राप्रपा सचेतक शाहीसहित तीन सांसदका पिएसओ एकैपटक फिर्ता

   जेठ १५, २०८२       admin

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) एकैपटक फिर्ता भएका छन्। पिएसओ फिर्ता भए पनि यसको कारण स्पष्ट नभएको उनीहरूको भनाइ छ।

पिएसओ फिर्ता भएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्। प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा एकाएक फिर्ता गरिएको पुष्टि गरे।

‘पिएसओ फिर्ता भएका छन्, यो मलाई आपत्तिको विषय चाहिँ होइन,’ शाहीले भने, ‘तर किन फिर्ता गरियो भन्ने जानकारी भने दिइएको छैन।’

शाहीले राप्रपाका अन्य दुई सांसद—पूर्वआइजिपी समेत रहेका ध्रुवबहादुर प्रधान र प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सदस्य दीपक सिंहका पिएसओ पनि फिर्ता भएको बताए।

‘हामीलाई दिइएको सुरक्षा फिर्ता भयो,’ अर्का सांसदले भने, ‘तर कारणबारे हामीलाई केही जानकारी दिइएको छैन।’

यो विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापासँग जिज्ञासा राख्दा उनले सुरक्षा संवेदनशीलता अनुसार नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको हुन सक्ने प्रतिक्रिया दिए।


‘सुरक्षा संवेदनशीलताको आधारमा बेलाबेला हामीले सबै पिएसओहरूलाई बोलाएर ब्रिफिङ लिने गरेका हुन्छौं,’ उनले भने, ‘त्यही कारण बोलाइएको हो कि भन्ने लाग्छ।’

तर, एकैपटक तीन सांसदको पिएसओ फिर्ता हुनुले यस विषयमा थप प्रष्टता आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि स्थगित

   जेठ १५, २०८२       admin


काठमाडौं,१४ जेठ। प्रतिनिधिसभाको आज (बुधबार ) को बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ।

बैठक प्रारम्भ भएलगत्तै विपक्षी सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगनको घोषणा गरेका हुन्।

विपक्षी दलहरूले बुधबार दोस्रो दिन समेत संसद् अवरुद्ध गर्दै गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामापछि मात्र स्वतन्त्र र निष्पक्ष छानबिन सम्भव हुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठनको पनि माग गरेका छन्।

अघिल्लो दिनको जस्तै आज पनि विपक्षी सांसदहरूले संसद् बैठक चल्न नदिने अडान लिँदा बैठक अघि बढ्न सकेन। सभामुख घिमिरेले स्थिति नियन्त्रणमा नआएपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गृहमन्त्री लेखकको आग्रह : ‘संसद्मा धारणा राख्न समय चाहिन्छ’

   जेठ १५, २०८२       admin

काठमाडौँ ,१४ जेठ । प्रतिनिधिसभामा उठेका प्रश्नहरूमा प्रतिक्रिया दिन गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्ने अवसरको माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूसँगको बैठकपछि गृहमन्त्री लेखकले आफूले संसद्मा धारणा राख्न समय माग गरेको जानकारी दिएका हुन्।

बालुवाटार बैठकमा संसद् सुचारु गर्ने विषयमा समेत छलफल भएको थियो। सोही बैठकपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर संसद् खुलाउनेबारे कुराकानी गरेका थिए।

गृहमन्त्री लेखकले भने, “संसद्मा बोल्नका लागि मैले समय माग गरेको छु। संसद् अगाडि बढ्न दिने कि नदिने भन्ने प्रतिपक्षको कुरा भयो।”

यतिबेला माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतका विपक्षी दलहरूको बैठक संसद् वैठक चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आठविसकोटमा जिप दुर्घटना: एकजना घाइते

   जेठ १५, २०८२       admin

रुकुम पश्चिम,१४ जेठ ।रुकुम पश्चिममा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन् । जिल्लाको आठविसकोट नगरपालिका ११ को खौलामा जिप दुर्घटना भएको छ । मंगलबार बेलुका राडी बजारबाट वडा नम्बर १३ को घेत्माको लागि गएको लु १ च ९४५५ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुघर्टनामा परेर जिपका सहचालक घाइते भएका छन् । आठविसकोट नगरपालिका १३ निवासी २३ वर्षीय लक्ष्मण बिसी घाइते भएका हुन् ।

उनको हात र खुट्टामा चोट रहेको छ । घाइते बिसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको प्रहरीले जनाएको छ ।

जिपमा आठबिसकोट नगरपालिका १३ निवासी २२ वर्षीय चालक महेन्द्र बुढाथोकी र सहचालक मात्र रहेको बुझिएको छ । गाडिमा चालक र सह चालक मात्र रहेको र चालकलाई केही नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए ।

जिप ब्रेक फेल भई सडक देखी करिब १० मीटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए । जिप ब्रेक फेल भई सडक देखी करिब १० मीटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोले अवरुद्ध राप्ती राजमार्ग: सडक खुल्न घन्टौं लाग्ने

   जेठ १५, २०८२       admin

सल्यान,१४ जेठ। राप्ती राजमार्घमा गइरातीको वर्षाका दाङ–सल्यान खण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलाबाट झरेको पहिरोका कारण पूर्णरुपमा सडक बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार, बुधवार बिहान करिब पौने ५ बजेतिर सडक माथिबाट खसेको पहिरोले दुवै लेन पूरै ढाकिएको छ।

पहिरो हटाउनका लागि एक्स्काभेटरको सहायतामा काम गरिंदैछ भने, सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि निर्माण व्यवसायीको जेएसबी ल्याएर काम सुरु गरिएको छ। उक्त प्राविधिक उपायहरूको प्रयोगबाट सडकलाई पुनःखुला पार्ने प्रयास गरिएको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनहरू दुबै तर्फ रोकिएका छन्। साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी सातबाट हुँदै आउने निर्देश दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा गलेको अवस्थामा शव फेला

   जेठ १५, २०८२       admin

दाङ, १४ जेठ । तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शव निकै गलेको अवस्थामा फेला परेको छ। डिएसपी ठकुरीका अनुसार टाउको र खुट्टा पूर्ण रूपमा गलेर छुट्टिएको अवस्थामा भेटिएको शवको पहिचान अहिलेसम्म हुन सकेको छैन।
“शरीरको अवस्था हेर्दा करिब डेढ महिना अगाडिको मृत्यु भएको हुनसक्छ भन्ने अनुमान गरिएको छ,” उनले बताए।

शव फेला परेको स्थान नजिकै बंगुर फार्म रहेको र सोही फार्ममा काम गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई जानकारी गराएको जनाइएको छ।

हाल शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आमासहित दुई छोरीको विभत्स हत्या

   जेठ १५, २०८२       admin

रुपन्देही,१४ जेठ । रुपन्देहीमा आमा र दुईछोरीको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको हो । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या गरिएको छ ।

उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । प्रहरीका अनुसार ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको हत्या भएको हो।

बुधबार बिहान करिब ४ बजेतिर उनीहरूको हत्या भएको प्रहरीले बताएको छ।

हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ र्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको खुलेको छ। सम्बन्ध विच्छेद भएर बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई हत्या गरेको प्रहरीको भनाइ छ।

उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा नवप्रवर्तन सम्बन्धी सम्झौता

   जेठ १५, २०८२       admin

दाङ,१४ जेठ । लुम्बिनी प्रदेश सरकार र प्रदेशका सात स्थानीय तहबीच नवप्रवर्तन सम्बन्धी सम्झौता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार विभिन्न जिल्लाका सात वटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता गरिएको हो । सम्झौता अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी ः कृषिको रुपान्तरणमा हामी सबैको साझेदारी कार्यक्रम सञ्चालन हुनेछ ।

पाल्पाको तानसेन नगरपालिकामा तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम’, रुपन्देहीको मायादेवी गाउँपालिकामा ‘स्मार्ट मायादेवी’, प्युठानको सरुमारानी गाउँपालिकामा ‘डिजिटल विद्यालय कार्यक्रम’, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा ‘पर्यटन होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम’, गुल्मीको छत्रकोट गाउँपालिकामा ‘सूचना प्रविधिमैत्री शिक्षा’ र रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा ‘विद्युतीय सुशासनका लागि ई सिफारिस सर्भिस सेन्टर’ कार्यक्रम सञ्चालन गरिनेछ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरण र प्रदेशलाई आत्मनिर्भर तथा सक्षम बनाउने उद्देश्यले नवप्रवर्तन योजना लागू गरिएको बताए ।

मुख्यमन्त्री आचार्यले नागरिकको जीवनस्तर उकास्न नवप्रवर्तन कार्यक्रम प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्दै कृषिमा रुपान्तरण, उद्यमशीलता र पर्यटन प्रवर्द्धन, सूचना प्रविधिको अधिकतम उपयोग, विद्यालय शिक्षाको गुणस्तर सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन ई९सिफारिस सेवा जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताए ।

प्रदेश र स्थानीय तहबीचको यो साझेदारीले नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने भन्दै उनले परिणाममुखी कार्यान्वयनमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

   जेठ १५, २०८२       admin

काठमाडौँ,१४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नयाँ नीतिसँगै, अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को सूचना नआएसम्म विद्यार्थी भिसा नदिन निर्देशन दिएको जनाइएकोे छ ।

समाचारअनुसार, यो निलम्बन कहिलेसम्म जारी रहने हो भन्ने अझै स्पष्ट छैन। दूतावास तथा वाणिज्य दूतावासका कर्मचारीहरूले ‘केही दिनभित्र’ थप निर्देशन प्राप्त गर्ने जनाइएको छ।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विदेशी विद्यार्थीहरूमाथि दबाब बढाइरहेको बेला आएको यो निर्णय अमेरिका जान चाहने विद्यार्थीहरूका लागि ठूलो झट्का लागेको छ ।

गत हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न नपाउने निर्णय लिएको थियो। चिनियाँ पक्षसँगको साँठगाँठ र यहूदी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उक्त कदम चालिएको बताइएको थियो। तर, एक संघीय न्यायाधीशले उक्त निर्णयलाई हालका लागि स्थगित गर्न आदेश दिएका छन्।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले हार्वर्डसँग रहेको बाँकी संघीय सम्झौता पनि चाँडै तोड्न सक्ने सम्भावना रहेको जनाइएको छ। यदि सो सम्झौता तोडियो भने, यो प्रकरण हालसम्मकै ठूलो बन्नेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिकामा प्रवेश गर्न चाहने सबैले त्यहाँको कानुन बुझ्नुपर्ने र आपराधिक उद्देश्य नराख्नुपर्ने स्पष्ट पारिन्।

उनले विद्यार्थी भिसाका लागि सामान्य प्रक्रिया अपनाउनु पर्ने भए तापनि थप जाँचको सम्भावना रहेको पनि बताइन्। ूयदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिइरहनु भएको छ भने, प्रक्रिया पूरा गर्नुस् र जाँचको सामना गर्न तयार रहनुहोस्,ू ब्रुसको भनाइ थियो।

ट्रम्प प्रशासनका पछिल्ला निर्णयहरूले अस्थायी रूपमा अमेरिका बसोबास गरिरहेका व्यक्तिहरूका अधिकार र शैक्षिक स्वतन्त्रतासम्बन्धी संवैधानिक बहस उत्पन्न गराएका छन्।

गत हप्ता अमेरिकी विदेशमन्त्री रुबियोले सिनेटमा बोल्दै, राष्ट्रपति ट्रम्पले २० जनवरीमा कार्यभार सम्हालेयता ुहजारौुं भिसा रद्द गरिएको जानकारी दिएका थिए। यद्यपि, यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तिरुपती उड प्यानलमा आगलागी

   जेठ १५, २०८२       admin

मोरङ,१४ जेठ । तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । मोरङको करिडोरस्थि उक्त प्यानलमा बुधबार बिहान साढे २ बजे आगलागी भएको हो । हालसम्म आगो नियन्त्रणमा आएको छैन।आगो निभाउने प्रयास जारी छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology