दाङ,१५ चैत । एक महिलालाई बिजुलीको पोल्मा बाँधेर निर्घात कुटपिट गरिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा निर्घात कुटपिट गरिएको हो । श्रमिकको रूपमा काम गर्दै आएकी शिला बिजुलीको पोलमा बाँधेर स्थानीय महिला पुरुषले निर्घात कुटपिट गरेको सर्वजनिक भए पछि
केहि राजनीतिक दलहरु घटना लुकाउने प्रयासमा समेत लागेको खुलेको छ ।
शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ। शिलाले जीवनयापनका लागि सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ,’ अधिकारकर्मी खड्काले भनिन्, ‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।’
स्थानीयका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।
भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । ‘हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो,’ उनले भने, ‘पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
‘
शिलाले जीवनयापनका लागि सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ,’ अधिकारकर्मी खड्काले भनिन्, ‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।’
स्थानीयका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।
भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । ‘हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो,’ उनले भने, ‘पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
‘स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर सवाल पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो,’ अधिकारकर्मी खड्काले भनिन्, ‘एक अबला नारीलाई रातिको समयमा बोलाएर, पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ ।’
शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए। घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पिडीत्ले जनाएकि छ्न । घटना २/३ दिन अगाडि घटेको थियो ।
स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर सवाल पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो,’ अधिकारकर्मी खड्काले भनिन्, ‘एक अबला नारीलाई रातिको समयमा बोलाएर, पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ ।’
शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए। घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पिडीत्ले जनाएकि छ्न । घटना २/३ दिन अगाडि घटेको थियो ।
भिडियो लिंक : https://www.facebook.com/share/r/1AJbU26c78/
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची , १३ चैत । अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटनामा भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भने २५ जना बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।
दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको छ ।
बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १३ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् । नेपाली कांग्रेस दाङको चैत २९ गते हुने तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य शर्मा दाङ आउन लागेका हुन् ।
नेपाली कांग्रेस दाङको पदाधिकारी एवम् तयारी समितिका संयोजकहरूको मङ्गलवार घोराहीमा बसेको बैठकले तेस्रो जिल्ला सम्मेलन चैत २९ गते घोराहीमा गर्ने निर्णय गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । जिल्ला सचिव योगीका अनुसार जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री शर्मालगायतका नेता दाङ आउन लागेका हुन् ।
नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन घोराही उपमहानगरपालिका–१४ स्थित बहुउद्देश्यीय सभागृहमा हुने भएको छ । सम्मेलनको तयारी अन्तर्गत सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेदेखि अतिथिलाई निमन्त्रणा लगायतको काम भइरहेको नेपाली कांग्रेस दाङका सचिव योगीले बताए । कांग्रेस दाङको फागुन ४ गते बसेको बैठकले नेपाली कांग्रेस दाङका उपसभापति कमानसिं भारतीको संयोजकत्वमा जिल्ला उपसभापति गिरिराज सुवेदी, सहसचिवहरू राजु आचार्य र सुबोधकुमार डाँगी, जिल्ला सदस्यहरू भोला अधिकारी, रेखबहादुर वली, बिमला शर्मा सदस्य रहेको सम्मान समिति, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालको संयोजकत्वमा जिल्ला सदस्यहरू वीरबहादुर खत्री, जुद्धबहादुर जिएम, रेखबहादुर वली, गौरव आचार्य, शिवहरि गौतम, बिना खनाल, सुशीला गुरुङ र केशरा पोख्रेल सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरेको थियो ।
यसैगरी नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीको संयोजकत्वमा जिल्ला सदस्यहरू टंकसिं बुढाथोकी, रेखबहादुर वली, घना डिसी, मुक्ता बादी सदस्य रहेको चिया, नास्ता व्यवस्थापन समिति, जिल्ला सचिव अर्जुनकुमार योगीको संयोजकत्वमा सहसचिव सुबोधकुमार डाँगी, सदस्यहरू निर्मल न्यौपाने, प्रदीप मजगैयाँ, भोला अधिकारी, कुन्ती डिसी र चेतना चौधरी सदस्य रहेको प्रतिवेदन लेखन र छपाइ समिति, जिल्ला सहसचिव सुबोधकुमार डाँगीको संयोजकत्वमा उपस्थिति समिति गठन गरेको थियो ।
समिति अन्तर्गत जिल्ला सदस्य टंकसिंह बुढाथोकीलाई बबई गाउँपालिका, शोभाकर न्यौपानेलाई दंगीशरण गाउँपालिका, सुरेन्द्र शाहलाई शान्तिनगर गाउँपालिका, गद्दुलाल चौधरी र शान्ता पाण्डेयलाई तुलसीपुर उपमहानगरपालिका, किरणकुमार रेग्मीलाई घोराही उपमहानगरपालिका, जितबहादुर वली र पूर्णबहादुर बस्नेतलाई बंगलाचुली गाउँपालिका, बालकुमारी पोख्रेललाई राजपुर गाउँपालिका, उमाकान्त पन्त र विष्णु बसेललाई गढवा गाउँपालिका र गोबर्धन रावत र सोनु भण्डारीलाई राप्ती गाउँपालिकाको जिम्मेवारी दिइएको छ । बैठक नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा बसेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ चैत । नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसकाे अपराजित यात्रा कायमै रहेकाे छ । पुलिसले दिएकाे १४८ रनकाे विजयी लक्ष्य पछ्याएकाे कर्णाली प्रदेशले शुरुवात राम्रो गरेपनि ललितनाररायण राजवंशीकाे कशिलाे बलिङमा कर्णाली २४ अाेभरमा अलअाउट हुँदै १०३ रनमा समेेटियाे । मध्यम लक्ष्य पाएपनि कर्णालीलाई आजकाे जीत अपरीहार्य थियाे ।
कर्णालीका लागि रविन्द्र शाहीले राम्रो शुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले लय पकड्न नसक्दा हार व्यहाेर्याे ।
रविन्द्रले ३२ बलमा २ छक्का र ७ चाैकाकाे मद्दतमा ४९ रन जाेडेर सागर ढकालकाे बलमा बाेल्ड भए ।
त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने काेशिस गरेपनि पुलिसले ३० रनमा पेभेलियन फर्कायाे । अर्जुनले ४२ बलमा १ छक्का र ३ चाैकाकाे सहयाेगमा ३० रन जाेडेर ललितकाे बलमा क्याच अाउट भए । सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए । ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई अाउट गर्दै ९ अाेभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे । सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्याे ।
जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलाे खेलाडी पनि बनेका छन् । उनले हालसम्म १०३ विकेट लिईसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीकाे शीर्ष स्थानमा छन् ।
यसअघि, टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेपाल पुलिस क्लबले ४८ अाेभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएकाे थियाे । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जाेडे । उनले ६० बल खेल्दै ४ चाैकाा र १ छक्काकाे मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दीलिप नाथले ५९ बलमा २ चाैकासहित ३४ रन बनाएर दिवान पुनकाे बलमा एलबीडब्लू भए ।
पुलसिका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनकाे साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए ।अन्तिम विकेटका रुपमा अाएका सागर ढकालले अविजित २२ रन जाेडे ।
पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, अारिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर अाउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलाे बलमा बाेल्ड भए ।
कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १-१ विकेट लिए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
कर्णाली प्रदेश टीम पाँचौं स्थानमा रहेकाे छ। अहिलेसम्म ८ खेल खेलीसकेको पुलिस क्लब ८ खेलमा सतप्रतिशत जीत निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ५ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ । याेसँगै दाङमा १४ खेल सकिएका छन् । अबका बाँकी खेल रुपन्देहीमा हुनेछन् । प्रतियोगिताकाे फाईनल खेल चैत १६ गते सिद्धार्थ क्रिकेट रंगशालामा हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
सोमबार देखि नै आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको ३१ घण्टा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डिएसपी शाहले जानकारी दिए ।
आगो नियन्त्रणका लागि दाङ लगाएत बाँके , बर्दिया , कपिलवस्तु र रुपन्देहीबाट पनि दमकल ल्याइएको भए पनि आगोनियन्त्रण मा सकस भैरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।
दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, नेपागंज उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।
उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डिएसपी शाहले जानकारी दिए । आगलागीबाट अरब नजिक क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आउन सकेको छैन । आगलागिको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।
यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
देविराम कुसारी
दाङ, ११ चैत। मानवीय सहायता नेपाल र घोराही उप-महानगरपालिका वडा नम्बर १५ को साझेदारीमा युवाका लागि लागु अैाषध तथा मनोसामाजिक एक दिने सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले भौतिक भन्दा मानसिक समस्या तर्फ गम्भिर हुनु पर्ने वताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले लागु अैाषध दुर्वेसानी र मनोसामाजिक समस्याले युवालाई बढी असर पारेको भन्दै यस तर्फ युवा सचेत हुनुपर्ने बताए । कार्यक्रममा वडा सदस्य दुर्गा नेपाली, सहभागि पुष्पा वली, मिलन बुढा, शुसिल सुनार लगाएतले बोलेका थियो ।
संस्थाका अर्चना शर्माको स्वागतबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक तुलबहादुर बिकले लागु अैाषधका बारेमा सचेतना गराएका थिए। त्यसैगरी मनोसामाजिक विमर्षकर्ता जानु थापाले मनोसामाजिक समस्याका बारेमा जानकारी गराए ।
संस्थाका सरस्वती चौधरीले सहजिकरण गरेको कार्यक्रममा विभिन्न विद्यलय र अन्यगरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ चैत ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेश विरुद्ध ९ विकेटको सहज जीत निकालेकाे छ ।
कर्णालीले दिएकाे ५९ रनकाे सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ ओभरमा २६१ बल अगावै ९ विकेटको जीत हासिल गर्याे ।
आशुताेष घिरैया २० बलमा ४ चाैकासहित १९ रनमा र शुभ कंशाकार ९ बलमा १ छक्का र २ चाैकासहित १६ रनमा अविजित रहँदै जीत दिलाए । ईशान पाण्डेले ११ बलमा १ छक्का र २ चाैकासहित २२ रन जाेडे । बलिङमा कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीका खेलाडी रिजन ढकाल र सूर्य तामाकाे बलमा लगातार पेभेलियन फर्किएपछि १९ दशमलव १ ओभरमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियाे ।
सुनिल धमलाले १५ रन जाेड्नु बाहेक अरु खेलाडी सस्तैमा समेटिए। रविन्द्र शाही ८ रन, विपिन शाही २ रन, राज शाह २ रन, दीपेन्द्र रावत ५ रन, अर्जुन घर्ती ५ रन, दिनेश रावत ५ रन, दिनेश अधिकारी ४ रन, प्रकाश जैशी ४ रनमा अाउट भए ।
गण्डकीका रिजन ढकालले ८ दशमलव १ अाेभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले ७ अाेभरमा २ मेडनसहित १७ रन दिएर ४ विकेट लिए ।
गण्डकीलाई सहज जीत दिलाउने अाधार तयार गरि पाँच विकेेट लिएका रिजन ढकाल प्लेयर अफ द म्याच भए ।
प्रतियोगितामा कर्णाली विरुद्ध सहज जीत निकाल्दै वाग्मती कुल ८ अंकका साथ चाैथाे स्थानमा उक्लिएकाे छ । कर्णाली प्रदेश भने आजकाे हारसँगै पाँचौं स्थानमा झरेकाे छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ चैत । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ । उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,१० चैत । युवा ब्याटर किरण ठगुन्नाकाे शतककाे मद्दतमा सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई ३१ रनले पराजित गरेकाे छ । दाङको लमहीमा जारी प्रतियोगितामा २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनकाे जीत हासिल गरेकाे हाे ।
सुदूरपश्चिमलाई जीत दिलाउन किरण ठगुन्नाले ११५ रन बनाए ।
२४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जाेडे । उनले ६६ बलमा ११ चाैकासहित ६६ रन बनाएर साैर्य श्रेष्ठको बलमा अाउट भए ।
कप्तान अंकित सुवेदी २६ बलमा ६ चाैकासहित ३८ रन जाेडेर रनअाउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काकाे मद्दतमा ३८ रन जाेडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चाैकासहित ३६ रन बनाए । दिपेश कँडेलले १४ रन जाेडे ।
काेशीलाई हराउन सुदूरपश्चिमका साैर्य श्रेष्ठले ९ अाेभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भाेजराज भट्टले ४ दशमलब १ अाेभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जाेशी र राहुल भण्डारीले १-१ विकेट लिए
टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमका किरण ठगुन्नाकाे शतकीय पारीमा २४२ रन बनाएकाे थियाे ।
सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए । उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ अाेभरमा सबै विकेट गुमाउँदै २४२ रन जाेड्याे । सुदूरपश्चिमकाे पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बाेहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जाेशी समान १४-१४ रन बनाएर अाउट भए ।
साैर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर।अाउट भए ।
काेशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ अाेभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए ।
फिर्दाेश अन्सारीले ८ अाेभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ अाेभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल, प्रकाश कार्कीले १-१ विकेट लिए । काेशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ द म्याच भए ।
८ खेल खेलीसकेको सुदूरपश्चिम ३ मा जीत र ५ मा हार व्यहाेर्दै ६ अंकका साथ साताैँ स्थानमा छ भने समान ८ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ७ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस