काठमाडौँ,१ असार निर्माणाधिन पुल भाँचिदा पुल निर्माणमा काम गरिरहेका तीनजना कामदारको मृत्यु भएको छ । मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज पुल भाँचिँएर घाइते भएका ६ मध्ये ३ जनाको मृत्यु भएको हो।
शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको थियो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए ।
घाइते मध्ये बाराको सिमरा उपमहानगरपालिका–१२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयले बताएका छन्। मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।
शनिबार साँझ पुल भाँचिएर उनीहरू घाइते भएका थिए । उनीहरूलाई जिल्ला अस्पताल पाँचथरबाट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको थियो। उनीहरूको शव सोही अस्पतालमा राखिएको छ।
घाइते अन्य तीन जनाको उपचार जारी छ। घाइते हुनेमा भुलेस्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी छन् ।
बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न सङ्घीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।
पुल बगेपछि गाडी आवतजावत समेत बन्द भएको प्रहरीले जनाएको छ । बेलिब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेदबाट हुने जोखिम छ । सत्तरी मिटर लामो बेलिब्रिजलाई प्राविधिकले (मोडुलर ब्रिज) भन्दै आएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न आफू नैतिक दबाबमा बाध्य भएको बताएका छन्।
शनिबार समितिको छलफलमा उनले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सहमतिमा सही गर्नुपरेको स्पष्ट पारे। “देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलो अपराध लागेन,” थापाले भने, “तर फेरि यस्तो भयो भने खबरदार भन्ने चेतावनी पनि आएको छ।”
थापाले आफूले जबरजस्ती हस्ताक्षर नगरेको र संसदीय प्रणाली विपरित भएको भन्दै सहमतिमा सहभागी नहुन आग्रह गरे पनि वातावरण नैतिक रूपमा यस्तो बनेको बताए।
उपसमितिले पनि सही नगर्न भनेको स्मरण गराउँदै, उनले भने “मैले सही नगरेसम्म आन्दोलन रोकिँदैन भन्ने भएपछि बाध्य भएर सही गरें,।
थापाले छलफल अझै बाँकी रहेकाले विधेयक १५ गते पारित नहुने स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३१ जेठ । नागढुंगामा माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा परेर १९ जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।
दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३१ जेठ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले न्याय परिषद्बाट सिफारिस गरिएका तीनै न्यायाधीशविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय लिएको हो।
जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
समितिकी सभापति इश्वरीदेवी न्यौपानेका अनुसार, प्राप्त उजुरीहरूको १० दिनभित्र छानबिन गरी संसदीय सुनुवाइ अगाडि बढाइनेछ। समितिबाट अनुमोदन भएपछिमात्र संविधानबमोजिम राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने व्यवस्था छ।
बैठकमा सहभागी केही समिति सदस्यहरूले न्याय परिषद्को सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३१ जेठ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बंगलाचुली गाउँपालिका–३ लेखटापाबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४४ वर्षिय लुमबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, रावतको घरमा अवैध हातहतियार लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाको आधारमा बिहीबार प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरी निरीक्षक सोम घर्ती मगरको नेतृत्वमा खटिएको टोलीले रावतको घर खानतलासी गर्दा एक नाले भरुवा बन्दुक फेला परेको हो । बन्दुक बरामद भएसँगै रावतलाई नियन्त्रणमा लिइएको र प्रारम्भिक अनुसन्धानपछि उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले अवैध हातहतियार राख्ने कार्यलाई गम्भीर रुपमा लिँदै यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रण बढाइएको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै पनि सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको जिम्मेवारी सिंगो पार्टीले नलिने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले जनताको असन्तुष्टि बुझ्नुपर्ने आवश्यकता औंल्याए। “जनताले नेताहरूले आफ्नै स्वार्थका लागि सोच्ने, घुस खाने गरेको ठान्छन्,” थापाले भने, “एउटा व्यक्ति चुकेको कारणले सारा पार्टीले गाली खानुपर्ने अवस्था आउँछ। तर कांग्रेस अब त्यो भारी बोक्दैन।”
उनले थपे, “भ्रष्टाचारमा संलग्न कोही पनि पार्टी सदस्य भए उसले व्यक्तिगत रूपमा त्यसको जिम्मेवारी लिनुपर्छ। कांग्रेसले त्यसमा कुनै सम्झौता गर्दैन। पार्टीको औपचारिक धारणा स्पष्ट छ— सार्वजनिक जवाफदेहितामा चुक्ने व्यक्ति पार्टीको संरक्षणमा रहने छैन।”
महामन्त्री थापाले कांग्रेसभित्रको गुटबन्दी अन्त्यका लागि संगठनात्मक संरचना सुधारको आवश्यकता रहेको धारणा पनि राखे। उनका अनुसार, क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चयन गर्ने व्यवस्था गरिएमा गुटबन्दी अन्त्य सम्भव छ।
“हाल कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्, सबै गरेर करिब १२ लाख सदस्य छन्,” उनले भने, “हामीले यदि बुथमै गएर प्रतिनिधि चयन गर्ने र त्यो प्रतिनिधि मार्फत सभापति चयन गर्ने प्रविधि अपनायौँ भने, १२ लाख सदस्यले अप्रत्यक्ष रूपमा सभापति छान्न सक्नेछन्। यसले गुटबन्दी हटाउन सघाउँछ।”
थापाले प्राविधिक सुविधा प्रयोग गर्दै पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्नु आवश्यक रहेको बताउँदै पार्टी सुधारको पक्षमा सबै नेताहरू सहमत भए मात्र कांग्रेसभित्रको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३१ जेठ । सडक भासिएपछी दाङको तुलसीपुर स्थित ग्वारखोलामा टिप्पर पल्टिएको छ। तुलसीपुर उपमहानगरपालिका -१६ ग्वारखोला भिटोरियास्थित भित्री कच्ची सडक भासिँदा एक टिप्पर दुर्घटनामा परेको छ।
शनिबार दिउँसो करिब ३ बजे ईट्टा बोकेर तुलसीपुरबाट रुकुमतर्फ जाँदै गरेको ना १ क ९३२० नम्बरको टिप्पर सडक भासिँदा सडकको छेउमा पल्टिएको हो।
ईट्टा भट्टाबाट लोड गरिएका ईट्टासहित पल्टिएको उक्त टिप्परमा चालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ निवासी २५ वर्षीय सुदीप मोक्तान सामान्य घाइते भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
टिप्परका सह–चालक विशाल सुनारको अवस्था सामान्य छ। घटनापछि टिप्पर उठाउने प्रयास भइरहेको र गाडीमा क्षति पुगेको जानकारी प्रहरीले दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३१ जेठ। तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह २०२५ समापन भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरू गरी जेसीज सप्ताह मनाइएको हो। शनिबार रक्तदान कार्यक्रम गरी तुलसीपुर नगर जेसीजले सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो।
तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। तुलसीपुर नगर जेसीजको आयोजना र रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा रक्तदान समेत गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रकुमार शाहले सरकारलाई दबाब र चेतावनी दिने खालका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको बताएका थिए। जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिहरु स्वयं जनप्रतिनिधिहरुबाटै हेपिनु परेको भन्दै त्यसको खबरदारी आवश्यक रहेको उनले बताए। वर्तमान समाजमा जनप्रतिनिधिहरू स्वयं पनि जनप्रतिनिधिबाटै दबिइरहेको गुनासो गर्दै जनसरोकारका विषयमा खुला छलफल र बहसको खाँचो औँल्याए।
“सरकारलाई दबाब दिने र गल्ती औँल्याउने जिम्मेवारी लिने संस्थाको रूपमा जेसीजले सामाजिक विषयमा आवाज उठाउन जरुरी छ,” उनले भने, “तर बहुमतको आधारमा एजेन्डा पास गर्ने प्रवृत्तिले छलफलको अभ्यास हराउँदै गएको छ। गलत कार्यको विरोधमा यस्ता खाले संस्थाहरू उत्तीर्ण जरुरी छ।”
कार्यक्रममा अध्यक्ष भुसालले नेतृत्व विकास गर्ने संस्थालाई सामाजिक उत्तरदायित्वसँग समेत जोडेर लगिएको बताए। उनले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको समेत जानकारी गराए। उनका अनुसार जेसीज लगायत अन्य संघ–संस्थामा आबद्ध १४ जनाले रक्तदान गरेका थिए।
कार्यक्रमको स्वागत समापन कार्यक्रमका संयोजक पारस न्यौपानेले गरेका थिए भने साताव्यापी अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी मूल समिति संयोजक केशवराज न्यौपानेले गराएका थिए। यसैगरी जेसी आस्था पाठ कानुनी सल्लाहकार सुरज भण्डारीले गराएका थिए भने कार्यक्रमको सहजीकरण सनद देवकोटाले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३१ जेठ । पत्रकार राजु चौधरीमाथि लुटपाट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
जेठ २९ गते बेलुका साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवास्थित आइसक्रिम फ्याक्ट्री नजिक चौधरीमाथि लुटपाट भएको थियो।
तुलसीपुरस्थित नयाँ बसपार्कबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका ऐरावती गाउँपालिका ७ बस्ने २७ वर्षीय पत्रकार चौधरीलाई अपरिचित युवकले “मोबाइलमा ब्यालेन्स छैन, एकछिन फोन गर्न दिनुहोस्” भन्दै मोबाइल मागेका थिए।
चौधरीले मोबाइल दिनासाथ ४/ ५ जना युवकहरू एक्कासी आएर उनलाई समातेका थिए र ‘बिमा तिर्नु छ’ भनेर साथमा रहेको नगद ३९ हजार रुपैयाँ, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारीको ब्लुबुक र पत्रकार परिचयपत्र लुटेर फरार भएका थिए।
पीडित चौधरीले घटनापछि मिति २०८२ जेठ ३० गते बिहान इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा दाङको तुलसीपुर–४ का १५ वर्षीय धनिराम बिक, ऐरावती–३ का १५ वर्षीय विशाल पोख्रेल, ऐरावती–४ का २३ वर्षीय कुमार केसी र सोही स्थानका २१ वर्षीय शिरिष परियार (उर्फ नन्दे) लाई पक्राउ गरेको छ।
उनीहरूलाई हाल बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
भिम मरासिनी, ३१ जेठ । दाङमा एकैदिन १३३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा सो सँख्याले रक्तदान गरेका हुन् । तुलसीपुर र घोराहीमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै रक्तदाताहरूले रक्तदान गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
शनिवार तुलसीपुर नगर जेसीज, घोराही नगर जेसीज र मानव धर्म सेवा समिति तुलसीपुरको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा क्रमशः १४,४० र ७९ पिन्ट गरी जम्मा १३३ पिन्ट रगत संकलन गरिएको हो।
रक्तदान कार्यक्रममा पहिलो पटक सहभागी भएकी तुलसीपुर–८ की पार्वती बस्नेतले पहिलोपटक रक्तदान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन्। “रक्तदानले कमजोर बनाउँछ भन्ने मानसिकता गलत हो,” उनले भनिन, “अब स्वास्थ्यले साथ दिएसम्म म नियमित रक्तदान गर्छु। यस्तो मानवीय पुण्य कार्यमा सबैले सहभागी हुनु जरुरी छ।”
हाल दाङ जिल्लामा लमही, घोराही र तुलसीपुर गरी तीनवटा रक्तसञ्चार केन्द्रहरू सञ्चालनमा छन्। ती केन्द्रहरूबाट दैनिक २५ देखि ३० पिन्ट रगत खपत हुने गरेको छ। तर रक्तदान गर्नेको संख्या भने अपेक्षित रूपमा उत्साहजनक छैन। विशेषगरी चेतनाको अभावका कारण शिक्षित वर्ग पनि रक्तदान गर्न हिच्किचाउने गरेको पाइएको छ।
यद्यपि, अहिलेसम्म जिल्लामा नियमित रक्तदाता र विभिन्न संघ–संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमहरूमार्फत आवश्यक मात्रामा रगत संकलन हुँदै आएको र त्यसैले पनि कुनै अप्ठ्यारो परिस्थिति सिर्जना हुन नपरेको स्वास्थ्य संस्थाहरूले जानकारी दिएका छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, १८ वर्ष पुरा गरेका र कम्तीमा ४५ किलोग्राम तौल भएका स्वस्थ पुरुषले प्रत्येक ३ महिनामा र महिलाले प्रत्येक ४ महिनामा रक्तदान गर्न सक्नेछन्। रगतको माग केवल स्वस्थ व्यक्तिको शरीरबाट मात्र पूर्ति गर्न सकिने भएकाले रक्तदान आवश्यक भएको उनीहरू बताउँछन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस