टेलिकमको प्रवक्तामा रविन्द्र

   जेठ २८, २०८२       admin


काठमाडौँ,२७ जेठ ।
नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ ।

केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रण

   जेठ २८, २०८२       admin

काठमाडौँ,२७ जेठ । काठमाडौंको टोखामा गोली चलेको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकदिवसीय अन्तर्राष्ट्रियमा नन्दनको डेब्यु

   जेठ २८, २०८२       admin

काठमाडौं,२६ जेठ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमार्फत नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्।

खेलअघि सोमपाल कामी घाइते हुँदा नन्दनले टिममा अवसर पाएका हुन्। उनले हङकङसँगको चारदेशीय सिरिजमा नेपालको लागि टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भेरीमा बेपत्ता तीनैजना बालबालिकाको शव फेला

   जेठ २८, २०८२       admin

जाजरकोट,२७ जेठ । भेरी नदीमा बगरे बेपत्ता भएका तीनैजना बालालिकाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनीहरू शुक्रबार बेपत्ता भएका थिए ।


शुक्रबार दिउँसो नदीमा नुहाउन गएका उनीहरू बेपत्ता भएका थिए। प्रहरीका अनुसार उनीहरूको शव विभिन्न समयमा फेला परेको हो। प्रहरीका अनुसार १२ वर्षीया आशा कुसारीको शव सोमबार साँझ ६ बजेतिर घटनास्थलदेखि करिब ४ किलोमिटर दक्षिण चापाखोला नजिक फेला परेको थियो ।

यसअघि नै १६ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए। भगवती नेपाली टेकबहादुर नेपालीकी छोरी हुन् भने महेश र आशा सुरेन्द्र कुसारीका सन्तान हुन् ।

तीनै जना शुक्रबार दिउँसो विद्यालयबाट फर्किएपछि भेरी नदीमा नुहाउन गएका थिए। उनीहरू नियमित रूपमा नदीमा पौडी खेल्ने गर्दथे । सोही दिन पनि उनीहरू पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए ।

डिएसपी शर्माका अनुसार, सुरूमा महेश बगेपछि उनलाई बचाउन आशा र भगवती पनि नदीमा पसेका थिए। अन्ततः तीनै जना बगेर बेपत्ता भए।

उनीहरू बेपत्ता भएलगत्तै रूकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल र्पुयाइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । महेशको शव घटनास्थलभन्दा करिब ९ सय मिटर तल शुक्रबार साँझ ४ बजे फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

   जेठ २८, २०८२       admin

दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको संयुक्त आयोजनामा मङ्गलबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरस्तरीय खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सुनिश्चितताको उद्देश्य कोही कसैलाई रोग नलागोस् भन्ने रहेको स्पष्ट पारे। रोग लागेपछि उपचार गर्नुभन्दा अगाडि नै जोगाउने उपायको रूपमा खोपलाई लिइनुपर्ने उल्लेख गर्दै उनले खोप र आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार भएको बताए। बालबालिकाले खोप पाउनु अधिकार हो भने सेवा उपलब्ध गराउनु सम्बन्धित निकायको जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले संघ र प्रदेश सरकारले ठूला योजना र पूर्वाधार निर्माण गर्ने भएकाले स्थानीय सरकारहरू सुत्केरी सेवा जस्ता आधारभूत र संस्थागत कार्यक्रमप्रति गम्भीर हुनुपर्ने धारणा राखे। मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन स्थानीय पालिकाहरूको भूमिका निर्णायक हुने बताए । ‘मातृशिशु मृत्युदर घटाउन प्रदेश सरकारले प्ररणादायी परियोजना ल्याएको छ, यसमा रहेर स्थानीय सरकारले काम गर्नूपर्छ, उनले भने–‘ पूर्ण संस्थागत सुत्केरी सेवालाई ध्यान दिनुहोला, प्रभावकारी ढंगले कार्यान्वयन गर्नुहोला ।’

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्वास्थ्य क्षेत्रमा राम्रो परिणाम देखाउन नसकिएसम्म समाजमा वास्तविक सुधार आउन नसक्ने बताए। तथ्यांक र विश्लेषणका आधारमा पालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेको उल्लेख गर्दै उनले यो उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले परिणाममुखी कामलाई प्राथमिकतामा राख्दै जनताको विश्वास जित्ने खालका सेवा प्रवाह गर्नुपर्ने बताए।


त्यसैगरी उपप्रमुख स्यानी चौधरीले जनताको सेवाभावलाई आत्मसाथ गरेर काम गर्नुपर्ने बताइन् । स्वास्थ्य क्षेत्र सेवा क्षेत्र भएकाले कुनैपनि पूर्वाग्रह नराख्न अनुरोध गरिन् । सबै आफ्नो ठाउँमा पदीय जिम्मेवार अनुसार प्रतिवद्ध भएर काम रे पालिकालाई सुन्दर र स्वस्थ बनाउन सकिने उनले बताइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले खोप कार्यक्रम सरकारको प्राथमिकतामा परेको र जनताले अत्यन्तै रुचाएको कार्यक्रम भएको उल्लेख गरे। उनले खोपमार्फत १३ प्रकारका प्राणघातक रोगहरूबाट बालबालिकालाई जोगाउन सकिने बताउँदै बार्है महिना निरन्तर सेवा दिइरहेको बताए ।

खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन घर–घरमा पुगेर अनुगमन गरिएकाले नै सबै बालबालिकाले खोप सेवा प्राप्त गर्न सफल भएको जानकारी दिए। तुलसीपुरमा ६४ भन्दा बढी खोप केन्द्रहरूबाट सेवा दिइँदै आएको उनले बताए। खोप मात्र हैन, अभिभावकलाई आवश्यक परामर्श सेवा दिनु पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो।

घोषणा कार्यक्रममार्फत तुलसीपुर उपमहानगरपालिकामा १६ देखि २३ महिनासम्मका २८१९ बालबालिका, २४ देखि ५८ महिनासम्मका ६९८१ बालबालिका गरी जम्मा ९८०० बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको जानकारी दिइएको थियो। खोप कार्ड लिएका बालबालिकाको संख्या ९७२२ रहेको जनस्वास्थ्य प्रवद्र्धन शाखाको तथ्यांकमा उल्लेख छ ।
जनस्वास्थ्य प्रवद्र्धन शाखाकी राधिका गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वस्थ्य निरीक्षक एवम् खोप फोकल पर्सन बिमल केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रदेश अध्यक्षसहितका नेता जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

   जेठ २८, २०८२       admin

काठमाडौँ, २७ जेठ । शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे।

कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समर्पित रहेको बताउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान चलाइरहेको जानकारी दिए।

उनले यस प्रकारको पार्टी प्रवेश र समायोजनले अभियानमा थप ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरे। माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुनेहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

   जेठ २७, २०८२       admin

बर्दिया, २६ जेठ । बर्दियामा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ परेका हुन्।

बारबर्दिया नगरपालिका–१० बैदीस्थित बनखेतवा नालामा बाख्रा चराउन गएकी बालिकामाथि जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जमिन अहमद जागा रहेका छन्।

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा चौधीकर्तनिया प्रहरी चौकीबाट खटिएको टोलीले जागालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।

डीएसपी डमरपालका अनुसार आरोपीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मी अनिवार्य हुनुपर्ने माग

   जेठ २७, २०८२       admin

दाङ, २६ जेठ। स्थानीय तहको नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीहरूको उपस्थिति अनिवार्य गराइनुपर्ने माग गरिएको छ। घोराही उपमहानगर पालिकाको १७औं नगरसभा अधिवेशनमा नगरसभा सदस्य लेखनाथ बुढाथोकीले नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीको सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बुढाथोकीले छलफलका चरणमा पनि सञ्चारकर्मीलाई समावेश गरिनुपर्ने धारणा राखे।

वडा नं. १५ का सदस्य समेत रहेका बुढाथोकीले भने, “अहिले जसरी सञ्चारकर्मीको सहभागिता छ, त्यस्तै छलफलको चरणमा पनि उनीहरूको उपस्थिति हुनु आवश्यक छ।”

उनले जनप्रतिनिधिले विकास निर्माणका विषयमा के बोल्छन् भन्ने जनताले जान्न पाउने अधिकारको रक्षा गर्न सञ्चारकर्मीलाई छलफलमा सहभागी गराउनुपर्ने तर्क राखे।

उनको मागमा प्रतिक्रिया दिँदै नगर प्रमुख नरुलाल चौधरीले व्यक्तिगत चाहनाले मात्र सम्भव नहुने र नगरको नीति, नियम तथा कानुनअनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। तर, नगर प्रमुखको जवाफ चित्त बुझ्दो नभएको भन्दै बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला उभिएर विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुक्त कम्लहरीलाई अचार बनाउने तालिम

   जेठ २७, २०८२       admin

दाङ, २६ जेठ । दाङमा मुक्त कम्लहरीहरूको लागि अचार बनाउने तालिम सञ्चालन भएको छ । आत्मनिर्भरता र आयआर्जन क्षमता वृद्धि गर्ने उद्देश्यले १५ दिने अचार बनाउने तालिम सञ्चालन भएको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।

मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीका अनुसार, यस्तो तालिमले महिलाहरूलाई सशक्त बनाउनेतर्फ टेवा पुग्ने विश्वास गरिएको छ। उनले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा मुक्त कम्लहरीका लागि विभिन्न सीप विकासका कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी दिइन्।

तालिममा तुल्सीपुर र घोराही उपमहानगरपालिकाका ३० जना मुक्त कम्लहरी सहभागी थिए। मुक्त कम्लहरी विकास मञ्चका अनुसार हाल लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा करिब १२ हजार मुक्त कम्लहरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काठमाडौँ महानगरका इन्जिनियरविरुद्ध साढे ४ करोड बढीको भ्रष्टाचार मुद्दा

   जेठ २७, २०८२       admin

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार कोइरीले सेवामा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै अकुत सम्पत्ति आर्जन गरेका थिए। सोमबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिँदै कोइरीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे विस्तृत अनुसन्धानपछि आरोप पुष्टि भएकाले मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

धनुषा जिल्ला, क्षीरेश्वरनाथ नगरपालिका–५ ९साविक नकटाझिज–६० स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका–४, चण्डोलमा बसोबास गर्ने कोइरीले २०४६ साल वैशाख १९ गतेदेखि २०७८ साल फागुन ३० गतेसम्म काठमाडौँ महानगरपालिकामा कार्यरत रहँदा कुल सात करोड ९६ लाख ७७ हजार ८०४ रुपैयाँ २३ पैसा आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

तर, तीमध्ये तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ ३४ पैसाको मात्र वैध स्रोत देखिएको र बाँकी चार करोड ५८ लाख ९० हजार ४०३ रुपैयाँ ८८ पैसा अकुत रूपमा आर्जन गरिएको भन्दै अख्तियारले सो बराबरको बिगो मागदाबी गर्दै कारबाहीको मागसहित मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology