गाजा शहरमा इजरायलको बमबारी

   भदौ ३१, २०८२       admin


काठमाडौँ,३१ भदौ । गाजा शहरमा इजरायलले भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् ।

मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर बढिरहेको बताएका छन् ।

यी आक्रमणहरू सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणको क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको ‘अटल समर्थन’ को आश्वासन दिएका बेला भएका छन् ।

मंगलबार बिहान इजरायली रक्षामन्त्री इजरायल काट्जले एक्समा लेखे, ुगाजा जलिरहेको छ ।स उनले चेतावनी दिए कि इजरायल ुमिशन पूरा नभएसम्म पछि हट्ने छैन ।ु

गाजाका स्थानीय पत्रकारहरूले इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन् । घरहरूको भग्नावशेषमुनि मानिसहरू दबिएको पनि रिपोर्ट आएको छ । इजरायली सेनाद्वारा नयाँ स्थलगत आक्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मनाइने

   भदौ ३१, २०८२       admin

दाङ,३१ भदौ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले दिवस औपचारिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिएका छन् । कार्यक्रम बिहान ८ बजे आयोजना गरिनेछ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएका क्षतिको विवरण संकलन गर्ने काम जारी छ। सामान्य मर्मतसाम्भार सकिएकाहरूका कार्यालयहरूमा सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ।

मुख्यमन्त्री आचार्यले कर्मचारीहरूलाई मनोबल उच्च राखेर सेवा प्रवाहमा जुट्न आग्रह गर्दै भने, “सेवा चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ। पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ। कर्मचारीहरू मनोबल उच्च बनाएर काममा जुट्नु आवश्यक छ।”

प्रदेश प्रशासनिक केन्द्रको सुरक्षा सुनिश्चित गर्न समुदाय स्तरबाट देखाइएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरे।

प्रदेश सरकार मातहतका जिल्ला तहका कार्यालयहरू र चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनमा पनि आगजनी भएको थियो। यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिवस्तरीय अनुगमन जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

   भदौ ३१, २०८२       admin

काठमाडौं,३१ भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई र शुभकामना व्यक्त गर्दै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरे।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पुगेको क्षति सम्बन्धमा जानकारी दिए।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै देशलाई शान्ति र स्थिरतातर्फ लैजान सबैले सहकार्य गर्दै अघि बढ्न आग्रह गरिन्। उनले वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले गठन गर्‍यो कार्यदल

   भदौ ३१, २०८२       admin

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री यस कार्यदलमा छन्।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले कार्यदल गठनको उद्देश्यबारे जानकारी दिँदै भने, “अहिलेको बजेटभित्र रहेका योजना तथा कार्यक्रम कटौती गरेर निर्वाचन र पुनःनिर्माणका लागि स्रोत जुटाउन सकिन्छ कि सकिँदैन भनेर आन्तरिक अध्ययन गर्न कार्यदल गठन गरिएको हो। प्राथमिकता निर्धारण गर्ने अधिकार पनि कार्यदलले पाएको छ।”

सोमबार कार्यभार सम्हालेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा परेका राजनीतिक दबाबमा राखिएका, पूर्वतयारी नसकिएका र अधुरो योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए।

खनालका अनुसार सरकारले पूरक बजेट नल्याउने योजना बनाएको छ र अहिलेको बजेटभित्र रहेका योजना तथा कार्यक्रम कटौतीबाट करिब एक खर्ब रुपैयाँ बराबर स्रोत जुटाउन सकिने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीलाई डा. रुइतको जवाफ–‘ बिरामीलाई छाडेर म मन्त्री बन्दिन’

   भदौ ३१, २०८२       admin

दाङ,३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न गरेको प्रस्तवलाई वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले अस्वीकार गरेका छन् ।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले मन्त्री बन्न आग्रह गरेकी थिइन्। तर, रुइतले अस्पतालको जिम्मेवारी र बिरामी छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्।

‘यहाँ अस्पतालमा छु। यत्रो काम छ, यहाँ छाडेर आउने रुरु बिरामीलाई छाडेर आउँदिन, मन्त्री बन्दिनँ,’ सञ्चारकर्मीसँग कुरा गर्दै रुइतले प्रतिक्रिया दिएका छन्।

जेन–जी आन्दोलनपछि गत शुक्रबार सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। यही सरकारमा रुइतलाई मन्त्री बनाउने चर्चा भए पनि उनले अस्वीकार गरेपछि प्रधानमन्त्री कार्की अन्य विकल्प खोज्ने तयारीमा छिन्।

हाल कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा तीन मन्त्री छन् र सरकारलाई पूर्णता दिने प्रक्रिया जारी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

   भदौ ३१, २०८२       admin

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक भएका छन् ।

उनी जेनजी आन्दोलका क्रममा जलाइएको पार्टीको मुख्यालय पेरिसडाँडामा भवन अवलोकनल गर्ने क्रममा सार्वजनिक भएका हुन्।

भवनको अवलोकन गर्दै उनले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गरेका छन्। । देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उनको भनाइ छ ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले सिंहदरबारमा आगो लगाउन थालेपछि नेपाली सेनाले प्रचण्डसहितका नेताहरूलाई सुरक्षित स्थानमा पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२६ वर्षीय युवती मृत्त फेला

   भदौ ३१, २०८२       admin

खोटाङ,३१ भदौ । खोटाङमा एक युवती मृत्त फेला परेकी छन् । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक युवती मृत फेला परेकी हुने । सोही पालिकाकी वडा नं ४ बतासे बस्ने अन्दाजी २६ वर्षीया रेस्मिका परियार स्थानीय मार्से जंगलमा भदौ ३० गते राति मृत फेला परेकी हुन् ।

अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा जंगलमा बलात्कारपछि हत्या गरिएको हुन सक्ने कार्यवाहक वडाध्यक्ष सुवास प्रधानले बताएका छन् । प्रधानका अनुसार बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा बाटोनेर चप्पल फेला परेको, त्यसपछि खोज्दै जाँदा केही तल मडारिएको ठाउँ फेला परेको र करिब एक सय मिटर तल घोप्टो परेको अवस्थामा राति ८ बजेतिर फेला परेकी हुन् ।

परियारको भित्री कपडा मडारिएको ठाउँनेर फेला परेको र बाहिरी कपडा भने लगाइएको अवस्थामा फेला परेको प्रधानको भनाइ छ । रातिदेखि नै घटनास्थलमा प्रहरी पुगे पनि माइतीपक्षको पर्खाइमा घटनास्थलबाट शव उठाउन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रका ।घटनास्थलमा राति नै प्रहरी पुगे पनि आफन्तको पर्खाइमा शव उठाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भवन क्षतिग्रस्त भएपछि त्रिपालमुनिबाट सेवा सुरु

   भदौ ३१, २०८२       admin

दाङ,३१ भदौ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले कार्यालय भवन क्षतिग्रस्त भएपछि तुलसीपुर उपमहानगरपालिकाले आजदेखि त्रिपालमुनिबाट सेवा सुरु गरेको छ।

आन्दोलनकै क्रममा उपमहानगरपालिकासहित मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन कार्यालय, कारागार, यातायात व्यवस्था कार्यालयलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो।

उपमहानगरपालिकाका तीनवटा भवनमा ठूलो क्षति पुगेको छ। जसमा नयाँ साततले “तुलसी टावर” को सिसा फुटेको, मेयरको कार्यकक्ष रहेको भवन क्षतिग्रस्त भएको र कार्यालय परिसरमा रहेका दमकल, पानी ट्यांकरसहितका सवारी साधन जलेका छन्।

शिक्षा शाखा, जनस्वास्थ्य शाखा लगायतका कार्यालयका कम्प्युटर, ल्यापटप, औषधि, खोप तथा विभिन्न कागजातसमेत नष्ट भएका छन्।

भौतिक संरचनामा परेको क्षतिको बीच पनि नागरिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले त्रिपाल टाँगेर अस्थायी रूपमा सेवा सुरु गरिएको उपमहानगर प्रमुख टीकाराम खड्काले जानकारी दिए।

उनका अनुसार सामान्य असुविधा भए पनि प्रशासनिक काम, नागरिक सेवा र दैनिक कार्य निरन्तर हुनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाघको आक्रमणमा परि महिलाको मृत्यु

   भदौ ३०, २०८२       admin

बाँके,३० भदौ। बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।
राप्तीसोनारी–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारु आइतबार राति बाघको आक्रमणमा परि मृत्यु भएकी हुन्।

थारु सोही गाउँपालिकाको वडा नं–२, मदुईस्थित आफन्तको घरबाट फर्किँदै गर्दा जनमुखी सामुदायिक वन क्षेत्रमा बाघको शिकार बनेकी प्रहरीले जनाएको छ। घर फर्कने क्रममा उनी जंगलको बाटोमै निदाएका बेला बाघले आक्रमण गरेको बताइएको छ।

आइतबार साँझ घर नफर्किएपछि परिवार र आफन्तले खोजी थालेका थिए। खोज्दै जाँदा सोमबार बिहान सामुदायिक वनभित्र करिब ५० मिटर टाढा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कचनापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर पुनका अनुसार, शव फेला पार्दा दुवै खुट्टा खाइसकिएको र टाउको भाँचिएको अवस्था थियो।

घटनापछि माथेबास र सिनाबास क्षेत्रका स्थानीयवासीमा बाघको त्रास थप बढेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनसेलले दियो कार्यालयमा तोडफोड र लुटपाट गर्नेविरुद्द उजुरी

   भदौ ३०, २०८२       admin

काठमाडौं,३० भदौ । लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते जेनजी आन्दोलनका नाममा अपराधी समूहले तोडफोड, आगजनी र डकैती गरेका घटनाबारे एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गरेको छ।

उजुरीमा सुरक्षाकर्मीलाई धम्की दिँदै कोठामा थुनी भवनमा आगजनी तथा तोडफोड गरिएको, बहुमूल्य विद्युतीय उपकरण, कागजात, नगद, गहना तथा मोटरगाडी लुटिएको उल्लेख छ। साथै, गाडीहरू आँगन र सडकमा ल्याई जलाइएका कारण ठूलो आर्थिक तथा भौतिक क्षति भएको एनसेलको दाबी छ।

कम्पनीले क्षतिको विवरणसहित लुटिएका सम्पत्तिको सूची र घटनाका सीसीटीभी फुटेज पनि प्रहरीले उपलब्ध गराएको छ। वास्तविक क्षतिको मूल्याङ्कन भइरहेको र थप विवरण अनुसन्धानक्रममा बुझाउने एनसेलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology