दाङ, ४ साउन । दाङमा पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर एक किशोरी घाइते भएकी छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित ममता पाउरोटी उद्योगमा कार्यरत एक किशोरी तातो तेलले जली घाइते भएकी हुन् ।
ममता पाउरोटी उद्योगमा काम गर्ने तुलसीपुर–१८ निवासी १७ वर्षीया सिर्जना सुनार आइतबार साँझ करिब ५ बजे काम गर्ने क्रममा गम्भीर घाइते भएकी हुन्।
तातो तेलको कराइ निकाल्ने क्रममा हातबाट कराई छुटेर खुट्टा र ढाडमा तेल खस्दा उनी जलेर घाइते भएकी हुन् ।
घाइते सुनारको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत रहेको प्रहरीले जनाएको छ।
सुनारको उपचारमा उद्योगका सञ्चालक रैबहादुर पुन र समीक्षा विक संलग्न रहेका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विजौरीबाट प्रहरी नायब निरीक्षक भरत वलीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ साउन । ट्याक्टर र अटो एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका–८, गतेखोला पुल नजिक आइतबार दिउँसो ट्याक्टर र अटो आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।
दिउँसो करिब पौने ४ बजेतिर पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.प्र.०२–००१ त ००९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो।
सो क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ७५०० नम्बरको अटोको अगाडिको भागमा ट्याक्टरको ट्रली ठोक्किँदा अटोमा सवार यात्रुहरू घाइते भएका हुन्।
दुर्घटनामा अटो चालक तुलसीपुर–२, बालापुरका ३८ वर्षीय भीमबहादुर ठाडा मगर , भमके बस्ने १८ वर्षीया मनिषा योगी, सोही ठाउँ बस्ने ३८ वर्षीया देवी शर्मा र २९ वर्षीया कल्पना केसी (धिताल) घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घाइते चारैजनाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक तुलसीपुर उपमहानगरपालिका १७ दूधरासका २९ वर्षीय राजेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,४ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको ज्यान गएको छ। लगातारको वर्षापछि आइतबार बिहान थबाङ गाउँपालिका–४, उवा थापाखर्कमा आएको पहिरोले स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घर पुरिँदा उनी भान्सामा बसिरहेको अवस्थामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार भान्साघरमै रहेका घर्तीमगरलाई पहिरोले पुरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
हाल घटनास्थलमा प्रहरी हवल्दारको नेतृत्वमा पाँच सदस्यीय टोली उद्धारमा खटिएको छ ।
घर्तीमगरको अन्य परिवार भने अर्को गोठमा रहेका कारण सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,४ साउन । काठमाडौँतर्फ जाँदै गरेको कारमाथि ढुंगा खस्दा कारमा सवार तीनजना घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् ।
आइतबार दिउँसो इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा माथिबाट खसेको ढुङ्गा भारतीय नम्बर प्लेट (युपी ८० जिपी २९२८) भएको कारमा खस्दा गाडीमा सवार तीन जना घाइते भएका हुन्।
घाइतेहरूमा भारतको आग्रहका ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र हितेन्द्र यादव रहेका छन्। तीनै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।
उनीहरू भारतबाट काठमाडौंतर्फ जाँदै थिए। घाइतेहरूको मुग्लिनस्थित एक स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ढुङ्गा खस्दा कारको अगाडिको भागमा क्षति पुगेको छ।
फोटो:साभार
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ साउन । रुखबाट लडेर दाङको तुलसीपुरमा एक महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा रुखबाट लडेर उनी घाइते भएकी हुन्।
आइतबार दिउँसो करिब २ बजे घाँस काट्ने क्रममा दमारगाउँ निवासी ४० वर्षीया गायत्री भण्डारी जनकल्याण सामुदायिक बनमा धौटि जातको रुखमा चढेर घाँस काट्दै थिइन्। अचानक रुखबाट करिब पाँच मिटर तल खस्दा उनको ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनापछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज बाँके रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि इलाका प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई उक्त अवार्ड प्रदान गरिएको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका छन्।
क्यानले लगातार दुई वर्षसम्म उक्त अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
डिजिटल फ्यान इन्गेजमेन्ट विधामा क्षेत्रीय विजेता बनेका नामिबिया (अफ्रिका), बर्मुडा (अमेरिका), नेपाल (एसिया), र इन्डोनेसिया (इस्ट एसिया प्यासिफिक) ग्लोबल छनोटमा प्रतिस्पर्धामा थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो तालिकासहित भ्रमणका लागि निमन्त्रणा पठाएसँगै नेपाल सरकार भ्रमण तयारीको अन्तिम चरणमा पुगेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमण पूर्वानुमानित थियो र अहिले मिति र द्विपक्षीय एजेन्डा टुंग्याउने तयारीमा छलफल भइरहेको छ। “प्रधानमन्त्रीको भारत भ्रमण अपेक्षित थियो। उहाँका भारतीय समकक्षीबाट निमन्त्रणा प्राप्त भएसँगै हामीले यसलाई अन्तिम रूप दिँदैछौँ,” प्रवक्ता क्षेत्रीले जानकारी दिए।
भारत सरकारबाट औपचारिक निमन्त्रणा आएपछि भ्रमणको सम्भावित मिति भदौको अन्तिम साता हुने अनुमान गरिएको छ। यद्यपि भ्रमणको ठोस मिति र छलफल हुने विषयवस्तु सार्वजनिक भइसकेको छैन।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भएको यो पहिलोपटक हो। करिब १४ महिनाअघि प्रधानमन्त्री बनेका ओलीले यसअघि भारत भ्रमणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। यसबीचमा उनले चीनको औपचारिक भ्रमण पूरा गरिसकेका छन् भने अन्य अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भारतीय समकक्षी मोदीसँग भेटघाट गरिसकेका छन्।
नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने उद्देश्यले हुन लागेको यो भ्रमणमा व्यापार, पारवहन, ऊर्जा, सुरक्षा र सीमा विषयमा द्विपक्षीय छलफल हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सर्केगाड,४ साउन। आगलागी हुँदा हुम्लामा किराना पसल जलेर नष्ट भएको छ ।सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए।
स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ साउन । दाङको लमहीमा पार्किङ गरिएको बोलेरो गाडी रिभर्स जाँदा एकजनाको च्यापिएर मृत्यु भएको छ।
लमही नगरपालिका–५ सुनखोलीमा शुक्रबार बिहान करिब साढे ५ बजे दुर्घटना हुँदा सोही ठाउँका २१ वर्षीय राकेश कुमार बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर नजिकै पार्किङ गरिएको थियो। बिहान बानियाले गाडीको ओट हटाएलगत्तै गाडी पछाडि सर्न थालेको प्रहरीले जानकारी दिएको छ। गाडी रोक्न उनले दुई हातले थमाउने प्रयास गरे पनि गाडी नरोकीकन घरको भित्तासँग च्यापिएर उनी गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परि गम्भीर घाइते भएका बानियाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बोलेरो गाडी मृतक बानियाकै नाममा रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ साउन । दाङमा मदिरा सेवन गरेर एकआपसमा झगडा गर्दा दुईजना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ११ गैरामा मदिरा सेवनपछि सामान्य विवाद झगडामा परिणत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
शनिबार राती साढे ९ बजे आपसमा झगडा हुँदा २६ वर्षीय खिमबहादुर गिरी र २२ वर्षीय लक्ष्मण बिकको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। प्रहरीले दिएको जानकारी अनुसार घाइते दुबैको अवस्था मध्यम छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) एकबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले झगडाको कारण र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस