काठमाडौं,२८ भदौ । नेपाली कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका’ ठहर गरेको छ।
जेनजी आन्दोलनपछिको राजनीतिक संकट समाधानका लागि संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसद विघटनको कदमको विपक्षमा उभिने निर्णय गरेको हो।
शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले आन्दोलनको माग सम्बोधन गर्न संसदमार्फत संविधान संशोधन गरेर नयाँ सरकार गठन गर्न सकिने ‘जिम्मेवार प्रस्ताव’ अघि सारेको स्मरण गराएको छ।
‘हामीले गरेको प्रस्तावमा सबैको जित हुन्थ्यो, आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री नियुक्त हुन्थ्यो र संविधानलाई टेकेर समाधान निस्कन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।’
कांग्रेसले संसद विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र ‘जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन’ भन्ने गम्भीर आशंका उत्पन्न भएको जनाएको छ। सो निर्णय सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको ठहर पनि विज्ञप्तिमा गरिएको छ।
बैठकले उत्पन्न चुनौतीपूर्ण अवस्थामा संविधानलाई लिकबाट बाहिर जान नदिन र स्थितिलाई थप बिग्रिन नदिन नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ। यसका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग संवाद र परामर्श अघि बढाउने बताइएको छ।
त्यसैगरी कांग्रेसले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र तोडफोड भएका संरचनाको तत्काल पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२८ भदौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याउँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मोदीले कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा शुभकामना दिँदै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।”
मोदीले आफ्नो सन्देशमार्फत दुवै मुलुकबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास पनि व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ भदौ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ ।
यो भूकम्पपछि, प्रशान्त सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको चेतावनी दिएको छ । गत महिनाको अन्त्यमा, कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि यस क्षेत्रमा धेरै ठाउँमा सुनामी आएको थियो । यो भूकम्पको प्रभाव जापानसम्म पुगेको बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ भदौ । निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको बताएका हुन्।
‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला। हाम्रो तर्फबाट आजैदेखि तयारीमा लाग्छौँ।’
अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएलगत्तै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते चुनाव तोकिसकेका छन्।
कार्की ६ महिनामा चुनाव गराउने गरी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन्। आज मन्त्रिपरिषद विस्तारबारे गृहकार्य चलिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ भदौ । नेपालमा जेन्जी आन्दोलनपछि उनीहरूकै सिफारिसमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार प्रशासनको अनुमतिमा नख्खु कारागारबाट बाहिरिएको दाबी गरे पनि प्रशासनले उनको दाबी अस्वीकार गरेको छ।
जेनजी आन्दोलनकै क्रममा २४ भदौमा कारागारबाट बाहिरिएका लामिछानेले आफू प्रशासनले दिएको पत्रकै आधारमा भीडसँगै बाहिरिएको बताएका थिए। तर, नख्खु कारागार प्रशासन प्रमुख सत्यराज जोशीले लामिछानेले सार्वजनिक गरेको पत्र “आधिकारिक नभएको” स्पष्ट पारेका छन्।
जोशीले भने, “त्यो पत्रको कुनै पनि अंश मिलेको देखिँदैन। उहाँहरूले के गर्नुभएको हो मलाई थाहा छैन। उहाँ आउनुभएपछि थप कुरा गरौँला।” उनले लामिछानेसहित फरार कैदीबन्दीहरूलाई नजिकको प्रहरी चौकी वा कारागारमा सम्पर्कमा आउन आग्रह गरेका छन्।
लामिछानेले भने सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै, “कानुनलाई सघाउन कारागारले दिएको पत्र पाएपछि मात्रै बाहिरिएको हुँ, कानुनी प्रक्रियामा सधैं तयार छु,” बताएका छन्। उनले भीड बढेपछि कारागार प्रशासनले जबर्जस्ती बाहिर निकालेको समेत दाबी गरेका छन्।
लामिछानेसँगै फरार भएका मध्ये जनकपुर बमकाण्डमा सजाय काटिरहेका सञ्जय साह ९टकला०लाई भने प्रहरीले बिहीबार काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ। प्रहरीले उनलाई फरार भइरहेका बेला नियन्त्रणमा लिएको दाबी गरे पनि साहले आफू स्वेच्छाले कारागार फर्किँदै गर्दा “जबर्जस्ती नियन्त्रणमा लिएको” आरोप लगाएका छन्।
विवादित पत्रबारे चर्को आलोचना भइरहेका बेला रास्वपाले सभापति लामिछाने कानुनी प्रक्रियाको सम्मान गर्न तयार रहेको स्पष्ट पारेको छ। पार्टी प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ।”
उनका अनुसार शुक्रबार दिउँसो कार्यवाहक सभापति डीपी अर्याल, जिल्ला प्रशासन प्रमुख (सिडिओ)र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो। सो भेटमा रास्वपाले ‘प्रशासनले खबर गरेपछि तुरुन्तै उपस्थित हुने’ सन्देश दिएको उल्लेख छ।
यसअघि कार्यवाहक सभापति अर्यालले पनि रिहाइ प्रक्रियामा प्रयोग भएको पत्रमा “प्राविधिक त्रुटि” भएको स्वीकार गर्दै समन्वयमा कमजोरी भएको बताएका थिए।
विवादित पत्रबारे स्पष्टता नआएसम्म रास्वपा सभापति लामिछाने पुनः कारागार फर्किन तयार रहेको पार्टीले जनाएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनको दबाबपछि अन्ततः नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई ताजा जनादेशका लागि चुनाव गराउने र त्यतिञ्जेल मुलुकको शासन सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। आन्दोलनकारीको दबाब र संवैधानिक संकटबीच राष्ट्रपतिले संविधानको धारा ६१ मा उल्लेखित ‘अभिभावकीय भूमिका’ प्रयोग गर्दै कार्कीलाई नियुक्त गरेका हुन्।
यसअघि संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था भए पनि प्रतिनिधिसभा विघटन र राजनीतिक रिक्तता उत्पन्न भएपछि नयाँ विकल्प खोजिएको थियो। संविधानविद्हरूसँगको राय–सुझावपछि राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठनको बाटो रोजेका हुन्।
जेनजी आन्दोलनका क्रममा संसद् विघटन, संविधान खारेजीसहित अन्तरिम सरकार गठनको माग उठेको थियो। तर, राष्ट्रपतिले संविधान खारेजी र आफ्नो राजीनामाको माग अस्वीकार गर्दै संविधान कायम राखेर नागरिक सरकार गठन गर्ने सहमति प्रदर्शनकारीसँग गरेका थिए।
यसअघि २०७७ पुस र २०७८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गरेको नजीर बनेको थियो। तर, यसपटक संकटपूर्ण परिस्थितिमा संसद् विघटन गर्दै कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भएको हो।
नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रधानमन्त्री बनेकी सुशिला कार्की यसअघि सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ भदौ । घोराही उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयमा पठनपाठन अनिश्चित कालका लागि स्थगित गरिएको बताएको छ।
मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण घोराही उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन अनिश्चितकालका लागि स्थगित गरिएको हो।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी.ले शुक्रबार सूचना जारी गर्दै २०८२ भदौ २७ गतेदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि कक्षाहरु बन्द गरिएको जानकारी गराएका हुन्।
यस निर्णयसँगै घोराहीका सम्पूर्ण विद्यालयमा शिक्षण गतिविधि रोकिएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनपछि शीतल निवास परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि बलियो सुरक्षा उपस्थिति कायम गरेको हो।
सञ्चार माध्यमले राष्ट्रपति निवासमै रहेको समाचार सार्वजनिक भएपछि सुरक्षा संवेदनशील बनेको अनुमान गरिँदैछ। साथै आजै अन्तरिम सरकारको प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउने तयारी भएकाले सुरक्षा सतर्कता अझै बढाइएको हो।
शीतल निवास वरिपरि अहिले बाक्लो सुरक्षा फौज परिचालन गरिएको छ। सेनाले मुख्य गेटलगायत आसपासका क्षेत्रहरूमा निगरानी कडा पारेको छ भने आवतजावतमा समेत विशेष सतर्कता अपनाइएको छ।
हेर्नुहोस् तस्बिरहरू




२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ भदौ। पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा जेनजीका नाममा उच्छृंखल व्यक्तिहरूले तोडफोड र आगजनी गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार आन्दोलन सकिएको भोलिपल्ट २५ गते राति ती संरचनामा आक्रमण गरिएको हो।
समितिका अध्यक्ष रक्की थेबेले तिर्थालुका लागि निर्माण गरिएका हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगजनी भएको जानकारी दिए। उनका अनुसार पर्यटन विभागको सहयोगमा करिब साढे ३ करोड लागतमा दुई वर्षअघि बनेका संरचनामा क्षति पुगेको हो।
थेबेले आगो लगाउनेहरू पाथीभरा केबलकारका विरोधी तथा अराजक समूह भएको दाबी गर्दै तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रहरी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमले नागरिक सहायता कक्षसहित अन्य दुई संरचनामा तोडफोड र आगजनी भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए।
पाथीभरा तीर्थस्थल समुद्री सतहदेखि ३,७९४ मिटर उचाइमा अवस्थित छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस