लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ: ३३ लाख ७० हजार रुपैयाँसहित हतियार बरामद

   भदौ २५, २०८२       admin

काठमाडौँ, २५ भदौ । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले उनीहरूबाट ३३ लाख ७० हजार रुपैयाँसहित विभिन्न हतियार पनि बरामद गरेको जनाएको छ ।

सेनाले दिएको जानकारी अनुसार बिहान १० बजेसम्म काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीनवटा वारुण यन्त्र प्रयोग गरिएको छ । विशेषगरी गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरुबाट उक्त नगद रकम बरामद भएको सेनाले जनाएको छ ।

त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठासमेत बरामद गरिएको छ ।

घटनामा संलग्न गतिविधिका क्रममा २३ जना नेपाल प्रहरी घाइते भएका छन् भने ३ जना गैरसैनिक व्यक्तिहरु घाइते भएका छन् । उनीहरूको सेनाका अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१८ कारागारबाट ६ हजार बढी कैदिबन्दी भागे

   भदौ २५, २०८२       admin

काठमाडौँ,२५ भदौ । मंगलबारको प्रदर्शनपछि देशभरका कारागारहरू असुरक्षित बनेका छन् । देशका विभिन्न १८ कारागारबाट ६ हजारभन्दा बढी कैदीबन्दी भागेको विवरण सार्वजनिक भएको छ ।

गृह प्रशासन स्रोतका अनुसार अहिलेसम्म १५ वटा कारागारबाट मात्रै ५ हजार ७ सय २७ जना कैदीबन्दी फरार भएको पुष्टि भएको छ । तर केन्द्रीय कारागार, नख्खु कारागार र तनहुँस्थित कारागारबाट भागेका कैदीबन्दीहरूको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

स्रोतका अनुसार प्रदर्शनकै बीच कारागारको सुरक्षा कमजोर भएपछि कैदीबन्दीहरू समूहगत रूपमा भागेका हुन् । यद्यपि यकिन संख्या र घटनाबारे विवरण संकलन भइरहेको गृह प्रशासनले जनाएको छ ।

सुरक्षा निकायलाई भागेकाहरूलाई नियन्त्रणमा लिन र कारागार सुरक्षालाई कडा बनाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कैलाली कारागारबाट सातसय कैदीबन्दी भागे

   भदौ २४, २०८२       admin

कैलाली,२४ भदौ । कैलाली कारागारबाट सात सयभन्दा धेरै कैदीबन्दी भागेका छन् ।

जेन–जी प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै कारागारबाट उनीहरू फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

   भदौ २४, २०८२       admin


काठमाडौँ,२४ भदौ । पछिल्ला दिनहरूमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले मुलुकलाई तहसनहस बनाइदिएको छ। सुरुमा माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण नाराबाजी केही घण्टामै उग्र बनेको थियो। युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भएर सडकमा ओर्लिए र प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक रूप लियो। राजधानीका विभिन्न क्षेत्रमा टायर जलाइए, सरकारी सवारी साधन तोडफोड गरिए र प्रहरीसँग भीषण झडप भए। ललितपुर, भक्तपुर र काठमाडौंका सडकहरू आक्रोशित भीडले भरिए भने कर्फ्यु आदेशको पर्वाह नगरी युवाहरू राति अबेरसम्म सडकमा रहिरहे। यस क्रममा २० जनाभन्दा बढीले ज्यान गुमाए र ३०० भन्दा बढी घाइते भए, जसले राजधानीका अस्पतालहरूमा रगतको अभावसमेत सिर्जना गर्यो।

सरकारले सुरुमा आन्दोलनलाई सामान्य बनाउने प्रयास गर्‍यो। सामाजिक सञ्जाल बन्द गर्ने, कर्फ्यु आदेश जारी गर्ने र सुरक्षाकर्मी परिचालन गरेर बलपूर्वक दबाउने रणनीति लिइयो। तर, आन्दोलन दिन प्रतिदिन चर्किंदै गएपछि सरकारले आफ्नै नीति फिर्ता लिन बाध्य भयो। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गर्‍यो र हिंसात्मक घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गर्‍यो।

यद्यपि आन्दोलन यतिमै रोकिएन। घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए, त्यसपछि प्रधानमन्त्री ओलीले पनि राजीनामा घोषणा गर्न बाध्य भए। ऊर्जामन्त्री, भौतिक पूर्वाधार मन्त्री, सूचना तथा सञ्चार मन्त्रीलगायत अन्य मन्त्रीहरूले समेत क्रमशः राजीनामा दिए र सत्तापक्षसँग सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिँदै संसद् बहिष्कार गरे। यसरी जेन्जी पुस्ताको विद्रोहले सम्पूर्ण मन्त्रिपरिषद नै पतन भएको छ, जुन नेपालको राजनीतिक इतिहासकै एउटा दुर्लभ क्षण बनेको छ।

यो आन्दोलन केवल सडकमा देखिएको भीड मात्र होइन, नेपालको राजनीतिको गहिरो अविश्वासको अभिव्यक्ति भएको विश्लेषकहरू बताउँछन् । लामो समयदेखि बेरोजगारी, भ्रष्टाचार र नीतिगत अस्थिरताबाट आक्रोशित युवाहरूले सामाजिक सञ्जाललाई हातियार बनाएर क्षणभरमै हजारौँको संख्यामा सडकमा ओर्लिएको देखियो। सरकारले संवाद र सहमतिको बाटो खोज्ने सट्टा बल प्रयोग गरेर आन्दोलनलाई दबाउने प्रयास गर्दा यो विद्रोह झन् चर्कियो। अन्ततः सरकारले झुक्नुपरेको घटनाले नयाँ पुस्ताले मुलुकको राजनीतिक भविष्यमा निर्णायक हस्तक्षेप गर्न सक्ने स्पष्ट संकेत दिएको छ।

यो आन्दोलनले नयाँ पुस्ताको शक्ति औपचारिक रूपमा स्थापित गरिदिएको छ। पारम्परिक दलहरूमाथि विश्वास घट्दै गएको छ भने वैकल्पिक नेतृत्वको आवश्यकता अझै प्रखर बनेको छ। सरकारको आत्मसमर्पणले केवल तत्कालीन संकटलाई अन्त्य गरेको छैन, यसले नेपालको लोकतान्त्रिक अभ्यासमा नयाँ अध्यायको सुरुवात पनि गरेको छ। अब मुलुक कुन बाटो लाग्छ भन्ने प्रश्न अझै खुला भए पनि एउटा कुरा प्रष्ट भइसकेको छ, युवाहरू अब केवल दर्शक मात्र होइनन्, बरु वास्तविक निर्णयकर्ताको रूपमा उदाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रर्दशनकारीले पुरातत्व विभागको सरक्षण गर्दै भने: ‘यो हाम्रो इतिहास हो’

   भदौ २४, २०८२       admin

काठमाडौँ,२४ भदौ । प्रदर्शनकारीहरूले काठमाडौँको रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् ।

‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको अनुरोध

   भदौ २४, २०८२       admin


काठमाडौँ,२४ भदौ । देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देउवा दम्पतिमाथि आक्रमण

   भदौ २४, २०८२       admin


काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ ।

बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

देउवाको टाउकोमा चोट लागेको छ । उनको रक्ताम्मे भएको देखिन्छ । देउवा पत्नी आरजु राणामाथि पनि आक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन

   भदौ २४, २०८२       admin

काठमाडौँ,२४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको माग गर्दै अबको नेतृत्व जेनजी पुस्ताले लिनुपर्ने बताएका छन् ।

जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै उनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह गरे ।
‘यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,’ बालेनले भने ।

उनले जनधनको क्षति देशकै सम्पत्ति भएको भन्दै आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गरे ।
‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला,’ उनले भने, ‘तर याद रहोस्— वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजीले निकाले कारागारबाट रविलाई

   भदौ २४, २०८२       admin


काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।

रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन्।

लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए।

नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए।

‘कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं’ उनले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

   भदौ २४, २०८२       admin

काठमाडौं ,२४ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गर्ने तयारी गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित आसपासका क्षेत्रमा लगातार आगलागी भइरहेका र अन्य प्रतिकूल परिस्थिति बढ्दै गएपछि हवाई सुरक्षालाई ध्यानमा राखी विमानस्थल बन्द गर्ने तयारी भएको हो।

हाल आकाशमा रहेका जहाजलाई मात्र अवतरणको अनुमति दिइने र नयाँ उडानहरू रोक्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए।

विमानस्थल परिसरलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ। निकट भविष्यमा मुख्य गेटसमेत बन्द गरी विमानस्थलभित्रका अन्य गतिविधि पनि रोक्ने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology