दाङ,३ जेठ ।दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार हात्तिखौवाबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा २ प ८००८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको रा ३ प ९९ नम्बरको मोटरसाइकल तुलसीपुरको गुल्मचोकमा एकआपसमा ठोक्किएका हुन्।
दुर्घटना आइतबार दिउँसो करिब १ बजेतिर भएको जनाइएको छ। दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली का अनुसार घाइते हुनेमा घोराही–१७ का १७ वर्षीय अनिल पुन र तुलसीपुर–७ का १७ वर्षीय लक्ष्मण गिरी रहेका छन्।
घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,३ जेठ । जंगली च्याउ खाँदा चितवनमा दुई बालबालिकाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।
चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच सदस्यीय परिवारले जंगली च्याउ सेवन गरेका थिए। च्याउ खाएपछि परिवारका सदस्यहरू बिरामी परेका थिए, जसमध्ये तीन जनालाई जेठ १ गते उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।
हाल १३ वर्षीया मनिता चेपाङ भरतपुर अस्पतालमा उपचाररत छिन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ जेठ । कामिरिता शेर्पा र लाक्पा शेर्पाले फेरि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेका छन्।
उनी आज बिहान १० बजेर १२ मिनेटमा शिखरमा पुगेका हुन्। यससँगै उनले आफ्नै विश्व कीर्तिमान तोडेका छन्। उनी पहिलो पटक सन् १९९४ मा सगरमाथा पुगेका थिए।
उनलाई ‘एभरेस्ट म्यान’ भनेर पनि चिनिन्छ। हाल उनी आफ्नो टोलीसँग आधार शिविरतर्फ फर्किँदै छन्।
यसैबीच, लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गरेकी छन्। उनी बिहान ९ बजेर ३० मिनेटमा शिखरमा पुगेकी हुन्।

लाक्पा शेर्पा महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान बनाएकी छन्। उनले नेपालको पर्वतारोहण इतिहासमा अर्को उपलब्धि थपेकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापा ले संविधान संशोधनका विषयमा जेनजी अगुवाहरूसँग रायसुझाव संकलन गर्ने भएका छन्।
आज दिउँसो २ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जेनजी अगुवाहरूसँग संविधान संशोधनबारे छलफल कार्यक्रम राखिएको छ।
कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित समितिमार्फत उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा १८ जना जेनजी अगुवालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ।
छलफलमा संविधानविद् तेजमान श्रेष्ठ तथा प्राध्यापक खनाल लगायत सहभागी हुनेछन्।
कांग्रेसले संविधान संशोधनका लागि छुट्टै कार्यदल बनाएर विभिन्न पक्षबाट सुझाव संकलन गर्दै आएको छ। समितिले यसअघि दुई चरणमा छलफल गरिसकेको छ।
यसैबीच, संविधान संशोधन बहसपत्र तयारीका लागि बनेको अर्को कार्यदलसँग सम्बन्धित छलफलमा कांग्रेस सहभागी नभएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ जेठ। आफूलाई ‘जेनजी अभियन्ता’ भन्दै दैलेखका एक वडासचिवलाई धम्की दिने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा प्रकाश खड्कालाई पक्राउ गरेको हो ।
काठमाडौ प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार खड्काले आफूलाई प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित व्यक्ति भन्दै वडासचिव भण्डारीलाई एक सिफारिसका विषयमा दबाब दिँदै धम्की दिएका थिए ।
प्रहरीले पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको जनाएको छ । खड्काको धम्कीपूर्ण फोन संवाद सामाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न प्रतिक्रिया आएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनले विभिन्न कार्यालयका कर्मचारी तथा हाकिमलाई बजेट र आर्थिक विषयमा दबाब दिने, विमान टिकट काट्न लगाउने जस्ता काम गर्ने गरेको आरोप लगाएका छन् । केहीले उनलाई सुधन गुरुङ निकट रहेको दाबी पनि गरेका छन् ।
यस घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै कानुनअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने तथा धम्क्याउने कार्य निन्दनीय र अक्षम्य भएको बताएका छन् ।

कार्यालयले सुशासनको अभियानमा कुनै सम्झौता नहुने उल्लेख गर्दै खड्कामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३।३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।
१९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।४ ओभरमा १ विकेट गुमाएर १९९ रन बनाउँदै सहज जित दर्ता गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित १२० रनको शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । कुशलले ओपनर आसिफ शेख सँग पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । आसिफले ७२ बलमा ५८ रन बनाए ।
डेब्यु खेल खेलेका इशान पाण्डे २० रनमा अविजित रहे । अमेरिकाका लागि एक मात्र विकेट मोहम्मद मोहसिनले लिए । यसअघि अमेरिकाका लागि स्मित पटेल ले सर्वाधिक ८३ रन बनाए । उनले सेहान जयसूर्या सँग दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । जयसूर्याले ५० रनको योगदान दिए ।
अमेरिकाका कप्तान साइतेजा मुक्कामल्ला ४ रनमा आउट भए भने शुभम रञ्जाने २ रनमा रनआउट भए । मिलिन्द कुमार ले २८ रन बनाए । अन्तिम विकेटका रूपमा हर्मित सिंह १४ रनमा आउट भएपछि अमेरिका अलआउट भएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामी ले २ विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ जेठ । प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित सात जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट प्रहरीले भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट १ हजार ६२० थान भेप बरामद गरेको हो। चीनतर्फको जंगल क्षेत्र हुँदै बोक्चेन भएर कोदारी राजमार्गसम्म ल्याइँदै गरेको अवस्थामा भेप फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भेपलाई ९ वटा बोराले छोपेर काटुनभित्र लुकाइछिपाइ ल्याइएको थियो। गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक राईको नेतृत्वमा खटिएको टोलीले विशेष अपरेशन सञ्चालन गरेर भेपसहित सात जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–४ का गणेश खड्का, हिमाल खड्का, विकास विक, रामबहादुर विक, विशाल रक्पाल, मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का कान्छा तामाङ रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया मात्रै हुन सक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ। बरामद गरिएको भेप भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
भेप आयातमा प्रतिबन्ध लगाएपछि तातोपानी नाकाबाट अवैध तस्करी बढेको प्रहरीको ठम्याइ छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्तीसमेत बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा भेला आयोजना गरेको छ। पार्टीले तदर्थ समिति गठन नभएका वडामा भेला सञ्चालन गरिएको जनाएको छ।
आजको भेलामार्फत ती वडामा तदर्थ समिति गठन गरिने रास्वपाले जानकारी दिएको छ।रास्वपा अहिले पहिलो महाधिवेशनको तयारीमा जुटिरहेको छ। सोही तयारीअन्तर्गत पार्टीले संगठन विस्तार अभियानलाई तीव्र बनाएको हो।
पार्टीको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ जेठ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा भएपछि केन्द्रले कार्यघण्टा मिलाउने तयारी गरेको हो।
नयाँ व्यवस्थापछि विद्यालय सञ्चालन हुने पाँच दिनमै तोकिएको पाठ्यघण्टा पूरा गर्नुपर्ने भएकाले शिक्षक, विद्यालय, पालिका र सम्बन्धित निकायलाई चुनौती थपिएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वैशाख ११ गतेको बैठकले कार्यदलको सुझावका आधारमा नयाँ पाठ्यक्रम स्वीकृत गरेको हो।
केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार विद्यालय शिक्षाका सबै कक्षामा एक शैक्षिक वर्षमा कम्तीमा २०५ दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार कक्षा १ देखि ३ सम्म साप्ताहिक २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८३२ कार्यघण्टा पठनपाठन गर्नुपर्नेछ। कक्षा ४ देखि ७ सम्म ३२ पाठ्यघण्टा अर्थात् १ हजार २४ कार्यघण्टा निर्धारण गरिएको छ।
त्यस्तै, कक्षा ९ देखि १२ सम्म कम्तीमा ३७ पाठ्यघण्टा अर्थात् १ हजार १८४ कार्यघण्टादेखि बढीमा ४२ पाठ्यघण्टा अर्थात् १ हजार ३४४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रका अनुसार विद्यालयको दैनिक ६ घण्टे समयमध्ये प्रार्थना र खाजा समय छुट्याउँदा पठनपाठनका लागि दैनिक ५ घण्टा २५ मिनेट मात्र उपलब्ध हुन्छ। यस आधारमा वार्षिक रूपमा ७५८ घण्टा मात्रै पठनपाठन समय उपलब्ध हुने देखिएको छ।
अपुग हुने पाठ्यघण्टा पूरा गर्न विद्यालय समयबाहेक परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा अन्य सिकाइसम्बन्धी गतिविधि सञ्चालन गर्न केन्द्रले निर्देशन दिएको छ। यस्ता गतिविधिलाई पनि वार्षिक कार्यघण्टामा समावेश गरिने जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,१ जेठ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अस्पताल विकास समिति अध्यक्षमा महेन्द्र लामिछाने पुनः नियुक्त भएका छन्।
लुम्बिनी प्रदेश सरकारले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको हो। यसअघि पनि उनलाई सोही पदमा नियुक्त गरिएको थियो।
तर, अघिल्लो नियुक्ति अदालतले बदर गरेको थियो। त्यसपछि सरकारले फेरि उनलाई अध्यक्षमा नियुक्त गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस