नख्खु जेलबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

   असोज ०५, २०८२       admin

काठमाडौ,५ असोज । कारागारबाट भागेका एक कैदीले श्रीमतिको हत्या गरेका छन् । काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ गागल बस्ने करीब ३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीय श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

वडा अध्यष केसीका अनुसार सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हत्या अभियोगमा एक युवती पक्राउ

   असोज ०५, २०८२       admin


रुपन्देही,५ असोज । हत्याको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बुटवलका २७ वर्षीय रोहित थापाको हत्या गरेको अभियोगमा २३ वर्षीय सुनिता केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार असोज २ गते साँझ बुटवल उपमहानगरपालिका वडा नं। ११ मैना बगर बस्ने थापा र वडा नं। ५ ध्रुव नगर बस्ने केसी बुटवल–२ पाखापानीस्थित भूमि रेस्टुरेन्ट एन्ड लजमा बस्न गएका थिए।

दुई दिन सम्म सोही होटेलमा बसिरहेकोमा शनिबार दिउँसो होटेलकै कोठामा रोहित मृत फेला परेपछि घटना बाहिरिएको हो।

उनीहरू दुई दिन सम्म होटेलको ३०२ नं। कोठामा बसेका थिए।

मृत भेटिएका रोहितको शब पोस्टमार्टम गरी हेर्दा उनको घाँटी थिचेर हत्या गरिएको पाइएपछि कोठामा सँगै बसेकी सुनितालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिएसपी रानाले अहिले सुनितालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी ज्यान मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

   असोज ०५, २०८२       admin

काठमाडौँ, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ।

आइतबार जारी गरिएको विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिहरूले समाजमा हिंसात्मक गतिविधिलाई थप बल पुर्‍याउने सम्भावना रहेको भन्दै सचेत गराएको छ।

“नागरिकले आफ्नो धारणा राख्न र सार्वजनिक व्यक्तिको कार्यप्रति टिप्पणी गर्न पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ, “तर यस्ता अभिव्यक्ति संयमित, मर्यादित र मानव अधिकारका मूल्य–मान्यताको दायराभित्र हुनुपर्छ।”

आयोगले अरुको मर्यादामा ठेस पुग्ने गरी अधिकार प्रयोग नगर्न, घृणाजन्य अभिव्यक्ति नदिइ हिंसात्मक अवस्था सिर्जना हुन नदिने र वर्तमान राजनीतिक परिस्थितिमा संयमित रही उचित निकास खोज्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अलपत्र यात्रुलाई खाजा र पानी वितरण

   असोज ०५, २०८२       admin

काठमाडौँ,५ असोज । चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डमा अलपत्र परेका यात्रुलाई खाजा र पानी वितरण गरिएको छ।

जिल्ला सुरक्षा समिति, चितवन र स्थानीय व्यवसायीको सहयोगमा आइतबार बिहानदेखि यात्रुहरुलाई खाजा र पानी वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ।

शुक्रबार साँझ सवा ७ बजे तुइन खोलामा ठूलो पहिरो खसेपछि उक्त सडकखण्डमा आवागमन तीन दिनदेखि अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार ठूलो पहिरो भएकाले पन्छाउन समय लागेको हो। “स्काभेटरको सहयोगमा माटो पन्छाउने काम भइरहेको छ, आज दिउँसो ३ बजेसम्म बाटो खुलाउने योजना छ,” उनले बताए।

सडक अवरुद्ध भएपछि त्यसको असर पृथ्वी राजमार्गमा पनि परेको छ। काठमाडौँबाट बुटवल, नेपालगञ्ज, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगरतर्फ जाने सवारीसाधन अहिले पोखरा हुँदै सञ्चालनमा आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तालिम केन्द्र परिसरमा प्रहरी जवान मृत फेला

   असोज ०५, २०८२       admin

रुपन्देही, ५ असोज । रुपन्देहीको बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन्।

२४ वर्षीय श्याम चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदान नजिकै रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी शुक्रबार राति तालिम केन्द्रमै ड्युटीमा रहेका थिए।

प्रहरी स्रोतका अनुसार तालिम केन्द्रको उत्तर–पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवन पछाडिको रुखमा उनले तन्नाको पासो लगाएर आत्महत्या गरेको देखिन्छ। “उनी राति ड्युटीमा थिए, कति बेला आत्महत्या गरे भन्ने यकिन भएन,” प्रहरी स्रोतले जनाएको छ।

चौधरीको शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। परिवारका सदस्य आएपछि शव शनिबार अपराह्न परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–३ घर भएका चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। आधारभूत तालिम पनि बुटवलकै तालिम केन्द्रमै लिएका उनले तालिम सकिएपछि त्यहीँ प्रशिक्षकको रूपमा कार्यरत रहेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तरकारी बोकेको गाडीमा ३३४ किलो गाँजा

   असोज ०५, २०८२       admin


काठमाडौँ,५ असोज । प्रहरीले तरकारी बोक्ने गाडीबाट गाँजा बरामद गरेको छ । शनिवार रातिको गस्तीको क्रममा रौतहट प्रहरीले लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको हो । प्रहरी चौकी रामपुरखापबाट खटि गएको प्रहरी टोलीले राति इशनाथ नगरपालिका –८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड भएको पिकअप गाडीबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता,प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

प्रहरीलाई देख्ना साथ गाडी चालक भागेपछि प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागुऔषध गाँजा भेटिएको प्रवक्ता कार्कीले बताए ।

एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो गरी जम्मा २६ वटा पोकामा ३३४ किलो गाँजा बरामद भएको डिएसपी कार्कीले बताए। माथिबाट २० किलो काउलीले छोपेर लुकाएको उक्त गाँजा बरामद भएको हो।

गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालाजुमा बस पल्टिदा ३४ जना घाइते

   असोज ०५, २०८२       admin


काठमाडौँ,५ असोज । काठमाडौंको बालाजुमा बस पल्टिएको छ।

आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी लोकेन्द्रसिंह गुरूले जानकारी दिए।

उनका अनुसार बसमा रहेका ३४ जना यात्रु सामान्य घाइते छन्। उनीहरूलाई नजिकैका अस्पतालहरूमा पठाइसकेको छ।

पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

   असोज ०४, २०८२       admin

दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको विदाई कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो।

कलेजका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षता तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका उपनिर्देशक यादवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रमुख अतिथि यादव प्रसाद सुवेदीले दाङ टेक्निकल प्रा.ली.ले दाङ जिल्ला तथा लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा विस्तारमा योगदान पुर्याएको र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा टेवा पुर्याइरहेको बताए।

स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबि गुरुङले विद्यार्थीहरूले आफ्नो कर्मभूमिमा गएर नेपालको स्वास्थ्य प्रणालीमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

राप्ती प्रादेशिक अस्पतालका मेसु पदम प्रसाद अधिकारीले सकारात्मक सोच, लगनशीलता र मेहनतकै माध्यमबाट सफलता प्राप्त हुने भन्दै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।

समाजसेवी तथा कलेज संचालक विमल रिजालले शिक्षा र मित्रतामा ठूलो शक्ति हुने भएकाले विद्यार्थीहरूले आफ्नो कार्यक्षेत्रमा त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताए।

तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले विद्यार्थीहरूले अब प्राविधिक क्षेत्रमा प्रवेश गर्दै धैर्य, लगनशीलता र परिवारको सपना पुरा गर्ने जिम्मेवारी भएको बताए।

पत्रकार दिपक बोहराले व्यवसायिक ज्ञानले जीवन उपयोगी हुने हुँदा कलेजले तुलसिपुर क्षेत्रको शैक्षिक पाईलाको रूपमा भूमिका खेलेको बताए।

कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै तेस्रो वर्षका स्नातक विद्यार्थीहरूलाई विदाई गरिएको थियो।

विद्यार्थीहरूले कार्यक्रममा यसलाई केवल विदाई नभएर नयाँ जीवनको सुरुवातको अवसर भएको बताउँदै कलेजले किताबका पृष्ठ मात्र नभई जीवनका पाठ पनि सिकाएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दोर्ण बहादुर वलीले दाङ टेक्निकललाई प्राविधिक तथा व्यवसायिक शिक्षामा उत्कृष्ट कलेजको रूपमा स्थापित गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै विद्यार्थी, प्रशिक्षक र समाजको सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रम सामान्य चिकित्सा शास्त्र तेस्रो वर्षमा अध्ययनरत छात्रा कमला बोहरा र छात्र बलराम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गजल, मुक्तक र सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रम कलेजका प्रिन्सिपल अशोक कुमार यादव र दोस्रो वर्षकी विद्यार्थी इन्द्रा वलीले सहजीकरण गरेका थिए ।

सोही अवसरमा तेस्रो वर्षका विद्यार्थी किरण केसी (बि) लाई ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ स्वरुप १ लाख २१ हजार दुई सय रुपैयाँ प्रदान गरिएको कलेजले जनाएको छ।

कार्यक्रममा तुलसिपुर सिटी हस्पिटलका निर्देशक हेमराज बस्नेत, प्रशिक्षक डा. शिशिर पोखरेल, पत्रकार दिपक वोहरा, दर्शन आचार्य, चेतन वली लगायतका उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

करेन्ट लागेर शिक्षकको मृत्यु

   असोज ०४, २०८२       admin

काठमाडौं,४ असोज । लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरमा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु भएको छ।

शनिबार बिहान खेतमा धान रोप्ने क्रममा मोटर चलाउँदै गर्दा गम्भीर घाइते भएका जनता माध्यमिक विद्यालयका ३८ वर्षीय शिक्षक बीजेन्द्रकुमार सहनी उपचारका क्रममा मृत्यु भएका हुन्।

घटनापछि आफन्त र स्थानीयले उनलाई तत्काल लहानस्थित रामकुमार शारदा–उमाप्रसाद मुरार प्रादेशिक अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

   असोज ०४, २०८२       admin

दाङ,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।

शनिबार अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

“अहिलेको सरकारले आँट गरेर छानबिन गर्ने हो भने को–को दोषी हुन् भन्ने देखिनेछ,” उनले भने, “न्यायिक छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न सरकारले हिम्मत गर्नुपर्छ ।”

आचार्यले आन्दोलनका नाममा भएको अराजकताबारे पनि समीक्षा गर्न आवश्यक रहेको बताए । उनका अनुसार मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा पार्टी तथा नागरिकबीच सहकार्य अपरिहार्य छ ।

त्यस क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लिपुलेकमा चीन–भारतबीच भएको सम्झौतामार्फत षड्यन्त्र गरिएको दाबी पनि गरे ।

“लिपुलेक सम्झौतामा समर्थन गरेर मौन बसेको भए ओलीको सरकार अपदस्त हुने थिएन,” उनले भने, “यो घटना अलि पहिलेदेखि नै योजनाबद्ध भएको रहेछ, अब सबै कुरा खुल्दै जानेछन् ।”

बैठक सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology