दाङ । दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पुर्बपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गााउपालिका-५ लठ्ठहवामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्णनगरबाट दाङकाे तुलसीपुर जाँदै गरेकाे बा ३ ख ७९९६ नम्बरकाे बस देउखुरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा २४ जना घाइते भएका छन । मृत्यु हुनेमा घाेराही उपमहानगर पालिका बनगाउँ निबासी पुष्पा डाँगी र राजपुर स्थाई घर भई लमही नगरपालिका ५ राताे डाँडा निबासी निलसराेज यादव रहेको प्रहरीले जनाएको छ ।
डाँगीकाे घटना स्थलमा र यादबकाे उपचारकाे क्रममा लमही अस्पतालमा निधन भएकाे हो । घाइते मद्य ८ जनाको अबस्था गम्भीर रहेको छ भने ७ जना मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुकाे लमही र भालुबाङ अस्पतालमा उपचार भईरहेकाे छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । लुम्बिनी प्रदेशले यसपटक बजेट खुम्च्याउने भएको छ। आर्थिक वर्ष २०८१/८२ मा महŒवांकाक्षी बजेट ल्याएको लुम्बिनीले घाटाको सामना गरे पनि यस पटक उपयोगी र यथार्थ बजेट ल्याउने तयारी गरेको हो।
आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि चालु आवको भन्दा झन्डै ११ करोड रुपैयाँ कम बजेट ल्याउने सरकारले प्रारम्भिक तयारी गरेको छ। आउँदो आर्थिक वर्षका लागि लुम्बिनी सरकारले झन्डै २९ अर्ब रुपैयाँको बजेट सिलिङ तयार गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी गराएको छ।
बजेटको तयारी अनुसार मन्त्रालयहरूमा पहिलो चरणको बजेट सिलिङसमेत दिइसकिएको मन्त्रालयका अधिकारीले जानकारी दिए। मन्त्रालयका सचिव डिलाराम पन्थीले प्रारम्भिक रूपमा बजेट तयारी गरेको र सोही अनुसार एउटा आधारमा मन्त्रालयहरूमा पनि प्रारम्भिक सिलिङ पठाई सकिएको बताए। ‘अहिले यति नै भन्ने छैन तर नयाँ बजेट चालु बजेटभन्दा कम आउँछ,’ उनले भने, ‘केही दिनमा पूर्ण विवरण जानकारी गराउँछौं।’ मुख्यमन्त्री चेतनारायण आचार्यले यस पटक सुहाउँदो र यथार्थमा आधारित बजेट सरकारले ल्याउन लागेको बताए। विगतमा प्रदेश सरकारले घाटा बजेट ल्याउने गरेको भए पनि यस पटक त्यस्तो नहुने बताए। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको बताए। मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्ने बताए।
आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन। ३०/३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट आउँछ,’ उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ। प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ।’ उनले प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुटेको बताए। ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ। मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना आउँछन्।’
लुम्बिनीमा व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने आवाज समेत उठिरहेको छ। व्यक्तिमा योजना आउँदा योजना टुक्रे हुने यथार्थपरक नहुने भन्दै सरकारले टुक्रे योजना अन्त्य गर्ने प्रयासमा सरकारको रहेको मन्त्रीहरूको भनाइ छ। प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरूरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने गम्भीर भएर योजना छनोट र बजेट आउने भौतिक पूर्वाधार मन्त्री भूमीश्वर ढकालले बताए।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउने गरी बजेट र योजना ल्याउने तयारी रहेको बताए। योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। l राप्ती राजमार्ग अवरुद्ध भएको छ। दाङ सल्यान रुकुम अन्तर्गतको सडकखण्डमा वर्षाका कारण पहिरो आउँदा राजमार्ग ठप्प भएको हो।
वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध हुदा यातायातका साधनहरू बाटोमा रोकिएका छन्। भने आवागमन बन्द रहेको छ । तुल्सीपुर सल्यान सडक खण्डको कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रुबाहक गाडी रोकिएका छन् ।
राजमार्गमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि अहिले जेसिबी लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक स्तरवृद्धिको काम भइरहेकोले सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्याले उक्त सडक खण्डमा यात्रुलाई आउजाउ गर्न सकस भइरहेको सडक डिभिजन कार्यालय दाङ्ले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् ।
सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् । यही बेला सुमनाले राजीनामा घोषणा गर्दैछिन् । उनले केही बेरपछि पार्टीको आन्तरिक संवाद समूहमा यो जानकारी गराउने तयारी गरेकी छन् ।
‘एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाजीले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो,’ रास्वपा उच्च स्रोत भन्छ, ‘त्यस बेला रविजीले हाम्रो पार्टीले यसबारे मान्यता नै बनाइसकेको हुनाले सुमनाजीको कुरा सही नै भएको, तर अहिलेको समय त्यसका लागि अनुपयुक्त भएको भन्नुभएको थियो । लगत्तै रविजी फेरि हिरासत पर्नुभयो ।’
श्रेष्ठले आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरिन् । तर विस्तृत धारणा पार्टीमै राख्ने बताएकी छन् ।
अनलाइनखबरबाट
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईसहित विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितले दायर गरेको मुद्दामा सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका अतिरिक्त पूर्वमुख्य सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।
२०६६÷६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णय मन्त्रिपरिषद्बाट भएको थियो । यस्तै, २०६९ मा पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गर्ने निर्णय गर्दा भट्टराई प्रधानमन्त्री थिए । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णय गर्दा पौड्याल नेपाल सरकारको मुख्यसचिव थिए ।
उनीहरूविरुद्ध पनि मुद्दा चल्नुपर्ने मागसहित रिट निवेदन दायर भएको थियो । यस सम्बन्धी ती वटा रिट निवेदनलाई पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले यसअघि नै आदेश दिइसकेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको झिनो लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान दिए । हङकङका लागि सायन पुरीले १ विकेट लिए । त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।
हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन जोडे । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमसनले १० रन जोडे । नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि यूएईलाई ५ रन र ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३ बैशाख । नयाँ वर्ष २०८२ सालमा सुरु भएको छ । यो वर्ष ५२ वटा शनिबार बिदा परेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ । गृह मन्त्रालयलले वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक गरेको सार्वजनिक, पर्व एवम् सट्टा बिदाको विवरणमा सो विषय उल्लेख छ ।
२०८२ साल अवधिमा वैशाखमा चार दिन शनिबार, जेठमा पाँच दिन, असारमा चार, साउनमा पाँच, भदौमा चार, असोजमा चार, कात्तिकमा पाँच दिन, मङ्सिरमा चार, पुस चार, माघमा चार, फागुनमा पाँच र चैतमा चार दिन गरी जम्मा ५२ वटा शनिबार परेका छन् ।
कुन महिनामा कति दिन बिदा ?
वैशाख
नव वर्ष वैशाख १ गते, विश्व मजदुर दिवस वैशाख १८ गते, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्व वैशाख २९ गते ।
जेठ
गणतन्त्र दिवस जेठ १५ गते ।
असार
प्रकाशित सूचना अनुसार २०८२ सालको असार महिनामा कुनै पनि सार्वजनिक बिदा परेको छैन ।
साउन
रक्षाबन्धन साउन २४ गते, गाईजात्रा साउन २५ गते (देशभरका नेवार समुदायका लागि मात्र) श्रीकृष्णा जन्माष्टमी साउन ३१ गते ।
भदौ
हरितालिका (तीज) व्रत भदौ १० गते, जितिया पर्व भदौ ३० गते (महिला कर्मचारीका लागि मात्र), गौरा पर्व भदौ १५ गते, इन्द्रजात्रा भदौ २१ गते (काठमाडौँ उपत्यका लागि मात्र) ।
असोज
संविधान दिवस असोज ३ गते, घटस्थापना असोज ६ गते, दसैँ बिदा (असोज १३ गतेदेखि असोज १८ गतेसम्म) ।
कात्तिक1
तिहार बिदा (कात्तिक ३ गतेदेखि कात्तिक ७ गतेसम्म), छठ पर्व कात्तिक १० गते, फाल्गुनन्द जयन्ती कात्तिक २५ गते (किराँत धर्मावलम्बीका लागि)
मङ्सिर
धान्य पूर्णिमा (किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्सिर १७ गते (अपाङ्गता भएका नेपालभित्रका सम्पूर्ण कर्मचारीको लागि), ज्यापु दिवस मङ्सिर १८ गते ।
पुस
इसाई धर्मालम्बी पर्व क्रिसमस डे पुस १० गते, तमू ल्होछार पुस १५ गते, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) पुस २७ गते,
माघ
माघी पर्व/माघे सङ्क्रान्ति माघ १ गते, सोनम ल्होछार माघ ५ गते, वसन्त पञ्चमी माघ ९ गते, सहिद दिवस माघ १६ गते ।
फागुन
महाशिवरात्री फागुन ३ गते, ग्याल्पो ल्होसार फागुन ६ गते, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते, फागू पूर्णिमा हिमाली र पहाडी लगायत ५६ जिल्लामा फागुन १८ गते र तराईका जिल्लामा फागुन १९ गते, अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) फागुन २४ गते ।
चैत
घोडेजात्रा चैत ४ गते, रामनवमी चैत १३ गते ।
सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने बिदा सिरुवा पावनीको दिन (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा), इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र),र बकर ईद –ईद उल अजहा), मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बी), गुरु नानक जयन्ती (नेपाली सिख धर्मावलम्बीका लागि) सार्वजनिक बिदा परेका छन् ।
मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाएकोे छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३१ चैत । नेपाली काँग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने भएको छ । काँग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।
पार्टीले उपलब्ध गराएको समय सीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन ।
प्रमुख भ्रातृ संस्थाका रूपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् । काँग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरू भंग हुनेछन् । भ्रातृ संस्थाहरूमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए ।
यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपांग संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपांग संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपांग संघले पहिलो पटक महाधिवेशन गरेका हुन् ।
नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्यटकीय गन्तव्यको रुपमा चखौरालाई विकास गर्नुपर्ने बताएका छन्। उनले चखौरा पश्चिम नेपालको पर्यटकीय क्षेत्र र सांस्कृतिक तथा जातीय पहिचानसहितको संग्रहालय निर्माण हुनु गौरवको विषय भएको बताए । उनले घुम्न जाने स्थानहरूमध्ये दोहोर्याएर घुम्न आउने र जाने ठाउँ चखौरा भएको उल्लेख गरे ।
यस्ता जातीय संस्कृति संरक्षण परम्परा जोडिएका सङ्ग्रहालयहरूले नेपालको पर्यटकीय क्षेत्रको विकास मात्रै नभएर सांस्कृतिक धार्मिक र जातीय पहिचानको पनि विकास गर्ने बताए। उनले नेपालका सबै सांस्कृतिक सङ्ग्रहालयहरुलाई व्यवस्थित गरी त्यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने समेत बताए । पर्यटकीय रुपमा आकर्षक बढ्दै गएको नेपालमा जातीय संग्रालयहरुले झन् यसको महत्व थप्दै गएकोमा खुशी ब्यक्त गरे । ।
सम्भावना रहेका क्षेत्रमा जातीय धार्मिक र सांस्कृतिक संग्रहालयहरू स्थापना हुनसके त्यसले आर्थिक समृद्धिमा टेवा पुर्याउने र पर्यटकीय क्षेत्रको रुपमा पनि विकास हुने बताए । महामन्त्री शर्माले सम्पूर्ण थारु जातिको इतिहास बुझ्न चखौरा अनिवार्य भएको भन्दै एकपटक थारु संस्कृतिको विषयमा अध्ययन गर्न आग्रह समेत गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, जिल्ला सभापति शंकर डाँगी तरुण दल दाङका अध्यक्ष टिका घर्ती , योजना आयोग लुम्बिनीका पूर्व उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिथि डा नहकुल के सी, महाधिवेशन प्रतिनिधि बिमल रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसी लगायतसँग चखौरा संग्रहालय अवलोकन र अध्ययन गरेका शर्माले यस्ता सङ्ग्रहालयले दाङको विकास समृद्धिमा टेवा पुर्याउने समेत बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३० चैत्र । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा भएकाे अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका हुन् ।
शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल गर्न प्रदेश सरकार तयार रहेकाे बताएका छन् । प्रदेश सरकार आगामी आर्थिक वर्षकाे याेजना र बजेट निर्माणकाे पूर्वसन्ध्यामा रहेकाे छ । यतिबेला शैक्षिक सुधार र याेजनाका विषयमा घनिभूत छलफल आवश्यक छ । संस्थागत विद्यालयका समस्या सम्बाेधन गर्ने गरी शैक्षिक याेजना बनाउन सरकार प्रतिबद्ध छ । यस्तै छलफल र संवादमार्फत संस्थागत विद्यालयका समस्या समाधानतर्फ लाग्न सरकारका लागि सहज हुने छ । ´ मन्त्री तिमिल्सिनाले थपे, सामुदायिक विद्यालयका समस्या तथा शिक्षक कर्मचारीका समस्या सम्बाेधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे छ । शैक्षिक सुधारका लागि केही प्रणाली परिवर्तन गर्न आवश्यक भने छ । शिक्षकले आफूमा पनि केही परिवर्तन गर्नुपर्छ ।´
शिक्षक आन्दोलनकाे प्रसङ्गमा बाेल्दै मन्त्री तिमिल्सिनाले शिक्षकका मागप्रति सकारात्मक भएकाे तर आन्दोलनबाटै सबै समाधान नहुने बताए । सकारात्मक माग रचनात्मक शैलीबाट प्राप्त गर्ने परिपाटी बसाल्ने मानसिकताकाे विकास गर्नुपर्नेमा जाेड दिए । मन्त्री तिमिल्सिनाले शिक्षामा सुधार भए मात्र समाज शुद्ध बनाउन सकिने बताए । हरेक कुराकाे समाधान आन्दाेलन बन्ने मानसिकताबाट मुक्त हुन जरूरी रहेको उनले बताए । परिवर्तन आन्दोलनले भन्दा कामले गर्दछ भन्ने मानसिकताकाे विकास गर्नुका साथै काममा जाेड दिन आवश्यक छ । भीडबाट परिवर्तन सम्भव छैन ।´
देशमा व्याप्त समस्या समाधानका लागि पटकपटक देशकाे व्यवस्था परिवर्तन भएकाे मन्त्री तिमिल्सिनाले बताए । `नागरिककाे अवस्था परिवर्तनका लागि मुलुकमा पछिल्लो राजनीतिक व्यवस्था परिवर्तन हाे । याे व्यवस्थाले नागरिकको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने मलाई थाहा छ । म कसैकाे शिर झुक्न नदिने गरी काम गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म संस्थागत विद्यालयकाे शिर झुक्न दिँदैन यसमा विश्वस्त रहनुहाेस् ।´ दाङकाे लमहीमा प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा शिक्षा समृद्धिका आधार संस्थागत विद्यालय हाम्राे सराेकार विषयक शैक्षिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्याका विषयमा छलफल गरिएकाे थियाे । लुम्बिनी प्रदेश शैक्षिक हवका रूपमा रहेकाे बताउँदै शैक्षिक नीति, प्रणालीलाई अझ सुदृढ बनाउन प्रदेश सरकारले रणनीति बनाउनुपर्नेमा अध्यक्ष पाण्डेले जाेड दिएका थिए । वरिष्ठ उपाध्यक्ष धनराज चपाईंकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव कृष्ण प्रसाद शर्माले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस