चोरीको नाटक गर्दा आफै फसिन चन्द्रकुमारी

   श्रावण २०, २०८२       admin

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ की ४१ वर्षीया चन्द्रकुमारी गुरुङले आफैंले लुकाएको सुन र नगद हराएको भन्दै झूटो उजुरी दिएपछि गाउँमा सनसनी फैलिएको छ। साढे ७ तोला सुन र ४ हजार रुपैयाँ नगद हराएको दाबी गर्दै उनले गत १२ साउन साँझ प्रहरीमा उजुरी दिएकी थिइन्।

तर सात दिनसम्मको सूक्ष्म अनुसन्धानपछि प्रहरीले यो घटना चोरी नभई योजनाबद्ध नाटक रहेको ठहर गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले अनुसन्धान गर्दा चन्द्रकुमारीले गाउँकै ३८ वर्षीय युवक धनराज गुरुङसँग मिलेर ती सामग्री लुकाएको खुलेको हो। धनराज गाउँका अगुवा र स्थानीय युवा क्लबका अध्यक्षसमेत हुन्।

प्रहरीका अनुसार चन्द्रकुमारीका पति विदेशमा छन् भने उनी र धनराजबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ। उजुरीपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा खटिएको टोलीले जब जब चन्द्रकुमारीसँग सोधपुछ गर्थ्यो, तब धनराज नै उनको सट्टामा बोलेर जवाफ दिन्थे। यही आधारमा प्रहरीले धनराजमाथि शंका गर्दै अनुसन्धानको दिशा सोझ्याएको थियो।

पछिल्ला दिनमा पञ्चमूल क्षेत्रमा १५ घरमा भएको चोरी घटनामा समेत संलग्नता नखुलेपछि स्थानीयबीच आक्रोश बढेको थियो। त्यतिबेला पनि धनराज अगुवाको भूमिकामा देखिएका थिए।

प्रहरीले सोधपुछमा उनीहरूको व्यवहार शंकास्पद पाएपछि धनराजको घरमा समेत खानतलासी गर्‍यो। प्रहरीले अनुसन्धानमा असहयोग गर्न थालेपछि थप फोर्स मागेर दबाब बढायो। अन्ततः, चन्द्रकुमारीकै घरको कम्पाउन्डभित्र लुकाइएका गहना र नगद बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

झूटो निवेदन दिएर प्रहरी प्रशासन झुक्याएको आरोपमा चन्द्रकुमारी र धनराजलाई साउन १७ गते पक्राउ गरिएको छ। दुवैविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खाजा खर्च कटाएर साथीको परिवारलाई सहयोग

   श्रावण १, २०८२       admin

भिम मरासिनी ,दाङ। साथीका बाबुको असामयिक निधनको खबरले तुलसीपुरका एक समूह विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण कक्षालाई स्तब्ध बनायो।

तुलसीपुर उपमहानगरपालिका–११ का आदित्य चौधरीका बाबु तुलसीराम चौधरीको दुबै मिर्गौला फेल भएर केही दिन अघि निधन भएपछि चौधरी परिवार गहिरो आर्थिक र मानसिक संकटमा परेको थियो।

कक्षा–१० मा अध्ययनरत आदित्यका सहपाठीहरूका लागि यो केवल दुःखद खबर मात्र थिएन, यो एक जिम्मेवारी पनि बन्यो। साथीको पीडामा मलम लगाउने उद्देश्यले माया ओलीको नेतृत्वमा उनीहरूले सानो सहयोग संकलन अभियान सुरु गरे।

कक्षामा अनुपस्थित भएका दिनहरूको बचत भएको खाजा खर्च, आफैंले ल्याएको खाजाको पैसा र शिक्षकहरूबाट प्राप्त सहयोग समेत समेटेर जम्मा गरिएको रकम रु ३०,०४५ पुग्यो। आज सो रकम विद्यार्थी टोलीले आदित्यको घरमै पुगेर उनकी आमा उर्मिला चौधरीलाई हस्तान्तरण गर्‍यो।

श्रीमानको उपचारमा ठूलो रकम खर्च भइसकेको बताउँदै उर्मिला चौधरीले यस कठिन घडीमा साथ दिएकोमा सबैप्रति आभार व्यक्त गरिन्। उनले यस्तो संकटको बेलामा सबैले एक अर्काको साथ दिन जरुरी रहेको धारणा पनि राखिन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न

   श्रावण १, २०८२       admin

दाङ, १८ साउन । हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजनामा विद्यार्थीहरूको मानसिक तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ।

हिमाल एकेडेमी स्काउट ट्रुपका स्काउटर प्रणव साहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाकराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि खड्काले स्काउटले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा पुर्‍याएको योगदानको चर्चा गर्दै वर्तमान समयका बालबालिकामाझ देखिएको ठूलो समस्या तनाव भएको उल्लेख गरे।

उनले आजका विद्यार्थी नै भोलिका सक्षम राष्ट्रसेवक हुने भन्दै समयमै मनको विकार हटाएर सेवा भावले जीवन जिउनुपर्नेमा जोड दिए। “मन, वचन र कर्मले मानव सेवामा समर्पित हुनुपर्छ,” उनले भने।

कार्यक्रमकी विशेष अतिथि तथा प्रशिक्षक ॐ शान्ति विश्व विद्यालयकी दिदी माला ले आत्मिइक ज्ञानद्वारा नै मानिसमा नैतिकता र इमानदारीताको बीउ रोप्न सकिने बताइन्। उनले मानव जीवनको सार्थकता नै आध्यात्मिक चेतनासँग जोडिएको धारणा राखिन्।

कार्यक्रममा नेपाल स्काउटका केन्द्रीय सदस्य नवीनकुमार पराजुली, प्रदेश सदस्य निरञ्जना पाण्डे, र विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले स्काउट शिक्षाको महत्व, मूल्य, मान्यता तथा स्काउटरहरूको भूमिकासम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सहजीकरण स्काउट मास्टर अञ्जली साहले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रचण्डको घोषणाः देशमा फेरि नयाँ विद्रोह आवश्यक छ

   श्रावण १, २०८२       admin


काठमाडौँ,१८ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले यस्तो भनाइ दिएका हुन्।

अध्यक्ष प्रचण्डले देशमा क्रान्तिकारी सोच र देशभक्त शक्तिहरूमाथि भइरहेका षड्यन्त्रहरूविरुद्ध प्रतिकार गर्न अब फेरि विद्रोह आवश्यक रहेको तर्क गरे। उनले वामपन्थी, क्रान्तिकारी र देशभक्त शक्ति एकजुट भएर प्रतिक्रियावादी शक्तिको प्रतिरोध गर्नुपर्ने बताए।

‘आज हामी बल गर्दै छौँ, देशभक्त, क्रान्तिकारी, वामपन्थीलाई जोडेर षड्यन्त्रको प्रतिवाद गर्ने प्रयासमा छौँ। मलाई जनयुद्धको तयारीदेखि शान्ति प्रक्रिया र संविधानसभासम्म आइपुग्दा अझै जीवित रही नेतृत्वमा रहन सकेको छु भन्ने लाग्छ। उनले भने–‘ त्यसैले फेरि एकपटक नयाँ प्रकारको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित अघि बढिरहेका छौँ,।’

प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिँदै बिदा दिने निर्णय गरिएको तर त्यसलाई अदालतले रोकेको बताएका छन्। उनले त्यस निर्णयलाई रोकिनुप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक निर्णयहरूमा न्यायालयको हस्तक्षेप स्वीकार्य नहुने संकेत गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भीरबाट लडेर एकजनाको मृत्यु

   श्रावण १, २०८२       admin


हुम्ला,१८ साउन । भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन गएका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्कामा नान बुढाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भीरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी ९बुढा०ले बताइन् ।

जङ्गल घरबाट गल्फागाड खोलापारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन आइतबार स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् ।

सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो ।

जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बजेट कार्यान्वयनका विषयमा मन्त्रालयगत छलफल

   श्रावण १, २०८२       admin


काठमाडौँ,१८ साउन। संघीय अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसंग छलफल थालेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले उक्त छलफल सुरु गरेको हो ।

बजेट कार्यान्वयनबारे आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेटमा राखिएका मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनकालागि आवश्यक कानूनी, प्रक्रियागत र व्यवहारिक तयारी थाल्नेबारे छलफल भएको हो ।

उद्योग मन्त्रालयको बजेटमा परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने विषय राखिएको थियो ।

त्यस्तै, उपत्यकामा सञ्चालित उद्योगलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे पनि आजको बैठकमा छलफल भएको छ ।

भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । त्यस्तै, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण लगायतका विषयमा पनि छलफल भएको हो ।

बैठकमा अर्थमन्त्री पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा। रामप्रसाद घिमिरे लगायत उपस्थित थिए ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय र विभागहरुसँग क्रमश छलफल गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समुदायसंग नजिकिदै रेडक्रस

   श्रावण १, २०८२       admin

दाङ,१७ साउन । दाङको मानपुर र कोठरीमा आज रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

रगतको अभाव कम गर्ने उद्देश्यले रेडक्रस दाङद्वारा सञ्चालित ‘समुदाय सङ अझ नजिक’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा ४ महिला सहित १४ जनाले रक्तदान गरेका छन् भने ८ जना नयाँ रक्तदाता सहभागी भएका छन्। तुलसीपुर उपमहानगरपालिका र स्थानीय सरकारको सहयोगमा रेडक्रस दाङको प्राविधिक सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा रेडक्रस मानपुर उपशाखाका सभापति जगदीश देवकोटाको अध्यक्षता तथा वडा नं. १६ का अध्यक्ष शिवानन्द डाँगीको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि डाँगीले रक्तदान जस्तो मानवीय कार्यमा सधैँ स्थानीय सरकारको साथ रहने प्रतिबद्धता जनाउँदै जनचेतना अभावका कारण मानिसहरू अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताए। यस्तो अवस्थालाई परिवर्तन गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए।

कार्यक्रममा रेडक्रस दाङका उपमन्त्री बिमल केसी र जिल्ला सदस्य भीमलाल मरासिनीले रक्तदानको महत्व, आवश्यकता र फाइदाका विषयमा सहजीकरण गरेका थिए। त्यस अवसरमा वडासदस्य गीता राणा, ससिधर पौडेल लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन उपशाखा सहसचिव गिरिराज डाँगीले गरेका थिए। रेडक्रस दाङले आगामी दिनमा पनि समुदायसँग नजिकिँदै निरन्तर रक्तदान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोले सहिद राजमार्ग अवरुद्ध

   श्रावण १८, २०८२       admin


दाङ,१७ साउन । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५, सागुरोखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोर्टार शेल विस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु, १३ जना घाइते

   श्रावण १८, २०८२       admin

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवात जिल्लामा भएको घटनामा पाँच बालबालिकाले ज्यान गुमाएका छन्। घटनामा १३ जना घाइते भएका छन्, जसमा दुई महिला पनि रहेका छन्।

बीबीसी उर्दूको रिपोर्टअनुसार बालबालिकाहरू खेल्ने क्रममा पुरानो मोर्टार शेल भेट्टाएका थिए। उनीहरूले उक्त शेललाई घर लैजाँदा अचानक विस्फोट भएको हो। घटनास्थलमा ज्यान गुमाउनेमध्ये चार बालिका रहेको जनाइएको छ।

प्रहरीका अनुसार सबै घाइतेहरू एउटै परिवारका सदस्य हुन्। घाइतेमध्ये एक जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

लक्की मारवात क्षेत्र विगतमा इस्लामिक अतिवादी समूह र सुरक्षाफौजबीचको संघर्षको केन्द्रबिन्दु रहँदै आएको छ। त्यस क्षेत्रमा पुराना विस्फोटक सामग्री अझै भेटिन सक्ने सम्भावनाले स्थानीयबासीको सुरक्षामा चिन्ता थपिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराही–लमही सडकखण्ड ४ दिन बन्द

   श्रावण १८, २०८२       admin


दाङ,१७ साउन । घोराही–लमही सडकखण्ड चारदिनका लागि बन्द हुने भएको छ । मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण लमही–घोराही सडकखण्ड आगामी चार दिनका लागि बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म दुई पाङ्ग्रे बाहेकका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो। प्रमुख सडक सञ्जालमा पर्ने यो पुलमा समस्या देखिएपछि तत्काल मर्मत आवश्यक देखिएको प्रशासनले जनाएको छ।

मर्मत अवधि भरि पुलमा सवारी आवागमन नहुने भएकाले वैकल्पिक मार्गको रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षाका लागि आवश्यक तयारी गरिएको जनाइएको छ।

साथै, अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्ग मर्मत गरी सञ्चालनमा ल्याइनेछ। यो मार्गको मर्मत कार्य सडक डिभिजन कार्यालयले गर्नेछ भने व्यवस्थापनमा ट्राफिक प्रहरीको समन्वय रहनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology