काठमाडौँ, ५ भदौ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले चितवनबाट १७ हजार ४०० थान लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकै आज बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बिक्री गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये भारतको विहार राज्य, पश्चिम चम्पारणका एक युवक पनि रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३ भदौ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरकी ३५ वर्षीया कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
बिहान १० बजे भाँडा माझ्ने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार मोटर प्रयोग गरी कुवाको पानी तानीरहेको समयमा भाँडा माझ्न जाँदा चौधरीलाई दुबै हातमा करेन्ट लागेको थियो।
तुलसीपुरको दुधेनामा घर निर्माण गर्दै आएका श्रमिकलाई चौधरीले खाना पकाउने काम गर्दै आएकी थिइन्। सो घर निर्माणको ठेक्का लमही नगरपालिका–३ का ४४ वर्षीय खुशीराम चौधरीले लिएका थिए।
स्थानीय जितबहादुर खड्काका अनुसार मृतक चौधरीका श्रीमानको करिब ८/९ वर्षअघि मृत्यु भएको थियो। उनका एक मात्र छोरा छन्।
२२ सय व्यक्ति फरार सूचिमा
बैतडी, ३ भदौ । बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरमा एक महिला मृत फेला परेकी छन्।
२४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी हुन्।
साथीले बेलुकी बोलाउँदा प्रतिक्रिया नदिएपछि कोठा खोल्ने प्रयास गरिएको थियो। ढोका नखुलेपछि घरबेटीलाई खबर गरी ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार भागरथी कुँवरको गत वैशाख महिनामात्रै प्रेम विवाह भएको थियो। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ भदौ । तुलसीपुरमा रहेको सिद्धिविनायक फर्निचर उद्योगमा भएको आगलागीप्रति तुलसीपुर चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माले उद्योगमा आगलागी हुँदा भएको क्षति र व्यवसायीलाई पर्न गएको दुःखमा सहानुभूति जनाउँदै दुःख व्यक्त गरेको हुन ।

आगलागिबाट भएको क्षतिले तुल्सीपुरको व्यवसायिक क्षेत्रमा ठूलो प्रभाव र असर पारेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। एउटा व्यवसायीले गरेको व्यवसायमा विपत्ति हुँदा सबै व्यवसायहरु एक भएर त्यसको सामना गर्नुपर्ने अवस्था आएको भन्दै आगामी दिनहरुमा यस्ता प्रकोपजन्य घटनाहरुबाट जोगिन सबैमा आग्रह समेत गरिएको छ ।
उद्योगमा भएको आगलागि नियन्त्रणमा सहयाेग पुर्याउने, भूमिका खेल्ने सम्पूर्ण पक्ष र निकायहरूलाई चेम्बर अफ कमर्सले धन्यवाद समेत दिएको छ। साथै आगलागीको घटना प्रति दुख व्यक्त गर्दै क्षतिकाे एकिन विवरण गरि उचित क्षेतिपुर्तिका लागि सम्वन्धित निकायकाे ध्यानाकर्षण गराउछौ चाहान्छाै विज्ञप्तिमा भनिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ भदौ । दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। तुलसीपुर–१२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा सोमबार दिउँसो करिब ३ः१० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
तुलसीपुर–५ ग लाइनका तारा बहादुर बस्नेतले सञ्चालन गर्दै आएको उक्त उद्योगमा लागेको आगो प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इप्रका तुलसीपुरका सूचना अधिकारी सूर्य रानाले बताए।
उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२ भदौ । व्यवसायी दुर्गा प्रसाईंले आफू राजावादी नभएको स्पष्ट पारेका छन्।
केही साताअघि जेलमुक्त भएका उनले सोमबार पत्रकार सम्मेलनमार्फत आफू कुनै पनि वादी नभएको भन्दै राष्ट्रवादी भएको दाबी गरे।
प्रसाईंले भने, “राजा पनि राजावादी होइनन्, म पनि होइन। म राजावादी होइन, राष्ट्रवादी हुँ। यो दल नेपाल र नेपालीको हुन्छ, भुइँमान्छे र सर्वहारा वर्गको पार्टी
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ भदौ । नेपाल टेलिकम दाङको तुलसीपुर कार्यालयले कार्यालय समय बढाएर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिने व्यवस्था गरेको छ। यसअघि १० बजेदेखि ५ बजेसम्म मात्र सेवा दिँदै आएकोमा अब दुई सिफ्टमा कर्मचारी परिचालन गरी दिनभर १२ घण्टा सेवा उपलब्ध गराइएको हो।
कार्यालय प्रमुख प्रविण कुमार चौधरीका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म दोस्रो सिफ्टका कर्मचारीले सेवा दिने व्यवस्था मिलाइएको छ। उनले नयाँ व्यवस्थाले सेवाग्राहीलाई थप सहजता हुने, गुनासो व्यवस्थापन छिटो हुने र सेवा प्रवाहमा प्रभावकारिता बढ्ने बताएका छन्।
चौधरीले कार्यालयले तोकेको समयअनुसार खाजा तथा खाना खर्च पनि उपलब्ध गराउँदै आएको र यसबाट कर्मचारीको कार्यसम्पादन ऊर्जाशील बनेको बताए। उनका अनुसार, यस नयाँ अभ्यासले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सहज भएको छ।
यसअघि कार्यालयमा आएको गुनासोमध्ये करिब ४५ प्रतिशत मात्र पहिलो दिनमै समाधान हुने गरेकोमा अहिले ९४ प्रतिशत गुनासो त्यही दिनमै सम्बोधन भइरहेको छ। सेवाग्राहीले पनि कार्यालयको सेवा छिटो, छरितो र जिम्मेवारपूर्ण भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
तुलसीपुरका स्थानीय विश्राम कार्कीले पहिले सामान्य सेवा लिन दिनभर कुर्नुपर्ने भए पनि अहिले छिनभरमै काम सम्पन्न हुने गरेको बताए। त्यस्तै, सेवाग्राही गिरिशा शर्माले बेलुका ४ बजे कार्यालय पुगेर इन्टरनेट र टेलिफोन जोड्ने अनुरोध गरेपछि एक घण्टामै आफ्नो घरमा दुवै सेवा पाएको अनुभव सुनाइन्।
गत वैशाखदेखि ट्रायलको रूपमा सुरु गरिएको यो अभ्यास परिणामसहित प्रभावकारी देखिएपछि निरन्तरता दिइएको कार्यालयले जनाएको छ। तुलसीपुर कार्यालयबाट दाङसहित रुकुमपूर्व, रोल्पा र प्युठानका करिब १० हजार सेवाग्राही लाभान्वित हुँदै आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचौ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। तरुण दलले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
अध्यक्ष विद्धान गुरुङले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १० भित्र सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तसम्म जिल्लास्तरका अधिवेशन गर्ने र कात्तिक २० भित्र प्रदेशसभा तथा संघीय निर्वाचन क्षेत्रका अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, महाधिवेशनका लागि भाद्र १५ भित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ। यसै महिनाको मसान्तभित्र सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशनका प्रतिनिधिहरू अनुमोदन गर्ने प्रक्रिया पूरा गर्ने उल्लेख गरिएको छ।
२०७३ सालपछि पहिलोपटक हुन लागेको अधिवेशनका लागि हाल तदर्थ समितिबाट संस्था सञ्चालन भइरहेको छ। तरुण दलले यसपटकको अधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनको अवसरका रूपमा लिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ भदौ। घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले वडा अध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको छ। नगर प्रमुख नरुलाल चौधरीले असार अन्तिममा राजीनामा स्वीकृत गरिसकेको र आजको कार्यपालिका बैठकमा अनुमोदन गरिएको बताए ।
राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो , त्यो असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ नगर प्रमुख चौधरीले भने । केहि महिला अघि नै अध्यक्ष शाहले नगर प्रमुखलाई राजीनामा बुझाएका थिए ।
घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत पछि अनुमोदन गरेको हो । कार्यपालिकाले राजीनामा अनुमोदन गरेसँगै अध्यक्ष पदबाट शाह हटेका छन ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा एमालेकोको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरी समक्ष केही महिना अघि नै राजीनामा बुझाएका थिए। उनीलाई बिचमा एमालेले समेत कारबाही गरेको थियो । वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , १ भदौ । जंगली च्याउ खाएर बिरामी परेका रोल्पाका एक जनाको मृत्यु भएको छ ।
परिवर्तन गाउँपालिका – २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
निर्मलाका श्रीमान ८१ वर्षीय भागीराम वलीको सोही अस्पतालमै उपचार जारी छ । वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी खाएका थिए ।
त्यसपछि उनीहरु बिरामी परेका थिए। उनीहरु स्थानीय मेडिकलमा उपचारका लागि गएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साउन २९ गते राति ९ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
घोराहीस्थित प्रतिष्ठानमा उपचारका क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले बताए । शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस