काठमाडौँ,२६ भदौ । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग(अलग समूह देखिएका छन् ।
यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् । त्यहाँ रहेका हाम्रा सहकर्मीका अनुसार हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ भदौ । फ्रान्समा सरकारविरुद्ध विरोध प्रदर्शन शुरू भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनविरुद्ध फ्रान्सका जनता सडकमा निस्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार फ्रान्सको राजधानी पेरिसमा धेरै ठाउँमा आगजनी भइरहेको छ र मानिसहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।
फ्रान्सका जनता राष्ट्रपति इमानुएल म्याक्रोनको नीतिविरुद्ध सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
म्याक्रोन सरकारले जनताको जीवनस्तर सुधार गर्न सक्ने एउटा पनि काम नगरेको उनीहरूको आरोप छ ।
फ्रान्सभरि लगभग ८० हजार सुरक्षा बल तैनाथ गरिएको समाचारमा उल्लेख छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ भदौ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । अहिले उनीहरूलाई सेनाले घेराबन्दीमा राखेको छ ।
यसैबीच, भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर सेनालाई बुझाएको छ । त्यस्तै, १ जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् ।
कारागार प्रशासनका अनुसार फरार भएका १२ जना कैदी भने आफैं फर्किएर कारागारमा हाजिर भएका छन् । यता, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै सुरक्षा निकायसँग झडप गरेका थिए । झडप नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र २ जनाको मृत्यु भएको छ ।
त्यस्तै, काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु सेनाले सुरक्षित रूपमा निस्क्रिय पारेको छ । सेनाका अनुसार हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियार बरामद गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ भदौ । काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनीहरुलाई एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२६ भदौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।
कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी कुनै पनि कारागार फर्कन तयार रहेको जानकारी दिएका हुन् । तर प्रशासनले तत्काल फर्कन आवश्यक नभएको भन्दै परिस्थिति मिल्नेबित्तिकै खबर गर्ने आश्वासन दिएको जनाएको छ ।
रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका थिए । उक्त कारागारमा ३८ सय कैदीबन्दीमध्ये करिब ३३ सय जति मंगलबार राति फरार भएका थिए । फरार हुनेमध्ये सुन काण्डका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समेत रहेका छन् ।
कारागार प्रशासनका अनुसार केही फरार कैदीबन्दी स्वेच्छाले फर्किसकेका छन् भने अन्य पनि फर्कने क्रममा रहेका छन् । त्यस्तै, भुटानी शरणार्थी प्रकरणकै आरोपी पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएको स्रोतले जनाएको छ ।
सुरक्षा निकायका अनुसार नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले मंगलबार राति करिब १० बजे सुन्धारा कारागार तोडफोड गरेका थिए । सो क्रममा सुरक्षाका लागि खटिएका प्रहरी भागेर आर्मी हेडक्वाटर पुगेका थिए । त्यसपछि मात्रै नेपाली सेना कारागार पुगेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ भदौ । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्। संवेदनशील समयमा घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्न सक्ने इमान्दार छवि भएको व्यक्तिलाई अघि सार्नुपर्ने भएकाले कार्कीको नाम अघि आएको बताइएको छ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले कार्कीको नाम प्रस्ताव गरेका थिए। तर, जंगीअड्डाबाहिर केही युवाले त्यसविरुद्ध नाराबाजी गरेका छन्। कतिपयले मेयर बालेन शाहसहितका नामसमेत अघि सारेका छन्।
दिनभर सामाजिक सञ्जाल डिस्कर्डमा जेनजी युवाबीच कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल भएको थियो। त्यही क्रममा पनि कार्कीको पक्षमा बलियो मत आएको थियो। यद्यपि, धेरै युवाले बालेन शाहको नामसमेत प्रस्ताव गरे तर उनी सम्पर्कमा नआएको गुनासो राखेका थिए। मंगलबार बेलुकी बालेनले स्टाटस लेख्दै जेनजीलाई सेनाप्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका थिए।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए। तर, १५ जनाभन्दा बढी सहभागी भएपछि सेनाप्रमुख सिग्देलले पहिले सहमति गरेर आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो। सो बैठकमा कतिपयले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि रक्षा बमसहितको समूह बाहिरिएको थियो।
अन्तिममा भने सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको स्रोतले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २५ भदौ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन्। सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, “देशको चिन्ताले काठमाडौं आइपुगियो। गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड।” यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ।
यसअघि पनि साम्पाङले आफूलाई नेतृत्व दिन माग राख्दै एकपछि अर्को स्टाटस सार्वजनिक गरेका थिए। उनका केही स्टाटस यस्ता छन्–
साम्पाङले नेतृत्वमा आउन पाउने अवसर पाए मुलुक परिवर्तन गर्ने दृढता व्यक्त गर्दै निरन्तर समर्थन मागिरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२५ भदौ । करिब चार घण्टादेखि जारी जेनजी समूहको जुम बैठकले तत्कालका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकार्ने बताएको छ ।
भर्चुअल बैठकमा सहभागी सदस्यहरूले प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै राजनीतिक गन्ध नआउनुपर्ने भन्दै हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा लिन सकिने सहमति जनाएका हुन्।
बैठकमा जेनजी पुस्ताका प्रतिनिधिहरूले कुनै राजनीतिक दलसँग आबद्ध युवाले वा नेताले वार्तामा जान नहुने धारणा राखेका थिए। साथै कार्की विगतमा कुनै दलमा संलग्न रहेकी भए त्यसलाई त्याग गर्नुपर्ने पनि सुझाइएको छ।
बैठकमा निष्कर्ष निकालिँदै भनिएको छ, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ। त्यसपछि बालेन शाह र सागर ढकालहरू पनि विकल्पमा हुनुहुन्छ। तर अन्तरिम सरकारको नेतृत्वका लागि अहिले कार्की नै उपयुक्त देखिन्छ।”
भर्चुअल छलफलमा सहभागीहरूले तत्कालीन सन्दर्भमा कार्कीभन्दा सक्षम अर्को व्यक्तिको विकल्प नभएको बताए। बैठकमा भनियो, “सुशीला कार्कीको नाममा नोटिस निकालौँ, कार्कीको नाम डन भयो, अब अनाउन्स गरौँ।”
यसअघि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न सुझाव दिएका थिए। तर जेन(जी समूहले सर्वमान्य एजेन्डा र सबैले स्वीकार्ने नेतृत्वमा मात्र अघि बढ्ने अडान लिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ भदौ । तुलसीपुर कारागारबाट भागेका ४० जना कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।
हिजो र आज गरी कारागार तोडफोड गर्दै कैदीबन्दीहरू भागेका थिए । आज बिहान मात्रै २५३ जना भागेका थिए । तीमध्ये ४० जना पक्राउ परेका हुन् । हालसम्म २१३ जना आज र १२४ जना हिजो गरी ३३७ जना कैदी अझै फरार रहेको सेजुवालले बताए ।
भाग्ने सबै पुरुष कैदी हुन् भने कारागारमा रहेका महिला कैदीहरू भने भागेका छैनन् । कुल ४६९ कैदीमध्ये ठूलो संख्यामा भागेका हुन् । सेनाले हवाई फायर समेत गरे पनि कैदीबन्दीहरू भाग्न सफल भएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ भदौ । । देशभरका कारागार र बाल सुधार गृहबाट कैदीबन्दीहरू फरार भइरहेका बेला डोटीको बाल सुधार गृहबाट पनि ५२ जना बालबालिका मंगलबार राति भागेका छन्।
बाल सुधार गृहकी इन्चार्ज सानुमाया लिम्बुका अनुसार जम्मा ५३ जना बालबालिकामध्ये ५२ जना फरार भएका हुन् भने एक जना मात्रै भागेका छैनन्।
उनले सुरक्षामा खटिने प्रहरीको संख्या सात–आठ जना मात्र भएकाले कैदी बालबालिकालाई भाग्न सहज भएको बताइन्। ती प्रहरी पनि हतियारविहीन रहेका कारण नियन्त्रण गर्न कठिन भएको जनाइएको छ।
फरार बालबालिकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
यसैबीच, डोटी कारागारका कैदीबन्दी भने सुरक्षित रहेको कारागार प्रमुख लालबहादुर बोगटीले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस