, ७ असोज ।नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार राति नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत जर्सी सार्वजनिक गरेको हो।

नयाँ जर्सीको कुमकाे भागमा चन्द्र र सूर्य अंकित गरिएको छ। माथिकाे भागमा निलाे रङको जर्सी देखे पनि मुनिकाे भागमा हल्का राताे रङ रहेकाे छ। त्यस्तै, साेही राताे भागमा सगरमाथाकाे चित्र राखेकाे छ।

जर्सीको बायाँ पटीकाे सानाे भागमा क्यानकाे लाेगा रहेको छ भने बिच भागमा नासा सेक्युरिटीजको लाेगाे रहेकाे छ।

नासा सेक्युरिटीजले जर्सीको स्पोन्सर गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चलचित्र ‘लज्जावती’को शुभमुहूर्त: छायांकन सुरु

   असोज ०६, २०८२       admin

काठमाडौँ,६ असोज । राजबहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को शुभमुहूर्त सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको हो।

शुभमुहूर्त सट पटकथाकार प्रदीप भारद्धाजले निर्देशन गरेका थिए। कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएका थिए भने त्यसपछि निर्माता विकास जोशीले नरिवल फुटाएर छायांकनको औपचारिक सुरुवात गरेका थिए।

फिल्मको छायांकन पशुपति आर्यघाटलगायतका क्षेत्रमा ३० दिनसम्म चल्ने जनाइएको छ।

आहा फिल्म्सको व्यानरमा निर्माण हुने ‘लज्जावती’ का प्रस्तुतकर्ता सौरभ वली हुन्। फिल्मका निर्मातामा कमलप्रसाद शर्मा र सन्दीप रोकाया छन्। कार्यकारी निर्माता दीपक भण्डारी र सह-निर्माता भीमराज रोकाया हुन्। छायांकनको जिम्मेवारी दिव्यराज सुवेदीले लिएका छन्।

यस फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ। निर्माण टिमका अनुसार सम्पादन सकिएपछि मात्र फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाल रेल्वेद्वारा कार्गाे सेवा सञ्चालनको तयारी

   असोज ०६, २०८२       admin

काठमाडौं,६ असोज । नेपाल रेल्वे कम्पनीले आफ्नो सेवालाई व्यावसायिक र नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ।

भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै अब मालसामान ढुवानी गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

भारत सरकारको करिब १० अर्ब रुपैयाँ लागतमा मर्मत तथा निर्माण सम्पन्न गरी हाल उक्त मार्गमा यात्रुवाहक रेल सञ्चालन भइरहेको छ।

नेपाल सरकारले भारतबाट खरिद गरेको दुई इन्जिन र चार/चार वटा वोगीमार्फत जनतालाई नियमित सेवा दिइँदै आएको छ। तर यात्रु ओसारपसार मात्र गरेर रेल्वे सेवालाई नाफामा लैजान गाह्रो भएकाले कम्पनीले पटक–पटक नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ।

महाप्रबन्धक निरञ्जन झाले निकट भविष्यमै कार्गो रेल्वे सेवा सुरु हुने विश्वास व्यक्त गरे। उनका अनुसार हालको रेल्वेमा वोगी थप्ने वा नयाँ रेल ल्याएर सेवा विस्तार गर्ने विषयमा छलफल भइरहेको छ। साथै, कार्गो रेल सञ्चालनका लागि महोत्तरीको रामनगर र बर्दिवाससम्म रेल्वे विस्तार गरी नयाँ स्टेशन निर्माण गर्ने काममा भारतीय पक्ष पहल गरिरहेको उनले बताए।

यसअघि नै कलकत्ता बन्दरगाहबाट सस्तो दरमा नेपालमा मालसामान ढुवानीका लागि कार्गो रेल सेवा सुरु गर्न यहाँका व्यवसायीले माग गर्दै आए पनि अझै सञ्चालन हुन सकेको छैन। जनकपुरका व्यवसायी रामनरेश साहका अनुसार कार्गो रेल सञ्चालन भएमा ढुवानी कार्य सहज र किफायती हुनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology