काठमाडौँ , २३ साउन l भारतको उत्तराखण्ड राज्यमा हालैका दिनमा भएको अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। घटनाप्रति नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै छिमेकी मित्रराष्ट्र भारतमा आएको प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको खबरले आफू अत्यन्त दुःखी र चिन्तित भएको बताएका छन्।
उनले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्। साथै, उनले प्रारम्भिक विवरणअनुसार घटनामा १७ जना नेपालीहरू बेपत्ता भएको जानकारी दिँदै भारतस्थित नेपाली दूतावासमार्फत उद्धार तथा खोजी कार्यका लागि आवश्यक कूटनीतिक पहल सुरु गरिएको बताएका छन्।
भारतका विभिन्न सञ्चारमाध्यमहरूका अनुसार उत्तराखण्डमा हालैको निरन्तर वर्षासँगै विभिन्न स्थानमा बाढी र पहिरोले सडक, पुल, बस्ती र अन्य संरचनामा क्षति पुर्याएको छ। घटनास्थलमा भारतीय सुरक्षाकर्मी र उद्धार टोली परिचालित छन् भने उद्दार कार्य जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ साउन । दाङको तुलसीपुरस्थित होटलबाट पैसा चोरी भएको छ । तुलसीपुर स्थित वसर्पाकमा रहेको एक होटेलमा बसिरहेका एक व्यक्तिको नगद चोरी भएको हो । बिहिवार राती सल्यानको बागचौर नगरपालिका २ का उत्तम डिसीको ४२ हजार नगद पैसा चोरी भएको हो ।
डिसीका अनुसार कोठाको ढोकाको माथि रहेको भेन्टिलेशन खोलिएकाले सोही ठाउँबाट हात हालेर माथिल्लो चुकुल खोलेको र तल्लो चुकुल पोछामा राखिएको पाइपको प्रयोग गरेर खोलेको अनुमान गरिएको छ ।
दाङ काठमाण्डौँ चल्ने गाडी चलाउँदै आएकाले होटेलमा बास बस्ने गरेको उनले बताए। बिहिबार पनि काठमाण्डौँबाट आएर राती साढे ११ बजेतिर होटलमा बास बस्नका लागि गएका थिए ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरबाट चोरी भएको खबर आएकाले स्थलगत अवलोकनका लागि प्रहरी खटाएको र घटनाबारे अनुसन्धान भैरहेको डिएसपी अनिल ठकुरीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ साउन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओली आज स्वेदश फर्कन लागेका हुन् ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २२साउन । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालयमार्फत गर्न ल्याइएको सरकारी नीतिलाई अलोकतान्त्रिक, अस्पष्ट र आपत्तिजनक भन्दै कडा आलोचना गरेको छ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम सिडिओ कार्यालयमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तीव्र असन्तुष्टि जनाएको हो।
महासंघले संविधानमै उल्लेख नभएको निकायलाई सञ्चारमाध्यम नियमनको जिम्मेवारी दिनु संघीयताको मर्म विपरीत भएको बताएको छ।
“सञ्चार नीतिमा यसरी लादिएको असंवैधानिक निर्णयले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि खतराको संकेत गर्छ,” विज्ञप्तिमा उल्लेख छ।
महासंघले थप भनिएको छ, “लोकतान्त्रिक संस्कारविपरीत, सरोकारवाला पक्षसँग कुनै परामर्शबिना ल्याइएको यो कानुनी व्यवस्था पूर्ण रूपमा अव्यवहारिक छ।”
महासंघले सन् २०४८ कै पंचायतकालीन संरचनामा आधारित यो कदमलाई आधुनिक डिजिटल युगको मर्मअनुकूल नभएको उल्लेख गर्दै सरकारको नियतप्रति पनि प्रश्न उठाएको छ। हाल सञ्चालनमा रहेका करिब ५ हजार अनलाइन सञ्चारमाध्यमको अवस्था अन्यौलमा पारेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।
यसबाहेक, सूचना तथा प्रसारण विभागले दर्ता र नवीकरण कार्य एकाएक स्थगन गरेपछि, सरोकारवालाबीच अझ धेरै भ्रम र आशंका उत्पन्न भएको महासंघको भनाइ छ।
महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उदासीनताप्रति पनि आपत्ति जनाउँदै मन्त्रालयकै मातहतका निकायबाट यस्ता काम हुनुपर्नेमा जोड दिएको छ। साथै, सरोकारवाला पक्षहरूसँग छलफल गरी स्पष्ट नीति ल्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।
महासंघले चेतावनी दिँदै भनेको छ, “यदि अन्यौल हटाई समाधानतर्फ नलागिए महासंघ आवश्यक परामर्शपछि आन्दोलनमा जान बाध्य हुनेछ।”
विज्ञप्ति हेर्नुहोस्

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २२साउन । अध्यागमन विभागले एक फ्रान्सकी नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई अध्यागमन विभागले काठमाडौंबाट पक्राउ गरेको हो।
विभागका अनुसार उनी विभागको निगरानी सूचीमा रहेकी थिइन् । विभिन्न समयमा गरी १५ पटकभन्दा बढी नेपाल आवतजावत गरेकी थिइन्। यसै आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो।
सन् २०१४ मा पहिलोपटक नेपाल आएकी ती महिला वर्किङ भिसा नलिई बारम्बार पर्यटक भिसामा नेपाल आउने–जाने गरेकी थिइन्। भिसा सकिन लाग्दा टर्की, यूएईलगायत देशहरूमा गएर केही समयपछि पुनः नेपाल फर्किनु र यहाँ व्यापारिक गतिविधिमा संलग्न हुनु शंकास्पद देखिएको अध्यागमन अधिकारीहरू बताउँछन्।
विभागले स्पष्ट पारेको छ कि पर्यटक भिसामा नेपाल आएर व्यापार व्यवसाय गर्न पाइँदैन। तर ती महिलाले काठमाडौंको लैनचौरमा बेकरी क्याफे सञ्चालन गरेको, ललितपुरको रैथाने फुड्समा सहलगानी गरेको र कारोबारको रकम आफ्नै बैंक खातामा जम्मा गर्दै आएकी थिइन्।
नेपालमा बस्न उनले वाल्मिकी विद्यापीठमा भर्ना भई पटकपटक अध्ययन भिसा लिएकी थिइन्। तर उनले अध्ययन पूरा गरेको प्रमाण भेटिएको छैन।
“उनका सबै गतिविधि अध्यागमन ऐन र नियमावली विपरीत रहेको पुष्टि भएपछि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो,” अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ साउन। विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक महासंघको सदस्यता र शिक्षक बढुवा प्रणालीसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले परामर्श उपसमितिबाट सहमति जुटाइएको संशोधन प्रस्ताव पारित गर्दै अबदेखि शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएलगत्तै सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था गरेको हो।
नयाँ प्रावधानअनुसार प्रधानाध्यापकको पदमा रहँदासम्म उनीहरूले महासंघको कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन्। यद्यपि, सदस्यता निष्क्रिय हुँदा पनि शिक्षकले पाउने सेवा, सुविधा र जिम्मेवारीमा भने कुनै कटौती नहुने प्रस्टाइएको छ।
महासंघका पदाधिकारीहरूलाई दिइने काजसम्बन्धी व्यवस्थाको लागि भने छुट्टै प्रस्ताव विधेयकमा समावेश गरिएको छ।
तीन आधारमा बढुवा
समितिको बैठकले शिक्षकको बढुवा प्रणालीलाई सुधार गर्दै अब तीनवटा स्पष्ट आधार अपनाउने निर्णय पनि गरेको छ। नयाँ व्यवस्था अनुसार आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कन लाई बढुवाको आधार बनाइनेछ।
यसअघि कायम रहेको आन्तरिक प्रतियोगिता र समय अनुसार स्वतः बढुवा हुने प्रणालीलाई संशोधन गर्दै मूल्यांकनलाई मुख्य मानक बनाउने सहमति बनेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ साउन।देशका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म २७ हजार ४२५ पशु संक्रमित भएका छन् भने ८४६ वटा पशुको मृत्यु भइसकेको छ।
लम्पी स्किन रोग कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ। सबैभन्दा धेरै संक्रमण कोशी प्रदेशमा देखिएको छ, जहाँ ११ जिल्लामा फैलिएको रोगका कारण २२ हजार १२२ पशु संक्रमित छन् र ६३७ पशुको मृत्यु भएको छ।
मधेस प्रदेशका ८ जिल्लामा ४ हजार ४९२ पशु संक्रमित भएका छन् भने १७९ को मृत्यु भएको छ। बागमतीका ५ जिल्लामा ७९३ संक्रमित पशु र ३० को मृत्यु, लुम्बिनीका ३ जिल्लामा १६ संक्रमित, गण्डकीको १ जिल्लामा ७ संक्रमित र कर्णालीको १ जिल्लामा पनि रोग पुष्टि भएको छ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा भने लम्पी स्किनको संक्रमण पुष्टि भएको छैन।
विभागका अनुसार सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २२ साउन। दाङको लमही नगरपालिका क्षेत्रअन्तर्गत रहेको मसोट खोलाको पुल आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएपछि सवारी आवागमन प्रभावित भएको थियो। तर, वैकल्पिक सडक (डाइभर्सन) निर्माण गरी हाल सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
पुल मर्मतका लागि तत्काल सवारी रोकिएपछि खोलाको उत्तरतर्फ खाल्डा पुरी डाइभर्सन निर्माण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख माधव रावतले जानकारी दिए। दुई पाङ्ग्रे साना सवारी साधन भने पुलबाटै सञ्चालन भइरहेको छ।
निर्माण गरिएको डाइभर्सन सडकको स्थलगत निरीक्षण र अनुगमन वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशन राज पाण्डेको नेतृत्वमा गरिएको हो। अनुगमन टोलीमा पत्रकारसहित ट्राफिक प्रहरी पनि सहभागी थिए।
प्रहरी प्रमुख पाण्डेका अनुसार हालको डाइभर्सनबाट ठूला सवारी साधन आवागमन सम्भव भए पनि निरन्तर वर्षा भएमा समस्यासमेत देखिन सक्छ। पानी परेमा खोलाको सतह बढेर डाइभर्सन बगाउने सम्भावना रहेकाले पुनः यातायात अवरुद्ध हुन सक्ने चेतावनीसमेत उनले दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ साउन। सर्लाहीको बलरा नगरपालिकामा भएको झडपमा छुरा प्रहारबाट तीन जना घाइते भएका छन्।
बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो। झडपको क्रममा एक समूहले अर्को समूहमाथि छुरा प्रहार गर्दा तीन जना घाइते भएका हुन्।
घाइते हुनेहरूमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन्।
प्रहरीका अनुसार धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको छ। घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको छ।
छुरा प्रहार गरेको आरोपमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार छुरा प्रहारमा संलग्न भारतका अमन सिंह, विकास सिंह, अटल राय र अभिषेक सिंह रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस