सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । जनमत पार्टीका विरष्ठ पदाधिकारीसहितका नेताले पार्टी अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्मिेटम दिएका छन् । जेनजी आन्दोलनका कारण पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीका नेताले अध्यक्ष राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक पत्रमार्फत नेतृत्व छाड्न अध्यक्ष राउतलाई अल्टिमेटम दिएका छन्। उनीहरूको पत्रमा पार्टीलाई सशक्त, लोकतान्त्रिक, जबाफदेही र जनउत्तरदायी बनाउने उद्देश्यसहित नेतृत्वले मार्ग प्रशस्त गर्न राउतलाई सुझाइएको छ।

‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्म समीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ’, पत्रमा भनिएको छ।

यस्तो छ पत्र :

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारको बजेट खर्च ९ प्रतिशत

   असोज ०१, २०८२       admin

काठमाडौं,१ असोज । चालू आर्थिक वर्ष २०८१/ ८२ को भदौ मसान्तसम्म सरकारले कुल बजेटको ९ दशमलव १७ प्रतिशत मात्र खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालू खर्च ९.६७ प्रतिशत, पूँजीगत खर्च १.५६ प्रतिशत र वित्तीय व्यवस्थासम्बन्धी खर्च १५.८९ प्रतिशत रहेको छ। यस वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा भदौ मसान्तसम्म १ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

उही अवधिमा सरकारले वार्षिक लक्ष्यको १०।४३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ। चालू आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखिएकोमा अहिलेसम्म १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ असुली भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कार्यालय आगजनी हुँदा वित्तीय कारोवार ठप्प

   असोज ०१, २०८२       admin


सुर्खेत,१ असोज । जेनजी आन्दोलनकारीले २४ गते आगजनी गरेपछि कर्णाली प्रदेशको लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० ठप्प भएको छ। आगजनीमा कार्यालयका सबै कागजात, कम्प्युटर र अन्य आवश्यक उपकरण जलेर नष्ट भएपछि प्रदेशका वित्तीय गतिविधि अनिश्चितकालका लागि प्रभावित बनेका छन्।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीका अनुसार, कार्यालयमा रहेका पुराना आयव्यय विवरण, कर्मचारी तलब र भुक्तानी आदेशसम्बन्धी फाइलहरू जलेर नष्ट भएका छन्। उनले भने, –‘डिजिटल प्रणालीमा सुरक्षित उपकरण समेत क्षति भएपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ आएको छ। केही समयका लागि चालू र पुँजीगत बजेट खर्च प्रणाली ठप्प भएको छ।

आगजनीका कारण कार्यालयका नौ वटा मोटरसाइकल र दुई चारपाङ्ग्रे गाडी पूर्णरूपमा नष्ट भएका छन्। साथै विद्युत्, इन्टरनेट, टेलिफोन र खानेपानी सेवासमेत अवरुद्ध भएको छ।

सुवेदीले बताए अनुसार, प्रदेशका विभिन्न मन्त्रालय, मातहत कार्यालय, लोकसेवा आयोग लगायत कर्मचारीको मासिक तलब–भत्ता समेत भुक्तानी गर्न असम्भव भएको छ।

कार्यालयले आगजनीले नष्ट भएका सबै सामग्री पुनः तयार गर्नुपर्ने र खरिद गर्नुपर्ने अवस्था रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनमा मृत्यु हुनेको सख्या ७४ पुग्यो, थप एकजनाको शव फेला

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । जेनजी आन्दोलनमा मृत्यु हुनेको सँख्या ७४ पुगेको छ । आन्दोलका क्रममा आगजनी भएको काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट थप एक युवकको कंकाल फेलासंगै मृत्तकको सँख्या ७४ पुगेको हो । बुधबार भवन सफा गर्ने क्रममा उक्त कंकाल भेटिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मृतक रामेछापको खाँडादेवी गाउँपालिका– ६ घर भई हाल ललितपुरको च्यासल बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन्।

प्रहरीका अनुसार शव पूर्ण रूपमा जलेर पहिचान गर्न नसकिने अवस्थामा थियो। तर, शव नजिकै फेला परेको सिम कार्डको आधारमा मृतकको पहिचान खुलेको हो।

उक्त सिम रसाइलीको नाममा दर्ता रहेको र उनको परिवारले समेत उनी हराइरहेको भनी प्रहरीमा जानकारी गराएका थिए। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

जेन(जी आन्दोलनका क्रममा आगजनी गरिएका भाटभटेनीका स्टोरहरूबाट जलेका शव भेटिने क्रम बढेको छ। यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीको भग्नावशेषबाट पनि ६ शवका अस्थिपञ्जर फेला परेका थिए।

ती शवहरूको भने अझै पहिचान हुन सकेको छैन र त्रिवि शिक्षण अस्पतालमै राखिएको छ।

गत भदौ २४ गते भ्रष्टाचारको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि आक्रोशित समूहले कोटेश्वरसहित उपत्यकाका विभिन्न भाटभटेनी सुपरमार्केटहरूमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आफूमाथि आक्रमणको प्रयास भएको सुदनको दाबी

   असोज ०१, २०८२       admin

काठमाडौ, १ असोज । जेनजी आन्दोलको नेताका रुपमा देखा परेका हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भएको दाबी गरेका छन्। बुधबार अज्ञात समूहले आफूमाथि आक्रमण गर्ने उद्देश्यले रानी बारीबाट बानेश्वरसम्म लखेटेको गुरुङले दाबी गरेका हुन्।

पल्सर बाइक र केही गाडीमा आएको समूहले आफूलाई लखेटेको गुरुङको दाबी छ। जेन–जी आन्दोलनका क्रममा अग्र भागमा नदेखिएका गुरुङ भदौ २४ गतेपछि एकाएक आन्दोलनको नेताका रूपमा देखा परेका पात्र हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जंगली च्याउ खाँदा छजना बिरामी

   असोज ०१, २०८२       admin


काठमाडौ,१ असोज। जंगली च्याउ खाँदा गुल्मीमा छजना बिरामी परेका भएका छन् । गुल्मीदरबार गाउँपालिका –१ बलिथुमका रजाली परिवार बुधबार बिहान जंगलबाट ल्याएको च्याउ खादा बिरामी भएका हुन् । खानाको समयमा उक्त च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

बलिथुमका ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली,१० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बविना रजाली बिरामी परेका हुन् ।

स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उनीहरूको उपचार भइरहेको छ । बिरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । च्याउ खाँदा उनीहरूमा वाकवाकी लाग्ने, टाउको दुख्ने र पखाला लाग्नेलगायतका लक्षण देखा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिलबिनाको सामान किनबेच नगर्न अनुरोध

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । नेपाल प्रहरीले बिलबिजकबिना सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा तोडफोड तथा लुटपाट भएका सामग्री अवैध रूपमा बजारमा प्रवेश गर्न सक्ने भन्दै त्यसबारे सचेत रहन सबैलाई अनुरोध गरेको हो।

परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बिलबिजकबिना सामान किनबेच भए प्रचलित कानुनअनुसार कारबाही गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खुल्यो अवरुद्ध राजमार्ग

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । मंगलबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको शुभकालिका–१ गगने खोलामा पुनः झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।

पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर काम गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । गगने खोलामा वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्री छनौटका विषयमा छलफल

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्।

भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने ग री छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ‌ओमप्रकाश अर्याल छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्की र मोदीबिच टेलफोन वार्ता हुने

   भदौ ३१, २०८२       admin

काठमाडौँ,३१ दाङ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको छ ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै मोदीले सामाजिक सञ्जालमा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए ।

जेनजी आन्दोलनपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology