काठमाडौं,३० भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा भएको तोडफोड र आगजनी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको संलग्नता देखिएको छ।
भदौ २४ गते दिउँसो मेयर आचार्यको पोखरा–९ नयाँबजारस्थित घरमा एउटा समूहले तोडफोड गरेको थियो। सोही रात अर्को समूहले घरमा आगजनी गरेको थियो। राति भएको आगजनीमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको खुलेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापा घरभित्रका सामान जलाइरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले सोमबार थापालाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो। आयोगका प्रमुख योगेन्द्र केसीले पार्टी आचारसंहिताबाहिर गएर अवाञ्छित गतिविधिमा संलग्न देखिएकाले अर्को निर्णय नहुँदासम्म थापालाई निलम्बन गरिएको जानकारी दिएका छन्।
निलम्बित सभापति थापाले पनि आफ्नो गल्ती स्वीकार गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले भीडको उत्तेजनामा केही गलत भएको हुनसक्ने बताएका छन्। उनका अनुसार, आगलागी हुँदा वरपरका घरमा क्षति नहोस भन्ने उद्देश्यले भित्रको सामान बाहिर निकालेर जलाउन सुझाव दिएको मात्र हो। घटनामा पार्टीको कुनै निर्देशन नरहेको र दोषी ठहर भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको उनले बताएका छन्।
मेयर आचार्यले भने भिडियो हेर्दा आफ्नै घर र महानगर कार्यालय दुवैमा रास्वपा कार्यकर्ताको संलग्नता स्पष्ट देखिएको दाबी गरेका छन्। ‘मेरो घरमा देखिने मान्छे महानगरमा पनि देखिएका छन्,’ उनले भने। आगलागीबाट परिवारका कागजात, पुराना तस्बिर, करिब चार हजार पुस्तक जलेर नष्ट भएको उनले जानकारी दिएका छन्।
विदेश भ्रमणबाट फर्किएका मेयर आचार्य अहिले काठमाडौंमा छन्। घटनापछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो घरलाई ‘घुसपैठले ध्वस्त पारेको’ भन्दै दुख व्यक्त गरेका छन्। ‘म मेयर बनेपछि कुनै आर्थिक लाभ लिएको छैन। मेरो नाममा आउने मासिक सुविधा विद्यार्थी र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको कुरा तथ्य हो,’ आचार्यले भनेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० भदौ । आगामी कार्तिक १७ गते सञ्चालन हुने तय भएको रूपन्देही–३ क्षेत्रको उपनिर्वाचन रद्ध गरिएको छ। निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको सम्पूर्ण कार्यक्रम रद्द भएको जानकारी दिएको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति तोकेकाले उपनिर्वाचन आवश्यक नरहेको उल्लेख गरिएको छ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२ असोज १७ गते उपनिर्वाचन गर्नेगरी आयोगले मिति तोकेकोमा राष्ट्रपतिको कार्यालयबाट २०८२ साउन २७ गते प्रकाशित विज्ञप्तिबाट प्रतिनिधि सभा विघटन गरी २०८२ फागुन २१ गते नयाँ निर्वाचन गर्ने मिति तोकिएकाले रूपन्देही–३ को उपनिर्वाचन कार्यक्रम रद्ध गर्ने निर्णय गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।
आयोगको २०८२ भदौ ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार अब सो क्षेत्रको उपनिर्वाचन नहुने भएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार भ्रष्टाचारविरुद्ध दृढ प्रतिबद्धता जनाएका छन्।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीलाई सम्बोधन गर्दै भने, “भ्रष्टाचार र बेथितिविरुद्ध युवाले ज्यान आहुति दिएका छन्, अब हामी सबैले पहिलो संकल्प यही विरुद्ध गर्नुपर्छ।”
खनालले कर्मचारीलाई कुनै पनि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न आग्रह गर्दै चेतावनी दिए, “अब आइन्दा जानेर गल्ती गर्ने गुन्जाइस छैन। करदाताको सार्वजनिक सम्पत्ति दुरुपयोग भयो कि भन्नेमा विशेष चनाखो हुनुहोस्।”
उनले कसैले गल्ती गरे माया नहुने भन्दै कठोर प्रावधान अपनाइने संकेत पनि गरे।
अर्थ प्रशासनमा दक्ष मानिएका खनालले तलब, आवास, सवारीसाधनलगायत कुनै सेवा सुविधा नलिने घोषणा गर्दै भ्रष्टाचारविरुद्ध आफ्नो व्यक्तिगत उदाहरण प्रस्तुत गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० भदौ । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण एकतर्फी मात्र सञ्चालन भएको सडक सोमबार दिउँसो देखि दुईतर्फी सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि सोमबार बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।
सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछिसडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० भदौ । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एकजनाको मृत्यु भएको थियो।
इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । यसैगरी यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका(५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका थिए। उनीहरूको साउनयता मृत्यु भएको हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन सङ्क्रमितमध्ये एकजनाको मृत्यु भएको थियो।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ। यो क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो।
यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ। यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोके सर्दछ। धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
कपिलवस्तु,३० भदौ । कपिलवस्तुमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ गन्धर्व टोल मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो। आइतबार साँझ आफ्नै घरमा ३५ वर्षीया गोमा नेपालीलाई सर्पको टोकेको थियो।
उपचारका लागि सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेमा लाने क्रममा बाटोमै उनको मृत्यु भएकोको भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० भदौ । प्रहरीले स्रोत नखुलेको रकम सहित तीनजनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका(२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा।८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० भदौ । अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार उनीहरुले शपथ लिएका हुन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० भदौ। नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आजदेखि काठमाडौँ उपत्यकामा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यी पसल सञ्चालन हुने भएका हुन्।
मन्त्रालयका अनुसार, आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको हो।
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा प्रति किलो पाँच रुपैयाँ छुट दिइनेछ भने चिउरा, आटा, पिठो र मैदामा प्रति किलो सात रुपैयाँ छुट पाइनेछ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा १५ स्थानमा पसल सञ्चालन गर्नेछ। यसमा तीनवटा घुम्ती पसल पनि समावेश छन्।
मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख शिवराम पोखरेलले सहुलियत मूल्य पसल सञ्चालनका लागि सम्बन्धित कम्पनीलाई आवश्यक परिपत्र भइसकेको जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
अमृत काजी शर्मा,२९ भदौ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सरसफाइ सुरु गरिएको छ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका कानुन व्यवसायी तथा मालपोत कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा सरसफाइ अभियान थालेका हुन्।
तुलसीपुर उपमहानगरपालिका–६ अमिलिया रोडस्थित भाडाको भवनमा रहेको मालपोत कार्यालयलाई आन्दोलनकारीहरूले आगो लगाइदिएपछि उपमहानगरपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका जग्गाधनीका मोठ, श्रेष्ता, तामेली लगायतका महत्त्वपूर्ण कागजात र फर्निचर पूर्ण रूपमा नष्ट भएका छन्।

मालपोत कार्यालयका सूचना अधिकारी शान्तराज गौतमका अनुसार केही आधा जलेका मोठहरू व्यवस्थापन गरिएको भए पनि कार्यालयको अधिकांश अभिलेख खरानी बनेका छन्। “कार्यालय पूर्ण रूपमा जलेको अवस्थामा भएकाले केही दिन व्यवस्थापन नहुँदासम्म सेवा बन्द रहनेछ,” गौतमले जानकारी दिए।
उता, मालपोत कार्यालयदेखि पूर्वपट्टि रहेका नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरअन्तर्गतका व्यवसायीहरूको करिब २० वटा सटरमा समेत आगो लगाइदा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष विनोद न्यौपानेले बताए ।
उनका अनुसार, त्यहाँ रहेका फर्म तथा व्यक्तिगत भू–सेवामा कामको सिलसिलामा छोडिएका सेवाग्राहीका सक्कल नागरिकता, लालपुर्जा, लिखतलगायतका महत्त्वपूर्ण कागजात पनि जलेर नष्ट भएका छन्।
आन्दोलनकारीहरूले त्यही क्रममा नजिकैका उच्च अदालत तुलसीपुर, लोक सेवा आयोग कार्यालय र किराना तथा नास्ता पसलमा समेत आगजनी गरेर पूर्ण रूपमा ध्वस्त बनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस