काठमाडौ, १६ असार । निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना भएको हो ।
चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले ५ः१० बजेको समयमा दुवैलाई मृत घोषणा गरेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ असार । जिल्ला प्रशासन कार्यालय दाङले सबै स्थानीय तह र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनका कारण दाङमा बाढी, पहिरो र चट्याङको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासनले मिति २०८२ असार १६ गते जारी गरेको विपद् व्यवस्थापन सम्बन्धी जरुरी सूचनामा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षाको सम्भावना जनाएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विपद्को समयमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
साथै, स्थानीय तहहरुलाई आ–आफ्नो भूगोलमा मनसुनजन्य पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयन गर्न र स्थानीय सुरक्षा निकायहरूसँग समन्वय गरी तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज र अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यमा सक्रिय हुन तथा जिल्लामा रहेका साधनस्रोतको समन्वित उपयोग गर्न प्रशासनले आग्रह गरेको छ।
सञ्चारमाध्यमहरुलाई विपद् सम्बन्धी जानकारीको प्रचारप्रसारमा सहयोग गर्न र विपद् घटनाको तत्काल सूचना आदानप्रदान गर्न समेत अनुरोध गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सबै पक्षलाई जिम्मेवारी निर्वाह गरी आपत्कालीन व्यवस्थापनमा जुट्न अपील गरेका छन्।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ असार। रोल्पाबाट दाङका लागि छुटेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका-४ बसारेबाट दाङको तुलसीपुरका लागि छुटेको डबल क्याप जिप आज दिउँसो दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रा.१ज.६३१ नम्बरको उक्त जिप त्रिवेणी गाउँपालिका-३ सुकिदहस्थित भीत्रि सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटना दिउँसो करिब २ बजेतिर भएको बताइएको छ।
दुर्घटनामा परी गंगादेव गाउँपालिका-४ का २२ वर्षीय चन्द्र प्रकाश केसी, ३२ वर्षीय दीपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय ढकाश थापा, ४३ वर्षीय वीरबहादुर थापा र २७ वर्षीया अमृता थापा घाइते भएका छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिए।
दुर्घटनास्थलमा अस्थायी प्रहरी चौकी बुढागाउँबाट प्रहरी सहायक निरीक्षक राजकुमार घर्तीको कमाण्डमा खटिएको टोली र स्थानीय बासिन्दाहरूले घाइतेको उद्धार गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १६ असार । तुलसीपुर नगर जेसीजले जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार प्राप्त गरेको छ।
जनवरीदेखि जुन महिनासम्मको मूल्याङ्कन आधारमा तुलसीपुर नगर जेसीजले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार स्वरूप स्वर्ण श्रेणी प्राप्त गरेको हो ।
जेसीज नेपाल अन्तर्गत एरिया ‘D’ का ५८ वटा शाखामध्ये तुलसीपुर नगर जेसीजले १०५ अंक प्राप्त गर्दै स्वर्ण श्रेणीमा स्थान सुरक्षित गरेको हो।
यो पुरस्कारले स्थानीय संस्थाहरू (LOM) द्वारा गरिएको प्रभावकारी पहल, सक्रिय सहभागिता र जेसीजको मिशन प्रतिबद्धतालाई सम्मान गर्ने तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालले बताए।
मूल्याङ्कनका प्रमुख मापदण्डहरूमा जेसीज फ्रेमवर्क कार्यक्रमहरूको कार्यान्वयन, प्रभावकारी परियोजनाहरूको सफल संचालन, कार्यक्रमहरूमा भौतिक उपस्थिति, भर्चुअल संलग्नता, नियमित रिपोर्टिङ, NJC प्रसारित कार्यक्रमहरूमा सहभागिता र LOM कार्य योजनाको कार्यान्वयन समावेश भएको अध्यक्ष भुषालले जानकारी दिए।
स्वर्ण श्रेणीका लागि न्यूनतम ८१ अंक अनिवार्य रहेकोमा तुलसीपुर नगर जेसीजले सर्वाधिक १०५ अंक प्राप्त गरी स्वर्ण पुरस्कार प्राप्त गरेको हो।

थसमुदायमा दिगो परिवर्तनको अभियानलाई अघि बढाएको भन्दै नेपाल जेसीजले प्रशंसा समेत गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१६ असार । आठ घण्टा बितिसक्दा पनि शिक्षा समितिको बैठक सुरु हुन सकेको छैन । सोमबार (आज) बिहान ८ बजे बैठक बोलाइएको थियो । तर शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अपरान्ह् ४ः३० बजेसम्म पनि बस्न नसकेको हो।
समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घले ७५/२५ हुनुपर्ने भनेको छ भने समितिले ६०र४० को प्रस्ताव पारित गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १६ असार। भारतको मुम्बई विमानस्थलमा थाइल्यान्डबाट आएका एक यात्रु १६ वटा जीवित सर्पसहित पक्राउ परेका छन्। भन्सार अधिकारीहरूले तस्करीको आशंकामा ती यात्रुलाई विमानबाट ओर्लिए लगत्तै नियन्त्रणमा लिएका हुन्।
भन्सार स्रोतका अनुसार, यात्रुले बोकेको झोलामा गार्टर सर्प, राइनो र्याट सर्प, र केन्याली स्यान्ड बोआसहितका सर्पहरू फेला परेका थिए। तीमध्ये अधिकांश सर्पहरू विषरहित वा अत्यन्तै कमजोर विष भएका थिए, जुन प्रायः घरपालुवा जनावरको व्यापारमा प्रयोग गरिन्छन्।
मुम्बई भन्सार विभागले एक विज्ञप्तिमा भनेको छ, “थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याइएको छ।” अहिले ती यात्रुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
यो महिनामै दोस्रो पटक यस्तो तस्करी प्रयास भएको हो। जुन महिनाको सुरुमा पनि भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक यात्रुबाट दर्जनौँ विषालु भाइपर सर्प बरामद गरेका थिए। केही दिनपछि अर्का यात्रुबाट छेपारो, सनबर्ड र रूख चढ्ने जनावरसहित करिब १०० जीवजन्तु पक्राउ परेका थिए।
वन्यजन्तु निगरानी संस्था ट्राफिक ले विदेशी घरपालुवा जनावरको व्यापारमार्फत भइरहेका यस्ता तस्करीहरू चिन्ताजनक रहेको भन्दै कडाइका साथ निगरानी गर्न सरकारलाई आग्रह गरेको छ।
एएफपीको तथ्याङ्क अनुसार, गएको साढे तीन वर्षमा थाइल्यान्ड–भारत हवाई मार्गबाट ७ हजारभन्दा बढी जीवित तथा मृत जनावर जफत गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,१६ असार । घरको छतबाट हाम फालेर चितवनमा एक युवती घाइते भएकी छन्। आइतबार राति पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका गुरुङ घरको छतबाट हाम फालेकी हुन् । उनले सोही फार्मेसी रहेको घरको तेस्रो तलाबाट हामफाल्दा टाउको र कम्मरमा चोट लागेको प्रहरीले बताएको छ । हाम फालेर गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ घर भएकी राधिका सोही फार्मेसीका सञ्चालक २९ वर्षका योगेश अधिकारीसँग विवाद भई छतबाट हामफालेकी भन्ने सामान्य जानकारी आएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षक जयनेपाल थापाको कमाण्डमा टोली खटिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ असार। कञ्चनपुर जिल्लाको अधिकाँश स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण खोला तथा नदीहरुको बहाव बढेपछि जिल्लालाई रेड अलर्ट गरिएको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने भन्दै रेड अलर्ट गरिएको हो। वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू(भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको हो ।
पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ । त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११स्५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ असार । भारी वर्षा र बाढीको जोखिमका कारण दाङका दुई पालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएका छन्।
लुम्बिनी प्रदेशको राजधानी नजिकै रहेका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन्।
राप्ती गाउँपालिकाले असार १५ र १६ गते ९सोमबार र मंगलबार० दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गढवा गाउँपालिकाले भने असार १५ गतेदेखि २० गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले असार १४ गते दाङमा भारी वर्षा हुन सक्ने पूर्वसूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा आइतबार दुवै पालिकाले बिदा घोषणा गरेका हुन्।
राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले जारी गरेको सूचनामा बिदा बर्षे बिदाबाट कट्टी हुने गरी दिइएको उल्लेख छ। साथै, बिदाको अवधिमा बालबालिकालाई नदी, इनार, पोखरी जस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक कामबाहेक ती क्षेत्रतर्फ जान नदिन र मौसमसम्बन्धी अद्यावधिक जानकारीका आधारमा मात्र गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ।
त्यस्तै, गढवा गाउँपालिकाका शिक्षा शाखाका अधिकृत श्यामबहादुर विकद्वारा जारी सूचनामा अहिले खेतीपातीको समय भएकाले विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून हुन गएको जनाइएको छ। त्यसैले असार १५ देखि २० गतेसम्म सार्वजनिक बिदा दिइएको बताइएको छ। यद्यपि सूचनामा पाँच दिन मात्र बिदा भनिए पनि विद्यालय नियमित रूपमा असार २६ गतेबाट सञ्चालन हुने उल्लेख छ।
यी दुवै पालिका राप्ती नदीको तटीय क्षेत्रका हुन्। राप्तीमा ठूलो बाढी आउँदा नदी आसपासका बस्तीहरू डुबानमा पर्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गरिएको हो। राप्ती नदीको बाढीले राप्ती, गढवा र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा जलमग्नता निम्त्याउने गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
झापा, १६ असार । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा गएराति आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
मोतीबहादुर खड्काको स्वामित्वमा रहेको टिनको छानो र टिनको घेराबेरा गरिएको एकतले घरमा सञ्चालन भइरहेको फर्निचर पसलमा राति करिब साढे १२ बजेतिर आगलागी भएको हो। आगलागीबाट काठ चिर्ने मेसिनसहित पसलमा रहेका काठका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो लागेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा बिर्तामोड नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण अझै यकिन भइसकेको छैन भने विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस