काठमाडौ,१३ असार । ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। सिन्धुपाल्चोकमा असार १० गते भोटेकोशी गाउँपालिका(५ को एक जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको हो।
‘समूहिक बलात्कारपछि उनको हत्या भएको पाइयो। त्यसमा संलग्न पाँच जना पक्राउ परेका छन्,’ उनले भने।
यसबारे शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ असार। अर्घाखाँचीमा दाइले भाइको हत्या गरेका छन् । मदिरा सेवनका क्रममा विवाद भएपछि दाइले भाइको हत्या गरेका हुन् ।
जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय विष्णुबहादुर बादीले आफ्ना ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुई जना दाजुभाइले एकैसाथ मदिरा सेवन गरिरहेका बेला विवाद चर्किएपछि विष्णुबहादुरले भाइ बमबहादुरको टाउकोमा बन्चरोले प्रहार गरेका थिए।
गम्भीर घाइते भएका बमबहादुरलाई स्थानीयवासीले तत्कालै उपचारका लागि अस्पताल पुर्याएका थिए। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरी फरार रहेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रूकुम पश्चिम, १३ असार । किशोरी बलात्कारको आरोपमा वाइसीएलका एक नेता पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का एक नेता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्री छन्। उनी वाइसिएल कर्णाली प्रदेश कमिटी सदस्य र चौरजहारी नगर कमिटी इन्चार्जसमेत हुन्।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार क्षेत्रीलाई बिहीबार राति सानोभेरी गाउँपालिका स्थित एक होटलबाट पक्राउ गरिएको हो।
१७ वर्षीया किशोरीले दुई महिनाअघि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीमा २०७९ चैतमा चौरजहारीको होटलमा क्षेत्रीले बलात्कार गरेको र त्यसकै कारण आफू आमाबनेको उल्लेख गरिएको डिएसपी विष्टले बताए।
किशोरीका अनुसार घटना भएपछि आरोपितले गर्भपतन गराउन दबाब दिएका थिए। आफूले अस्वीकार गरेपछि उनले सबै खर्च व्यवस्थापन गर्ने र मुद्दा नलगाउन चेतावनी दिएको समेत जाहेरीमा उल्लेख छ।
मुलुकी अपराध संहिता दफा २१९ ले १८ वर्षमुनिका बालिकासँग मञ्जुरी लिएर गरिएको करणीलाई समेत जबरजस्ती करणी मानेको छ।
जाहेरी परेपछि क्षेत्री फरार थिए। बिहीबार राति गोप्य सूचनाका आधारमा होटलमै लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
नगर खेलकुद विकास समिति चौरजहारीका अध्यक्षसमेत रहेका क्षेत्री जिल्लास्तरका राजनीतिज्ञ र खेलकर्मीका रूपमा समेत सक्रिय थिए।
पक्राउ परेका उनलाई शुक्रबार अदालतमा म्याद थपका लागि पेश गरिने प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार । दाङमा बिच्छीको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ सुनपत्थरी नाकामा बिच्छीको टोकाइबाट बालिकाको मृत्यु भएको हो।
युगबोध आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत अन्दाजी ११ वर्षीया लक्ष्मी गिरी (रितु) बुधबार बिहान विद्यालय जाने तयारी गर्दै थिइन्।
बिहान करिब ९ बजेतिर घरमै विद्यालय पोशाक लगाउने क्रममा शरीरको कोखामा लुकेको बिच्छीले टोकेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोरे बहादुर जिएमले जानकारी दिए।
बिच्छीको टोकाइपछि उनी छटपटाउन थालेकी थिइन्। परिवारका सदस्यले तत्काल भारतको सिरसिया सामुदायिक अस्पताल पुर्याए।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि भिँगा सामुदायिक अस्पताल रिफर गरिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अध्यक्ष जिएमले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ असार। दाङमा आजदेखि सुनचाँदीका पसलहरू अनिश्चितकालका लागि बन्द भएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा बहुधातुमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यवसायीहरूले शुक्रबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै पसल बन्द गरेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आह्वानमा देशभरका सुनचाँदी पसलहरू एकैसाथ बन्द भएका छन्। सोही अनुसार तुलसीपुरमा पनि बिहानैदेखि सबै पसलका शटर बन्द भएका छन्।
तुलसीपुर दाङ सुनचाँदी व्यवसाय संघका अध्यक्ष हरिकृष्ण विकका अनुसार अहिले व्यवसायीहरू पसल बन्द गरेर बैठकमा बसेर विरोध कार्यक्रमको तयारी गर्दै छन्।
“हामी पसल बन्द गरेर छलफलमा छौं,” उनले भने, “अव्यवहारिक कर फिर्ता लिन पटक–पटक सरकारलाई ध्यानाकर्षण गरायौं तर सुनुवाइ भएन। अब अझै सशक्त र व्यवस्थित दबाबमूलक कार्यक्रम अघि बढाउँछौं।”
व्यवसायीहरूले करका कारण ग्राहक र व्यवसाय दुवै प्रभावित हुने भन्दै चाँडै करका व्यवस्था संशोधन गर्न सरकारलाई चेतावनी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा भिजिट भिसा प्रकरणसँग जोडिएका पछिल्ला घटनाक्रमबारे छलफल हुने छ। उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै रास्वपाले उनको राजीनामा माग गरेको छ।
यसै विषयलाई लिएर रास्वपाले संसदमा निरन्तर विरोध गरिरहेको छ। उसले बेल घेरासहित नाराबाजी गर्दै संसद बहिस्कारसमेत गर्दै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ असार। दाङमा ट्रकले किचेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–३ का ३२ वर्षीय गोपीलाल वली रहेका छन्। प्रहरीका अनुसार उनी मदिराले मातेर ट्रकको टायरनजिकै गएर बसेका थिए। चालकले नदेखी ट्रक अगाडि चलाउन खोज्दा च्यापिँदा गम्भीर घाइते भएका वलीको अस्पतालमै मृत्यु भएको हो।
घटनास्थल त्रिवेणी गाउँपालिका–४ निगालपानी बजारमा बिहीबार बिहान सवा ११ बजेतिर भएको थियो। घोराहीबाट रोल्पाको लिङ्दुङतर्फ तरकारी लिन जाँदै गरेको रा १ ख ३२२२ नम्बरको ट्रकका चालक रोल्पा लुंग्री गाउँपालिका–३ का २७ वर्षीय मिलन घर्तीले चिया–नास्ता खान गाडी रोकेका थिए।
खाजा खाइसकेपछि उनले ट्रक स्टार्ट गरी अगाडि बढाउन खोज्दा गाडी सजिलै नचलेपछि उनले झनै जोर लगाए। केही बेरपछि कोही कराएको आवाज सुनेर ओर्लिएर हेर्दा वली ट्रकको टायरमुनि च्यापिएको अवस्थामा भेटिएका थिए।
चक्काले च्यापिँदा वलीको बायाँ खुट्टा र ढाडको हड्डी भाँचिएको थियो। घाइते अवस्थामा उनलाई नेर्पास्थित स्वास्थ्य चौकी लगिएको र थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार । शुक्रबार देशका पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने बाँकी भूभागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागहरूका साथै मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । भारतको बेंगलुरुमा एक युवती १३औँ तलामा रिल बनाउँदै गर्दा छतबाट खसेकी छन्।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी त्यहाँ आफ्नी साथीको घरमा पार्टीमा सहभागी हुन गएकी थिइन्। उनको नाम नन्दिनी थियो।
अधिकारीहरूका अनुसार ती युवती बुधबार राति साथीहरूसँग परप्पाना अग्रहारा प्रहरी चौकीको क्षेत्राधिकारअन्तर्गतको भवनमा गएकी थिइन्।
उनी भवनमा पछि लिफ्ट जडान गरिने ठाउँ खाल्डोमा खसेको एक अधिकारीले बताएका छन्।
केही रिपोर्टले उनी रिल खिचिरहेको बताए पनि अधिकारीले उनको फोनबाट त्यस्तो कुनै रेकर्डिङ फेला नपरेको बताएका छन्।
सबै कोणबाट अनुसन्धान भइरहेको र अहिलेसम्म युवती दुर्घटनावश लडेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
अप्राकृतिक मृत्युको जाहेरी दर्ता गरिएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दघाट,१२ असार । सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ। नवलपरासीको ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको हो ।
स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो ।
अस्पताल लगिएकी उनको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस