दाङ,३२ असार । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एक जना दाङका रहेको खुलेको छ।
जुलाई १३ तारिख शनिबार राति स्थानीय समयअनुसार ९ बजेतिर लुइसियाना राज्यको राजमार्ग ५०७ नजिक अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउने ओली दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका हुन्। उनका काका पोषण ओलीका अनुसार डाक्टर बन्ने ठूलो सपना बोकेर रोजिन १० महिना अघि मात्रै अध्ययनका लागि अमेरिका गएका थिए।
“घरमा बुवा–आमा र एक जना दाइ मात्रै छन्। भतिजाले भविष्य बनाउने लक्ष्यसहित अमेरिका पुगेको केही समयमै यस्तो दुःखद घटना हुन पुग्यो,” काका ओलीले दुखेसो पोखे।
रोजन र यादव दुवै लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरू सवार कार सडकबाट चिप्लिँदै रुखमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।
यादवको स्थायी घर सर्लाहीतिर रहेको अनुमान गरिए पनि ठेगाना यकिन हुन नसकेको काका ओलीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३२ असार। भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाका दुई प्रमुख नाका बन्द हुने भएका छन्। बैतडी र दार्चुला जिल्लाका सीमा नाका निर्वाचन अवधिमा अस्थायी रूपमा बन्द गरिने भएको हो।
भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचन हुँदैछ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रबाट हुने आवत–जावत रोक्न निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो।
उनका अनुसार दार्चुलाको पुलघाट नाका आगामी साउन ५ गते (जुलाई २१) बेलुकादेखि साउन ८ गते (जुलाई २४) बिहानसम्म बन्द रहनेछ। त्यसैगरी, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि १२ गतेसम्म बन्द गरिने जनाइएको छ।
प्रजिअ पौडेलका अनुसार, आपत्कालीन अवस्था आएमा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ३२ साउन। मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा भारतबाट काठमाडौंतर्फ जादै गरेको एक मिनी ट्रक दुर्घटना भएको छ।
यूपी ३२ जेडएन ७८८३ नम्बरको उक्त ट्रक चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा सडकबाट करिब ७०–८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटना गएराति १०:२५ बजे भएको थियो।
मेवा लोड गरेको ट्रक आफैं अनियन्त्रित भई खसेको बताइएको छ। ट्रकका चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह दुवै जना सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाले सडकमा कुनै अवरोध सिर्जना नगरेको र ट्रक अहिले पनि त्रिशूली नदीको किनारमै रहेको एसपी सुवेदीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी। भारतको दक्षिणी राज्य कर्नाटकको सामातीर्थ पहाडमा एक रुसी महिला दुई छोरीसहित एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। प्रहरी गस्तीका क्रममा गत ९ जुलाईमा उनीहरुलाई उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
रुसी नागरिक ५० वर्षीया निना कुटिना सन् २०१७ मा भारत आएकी थिइन्। उनी बिजनेस भिसामा आएकी थिइन् तर भिसाको अवधि सकिएर पनि भारतमै बसेकी थिइन्। कुटिनाले नेपालसहित अन्य चार देशको यात्रा गरेकी थिइन्। सन् २०१८ को सेप्टेम्बरमा नेपाल पुगेकी उनी फेरि भारत फर्किएकी थिइन्।
प्रहरीका अनुसार निनाले भिसा नवीकरण नगरीकन कर्नाटकको सामातीर्थ पहाडमा गुफा बनाइ बसोबास गर्दै आएकी थिइन्। प्रहरीको बयानअनुसार उनी र उनका छोरी झरनामा नुहाएर, पेन्टिङ गरेर र कविता लेखेर दिन कटाउँथे।
“जंगलमा प्रकृतिसँग रमाएर बाँच्नु एउटा अद्भुत अनुभव हो। म मेरा छोरीलाई मार्न यहाँ ल्याएकी होइन। हामी जीवित रहनेछौं,” कुटिनाले उद्धारपछि प्रहरीलाई बताएकी छन्।
उनले छोरीहरुको बारेमा धेरै जानकारी दिन अस्वीकार गरेकी प्रहरीको भनाइ छ। भिसा अवधि सकिएको र कुनै कानुनी अनुमति नलिई बसोबास गरेको आरोपमा भारतीय प्रशासनले उनलाई अवैध आप्रवासीको सूचीमा राखेको छ।
प्रहरीले उनीहरुको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,३१ असार। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्।
नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको उल्लेख छ।
आज मंगलबार बिहान राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा न्यौपाने नियुक्त भएकी हुन्।
न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म रहनेछ।
हेर्नुहोस विज्ञप्ति:

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ३१ असार । भक्तपुर मालपोत कार्यालयका दुई कर्मचारी साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। मोहीको नाममा जग्गा पार्ने प्रयोजनका लागि सेवाग्रहीसँग साढे २४ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको हो।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही तलसिङको नाममा लगत कट्टा गरी नयाँ जग्गाधनी पूर्जा बनाइदिने भन्दै उनीहरूले घुस मागेको अख्तियारले जनाएको छ। सेवाग्रहीबाट रकम बुझ्दै गर्दा उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनाको साथबाट साढे २४ लाख रुपैयाँ नगद र २ थान मोबाइल फोनसमेत बरामद गरिएको छ। अख्तियारले उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३१ असार । कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन्।
१ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर साकारलाई आज प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।
साकारलाइ उनकै कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ३१ असार। राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले घुस प्रकरणलाई केवल राजीनामाले अन्त्य गर्न नसकिने बताए।
“खुलमखुल्ला अडियो टेपमा मन्त्रीले पैसा लिएको कुरा सार्वजनिक भइसकेको छ। राजीनामा मात्रै दिएर यो स्वीकार्य हुन्न,” शाहीले भने, “देशलाई अहिले भ्रष्टाचारीको देश भनेर चिनिएको छ। अख्तियार लगायतका संवैधानिक निकायहरू के हेरेर बसेका छन्?”
उनले मन्त्री गुप्तालाई तत्काल पक्राउ गरी कानुनी छानबिन अगाडि बढाउन माग गरे।
“मन्त्री क्वाटरफाइनलमा पैसा दिएको भन्दै अडियो सार्वजनिक हुन्छ, त्यसपछि राजीनामा दिएर जोगिने प्रयास हुन्छ। के मन्त्रीले राजीनामा दिएपछि यो समस्या सकियो? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र अनुसन्धान थालियोस्,” उनले थप जोड दिए।
२२ सय व्यक्ति फरार सूचिमा
प्युठान, ३१ असार। प्युठानमा आफ्नै पूर्व श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको मंगलबार बिहान हत्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुर बराललाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालले जानकारी दिए।
रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्दै आएकी थिइन्। डिलाका अनुसार लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाएपका थिए। फोन गरेर बोलाएलगत्तै उनी घरभित्र पसेपछी लिलबहादुरले चक्कु प्रहार गरेका थिए।
“मैले कराएँ, नहानू भनें, तर सुनेन। आँखै अगाडि छुरा प्रहार गरेर मारे,” डिला परियारले भनिन्।
इजरायलमा रोजगारी गर्दै आएका लिलबहादुर असार २४ गते मात्र घर फर्केका थिए। रुक्मणीले गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दिपक १५ दिनअघि कामका लागि संखुवासभा गएका थिए।
रुक्मणी र लिलबहादुरका एक छोरा र एक छोरी रहेका छन्। आमाको हत्या र बाबुको गिरफ्तारीपछि उनीहरू विचल्लीमा परेका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोली घटनास्थल पुगेर लिलबहादुरलाई पक्राउ गरेको थियो।
“घटनास्थल सुरक्षित गरिएको छ र अभियुक्त प्रहरी नियन्त्रणमा छन्,” डीएसपी बस्यालले बताए। प्रारम्भिक अनुसन्धानअनुसार पूर्व वैवाहिक रिसइवीका कारण घटना भएको प्रहरीको अनुमान छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ३१ असार। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
राजमार्गका विभिन्न ८ स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध गरेपछि सोमबार रातिदेखि यातायात ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखोला र साङखोला, रोशी–११ कालढुंगा, माम्ती खोला, पिप्ले र पानीतारे नजिक झरेका पहिरो हटाइएका छन्।
सडक विभाग र एवन निर्माण सेवाको सहयोगमा लेदो र माटो पन्छाई सडक सुचारु गरिएको कार्कीले जानकारी दिए। काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा बाढीले बिगारेको सडक पनि मर्मत गरिएको छ।
राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध हुँदा सवारी साधन काभ्रे र सिन्धुली प्रहरीले होल्ड गरेका थिए। लगातारको वर्षाले राजमार्गमा पटक–पटक बाढी र पहिरोको समस्या देखिन थालेपछि यात्रुहरूलाई आवतजावतमा सास्ती हुन थालेको छ।
यसअघि पनि बीपी राजमार्गका विभिन्न खण्डमा वर्षाको कारण सडक अबरुद्ध भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस