१ सय ८० जनामा डेंगु संक्रमण

   श्रावण ३०, २०८२       admin

काठमाडौं,२९ साउन । पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। योसँगै गत पुषदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ९५२ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पछिल्ला तथ्यांकअनुसार सबैभन्दा धेरै सङ्क्रमित गण्डकी प्रदेशमा ८ सय ७७ जना छन्।

त्यसपछि बागमतीमा ६सय १२, कोशीमा ५सय १८, लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३सय १६, कर्णालीमा ७७ र मधेश प्रदेशमा ५३ जनामा डेंगु पुष्टि भएको छ।

विगतमा वर्षायाममा मुख्यत: तराईका जिल्लाहरूमा सीमित देखिने डेंगु सङ्क्रमण अहिले पहाडी हुँदै हिमाली जिल्लासम्म फैलिन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यसले जनस्वास्थ्यका लागि गम्भीर चुनौती उत्पन्न गरेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाढीले तीनवटा पुल बगायो,सडक सम्पर्क अवरुद्ध

   श्रावण ३०, २०८२       admin

दार्जुला,२९ साउन ।दार्चुलाको टिंकर खोलामा आएको बाढीले छांगरुदेखि टिंकरसम्मका तीनवटा पुल बगाएको छ। पुल बगाउँदा टिंकर गाउँको सडक सम्पर्क अवरुद्ध भएको छ।

व्याँस गाउँपालिका–१ का वीरेन्द्रसिंह तिंकरीका अनुसार, बगाएका पुलहरूमा टिंकर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल पर्छन्। बाढीका कारण गाउँमा रहेका नेपाल टेलिकमका टावरहरू पनि अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताएअनुसार, गाउँमा कुनै मानवीय क्षति भएको छैन। उनले भने, “टिंकर सीमा प्रहरीचौकीसँग सञ्चार सेटमार्फत सम्पर्कमा छौँ। क्षति भएको स्थानको अवस्था बुझ्न प्रहरी परिचालन गरिएका छन्।”

छांगरुदेखि टिंकरसम्मको करिब ४०० मिटर सडक पनि बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इजरायलले युद्ध विरामसंगै सबै बन्धक रिहा गर्ने

   श्रावण ३०, २०८२       admin

काठमाडौं,२९ साउन । इजरायलले गाजामा युद्ध विराम रोक्ने भएको छ । साथै युद्धको क्रममा बन्धक बनाइएकाहरुलाइ मुक्त गराउने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने प्रयास अब बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक मुक्त गराउने विषयमा केन्द्रित भएको बताएका छन्।

यसअघि प्रस्तावित योजनामा ६० दिनको युद्धविराम र केही जीवित इजरायली बन्धकको मात्र रिहाइको प्रावधान थियो। तर नयाँ संकेतसँगै वार्ताको प्राथमिकता सम्पूर्ण बन्धकको तत्काल रिहाइमा केन्द्रित भएको देखिन्छ।

हमासका अनुसार, उसका नेताहरूको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग प्रारम्भिक वार्ताका लागि राजधानी कायरोमा पुगेको छ। रिपोर्टहरूअनुसार, मध्यस्थकर्ताहरूले आगामी हप्ताभित्र सम्झौता हुने आशा राखेका छन्।

गत महिना इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता असफल भएपछि इजरायलले आफ्नो सैन्य अभियानलाई विस्तार गर्दै सम्पूर्ण गाजा पट्टी कब्जा गर्ने विवादास्पद योजना घोषणा गरेको थियो। यस योजनामा करिब २० लाख प्यालेस्टिनी आश्रित रहेका क्षेत्रहरू समेत समावेश छन्।

बीबीसीले उल्लेख गरेअनुसार, नेतन्याहुको यो ताजा अभिव्यक्तिले युद्धविरामको सम्भावनालाई फेरि बल मिलाएको छ, यद्यपि अन्तिम नतिजा वार्ता प्रक्रियामा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालगन्जमा २२ लाख नगद र ब्राउनसुगरसहित युवक पक्राउ

   श्रावण ३०, २०८२       admin

बाँके,२९ साउन। बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज–१४ का २८ वर्षीय रमेश लोनियालाई मङ्गलबार राति घर खानतलासी गर्ने क्रममा पक्राउ गरिएको हो। उनका घरबाट नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ रुपैयाँ नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यससँगै प्रहरीले सुनचाँदीका गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ।

पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। सो क्रममा घटनामा अवरोध सिर्जना गर्ने प्रयास गरेका चार जनालाई पनि नियन्त्रणमा लिइएको र तीमध्ये दुई जनालाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा राखिएको डीएसपी पातलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बलात्कार कसुरमा १२ वर्ष कैद

   श्रावण ३०, २०८२       admin

दाङ, २९ साउन । दाङमा बालिका बलात्कारको मुद्दामा एक युवकलाई १२ वर्ष कैद सजाय तोकिएको छ।

दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले दंगिशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय तोकेको हो।

अदालतले बिकलाई पाँच लाख रुपैयाँ जरिवाना, पीडितलाई ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।

अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार २०८१ साल बैशाख ६ गते बालिकामाथि बलात्कार भएको उजुरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको थियो। प्रहरीको अनुसन्धानपछि जेठ ५ गते बिकलाई पक्राउ गरी जेठ २९ गते जबरजस्ती करणी मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्घटना अपडेट: घाइतेहरूको विवरणसहित

   श्रावण २, २०८२       admin

दाङ, २८ साउन । दाङको घोराहीबाट रोल्पाका लागि छुटेको फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूको परिचय खुलेको छ।

घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको सिल्भर रङको गाडी माडि गाउँपालिका–२, ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको हो। गाडी सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय घर्तिगाउँमा कार्यरत प्रहरी जवान कमलेश यादव, रोल्पा माडि गाउँपालिका–३ का ३१ वर्षका भिमसेन रोका रहेका छन्। यस्तै माडि गाउँपालिका–१ आरलनेटाका ४२ वर्षका तिलराम खत्री, माडि गाउँपालिका–३ दारेकाटनाका ५५ वर्षका कमल वली, सोही ठाँउका ६० वर्षका कौशिला वली र परिवर्तन गाउँपालिका–३ बागमाराका २५ वर्षका पवित्रा रोका मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइतेहरुको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा माडि गाउँपालिका–३ तालाबाङका २६ वर्षका रेजिना रामिजाल, सोही ठाँउका १४ वर्षका पुर्णकला बिक, १७ वर्षका शर्मिला बिक, १८ वर्षका एलिशा घर्तिमगर, १७ वर्षका मनोज बिक, १४ वर्षका नबिन बिक, माडि गाउँपालिका–५ भावाङका २० वर्षका बिबेक घर्तिमगर रहेका छन्। उनीहरूको घर्तिगाउँमा रहेको स्मृति अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

गाडी चालक रोल्पा नगरपालिका–७ दाङवाङका २७ वर्षका होम नारायण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीबाट रोल्पाका लागी छुटेको फोर्स गाडी दुर्घटना: ५ जना घाइते

   श्रावण २, २०८२       admin

दाङ,२८ साउन । दाङको घोराहीबाट रोल्पाका लागि छुटेको फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परेर पाँचजना घाइते भएका छन् ।

घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको सिल्भर रङको गाडी माडि गाउँपालिका–२, ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको हो।
गाडी सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

दुर्घटना दिउँसो करिब २ बजेतिर भएको हो। गाडीमा चालकसहित १४ जना सवार थिए।

इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा गएको टोलीले घाइते पाँच जनालाई उद्दार गरी उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाएको हो।

दुर्घटनापछि चालकलाई प्रहरी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भत्काइयो ३९ छाउगोठ

   श्रावण २, २०८२       admin


कञ्चनपुर,२८ साउन। कञ्चनपुर जिल्लाका दुई नगरपालिका क्षेत्रमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ । प्रहरीका अनुसार बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो ।

प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार छाउप्रथालाई अन्त्य गर्ने अभियानअन्तर्गत निगाली र भेन्टी बजार आसपासका ती गोठहरू भत्काइएको हो ।

गएको असारमा कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला दमाइको छाउगोठमै सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरूलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहकार्यमा कारबाही अघि बढाइएको हो । यसअघि पनि वडास्तरमा छाउगोठ हटाउने प्रयास गरिएको भए पनि स्थानीयको अवरोधका कारण केही स्थानमा अभियान रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाल सुधार गृहमा झडपः एक प्रहरी घाइते

   श्रावण २, २०८२       admin

काठमाडौँ,२८ साउन। बाल सुधार गृहमा झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् । विराटनगरस्थित बाल सुधार गृहमा झडप हुँदा उक्त झडपमा परी प्रहरीका एकजना वरिष्ठ हवलदार घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका साथ मोरङका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरू जाँदै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालका कारागारमा १ हजार ४२७ विदेशी बन्दी

   श्रावण २, २०८२       admin

काठमाडौँ,२८ साउन। देशभरका कारागारमा १ हजार ४२७ जना विदेशी नागरिक थुनामा परेका छन् । गृह मन्त्रालयका अनुसार हाल नेपालका ७७ कारागारमा कुल २८ हजार ७१८ जना कैदीबन्दी छन्, जसमध्ये विदेशीको संख्या उल्लेख्य छ।

गृहमन्त्री रमेश लेखकले संसदमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार कारागारहरूमा क्षमताभन्दा ६७ प्रतिशत बढी छ । पुरुष ब्लकमा १६ हजार ६२५ क्षमतामा २७ हजार १६८ बन्दी छन् भने महिला ब्लकमा भने अवस्था सामान्य छ । २ हजार ५०१ क्षमता भएका संरचनामा १ हजार ५५० महिला बन्दी छन्।

कुल १० हजार ४३५ जना थुनुवा र १८ हजार २८३ जना कैदी छन्। त्यसमा विदेशी नागरिकसमेत समावेश छन्, जसमा अधिकांश लागूपदार्थ, अवैध प्रवेश वा अन्य आपराधिक मुद्दामा पक्राउ परेका हुन्।

गृह मन्त्रालयका अनुसार कारागारमा ६६ जना ज्येष्ठ नागरिक र ६४ जना आश्रित बालबालिका पनि छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology