काठमाडौँ ,८ भदौ । रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी युवतीको सनाखत खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी हुन्। माधवनारायण नगरपालिका–६ माइती भएकी शाहले भारतमा विवाह गरेकी थिइन्। तर, ४ वर्षीय छोरा पढाउनका लागि उनी गौरमा डेरा बस्दै आएकी थिइन्।
सुटकेसभित्र कुइनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा उनको नाकबाट रगत बगेको देखिएको तर शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकका परिवार प्रहरी सम्पर्कमा रहेको डीएसपी कार्कीले बताए। उनका श्रीमान भारतबाट नेपाल आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ भदौ । दाङको देउखुरीमा आइतबार बिहान टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन्। मोटरसाइकलमा सवार थापाको उपचारका क्रममा भालुवाङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।
सोही मोटरसाइकल चालक, ऐरावती–५ कै २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन्। उनको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए।
गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक आइतबार बिहान करिब ६ बजे चन्द्रौटा–पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा आउँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, दुर्घटनामा संलग्न टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,८ भदौ । टिपरमा एकाएक आगलागी भएको छ। कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गिट्टी बोकेको एक टिपरमा गएराति आगलागी हुँदा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भएर अगाडिको क्याबिनमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , ८ भदौ । रौतहटमा शनिबार राति सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।
गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक राति करिब १०:३० बजे शंकास्पद सुटकेस भेटिएपछि प्रहरीले खोल्दा भित्र महिलाको शव रहेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार शवलाई रसीले बाँधिएको अवस्थामा भेटिएको थियो। महिलाको हत्या गरी शव सुटकेसमा हालिएको हुन सक्ने अनुमान गरिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८भदौ । पश्चिम तराइका थारू समुदायले आज आफ्नो महत्त्वपूर्ण पर्व अटवारी उल्लासपूर्वक मनाउँदैछन् । यो पर्व दर खाने, व्रत बस्ने, रोटी–भात पकाई देवतालाई चढाउने परम्परासहित मनाइन्छ ।
दाङको घोराही–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारीमा बेलुकी पकाइएका रोटी, दही र फलफूल अग्नि देवतालाई चढाइन्छ र दिदीबहिनीका लागि छुट्टै परिकार तयार गरिन्छ । दाजुभाइले आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी तथा अन्य परिकार घरमै पुर्याउने प्रचलन रहेको उनले बताइन् । दिदीबहिनीका घरमा कोसेली पु¥याएपछि मात्र पर्व सम्पन्न हुने मान्यता छ ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर अटवारी पर्व मनाउने परम्परा पनि छ । थारू संस्कृतिविद् अशोक चौधरीका अनुसार थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको छ, र यस पर्वले दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको निर्णयअनुसार दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ७ भदौ । दाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–११ सुकौराका ६ वर्षीय रमेश चौधरी शुक्रबार साँझ घर नजिकैको डुरे खोलामा डुबेका थिए।
घटनापछि परिवारले उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै ,७ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाण्डाैमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएकी उपराष्ट्रपति भोसँग भएको भेटमा द्विपक्षीय हितका विषय, आपसी चासो र नेपाल–भियतनाम सम्बन्धका विभिन्न आयामबारे छलफल गरियो।
भेटमा मन्त्री राणाले भियतनामको तीव्र आर्थिक विकासप्रति शुभकामना दिंदै अन्य मुलुकले समेत भियतनामबाट सिक्न सक्ने धारणा राखिन।
उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिंदै गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भियतनामी पर्यटकको प्रसंग उठाइन। साथै, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा दुवै देशले सहकार्य गर्न सक्ने उल्लेख गरिन।
मन्त्री राणाले भियतनामलाई भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरिन।
त्यस्तै, सन् २०२६ पछि नेपाल अतिकम विकसित राष्ट्र (LDC) को सूचीबाट बाहिरिने तयारीमा रहेको भन्दै त्यसपछिको चरणमा भियतनामको सहयोग आवश्यक हुने बताइन।
नेपालले सन् २०२७–२०२९ का लागि मानव अधिकार परिषद् र २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएको प्रसंगमा राणाले भियतनामको समर्थन मागिन। यसमा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
दुवै पक्षबीचको छलफलमा द्विपक्षीय तथा बहुपक्षीय सहयोग, दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तन लगायतका विश्वव्यापी एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने सहमति गरियो।
साथै, जी–७७ र नाम (Non-Aligned Movement) का सदस्यका रूपमा नेपाल र भियतनाम विकासशील मुलुकहरूको हितमा एकमत भएर काम गर्दै आएको पनि दुवै पक्षले स्मरण गरिन।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची,७ भदौ । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१३ मुस्यान माझिफाँटमा बाघको आक्रमणबाट एउटै फार्मका सात वटा बाख्रा मारिएका छन् । यस्तै, आठ वटा बाख्रा हराएका छन् ।
हिमालयन बाख्रापालन तथा कृषि फार्मका सञ्चालक घनश्याम अधिकारीका अनुसार फार्ममा रहेका ३० वटा बाख्रा चराउनका लागि जङ्गलमा छाडिएकोमा १५ वटा मात्र फर्किएका थिए, जसमा एउटा घाइते थियो । बाँकी खोजी गर्दा सात वटा बाख्रा मृत भेटिएको र आठ वटा अझै बेपत्ता रहेको उनले जानकारी दिए ।
बुधवार दिउँसो जङ्गलमा चराउने क्रममा घटना भएको अधिकारीले बताए ।
अधिकारीले दुई वर्षअघि करिब १२ लाख रुपैयाँ लगानीमा फार्म स्थापना गरेका थिए । बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बंगुर पनि पालिएका छन् । गत जेठमा सोही फार्ममा रहेका २५ सय ब्रोइलर कुखुरामध्ये एकैदिन १,२०० वटा मरेका थिए । पछिल्लोपटक फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले गुनासो गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ७ भदौ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल औपचारिक भ्रमणमा आएकी छिन्।
तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा तथा उच्च नेपाली अधिकारीहरूले स्वागत गरेका थिए।
यो भ्रमण उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भएको हो। भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण मानिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ।
लुम्बिनी प्रदेश सरकारले थारू बहुल जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा भदौ ८ गतेका लागि सार्वजनिक बिदा दिएको छ। त्यस्तै, दाङका विभिन्न स्थानीय तहहरूले भदौ ९ गते समेत बिदा घोषणा गरेका छन्।
घोराही उपमहानगरपालिकाले कार्यपालिकाको १७७औँ बैठकको निर्णयअनुसार भदौ ९ गते अट्वारी र तीज दुबै पर्वका अवसरमा सार्वजनिक बिदा दिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले दिएका छन्।
दंगीशरण गाउँपालिकाले पनि भदौ ९ गते अट्वारी बिदा दिने निर्णय गरेको अध्यक्ष सम्भु गिरीले जानकारी गराएका छन्। त्यस्तै, राजपुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढामार्फत सूचना जारी गर्दै भदौ ९ गते सार्वजनिक बिदा हुने जनाएको छ।
लमही नगरपालिकाले भने यस वर्ष भदौ १५ र १६ गते अट्वारी बिदा दिने घोषणा गरेको नगर प्रमुख जोखराज चौधरीले बताएका छन्।
हरेक वर्ष कृष्ण जन्माअष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार, अर्थात् कुशे औँसीपछिको पहिलो आइतबार, थारू समुदायले अट्वारी पर्व मनाउँदै आएको परम्परा छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस