पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन

   श्रावण २५, २०८२       admin

काठमाडौं ,२४ साउन । पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदै जाँदा ती सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका हुन् । जिल्लाका सातै पालिकामा रहेका यी विद्यालयमध्ये अधिकांश आधारभूत र प्राथमिक तहका हुन्।

जिल्ला शिक्षा समन्वय एकाइका अनुसार विहादी गाउँपालिकामा २, मोदी गाउँपालिकामा ९, फलेवास नगरपालिकामा ६, कुश्मा नगरपालिकामा ८, जलजला गाउँपालिकामा ४ र पैयूँ गाउँपालिकामा २ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य छ। यीमध्ये फलेवास–५ को ध्रुवनमुना माध्यमिक विद्यालयसमेत छन्।

विद्यार्थी नभए पनि विद्यालय समायोजनको प्रक्रिया सुरु भएको छैन। स्थानीय तहहरूले शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने कार्य नगरेको एकाइका प्रमुख मतिलाल चपाईले बताए। यसले राज्यको बजेट दुरुपयोग भएको स्थानीयहरूले आरोप लगाएका छन्।

फलेवासका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार विद्यार्थी नभए पनि भविष्यमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालय समायोजन नगरेको बुझिएको छ। कतिपय जनप्रतिनिधिले राजनीतिक संरक्षणका कारण र करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने डरले पनि विद्यालय समायोजनमा चासो नदेखाएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भाइले गरे दाइको हत्या

   श्रावण २५, २०८२       admin


काठमाडौँ २४ साउन । बञ्चरो प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्। बञ्चरो प्रहारबाट लोकेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।

४० वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व श्रद्धाका साथ मनाइँदै

   श्रावण २५, २०८२       admin

दाङ,२४ साउन । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षासूत्र धारण गरेर श्रद्धाका साथ मनाइँदै छ।

पूर्णिमाको यस पवित्र दिनमा वैदिक सनातन धर्मावलम्बीहरू बिहानैदेखि नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरेर गुरु पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत (जनै) फेरेर र रक्षासूत्र (डोरो) बाँध्ने परम्परा अनुसार धार्मिक क्रियाकलापमा संलग्न छन्। यज्ञोपवीतलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा लिइन्छ।

ब्राह्मण पुरोहितले मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिने रक्षासूत्रलाई नकारात्मक शक्तिबाट बचाउने विश्वास गरिएको छ। साथै, अरुन्धतीसहित आठ ऋषिहरू—कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यको पूजा एवम् तर्पण गरिने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्कुटरको ठक्करबाट उरहरीमा दुईजना घाइते

   श्रावण २४, २०८२       admin

दाङ, २३ साउन । उरहरीमा स्कुटरले ठक्कर दिँदा दुई महिला घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–११ उरहरीचोक नजिक स्कुटरको ठक्करबाट उनीहरू घाइते भएका हुन्

शुक्रबार बेलुका सवा ६ बजे सितलपुरबाट उरहरीतर्फ जाँदै गरेको रा ५ प ८०७० नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक तुलसीपुर–१२ निवासी ४३ वर्षीय ईश्वरी केसी र पैदलयात्री ६१ वर्षीया सिवा देवकोटा घाइते भएको प्रहरीले जनाएको छ।

दुवैजनाको टाउको र मुखमा चोट लागेका कारण अवस्था मध्यम रहेको र उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनास्थलमा इलाका प्रहरी चौकी उरहरीका प्रनानी यकबहादुर खड्काको नेतृत्वमा टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाले हस्ताक्षर अभियान संगठन विस्तारसँग जोड्ने

   श्रावण २४, २०८२       admin


दाङ,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरेको हस्ताक्षर अभियानलाई अब संगठन निर्माणसँगै जोडेर प्रभावकारी बनाउने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले जनसमर्थनलाई संस्थागत रूप दिने रणनीति अनुसार हस्ताक्षर अभियानलाई संगठन विस्तारको माध्यम बनाउने निर्णय गरेको हो। प्रवक्ता मनीष झाका अनुसार, अब पार्टीका सबै संगठनात्मक गतिविधि हस्ताक्षर अभियानसँग सँगसँगै अघि बढाइनेछ।

“जनताको समर्थनलाई संगठनको बलमा रूपान्तरण गर्दै अभियानलाई देशव्यापी बनाउने योजना छ,” झाले बताए। उनका अनुसार हालसम्म ३२ लाख ६ हजार ६०८ जनाको हस्ताक्षर संकलन भइसकेको छ भने ६२ लाख १६ हजार ६६९ रुपैयाँ सहयोग रकम उठेको छ।

बैठकले पार्टीको संगठन वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सशक्त बनाउने लक्ष्यसहित केन्द्रीय समिति र विभागीय सदस्यहरूलाई जिल्ला(जिल्लामा परिचालन गर्ने निर्णय पनि गरेको छ।

पार्टीले विभिन्न विभाग तथा समितिमा नयाँ जिम्मेवारी वितरण गर्दै संगठन सुदृढीकरणको कामलाई तीव्र बनाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जन्मदिनको भोज खाँदा २७ जना बिरामी

   श्रावण २४, २०८२       admin

काठमाण्डौ, २३ साउन । जन्मदिनको भोज खाँदा २७ जना बिरामी परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा जन्मदिनको भोजमा सहभागी भएका २७ जना व्यक्ति विषाक्त भोजन खाँदा बिरामी परेका हुन् ।


हिजो बिहिबार राती ९ बजे जितेन्द्र राईको घरमा आयोजित जन्मदिनको कार्यक्रममा रोटी, अचार, पुरी, बुनिया, पुवा जस्ता परिकार खाएका २७ जनामा झाडापखाला र बान्ता लाग्ने लक्षण देखिएको थियो।

बिरामीमध्ये ३ जना पुरुष, ११ जना महिला र १३ जना बालबालिका रहेका छन्। सबैलाई उपचारका लागि राति १० बजेतिर जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएकोमा २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जना बालकको उपचार भइरहेको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भित्री वस्त्रभित्र कोकिन बोकेर हिँड्ने ब्राजिलियन महिला पक्राउः नेपाल हुँदै भूटान जादै थिइन्

   श्रावण २४, २०८२       admin

काठमाडौं, २३ साउन । प्रहरीले ब्राजिलियन महिलालाई प्रतिबन्धित लागुऔषध (कोकिन) सहित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महिलाले प्रयोग गर्ने भित्री वस्त्रभित्र लागुऔषध कोकिन लुकाएर नेपाल हुँदै भुटान जान लागेकी उनलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले इमेली माइकल सान्तोष फेरेरालाई दोहा हुँदै काठमाडौं ओर्लने क्रममा विमानस्थलमै नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार, उनको साथबाट एक किलो ९५० ग्राम कोकिन बरामद गरिएको छ। ती लागूऔषध भित्री वस्त्रमा कुशल तरिकाले लुकाइएका थिए।

ब्युरोका सूचना अधिकारी जीवन निरौलाका अनुसार, फेरेरा नेपाललाई ट्रान्जिट बनाउँदै भुटान जाने योजनामा थिइन्। प्रारम्भिक अनुसन्धानमा लागुऔषध ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

हाल उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अनियन्त्रित हुँदा फोर्स दुर्घटनाः सातजना घाइते

   श्रावण २४, २०८२       admin


काठमाडौँ,२३ साउन । सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा गाडीमा सवार सातजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएको प्रहरीले बताएको छ ।

बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब एकसय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मसोट खोलाको डाइभर्सन बगाएपछि लमही–घोराही सडक पुनः अवरुद्ध

   श्रावण २४, २०८२       admin

दाङ,२३ साउन। दाङको मसोट खोलाको डाइभर्सन बगेपछि आवागमन पुनः अवरुद्ध भएको छ । वर्षापछि खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागम पुनः अवरुद्ध भएको हो । लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको पुल मर्मत गर्नका लागि बिहिबार अर्थात हिजो मात्रै डाइभर्सन बनाइएको थियो।

शुक्रबार बिहानको वर्षासँगै खोलामा आएको बाढीले डाइभर्सनको आधा भाग बगाएपछि सडक अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए। आवागमन अवरुद्ध भएपछि घोराही–लमही आउजाउ गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग अमिलिया–तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ।

यतिबेला डाइभर्सन मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ। यसअघि मसोट खोलामा रहेको पुल आकस्मिक मर्मतको आवश्यकता देखिएकाले स्थानीय प्रशासनले २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। पुल मर्मतको क्रममा अत्यावश्यक सेवा र हलुका सवारी साधनका लागि अस्थायी डाइभर्सन निर्माण गरी बिहीबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको थियो। तर सञ्चालनको केही घण्टामै शुक्रबार बिहान आएको बाढीले सो डाइभर्सन बगाएको हो।

हाल पुलबाट केवल विरामी बोकेको एम्बुलेन्स, आपत्कालीन सेवाका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे खाली सवारी साधनलाई मात्र आवतजावत गर्न अनुमति दिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिजौरीमा शनिबार पनि बजार खुल्ने

   श्रावण २४, २०८२       admin

दाङ,२३ साउन । चाडपर्व नजिकिँदै गर्दा बिजौरीमा शनिबार पनि पसल खोल्ने निर्णय गरिएको छ।

बिजौरी उद्योग वाणिज्य संघको शुक्रबार बसेको आकस्मिक बैठकले भोलि साउन २४ गतेदेखि कार्तिक १५ गतेसम्म शनिबार समेत बजार सञ्चालन गर्ने निर्णय गरेको हो। संघका महासचिव दीपक कुमार बस्नेतका अनुसार चाडपर्वका कारण ग्राहकहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको हो।

बैठकले भदौ १४ गते हुन लागेको संघको १२औं वार्षिक साधारणसभालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। बैठक संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बसेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology