दाङ १४ असार । किवानिस क्लब अफ दाङ तुलसीपुरको नयाँ नेतृत्व चयन भएको छ। नयाँ नेतृत्व चयन भएसँगै शनिबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ।
किवानिस क्लब अफ दाङ तुलसीपुरका वर्ष २०२४ का अध्यक्ष बिमलकुमार पौडेलको अध्यक्षता तथा केवानिस क्लब अफ डिभिजन ५ का लेफ्टिनेन्ट गभर्नर भूपाल रावतको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।
वर्ष २०२४ का अध्यक्ष बिमलकुमार पौडेलले वर्ष २०२५ का अध्यक्ष शैलेन्द्रकुमार ओलीलाई पद हस्तान्तरण गरेका हुन्।
अध्यक्षमा ओली सँगै निवर्तमान अध्यक्ष बिमलकुमार पौडेल, उपाध्यक्ष मनिष शाह , सचिव सन्दिप भुसाल र कोषाध्यक्ष केशवराज न्यौपाने रहेको नयाँ कार्यसमिति बनाइएको छ।
पद हस्तान्तरण कार्यक्रममा सहभागी वक्ताहरूले संस्थागत एकता, समन्वय र दीर्घकालीन असर पार्ने सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा इभरेष्ट क्लब अफ किवानिसकी सुस्मा लामिछाने गिरी र लर्ड बुद्ध क्लबकी नारायणी राजौरेले क्लबहरूबीच समन्वयको कमी महसुस भएको बताउँदै एकता बलियो बनाउन सुझाव दिए।
किवानिस क्लब अफ मेट्रोका अध्यक्ष हेमराज डाँगीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
पूर्वअध्यक्ष बिमल कुमार पौडेलले कानुनी जटिलताबीच पनि योजना र कार्यक्रम सञ्चालन गर्न सके कोष सङ्कलनमा सहज रहेको बताए ।
उनले आफ्नै क्षेत्रका बालबालिकाको हितमा काम गर्न सके त्यसले राष्ट्रिय तहमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राखे। उनले क्लब मर्ज गर्ने सुझावसमेत दिए।
राप्ती बबी क्याम्पसका उपप्राध्यापक सूर्य शर्माले बालबालिकासँग सम्बन्धित काममा सोचाइ परिवर्तन जरुरी भएको बताए।
उनले श्रम र पेशाप्रतिको सम्मानका संस्कार बालबालिकामा विकास गर्न र समाजमा रहेको ग्याप पहिचान गरी दीर्घकालीन असर पर्ने काम गर्नुपर्नेमा जोड दिए।
अप्टिमिष्ट क्लब डिभिजन ५ का मानबहादुर बस्नेतले सहकार्यलाई बलियो बनाउँदै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे। सल्लाहकार सुरेश हमालले एक वर्ष एउटै क्षेत्रमा लक्षित भएर योजना अघि बढाउन सुझाव दिए।
किवानिस क्लब डिभिजन ५ का चिल्ड्रेन फन्ड निर्देशक दमदार भण्डारीले क्लब मानवीय सेवाका लागि स्थापना भएको बताउँदै बालबालिकाको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ असार ।लुम्बिनी प्रदेश मोटर ड्राइभिङ स्कुल संघको दोस्रो अधिवेशन शनिबार कपिलबस्तुमा सम्पन्न भएको छ।
अधिवेशन तथा साधारण सभाले चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ। संघको अध्यक्षमा प्रमोद थापा चयन भएका छन्।
त्यसैगरी साबिक राप्ती क्षेत्रको प्रतिनिधित्व गर्दै दाङ तुलसीपुरका युवा व्यवसायी ऋषीराज लहरे (अरुण) प्रथम (वरिष्ठ) उपाध्यक्षमा निर्वाचित भएका छन्। भेरी क्षेत्रबाट सञ्जयकुमार बानिया र लुम्बिनी क्षेत्रबाट रियाज अहमद उपाध्यक्ष बनेका छन्।
पदाधिकारीहरूमा सचिवमा सरोज पाण्डेय, सहसचिवमा सुशन वली र कोषाध्यक्षमा कृष्णप्रसाद बस्याल चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा बादल केसी, सपना हमाल, गंगाबहादुर कवर, माया पाण्डे, लक्ष्मण पोख्रेल र सुमन पन्थ चयन गरिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ असार । शिक्षा सम्बन्धी प्रतिष्ठित सञ्चारमाध्यम एजुकेशन समाचारले सार्वजनिक गरेको २०८२ सालको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै ७ औँ स्थानमा पर्न सफल भएको छ।
४ हजार ७ सय ४१ विद्यालयहरूबाट मुल्याङ्कन गरेर तयार गरिएको सूचिमा ज्ञान ज्योति माविले भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, नतिजा, स्थापना वर्ष र जनधारणा (पिपुल्स पर्सेप्सन) लगायतका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सातौँ स्थान सुरक्षित गरेको हो। मुल्याङ्कनमा रिजल्टलाई ८० प्रतिशत र अन्य सूचकहरूलाई ४/४ प्रतिशत अंक प्रदान गरिएको थियो।
लगातार उत्कृष्ट प्रदर्शन
पछिल्ला दुई वर्षमा लगातार अब्बल ७ मा पर्न सफल भएको यस विद्यालयले वार्षिकरूपमा करिब ४८० विद्यार्थीलाई बोर्ड परीक्षामा सहभागी गराउँदै आएको छ। विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ भने स्नातक तहमा BBS, BBA, BSc, BSc CSIT, BCA, BA, BA LLB तथा स्नातकोत्तर तहमा MBA जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यसले जिल्लाबाहिर उच्च शिक्षाका लागि जानुपर्ने बाध्यतालाई पनि अन्त्य गरेको छ।
उत्कृष्टताको आधार—शिक्षा, अनुशासन र अवसर
विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार, “ज्ञान ज्योतिको सफलता कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाहरूको समर्पण, र विद्यार्थीहरूको अनुशासन तथा लगनशीलता हो।” उनले थपे, “अभिरुचि र क्षमताका आधारमा समयसापेक्ष शिक्षण–शिक्षण विधि प्रयोग गर्दै आएका छौं, जसले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न मद्दत गर्छ।”
विद्यालयले गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमूलक शिक्षालाई प्राथमिकता दिएको छ। अतिरिक्त क्रियाकलापमा पनि विद्यालयको सशक्त उपस्थिति रहेको छ—नगर, जिल्ला तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र उपलब्धि रहँदै आएको छ।
पुरस्कार र सम्मानको गौरवशाली इतिहास
ज्ञान ज्योति मावि स्थापनाको दोस्रो वर्षमै (२०६७ साल) शिक्षा मन्त्रालयबाट उत्कृष्ट विद्यालय को उपाधिसहित सम्मानित भएको थियो। त्यसयता विद्यालयले २०६९ देखि २०७५ सालसम्म लगातार उत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गर्दै आएको छ। २०७९ मा देशकै उत्कृष्ट १५ माविमा सूचीकृत भए पनि हाल सातौँ स्थानमा उक्लिन सफल भएको हो।
सामाजिक उद्देश्यसहितको शिक्षा: सिइओ जिसीका अनुसार, विद्यालयको स्थापनाको मुख्य उद्देश्य आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोउन भन्ने रहेको छ। “पढ्न इच्छा र क्षमता हुने जो–कोहीका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु नै हाम्रो लक्ष्य हो”, उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ असार । दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार “आफ्नै स्रोत, सक्रिय सहभागिता र स्वामित्व, खोपको पहुँच सुनिश्चित हाम्रो वाचा” भन्ने नारासहित दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप अभियानमा उदाहरणीय उपलब्धि हासिल गरेको बताए। उनले सबै नागरिक स्वस्थ भए मात्रै समृद्ध नेपाल बनाउने सपना पूरा हुने भन्दै प्रदेश सरकारले स्वास्थ्य सेवा सबैका घर आँगनसम्म पुर्याउन लागि परेको उल्लेख गरे।
मन्त्री मगरले भने, “खोप अभियानले मात्र हैन, नागरिकको दीर्घकालीन स्वास्थ्य सुरक्षामा समेत मद्दत पुर्याएको छ। साथै, क्यान्सर पीडितका लागि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ।”
अहिले एक जना नागरिकले कमाइको ठूलो हिस्सा औषधि उपचारमा खर्च गर्नुपरेको प्रसंग जोड्दै उनले रोग लाग्नु अघि नै सचेत हुन सबैलाई आग्रह गरे।
खोप अभियान सफल बनाउन जुट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई मन्त्रीले हार्दिक बधाई र धन्यवाद दिए।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोरकुमार आचार्यले सबैको साथ र एकताले दाङलाई यो सफलता दिलाएको बताए।
कार्यक्रम खोप समन्वय समितिका संयोजक र जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, घोराही उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी र महिला स्वयंसेविका बिना खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दाङका सबै १० वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १४ असार । दाङमा बालिकामाथी करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ५ सय रुपैयाँ दिएर बालिकामाथि करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षीय चन्द्र मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्तले आर्थिक प्रलोभन देखाएर बालिकालाई करणी गरेको आरोप लागेको हो। घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा शुक्रबार साँझपख चन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। गोपनीयतालाई ध्यानमा राखी घटना भएको स्थान र पिडितको परिचय सार्वजनिक गरिएको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १३असार ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ सर्दै गरेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।
विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति ८ बजे जारी गरिएको मनसुन विशेष मौसम बुलेटिनअनुसार शनिबार साँझदेखि मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपाल नजिक सर्ने सम्भावना छ।
बुलेटिनमा भनिएको छ, “हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा सरदर स्थानको दक्षिणमा अवस्थित छ। शनिबार साँझदेखि यो रेखा पश्चिम नेपाल नजिक उत्तरतर्फ सर्ने देखिएको छ।”
यस प्रणालीको प्रभावले असार १४ गते शनिबार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा व्यापक रूपमा मनसुन सक्रिय हुने देखिएको छ।
महाशाखाका अनुसार बंगालको खाडी र अरब सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र न्यूनचापीय प्रणालीको प्रभावका कारण ती क्षेत्रहरूमा ठूलो वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही पहाडी भूभागहरूमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।
बुलेटिनमा सम्भावित जोखिमबारे सतर्क गराउँदै भनिएको छ, “वर्षाका कारण भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव र तराई क्षेत्रमा डुबानको जोखिम रहन सक्ने भएकाले ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्न सक्नेछ।
दैनिक जनजीवन, कृषि, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सबैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरिन्छ।”
मौसम महाशाखाले सम्भावित जोखिम क्षेत्रका स्थानीय प्रशासन, सम्बन्धित निकाय र सर्वसाधारणलाई सचेत रहन र पूर्व तयारीमा जुट्न आग्रह गरेको छ।
बुलेटिन हेर्नुहोस:-

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार । दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१ मा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा अधिकार प्रवर्द्धनका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासमा योगदान पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
अपाङ्ग सेवा संघ दाङको आयोजनामा र मनकामना अपाङ्गता समावेशी स्वावलम्बन समूह, तुलसीपुर–१ को सहआयोजनामा तथा वडा नं.१ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
मनकामना अपाङ्गता समावेशी स्वावलम्बन समूहका अध्यक्ष जमलाल आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ओमकान्त सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष सापकोटाले अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण आजको मुख्य आवश्यकता भएको उल्लेख गरे। अभिमुखीकरण कार्यक्रमले उनीहरूलाई सशक्त र सचेत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले आगामी वर्षको बजेट तथा योजनामा पनि अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जन र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रशिक्षक अपाङ्ग सेवा संघ दाङका अध्यक्ष तथा समावेशी जीविकोपार्जन परियोजनाका वरिष्ठ सहजकर्ता देवा डाँगीले अपाङ्गता भएका व्यक्तिका सवाललाई राज्य र स्थानीय सरकारको एजेन्डामा गम्भीरतापूर्वक राख्नुपर्नेमा जोड दिइन्।
वडाले बनाउने योजनामा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता अनिवार्य हुनुपर्ने बताउँदै उनले अभिमुखीकरणका लागि बजेट विनियोजन गरेकोमा वडालाई धन्यवाद दिएकी थिइन। यसैगरी प्रशिक्षकको रूपमा बसन्ती ओली पनि रहेकी थिइन्।
समूहकी उपाध्यक्ष भूमिका पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर १ – वडा सदस्य मेघराज सेन, शालिकराम खराल, गौरी नेपाली, ओबी वली केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण समूहकी कोषाध्यक्ष रमिता वलीले गरेकी थिइन्।कार्यक्रममा ४६ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो ।
सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपाले जनाएको छ । याे पार्टीबाट लुम्बिनी प्रदेश सभामा एक जना मात्रै प्रदेश सभा सदस्यकाे प्रतिनिधित्व छ ।
प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको पत्र प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी छिन । पार्टी विभाजन हुदा काफ्ले जनता समाजवादी पार्टी तर्फ लागिन भने अन्य दुई जना सांसद जनता समाजवादी पार्टीतिर उभिएका थिए ।
काफ्ले समानुपातिक सांसद हुन । एमालेका २९ र कांग्रेसका २७ गरि ५६ जना सांसदकाे समर्थनमा लुम्बिनीमा चेतनारायण आचार्यकाे नेतृत्वमा सरकार गठन भएको थियाे ।
जसपा नेपाल सहित केही साना राजनीति दलले सरकारलाई विश्वासकाे मत दिएका थिए । जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपनि कुनै असर नपर्ने जनाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बेलुका राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी विद्यार्थी गणित विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी फेल भएका हुन् ।
गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएका छन् ।
यस्तै सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार । दाङको तुलसीपुरमा वन पैदावारमा आधारित साना उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । वन पैदावार मार्फत स्थानीय स्तरमै आर्थिक सशक्तिकरण गर्नका लागि उक्त दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय उद्यमी, तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले काँस, थाकल, माटो लगायतका गैर काष्ठ वनपैदावारको उपयोगमार्फत ग्रामीण समुदायमा स्वरोजगार र आम्दानीको सम्भावना बढेको उल्लेख गरेका थिए।
कार्यक्रममा अनुभव बाँड्दै पावर्ती चौधरी, गोपाल कुमाल र नमा केसीले आफूले वन पैदावारको उपयोग गरेर स्थानीय स्तरमै उद्यम सञ्चालन गरेको र त्यसबाट नियमित आम्दानी गर्न सफल भएको जानकारी दिए।
पावर्ती चौधरीले काँसबाट ढकिया, पेन होल्डर जस्ता सामग्री बनाएर बेच्ने गरेकी छन् भने गोपाल कुमाल माटोका गमला, मूर्ति, पाला बनाउन सिकाउने र सामग्री बेच्ने काम पनि गर्दछन् ।
सहभागीहरुको घरवरपर भएका वन पैदावारलाई आम्दानीको श्रोत बनाएको बताएका थिए ।
कार्यक्रमका प्रशिक्षक समेत रहेका तुलसीपुरका पूर्व नगरप्रमुख तथा सामुदायिक वन महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डेले सामुदायिक वनलाई केवल स्रोतको रूपमा नभई आर्थिक विकासको इन्जिन को रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
लुम्बिनी प्रदेश सामुदायिक वन महासंघका महासचिव शोभाकर सापकोटाले वन अधिकारको प्रयोग र कृषि वन उद्यमबीचको सम्बन्धलाई अझ मजबुत बनाउन स्थानीय साना उद्यमहरू स्थापना गर्नुपर्ने बताए।
ग्रीन फाउन्डेसन दाङका अध्यक्ष विष्णु बहादुर केसीले वनले वातावरणीय सन्तुलन मात्र नभई ग्रामीण रोजगारी सिर्जना र सशक्तिकरणमा पनि टेवा पु¥याउने धारणा व्यक्त गरे।
कार्यक्रमको सहजीकरण वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले गरेकी थिइन् भने समापन सत्रको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाकी वन वातावरण तथा विपद् शाखाकी सदस्य यमुना परियारले गरेकी थिइन्।
समापनमा सहभागीहरूले वन पैदावारमा आधारित साना उद्यमलाई प्रवद्र्धन गर्न तालिम, लगानी, बजार पहुँच र नीति समन्वय आवश्यक रहेको सुझाव दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस