सल्यानकी किशोरी भारतमा फेला, परिवार खोज्दै प्रहरी

   श्रावण ०, २०८२       admin

सल्यान, ८ साउन । सल्यान सल्लिवजार आसपासको घर बताउने १७ वर्षीया आशीका रावत भारतको शोहरतगढ, सिद्धार्थनगरमा फेला परेकी छन्। हाल उनी त्यहाँको प्रहरी सम्पर्कमा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आशीकाले आफू सल्यान सल्लिवजार आसपासको बासिन्दा भएको र बाबुको नाम मोहविर रावत रहेको जानकारी प्रहरीलाई दिएकी छिन्। उनी सानै उमेरमा हराएकी थिइन्।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी आशीकाको परिवार खोजिदिन अनुरोध गरेको छ। उनलाई सही ठेगाना तथा परिवारको सम्पर्कमा पुर्‍याउनका लागि दुबै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको बताइएको छ।

उनको परिवारबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

हराएको लामो समयपछि फेला परेकी आशीकालाई परिवारसम्म पुर्‍याउन सबैको सहयोग आवश्यक रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

   श्रावण ०, २०८२       admin

काठमाडौं,८ साउन । गत आर्थिक वर्षमा वार्षिक १ सय कामदार पनि विदेश पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्याप्त संख्यामा कामदार पठाउन नसकेका कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारबाही गरिएको हो।

उक्त ऐनअनुसार कुनै पनि म्यानपावर कम्पनीले लगातार दुई वर्षसम्म वार्षिक कम्तीमा १ सय कामदार विदेश पठाउन नसकेको अवस्थामा कम्पनीको इजाजतपत्र रद्द गरिने प्रावधान छ।

२०७५ साल चैत १९ मा ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरिएको थियो। तर, व्यवसायीहरू उक्त प्रावधानको विरुद्धमा आन्दोलनमा उत्रिनुका साथै त्यसलाई खारेज गर्न दबाब दिँदै आएका थिए।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार हाल ती ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण प्रक्रियामा रोक लागेको छ। उनले भने, “कानुन अनुसार नै उनीहरूको इजाजतपत्र नवीकरण हुन सक्ने अवस्था छैन। अब ‘बाधा अड्काउ फुकाउ’ प्रक्रियामार्फत मात्र निर्णय गर्नुपर्ने हुन्छ।”

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरूको मागपछि सो प्रावधान हटाउने गरी ऐन संशोधन गरिसकेको छ। ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मार्फत २०८२ वैशाख १६ मा सो व्यवस्था हटाइएको हो। तर, राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेकोले अहिले पनि पुरानै व्यवस्था लागू छ।

कानुनअनुसार म्यानपावर कम्पनीको इजाजतपत्र हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्छ। साउनदेखि नवीकरण नभएमा इजाजत स्वतः रद्द हुने व्यवस्था छ।

श्रम मन्त्रालयले विगतमा पनि बाधा अड्काउ फुकाउ विधि अपनाउँदै १ सय कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीहरूको इजाजत नवीकरण गर्दै आएको थियो।
गत आर्थिक वर्षमा पनि मन्त्रालयले अन्तिम पटक भन्दै २५८ कम्पनीको इजाजतपत्र नवीकरण गरिदिएको थियो।

महानिर्देशक भट्टराईका अनुसार, नयाँ ऐन कार्यान्वयनमा आएपछि नियमावलीसमेत संशोधन गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै ती कम्पनीको इजाजतपत्र नवीकरणको प्रक्रिया अघि बढ्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला

   श्रावण ०, २०८२       admin

काठमाडौं,८ साउन । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारस्थित एक डेरामा बस्ने दुई किशोरी मृतावस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा बिहीबार बिहान फेला परेका हुन्।

दुवै किशोरी दिदीबहिनी रहेको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार उनीहरू दुई साता अघि मात्र उक्त डेरामा बस्न आएका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरूका आफन्तसमक्ष मुचुल्का गरिने ढुङ्गानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाजुरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

   श्रावण ०, २०८२       admin

बाजुरा, ८ साउन। बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीय वाचा रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि क्युडीबाट वडा कार्यालयतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज.०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनाग्रस्त भएको हो।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार यात्रु संख्या धेरै भएको र कच्ची सडकमा अनियन्त्रित भई जीप दुर्घटना भएको हो।

दुर्घटनामा अन्य १५ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देशभर मनसुनी वायुको प्रभाव कमजोर

   श्रावण ०, २०८२       admin

काठमाडौ,७ साउन । देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसका कारण वर्षा गतिविधि पनि तुलनात्मक रूपमा कम भएको हो।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुने मौसमको पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। यिनै प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा साधारणतया बदली रहने र अन्य भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

बुलेटिन अनुसार कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। यस्तो अवस्थामा ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाको अधिवेशन रोक्न अदालतको आदेश

   श्रावण ०८, २०८२       admin

काठमाडौँ ,७ साउन। उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ।

न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले आगामी साउन १२ गते दुवै पक्षलाई अदालतमा उपस्थित गराउन आदेश दिँदै अधिवेशन स्थगनको अन्तरिम आदेश जारी गरेको हो।

साउन १० गतेका लागि तय भएको अधिवेशन रोक्न माग गर्दै विष्णुबहादुर बस्नेतले अदालतमा रिट दायर गरेका थिए। उनले जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाउँदै रास्वपाको केन्द्रिय अनुशासन समितिको निर्णयबारे प्रश्न उठाएका छन्।

रिट निवेदक बस्नेत र विपक्षी श्रेष्ठ दुवैलाई पार्टीले अनुशासनहीनता अभियोगमा पदबाट निलम्बन गरिसकेको छ। यद्यपि, पार्टीको नगर अधिवेशनमा संयोजकको भूमिका महेश थापाले निर्वाह गरिरहेका छन्। थापाले १ र ३ नम्बर वडाको अधिवेशनसमेत सम्पन्न गरिसकेका छन्।

तर, नगर सभापति पदमा निलम्बन भइसकेको अवस्थामा अधिवेशन गर्न मिल्दैन भन्ने असन्तुष्ट नेताहरूको तर्क छ। उनीहरूले लोकतान्त्रिक पद्धतिको उल्लंघन भन्दै अधिवेशन रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन्।

अब यस मुद्दामा साउन १२ गते दुबै पक्षको बहसपछि स्थायी आदेश हुने या नहुनेबारे अदालतले निर्णय गर्नेछ।

आदेश हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी

   श्रावण ०८, २०८२       admin


काठमाडौँ, ७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र गुट नचलाउन कडा चेतावनी दिएकी छन्। एमाले केन्द्रीय कमिटी बैठककै बीचमा उनले संस्थापनका नाममा गुट बनाएर धम्की, त्रास र कारबाहीको राजनीति बन्द गर्न आग्रह गरिन्।

भण्डारीले भनिन्, ‘‘म किरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’ पार्टीले पार्टी चलाउने हो, गुट चलाउन मिल्दैन। मैले राष्ट्रपतिको जिम्मेवारी नलिएको भए दसौं महाधिवेशनमै अध्यक्ष हुन्थें।’

उनले ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान लागू गर्नुपर्ने भन्दै ओलीको फेरि अध्यक्ष बन्ने प्रयास अस्वीकार्य भएको संकेत दिइन्। पार्टीभित्र सबैलाई बोल्न पाउने र नेतृत्वमा आउन पाउने अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो।

भण्डारीले विगतका सहमतिहरू उल्लंघन भएको भन्दै अहिलेको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएकी हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

करेन्ट लागेर दुईको मृत्यु

   श्रावण ०८, २०८२       admin


रौतहट,७ साउन ।सिँचाइका लागि आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा राैतहटमा करेन्ट लागेर दुइ युवकको मृत्यु भएको हो ।

रौतहटको माधबनारायण नगरपालिका ४ बिशुनपुर्ब मानपुरमा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।

स्थानीय ४० वर्षीय रामबाबु मुखिया आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते मुखियाकाे प्रादेशिक अस्पताल गौरमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीले बताए ।

त्यसैगरी जिल्लाको कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीया मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको थियो। खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते देवनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भेरी नदीना टिप्पर खस्दा तीनजना बेपत्ता

   श्रावण ०८, २०८२       admin

जाजरकोट, ७ साउन । जाजरकोटमा टिप्पर भेरी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । निर्माण सामग्री बोकेको एक टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका अन्तर्गतको दल्लीबाट रुकुमपश्चिमको रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो।

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरू तीनै जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको बताइएको छ।

घटनापछि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली खटाइएको छ। तर भेरी नदीमा पानीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म बेपत्ता व्यक्तिहरूको नाम र ठेगाना खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुकौराकोट दरबार : संरक्षण र सम्भावनाको बहस

   श्रावण ०७, २०८२       admin

दाङ,६ साउन। दाङको ऐतिहासिक स्थल सुकौराकोट दरबारको संरक्षण, सम्भाव्यता र संरचना विकासका विषयमा छलफल भएको छ।

थारु अगुवा, जनप्रतिनिधि, संस्कृत विद , योजना विज्ञ लगायतका सरोकारवालाहरूको उपस्थितिमा समष्टिगत छलफल भएको हो।

तुलसीपुर उद्योग वाणिज्य संघ र थारु कल्याणकारीणी सभा क्षेत्र नं. ३ दाङको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा इतिहास, संस्कृति, पर्यटन र प्रशासनका पक्ष समेट्दै दिगो रणनीति बनाउनु आवश्यक रहेको सहभागीहरूले औल्याएका छन्।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सुकौराकोट दरबार थारु समुदायको इतिहास, पहिचान र गौरवसँग जोडिएको भन्दै यसलाई राजनीतिक पहुँचभन्दा बाहिर राखी समन्वित ढंगले संरक्षण गर्नुपर्ने बताए। उनका अनुसार, चालु आर्थिक वर्षमा केन्द्र र प्रदेश सरकारबाट गरी तीन करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ।

सुकौराकोट केवल भौतिक संरचना पुनर्निर्माणको विषय होइन; यसले समुदायको सांस्कृतिक निरन्तरता, पर्यटकीय सम्भाव्यता र स्थानीय शिक्षा प्रणालीमा समेत प्रभाव पार्ने उनको भनाई रहेको थियो।

थारु संस्कृतिविद् अशोक थारुले सुकौराकोटको संरक्षणसँगै पुरातात्त्विक अनुसन्धान, प्रमाण संकलन र अध्ययन अनिवार्य भएको औल्याए। उनले संरचना बनाउनुभन्दा पहिले तथ्य संकलन र वातावरण व्यवस्थापनको खाँचो रहेको बताए।

लुम्बिनी योजना आयोगका पूर्व उपाध्यक्ष नहकुल केसी ,योजना आयोगका सदस्य र सरोकारवालाहरूले दीर्घकालीन संरचना विकासका लागि स्पष्ट कार्यविधि, भोगाधिकारको समस्या समाधान र स्थानीय तहसँगको समन्वय अपरिहार्य रहेको उल्लेख गरेका थिए।

उनीहरूलेकार्यक्रममा बजेटको कार्यान्वयन, जिम्मेवारीको स्पष्टता र संस्थागत समन्वय नहुनु मुख्य चुनौती रहेको बताएका थिए

दंगिशरण गाउँपालिका वडा नं ३ का अध्यक्ष सुकलाल चौधरीले अघिल्लो वर्ष विनियोजित ६ करोड रुपैयाँको उपयोगबारे प्रश्न उठाउँदै पारदर्शिताको माग गरे।
दङ्गेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरीले आपसी असमझदारीका कारण योजना अघि नबढेको स्वीकार गरे।

तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष मानबहादुर रावतले संरचना बनाउन स्थानीय सरकार तत्पर भए पनि भोगाधिकार अभावको समस्या जटिल बन्दै गएको बताए।

थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी, इतिहासविद् जर्मन चौधरी, रोहित थारुलगायत वक्ताहरूले सुकौराकोटको संरक्षणले थारु समुदायको सांस्कृतिक पुनर्जागरण मात्र होइन, दाङ जिल्लाको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

यसै क्रममा, सुकौराकोट दरबार संरक्षण तथा विकास समिति गठन गरिएको छ। वडा अध्यक्ष रावतको संरक्षकत्वमा गठित समितिको अध्यक्ष जनकुलाल चौधरी रहेका छन्। अन्य सदस्यमा थारु समुदायका सक्रिय प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधि समावेश गरिएको छ।

कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology