काठमाडौं,७ भदौ । नेपाली समाजमा भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी अथवा बुबाको मुख हेर्ने दिन विशेष पर्वका रूपमा मनाइन्छ। यो दिनले जीवित पिताप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्नुका साथै दिवङ्गत पिताको स्मरण गर्दै पिण्डदान र श्राद्ध गर्ने धार्मिक तथा सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइँदै आएको छ।
यस पर्वमा छोराछोरीले आफ्ना बाबुलाई उपहार, मिठाई, कपडा वा मनपर्ने पकवान अर्पण गर्ने परम्परा छ भने दिवङ्गत पितृको सम्झनामा गोकर्णेश्वर, बाग्मती किनार लगायत तीर्थस्थलमा पुगेर पिण्डदान गर्ने चलन रहेको छ। विशेषगरी काठमाडौंको गोकर्णेश्वर महादेव परिसरमा यस दिन ठूलो मेला लाग्ने परम्परा छ, जसले समुदायबीच एकता र सामाजिक सम्बन्धलाई मजबुत बनाउने काम गर्दछ।
हिन्दू परम्पराअनुसार कुशलाई भगवान विष्णुको प्रतीक मानिन्छ। यसैकारण यस दिन घर–घरमा पवित्र कुश भित्र्याइन्छ। धार्मिक विश्वासअनुसार, औँसीको दिन पितृदेवताहरू पृथ्वीमा अवतरित हुने भएकाले तर्पण, दान र श्रद्धा मार्फत तिनीहरूलाई सन्तुष्ट पारिन्छ भन्ने मान्यता छ।
कुशे औँसीले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सामाजिक, सांस्कृतिक र धार्मिक मूल्यलाई निरन्तरता दिने काम गर्दछ। पिता–सन्तानबीचको आत्मीयता, आपसी विश्वास र संस्कारको हस्तान्तरण यस पर्वको मूल भावनासँग जोडिएको छ।
अन्तर्राष्ट्रिय सन्दर्भमा ‘फादर्स डे’ प्रायः जून महिनामा उपहार र समय बिताएर मनाइन्छ भने नेपालमा कुशे औँसी धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यसँग गहिरो रूपमा गाँसिएको पर्वका रूपमा विशिष्ट मानिन्छ।
यसरी, बुबाको मुख हेर्ने दिन केवल भावनात्मक पर्व मात्र नभई धार्मिक आस्था, सामाजिक शिक्षा र सांस्कृतिक निरन्तरताको अद्वितीय संयोजनका रूपमा नेपाली समाजमा स्थापित भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
वाशिङ्टन । अमेरिकी सरकारले हाल भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीको छानबिन गर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भिसा अवधिभन्दा बढी बसेका, आतंकवाद वा आपराधिक गतिविधिमा संलग्न भएको आशंका लागेका विदेशीलाई पहिचान गरी देश निकाला गर्न कदम चालिने उल्लेख छ।
यस क्रममा प्रहरी प्रशासन, अध्यागमन अभिलेख तथा भिसा जारी गरेपछि सार्वजनिक भएका नयाँ विवरणहरूको समेत समीक्षा गरिने मन्त्रालयले जनाएको छ।
अवैध आप्रवासी मुद्दालाई प्रमुख एजेन्डा बनाएर दोस्रो कार्यकाल जितेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनमाथि कठोर नीति अपनाउँदै आएका छन्। सुरुवाती चरणमा अवैध आप्रवासीलाई लक्षित गरिएको भए पनि हाल कानुनी रूपमा भिसा लिएर अमेरिकामा बसिरहेका विदेशीमाथि समेत निगरानी कडा पारिएको छ।
सन् २०२४ को आर्थिक वर्षमा मात्र अमेरिकाले स्थायी बसोबास (‘ग्रीन कार्ड’) बाहेक करिब १ करोड १० लाख विदेशीलाई अस्थायी भिसा जारी गरेको थियो। तीमध्ये झण्डै ७७ प्रतिशत व्यवसाय वा पर्यटन प्रयोजनका लागि, करिब सात प्रतिशत विद्यार्थी र शिक्षाविद् तथा उनीहरूका परिवारका लागि जारी गरिएको थियो।
कतिपय भिसा दीर्घकालीन हुने भएकाले सबैको छानबिन खर्चिलो र समय लाग्ने प्रक्रिया हुने अनुमान गरिएको छ। यसअघि नै ट्रम्प प्रशासनले भिसावाहकको सामाजिक सञ्जाल गतिविधि निगरानी गर्दै आएको र हालै मात्र करिब ६ हजार विद्यार्थीको भिसा म्याद नाघेको भन्दै रद्द गरिएको जनाएको छ।
यसैबीच, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले व्यावसायिक ट्रक चालकका लागि नयाँ भिसा जारी नगर्ने घोषणा गरेलगत्तै सरकारले भिसावाहक विदेशीमाथि व्यापक छानबिन गर्ने निर्णय सार्वजनिक गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए।
उनीहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए।
उक्त भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटनामा परेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्।
जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर, काभ्राकै ५६ वर्षीया पवि बोहरा, उनकी छोरी १५ वर्षीया पवित्रा बोहरा, छोरा २१ वर्षीय लीलाराम बोहरा र शारदा नगरपालिका–४ साइलाकम्तकी पवित्रा बस्नेत बिरामी परेका हुन्।
बिरामी सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। च्याउ खाएपछि उनीहरूमा बान्ता, बारम्बार दिसा लाग्ने, ज्वरो आउने र पेट दुख्ने जस्ता लक्षण देखिएका थिए।
जिल्ला अस्पताल सल्यानका एमडिजिपी डाक्टर तथा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख बुद्धिनाथ शाहका अनुसार सबै बिरामीको अवस्था सुधार आएको छ। उनले सल्यानमा जंगली च्याउ खाएर बिरामी पर्नेको घटना प्रायः दोहोरिने गरेको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको हो। तर, केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले फरक मत राखेका छन्।
माओवादी सांसदहरूले हाल कार्यरत बालविकास सहयोगीलाई उमेरको हद नलाग्ने गरी शिक्षक प्रतिस्पर्धामा सहभागी गराउनुपर्ने माग गरेका छन्। साथै, शहीद, बेपत्ता, घाइते र विपन्न परिवारका विद्यार्थीलाई आवास तथा पोसाकको व्यवस्था सरकारकै जिम्मेवारीमा गर्नुपर्ने उनीहरूको धारणा छ।
यसैगरी, सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव, ज्ञानु बस्नेत, सुमना श्रेष्ठ र विना जैसवालले बालविकास र छात्रवृत्तिबारे फरक मत राखेको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए।
थापाले मन्त्रालयले स्वीकार गरेका विषय र भाषा मिलाउन समिति सचिवालयलाई निर्देशन दिँदै विधेयकसम्बन्धी प्रतिवेदन आगामी संसद बैठकमा प्रस्तुत हुने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ भदौ । अध्यागमन विभागले तीन जना इन्डोनेसियन नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको विभागले जनाएको छ।
गृह मन्त्रालयका अनुसार ती नागरिकहरू सन् २०२४ मा नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेकी एक इन्डोनेसियन महिलाले धोबीघाटमा हिमालय शिक्षा तथा हितेसी समाज गर्ल्स होस्टेल सञ्चालन गर्दै आएको पाइएको छ।
विभाग स्रोतका अनुसार, उनले होस्टलमा बस्ने नेपाली युवतीलाई अन्य दुई इन्डोनेसियन महिलामार्फत कुरान र टर्किस भाषा सिकाउँदै मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गतिविधि चलाएको खुल्न आएको हो।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना कायम भएको घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित दिगोपना प्रदेश घोषणा गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अब कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ अभियानलाई निरन्तर अघि बढाउनुपर्ने बताए । उनले प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न सबै पक्षले देखाएको प्रतिबद्धता सराहनीय भएको उल्लेख गर्दै भविष्यमा पनि निरन्तरता रहने विश्वास व्यक्त गरे ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७९ भदौ ३१ गते लुम्बिनी नेपालकै दोस्रो पूर्ण खोप प्रदेशका रूपमा घोषित भएको स्मरण गर्दै त्यसयता प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना कायम राख्दै आएको जानकारी दिए । उनले मातृमृत्यूदर, शिशुमृत्यूदर र पोषण सुधारलाई मन्त्रालयले विशेष प्राथमिकता दिएको र स्वास्थ्यका नकारात्मक सूचक घटाउनेतर्फ लुम्बिनीले प्रगति गरिरहेको बताए ।
कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमलगायतले मन्तव्य दिएका थिए । राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष विकास देवकोटाले स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई लुम्बिनीलाई पूर्ण खोप सुनिश्चित प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गरे । साथै मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीसहित उपस्थित सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
यस अवसरमा अभियानमा योगदान पुर्याउने स्वास्थ्यकर्मी ओमप्रकाश पन्थी, दीपाकर कुमार महर्जन, जनकराज गिरी, चिन्तामणि ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।
७० हजारभन्दा बढी बालबालिकालाई खोप
आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३८७ बालबालिकालाई खोजी गरी खोप लगाइएको थियो ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै ‘ड्रप आउट’ बाँकेमा ७६२, कपिलवस्तुमा ६५२ र रुपन्देहीमा ४४४ देखिएको छ भने रुकुमपूर्वमा शून्य ‘ड्रप आउट’ रहेको छ ।
पूर्ण खोप अभियानअन्तर्गत दिगोपना घोषणा २०८२ जेठ ८ गते नवलपरासी पश्चिमबाट सुरु भएको थियो । त्यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्त्यमा २०८२ असार २७ गते अर्घाखाँचीमा घोषणा गरिएको हो ।
प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी लुम्बिनीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,५ भदौ । काठमाडौँको तारकेश्वरमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आफ्नी ३५ वर्षीया श्रीमती सर्मिला मग्रातीमाथि करूवा प्रहार गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बालाजुबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका मग्रातीविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दार्चुला, ५ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका–होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन्।
उनका अनुसार चिप्लो बाटोमा ब्रेक नलाग्दा जीप दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका जीप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको पनि प्रहरी निरीक्षक रावतले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,५ भदौ । सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
धुलिखेल नगरपालिका–८ ठकुरीगाउँ चन्दडाँडामा आज बिहान करिब १० बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।
सडक अवरुद्ध हुँदा लामो दूरीका सार्वजनिक सवारीसाधन रोकिएका छन् भने यात्रुहरू बाटैमा अलपत्र परेका छन्। पहिरो पन्छाउने कार्यमा प्रहरी र स्थानीयवासी सक्रिय भए पनि सुख्खा माटो र ढुंगाको ठूलो थुप्रो भएकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस