काठमाडौँ,९ जेठ । अबको केही वर्षमा तपाईंको हातमा पर्ने नयाँ आइफोन पूर्ण रूपमा रोबोटले बनाएको हुन सक्छ। संसारकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता फक्सकनले घोषणा गरेको छ कि उसले अब उत्पादन प्रक्रियाहरूमा पूर्ण अटोमेशन र जनरेटिभ एआईको प्रयोगलाई प्राथमिकता दिँदैछ।
कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा आयोजित कार्यक्रममा भने, “भविष्यमा कारखानाहरूमा अधिकांश म्यानुअल काम रोबोट र एआईद्वारा गरिनेछ।” उनले स्पष्ट गरे कि अटोमेशनले कम दक्षता भएका श्रमिकहरूको आवश्यकता घटाउनेछ र उत्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ।
फक्सकनले पहिले नै आफ्नो वर्कफ्लोमा जनरेटिभ एआई समावेश गरिसकेको छ। यंग लियूका अनुसार, “एआई समर्थित सफ्टवेयरले नयाँ उत्पादन लाइनको ८० प्रतिशत कार्य स्वतः सम्पन्न गर्न सक्छ,” जसले समय र लागतमा ठुलो बचत गरेको छ।
अब कम्पनी ‘ँफक्सब्रेन’ नामक एआई मोडल निर्माण गर्दैछ, जसले मेटाको लामा ३ र ४ मा आधारित भएर कम्पनीको अपरेशनल डाटासँग तालमेल राख्नेछ। यो मोडल कारखानामा देखिने समस्या स्वतः समाधान गर्न सक्नेछ र कम्पनीले यसलाई ओपन–सोर्स बनाउने योजना बनाएको छ।
लाखौं रोजगारी अटोमेट
फक्सकनले अहिले हरेक वर्ष १०,००० भन्दा बढी ‘फक्सबोट्स’ निर्माण गरिरहेको छ। ती रोबोटहरूले मानव श्रमिकहरूको स्थान लिँदै गएका छन्। कम्पनीको दाबी अनुसार, उसले एउटा कारखानामा मात्र ६०,००० भन्दा बढी जागिर अटोमेट गरिसकेको छ।
फक्सकनले एनभिडियाको ओम्निभर्स प्रयोग गरेर डिजिटल ट्विन फैक्ट्रीहरूको निर्माण गरिरहेको छ, जसले योजना बनाउने र कारखाना सञ्चालन अघि नै एआईमार्फत प्रक्रिया अप्टिमाइज गर्न सकिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ जेठ । दाङको तुलसीपुरमा विषादी सेवनबाट दुई किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुमा भाडाको कोठामा बस्दै आएका दुई किशोरीले विषादी सेवन गर्दा दुबैको ज्यान गएको हो । मृत्यु हुनेमा जिल्ला सल्यान बागचौर नगरपालिका–११, बाँफुखोला घर भई हाल तुलसीपुरमा बस्दै आएकी १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहिबार राती ८ बजे दुबैले नाम नखुलेको विषादी सेवन गरेका थिए। तत्कालै उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अवस्था गम्भीर देखिएपछि त्यहींबाट घोराहीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो। तर, उपचारका क्रममा सोही राति ११ः५० बजे दिपु परियारको मृत्यु भयो।
दिपा परियारलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको थियो। उपचारका क्रममा दिपाको पनि शुक्रबार बिहान ३ः४० बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
दुवै जनाको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयहरूका अनुसार ती किशोरीहरू केही समयदेखि तुलसीपुरमा बस्दै आएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ।,८ जेठ । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्नो प्रतिनिधित्वमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मिया र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाउने भएको हो ।
पार्टीले उनीहरूको एक वर्षे कार्यकालको कार्यसम्पादन मूल्याङ्कन गरेपछि यो निर्णय गरेको हो। पार्टीका केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादवका अनुसार अब बसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ।
“पार्टीले आफ्ना प्रतिनिधिको जनउत्तरदायित्व, नीतिगत सक्रियता र कार्यशैलीलाई मूल्याङ्कन गरेर निर्णय गरेको हो।”– डा. यादवले भने । तर मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भने आफूलाई यसबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ८ जेठ । हनी ट्रयापमार्फत ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले दुइ युवतीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल प्रयोग गरी युवकलाई मोह जालमा पारेर ब्ल्याकमेल गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० की ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ती युवतीहरूले सामाजिक सञ्जालमार्फत एक युवकसँग चिनजान गरी ठमेलस्थित होटलमा बोलाएका थिए। त्यहाँ मदिरा सेवन गराई युवकको नग्न फोटो तथा भिडियो खिचेर ब्ल्याकमेल गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूले पीडित युवकसँग सुरुमा चार आना जग्गा दिन दबाब दिएका थिए। पछि पाँच लाख रुपैयाँ बराबरको चेक लिन पुगेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।
प्रहरी अनुसन्धानबाट उनीहरूले युवकलाई ूजबरजस्ती करणी मुद्दामा फसाउने धम्कीू समेत दिएको तथ्य पनि खुलेको छ।
हाल दुवै महिलामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ८जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालस्थित युनेस्को प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनी संरक्षण र प्रवर्द्धनबारे विशेष छलफल भएको छ।
संस्कृति मन्त्रालयमा सम्पन्न भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नपार्ने उपायबारे गहन छलफल गरिएको हो। मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनी क्षेत्रमा सुधारात्मक कार्यहरू भइरहेको जानकारी गराउँदै कार्यान्वयनमा रहेको कार्ययोजनाको प्रगति प्रस्तुत गरे ।
उनले लुम्बिनीको दीर्घकालीन संरक्षण र प्रवर्द्धनका लागि प्राविधिक तथा संस्थागत सहयोग आवश्यक रहेको धारणा राख्दै युनेस्कोको निरन्तर साथको अपेक्षा व्यक्तगरे ।
युनेस्को प्रतिनिधि डु टुइटले लुम्बिनी तथा काठमाडौँ सम्बन्धी हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको छलफल सकारात्मक भएको भन्दै, संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाए।
भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र अन्य सम्भावित सांस्कृतिक सम्पदालाई प्रारम्भिक सूचीमा समावेश गराउने सम्बन्धमा समेत सहयोगको आग्रह गरे।
साथै, लुम्बिनी प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत १६ सदस्य राष्ट्रहरूको सहभागितामा गठन गरिएको समितिको प्रगति विवरण पनि साझा गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ८ जेठ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका(४ बस्ने तनहुँको भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय विकास गुरुङ, काठमाडौं महानगरपालिका(३२ बस्ने सिन्धुलीको कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका(३१ बस्ने ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका(१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका(२ बस्ने कञ्चनपुरको बेदकोट नगरपालिका(३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।
पक्राउ मध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ र लोकजनले थाइल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासलाई काठमाडौं महानगरपालिका(१२ बाट, रन्जनालाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार, यादव प्रसादलाई काठमाडौं महानगरपालिका(१२ बाट र लोकजनलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
आदिम के.सी,८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई आधार बनाएर वृत्तचित्र बन्ने क्रमले पनि बाक्लो रूप लिँदै आएका छन् ।
पछिल्लो समयमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावक केन्द्रित रहेर वृत्तचित्र निर्माण भइरहेका छन् । सामाजिक सचेतना तथा जागरणका लागि यस्ता वृत्तचित्रले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
पछिल्लो समयमा बनेको वृत्तचित्र हो ‘जुनकीरी’ । एक बालिकाका सफलताको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘जुनकीरी’ मा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक कथा रहेको छ । ‘थिम बेस’ मा आधारित रहेर निर्माण गरिएको ‘जुनकीरी’ मा आजका बालबालिकालाई कसरी भविष्यका लागि जिम्मेवार, कर्तव्यनिष्ठ, इमानदार तथा समाजप्रति बफादार बनाउन सकिन्छ भन्ने सन्देश पाइन्छ ।
त्यसो त बालबालिकाका चाहना तथा अन्तरनिहित प्रतिभालाई नबुझी उनीहरूलाई अभिभावक तथा शिक्षकले आफू अनुकुल मार्ग निर्देशन गर्दा निम्तिने सम्भाव्य दुर्घटनाप्रति पनि ‘जुनकीरी’ सचेत रहेको छ ।
बालबालिकाको रुचिलाई बुझेर उनीहरूको भविष्यको मार्ग निर्देशन गर्न आवश्यक रहेको सन्देश पनि ‘जुनकीरी’ ले सम्प्रेषण गरेको छ ।बालबालिकामा जङ्क फुडको लत कसरी निर्मूलीकरण गर्ने, बालहिंसाप्रति उनीहरूलाई कसरी सचेत गराउने, बालश्रमप्रतिको सचेतना, सामाजिक उत्तरदायित्व बहनलगायतका थिममा निर्माण गरिएको ‘जुनकीरी’ले शिक्षक अभिभावक तथा विद्यार्थीलाई आफूले गरेका कार्यको सकारात्मक र नकारात्मक पक्षमा समेत आत्मसमीक्षा गराउन सफल रहेको छ ।
‘बालबालिकालाई सामाजिक उत्तरदायित्व बोध गराउनका साथै उनीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन आवश्यकताको बोध गरेर यो वृत्तचित्र निर्माण गरेका हौँ ।’ प्रोड्युसर बिना पोख्रेलले बताइन् ।
बालबालिकालाई कसरी एक सफल व्यक्ति बनाउन र सफल जीवन प्रदान गर्न सकिन्छ भन्ने विषयमा अभिभावक, शिक्षक र समाज सचेत रहन आवश्यक रहेको पाख्रेलको भनाइ छ । ‘हामीले जुनकीरी थिम बेसमा निर्माण गरेका छौँ । बालबालिकाको सर्वाङ्गीण विकासलाई आधार मानेर थिम क्रेट गरेका छौँ । त्यही अनुरुपको कथा रहेको छ ।
आजका बालबालिकालाई हामीले दिने शिक्षा नै भोलिको समाजको आधार हो भन्ने भावलाई मनन गर्न सकियो भने सामाजिक समृद्धि धेरै टाढा छैन । त्यसका लागि विद्यालय, शिक्षक र अभिभावकको जिम्मेवारी कति रहन्छ भन्नेमा पनि हामी सचेत रहेका छौँ । बालबालिका दिइने शिक्षा, संस्कारले उसको गन्तव्य पनि निर्धारण गर्दछ ।
बालबालिकालाई समाजप्रति उत्तरदायित्व बनाउँदै लैजान सकियो भने बालबालिकामा देखिने समस्या पनि न्यूनीकरण हुँदै जान्छन् र बालबालिकामा सकारात्मक सोंचको विकास गर्न सकिन्छ ।’ पोख्रेलले बताइन् ।
वृत्तचित्र ‘जुनकीरी’ लेखन तथा निर्देशन दिनेशराज शर्माको रहेको छ भने निर्माण फाल्गुणप्रसाद पौडेल र बिना पोख्रेल रहेका छन् । वृत्तचित्रमा अभिनय गर्ने कलाकारहरू पनि रियल भूमिकामा रहेका छन् ।
जस्तो कि शिक्षकको भूमिकामा शिक्षक, विद्यार्थीको भूमिकामा विद्यार्थी, गायक/गायिकाको भूमिकाकामा गायक/गायिका तथा फरक क्षमताको भूमिकामा फरक क्षमता भएका पात्र चयनले गरिएको छ । पात्र चयनले वृत्तचित्रलाई झनै जीवन्त बनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । लुम्बिनी प्रदेश अन्तर्गतका अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त गरिएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र रहेका १४ वटा जिल्ला तथा प्रादेशिक अस्पतालहरूमा अध्यक्ष नियुक्त गरेको हो।
लुम्बिनी प्रादेशिक अस्पताल , राप्ती प्रादेशिक अस्पताल लगायतका जिल्ला अस्पतालहरूमा नयाँ अध्यक्ष चयन गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
प्रदेशका १४ वटा सरकारी अस्पताल रहेका छन । ती अस्पतालमा विकास समितिमा सत्तारुढ दुई दलको सहमतिअनुसार एमालेले ७ र कांग्रेसले ७ वटा अध्यक्ष लिएका छन । नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सत्तासाझेदार दुई दलवीच भएको सहमती अनुसर अस्पतालमा अध्यक्षहरु नियुक्त भएको बताए । राप्तीमा काङ्ग्रेस र लुम्बिनीमा एमाले अध्यक्ष पठाएको छ । जस अन्तर्गत राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा महेन्द्रराज लामिछाने लुम्बिनी प्रादेशिक अस्पतालमा अजयमान श्रेष्ठ नियुक्त भएका छन ।
दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त महेन्द्रराज लामिछाने संचार उद्यमी समेत हुन । लामिछानेले दर्जनौ सामाजिक संघसंस्थाको नेतृत्व समेत गरिसकेका छ्न । त्यसैगरी प्युठान अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, गुल्मी अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल, अर्घाखाँची अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्षमा नियुक्त भएका छन ।
कपिलवस्तु अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजयमान कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुवाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मालाई नियुक्त गरिएको हो । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल हुन । अन्य १२ जिल्ला अस्पताल छन् । प्रदेश सरकारले बैशाख १६ प्रदेशभरका १४ वटा अस्पताल विकास समिति एकैपटक विघटन गरेको थियो । यसअघिको सरकारले २०८० कार्तिक ७ गते अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा अध्यक्ष नियुक्त गरेको थियो ।
गठबन्धन फेरिएसँगै बैशाख १६ सो दिन बसेको मन्त्रिपरिषद् बैठकले त्यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को अघिल्लो सत्ता साझेदारीका बेला गठन भएका समिति एकैपटक हटाएर नयाँ नियुक्तिको बाटो खोलेको थियो । प्रदेशमा रहेका १३ आयुर्वेद चिकित्सालयमा भने नियुक्त गरिएको छैन । केही दिनमा आयुर्वेदमा पनि नियुक्ती गरिने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
लक्ष्मण बस्नेत,७ दाङ। दाङको तुलसीपुर प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।
तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता जेठ २० गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्।
स्थानीय तहमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले भने नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा ‘वेष्ट प्लेयर’लाई नगद ३ हजार रुपैयाँसहित ट्रफी, ‘वेष्ट डिफेन्स’, ‘वेष्ट किपर’ र ‘हाइ स्कोरर’ लाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई पनि ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताका संयोजक फर्सा घर्तीमगरका अनुसार पाँच दिनसम्म चल्ने प्रतियोगितामा १२ भन्दा बढी टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूले जेठ १८ गतेभित्रमा ५ हजार रुपैयाँ दर्ता शुल्क तिरेर टिम दर्ता गर्नुपर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ।
दाङको तुलसीपुर कारागारमा नसर्ने रोग सम्बन्धिको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तुलसीपु कारागारका शिविर सञ्चालन गरिएको हो । कारागारमा रहेका ५ सय कैदीबन्दीहरुलाई दुइदिन लगाएर नसर्ने रोग सम्बन्धिको परीक्षण, परामर्श र रोकथामको विषयमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यले वताए ।
समुदायमा सर्ने रोग भन्दा नसर्ने रोग बढी पाइएको र यसमा सतर्कता अपनाउनु पर्नेे अवस्था छ । त्यस कारण नसर्ने रोगको रोकथामका लागि आनी बानी, आहारविहारको सुधार आबश्यक रहेको भन्दै परामर्श तथा सचेतनाका लागि तुलसीपुर कारागारका कैदीबन्दी केन्द्रित कार्यत्रम गरिएको जानकारी दिए ।
उनले नसर्ने रोगका कारण मानिसले समस्याहरु भोगि रहेको अवस्थामा कैदीबन्दीहरुलाई आफनो स्वास्थ्य अवस्था जानकारी होस र सकारात्मक सजकता तथा सर्तकता अपनाउन सकुन भन्ने उदेश्यले शिविर सञ्चालन गरिएको वताए । शिविरमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, एचआइभी रोकथाम तथा स्क्रीनिङ गरिएको थियो । कारागार प्रसाशनको अनुरोधमा गरिएको शिविरमा झण्डै ५ सय जनाले सेवा पाएको उनले बताए ।
स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्वास्थ्यलाई मौलिक हकको रुपमा लिएकोले कैदीबन्दीहरुको स्वास्थ्य अवस्था बुझन कार्यक्रम गरिएको बताए । नागरिकको स्वास्थ्य सुरक्षाको दायित्व राज्यको र सरकारको भएको हुदा यस्तो कार्यक्रम कारागारमा समेत गरिएको उनले बताए ।
उच्च रक्तचापका विरामी धेरै
कारागार कार्यालय तुलसीपुर दाङमा रहेका कैदीबन्दीहरुमा उच्च रक्तचाप धेरै देखिएको छ । कारागारमा रहेका झण्डै ५ सय जना कैदीबन्दीहरु मध्य १ सय ७४ जनामा उच्च रक्तचाप देखिएको हो । परिक्षणमा सहभागि ४ सय ७९ जना कैदीबन्दीहरु मध्य ३ सय ५ जनाको रक्तचाप सामान्य रहेको कारागार कार्यालय तुलसीपुरका स्वास्थ्य प्रमुख दोर्णबहादुर वलीले जानकारी दिए । १२९ जनामा मधुमेहको आसंका गरिएको छ । परिक्षणमा आसंका गरिएका १ सय २९ कैदी बन्दीहरु महुमेहको जोखिममा रहेको उनले बताए । ३ सय ५० जनामा सामान्य अवस्था भेटिएको छ । त्यसै गरि ६१ जनामा पिसापको समस्या संकास्पद भेटिएको छ । स्वास्थ्य प्रमुख वलीले उच्च रक्तचाप भएका, संकास्पद सबै जानलाई अस्पतापमा थप परिक्षण गर्नु पर्ने अवस्था रहेको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस