धनगढी, २५ साउन । कञ्चनपुरको महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ की करिब ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।
उनका अनुसार आइतबार दिउँसो करिब साढे १ बजे नदीमा नुहाउने क्रममा दुवै बालिका बगेर बेपत्ता भएका हुन्।
बालिकाहरूको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा जारी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बेइजिङ, २५ साउन । चीनका भावी विदेशमन्त्रीका सम्भावित दावेदार मानिएका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओलाई पक्राउ गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख रहेका लिउलाई जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्किएपछि अधिकारीहरूले नियन्त्रणमा लिएको वाल स्ट्रिट जर्नलले जनाएको छ।
लिउलाई नियन्त्रणमा लिनुको कारण सार्वजनिक गरिएको छैन। घटनाबारे पुष्टि गर्न चिनियाँ विदेश मन्त्रालयसँग सम्पर्क गर्दा तत्काल प्रतिक्रिया नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।
६१ वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि राजदूत, विदेश मन्त्रालयका प्रवक्ता लगायतका उच्च कूटनीतिक पदमा काम गरिसकेका छन्। उनी राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियान अन्तर्गत विभिन्न राष्ट्रिय तथा क्षेत्रीय निकायहरूको नेतृत्वमा समेत रहेका थिए।
गत वर्ष विवाहेत्तर सम्बन्धको रिपोर्टपछि बर्खास्त गरिएका तत्कालीन विदेशमन्त्री किन गाङपछि हिरासतमा पर्ने लिउ दोस्रो उच्च अधिकारी हुन्। राष्ट्रपति सीका विश्वासपात्र मानिने लिउलाई चिनियाँ कूटनीतिक वृत्तमा उदीयमान व्यक्तित्वको रूपमा हेरिँदै आएको थियो।
जुलाईको सुरुमा उनले अमेरिकाका रक्षामन्त्रीमाथि चीनको सामना गर्न अमेरिकी सहयोगीहरूलाई सेनालाई बलियो बनाउन आग्रह गरेर ‘टकराव र द्वन्द्व उक्साएको’ आरोप लगाएका थिए। उनको अन्तिम सार्वजनिक उपस्थिति जुलाई २९ मा अल्जेरियामा भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्।
प्रदेश सभा सार्वजनिक लेखा समितिद्वारा बेरुजु फर्छ्योट विषयमा आइतबार प्रदेश सभा सचिवालयमा आयोजित बैठक तथा छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय र मातहतका कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी योजना निर्माण गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिए।
“बेरुजु फर्छ्योट पहिलो प्राथमिकतामा राख्न जरुरी छ। मन्त्रालय र मातहतका कार्यालयले परिणाम देखिनेगरी भूमिका बढाउनुपर्छ। असुल–उपर गर्नुपर्ने बेरुजुलाई ध्यान दिई कुनै दुविधा नमानी काम गर्न आवश्यक छ,” उनले भने।
मुख्यमन्त्रीका अनुसार महालेखा परीक्षकको प्रतिवेदनमा समावेश विषयलाई प्रदेश सरकारले गम्भीरतापूर्वक ग्रहण गर्दै सुधारका योजना निर्माण गरी लागू गर्नेछ। “योजना निर्माण र नीति तर्जुमा गर्दा प्राथमिकतामा परेका विषयलाई बजेट तथा कार्यक्रममा समावेश गर्ने, पारदर्शी कार्यशैलीमार्फत समस्या समाधानमा योगदान पुर्याउने सरकारको प्रतिबद्धता छ,” उनले थपे।
सार्वजनिक लेखा उपसमितिका संयोजक विष्णुप्रसाद पन्थीले महालेखा परीक्षकको सातौँ प्रतिवेदनमा औंल्याइएका बुँदाहरू बैठकमा प्रष्ट पारे। प्रतिवेदनमा नीति तथा कार्यक्रमसँग मेल खाने बजेट व्यवस्था, अधुरा आयोजनाहरू पूरा गर्ने, अनुदान व्यवस्थापनमा सुधार, सम्पत्ति व्यवस्थापनमा ध्यान, तथा कार्यक्षेत्र भित्र रहेर काम गर्ने लगायतका सुझावहरू रहेका छन्।
बैठकमा बेरुजु फर्छ्योटको मासिक उपलब्धि प्रतिवेदन बुझाउने, बजेट निकासा र कार्यान्वयनसँग बेरुजुको विषय जोड्ने, र यसलाई सबैको चासोको विषय बनाउनुपर्नेमा जोड दिइयो।
छलफलमा मुख्यमन्त्री आचार्यसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, प्रमुख सचिव बावुराम अधिकारी, सार्वजनिक लेखा समितिका सदस्यहरू तथा मन्त्रालयका सचिवहरूको सहभागिता थियो।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली, २५ साउन । शुक्रवार मध्यराति कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारको अवस्था अझै सामान्य बनेको छैन। कारागारभित्रको नियन्त्रण अहिले पनि कैदीबन्दीहरूकै हातमा छ भने सुरक्षाकर्मीहरू गेट बाहिरछन्।
झडप भएको केहीबेरपछि सुरक्षाकर्मीले बल प्रयोग गरी मृतकको शव र घाइतेहरूको उद्धार गरेका थिए। तर त्यसयता कैदीबन्दीहरूले भित्रबाट कारागारमा ताला लगाई सुरक्षा फौजलाई प्रवेश गर्न अवरोध गर्दै आएका छन्।
अहिले कारागारभित्र अवस्था देखिने गरी शान्त रहेको भए पनि कैदीबन्दीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनलाई भित्र जान दिन मानेका छैनन्।
मानव अधिकार आयोग, सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले स्पष्ट सर्त राखेका छन्— “कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेक अन्य माथिल्लो तहका प्रतिनिधि नआएसम्म भित्र प्रवेश अनुमति दिइने छैन।”
कैदीबन्दीहरूले कारागारमा लामो समयदेखि असुरक्षित अवस्था, स्वास्थ्य सुविधाको अभाव र दुर्व्यवहारबारे जानकारी दिँदै आए पनि प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ।
यसअघि साउन १४ गते ५९० जना कैदीबन्दीहरूले संयुक्त ध्यानाकर्षण पत्रमार्फत मानव अधिकार आयोगलाई सुरक्षा माग गरेका थिए। आयोगले सो पत्रलाई प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभागलगायत निकायमा पठाएर उचित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर, प्रशासनको चासो नदेखिएको भन्दै कैदीहरू आक्रोशित बनेका हुन्।
शुक्रवार रातिको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइसकिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। अर्का एक गम्भीर घाइतेलाई पनि काठमाडौं पठाउने तयारी भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ साउन । बालिकालाई अनुचित प्रलोभनमा पारेर यौन सम्बन्ध राख्न लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
ओखलढुंगामा एक सरकारी कार्यालयकी महिला सहयोगीलाई १३ वर्षीया बालिकालाई अनुचित प्रलोभन दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार प्रमिला विश्वकर्मालाई साउन २१ गते पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत म्याद थप गर्दै अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार बालिकाले दिएको जाहेरीका आधारमा प्रमिलाले बारम्बार भेट गर्दै आर्थिक र भौतिक सुविधा दिने प्रस्ताव राखेको र कार्यालय प्रमुखसँग भेट गराउन चाहेको अडियो रेकर्डसमेत फेला परेको छ। सो रेकर्डको आवाज आफ्नै भएको उनले प्रहरीसमक्ष स्वीकार गरेकी छन्।
बालिका कक्षा ८ मा अध्ययनरत छन्। उनका आमाबुबा रोजगारीका लागि विदेशमा रहेकाले उनी बहिनीका साथमा आफन्तको घर नजिक डेरामा बस्दै आएकी छिन्।
घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालय प्रमुखको संलग्नतासम्बन्धी अनुसन्धान भैरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ साउन। तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा राहत शिक्षकहरू धर्नामा बसेका छन्। माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो।
नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरका सचिव प्रकाश शर्माका अनुसार, गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिन लामो आन्दोलनपछि भएका सहमति तथा प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन नभएकाले देशभर एकैसाथ धर्ना गर्न बाध्य भएको बताए।
“पछिल्लो सहमतिअनुसार सबै राहत शिक्षकको स्थायी व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्नेमा शिक्षा समिति तयार देखिएन,” उनले भने, “त्यही निराशाजनक स्थितिका कारण आज दाङलगायत देशका ७५३ वटै स्थानीय तहमा एकसाथ धर्ना कार्यक्रम गरिएको हो।”
शर्माका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा जारी धर्नाले पालिकाको दैनिक कामकाजमा अवरोध नगरेको छ। धर्ना आज साँझ ५ बजेसम्म चल्नेछ। त्यसपछि केन्द्रीय समिति बैठक बसेर अगाडि थप आन्दोलनका कार्यक्रमहरू तय गरिने उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२५ साउन। पिकअप गाडी दुर्घटना हुँदा धनकुटामा १७ जना घाइते भएका छन् । जिल्लाकोधनकुटा नगरपालिका–८, स्थित टेकुनालामा गाडी दुर्घटना भएको हो ।
टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीया रेनुका राई रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरूमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षीया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, शहीदभूमि गाउँपालिका ४ का २४ आशिष राई रहेका छन् ।
त्यस्तै साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बू, मूलघाट बस्ने १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।
गाई जात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार जाँदै थिए।
२२ सय व्यक्ति फरार सूचिमा
कञ्चनपुर, २५ साउन। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा मुख्य आरोपिताका रूपमा पवन भट्टकी दिदी पूजा भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
गत आइतबार सम्झनाको शव घरमै झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनापछि मृतकको माइती पक्षले श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्ट र दिदी पूजा भट्टविरुद्ध किटानी जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, माइती पक्षले बुझाएको एक अडियो फाइलमा पूजाले आफ्ना भाइ पवनलाई सम्झनालाई मार्न निर्देशन दिएको खुलेको छ।
अडियोमा पूजा भन्छिन्– “सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे।”
प्रहरीले पूजालाई कैलालीको धनगढी विमानस्थलबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहोराका अनुसार, उक्त अडियोकै आधारमा पूजाविरुद्ध’ ‘आत्महत्या गर्न दुरुत्साहन’सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ।
यसअघि पवन, उनका बुबा र आमा प्रहरी नियन्त्रणमा छन्। अदालतबाट म्याद थप गर्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका माइती पक्षले छोरीमाथि दाइजोको निहुँमा निरन्तर यातना दिइएको आरोप लगाउँदै आएका छन्। सम्झनाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो। पूजाको गिरफ्तारीपछि मात्रै शवको अन्त्येष्टि गरिएको हो।
प्रहरीका अनुसार, घटनामा संलग्न भएको आरोपमा चारै जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ साउन। दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ दाङका ५६ वर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए।
प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी साढे ७ बजे तुलसीपुर–१८ दुधरास नजिक ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ का २७ वर्षीय नवराज पौडेल र सोही मोटरसाइकलमा सवार बारा बिश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ बस्ने १८ वर्षीय रोशन पण्डित घाइते भएका छन्।
घाइतेमध्ये रोशन पण्डित उपचारपछि डिस्चार्ज भएका छन् भने नवराज पौडेललाई थप उपचारका लागि अन्य रिफर गरिएको छ।
मृतक चौधरीको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुबै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने भएको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार प्रदेश प्रमुख तथा मुख्यमन्त्री सहभागी हुने मूल समारोह समिति गठन गरिएको छ। मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ।
प्रदेश स्थापना दिवसको पृष्ठभूमिमा २०७२ सालमा संविधानसभाबाट संघीयताको खाका सार्वजनिक भएपछि कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेशको स्थापना भएको थियो।
२०७२ भदौ २३ गते संविधानसभाको विशेष समितिले छवटा प्रदेशको सीमांकन प्रस्ताव सार्वजनिक गरेपछि कर्णालीमा तीव्र आन्दोलन चर्किएको थियो। आन्दोलन उत्कर्षमा पुग्दा चार जनाले ज्यान गुमाउनुपरेको थियो।
यसको केही दिनपछि, २०७२ साल भदौ ४ गते, साविक कर्णाली अञ्चलका सबै जिल्ला, भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्लालाई समेटेर हालको कर्णाली प्रदेशको औपचारिक रुपमा घोषणा गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस