दाङ, २ चैत्र । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उपभोक्ताहरूको हितमा काम गर्ने सक्षम नेतृत्व चयन गर्न उपमहानगरपालिकाको अरनीको मैदानमा मतदान प्रक्रिया सुरु भएको छ ।
संस्थाको नेतृत्वका लागि यसपटक तीनवटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका तर्फबाट वर्तमान अध्यक्ष यमकान्त भण्डारी पुनः अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट पूर्व सचिव मनोज लामिछाने अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट निवर्तमान उपाध्यक्ष सिताराम शर्मा आचार्य नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको छ।
संस्थाका उपभोक्ताहरूले यो निर्वाचनलाई विशेष चासोका साथ हेरिरहेका छन्। उनीहरूको प्रमुख सरोकार भनेको खानेपानी सेवाको गुणस्तर सुधार, संस्थाको पारदर्शिता, तथा सेवा प्रवाहको सुलभता हो। खानेपानीमा दश हजार नौ सय मतदाता रहेका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ फागुन । सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान कम्प्युटर सहयोग गरेको छ । बिहिबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर मिगल सिंह ठकुरीले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछाने, रजिस्ट्रार प्रा.श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिलाई ४ लाख मुल्यको कम्प्युटर हस्तान्तरण गरेका हुन ।
प्रतिष्ठानको सुचना प्रविधिलाई बलियो बनाउदै मेडिकल रेकर्ड प्रणालिलाई चुस्तदुरुस्त बनाउन कम्प्युटरले सहयोग पुर्याउने उपकुलपति डा. लामीछानेले बताए । लम्सालले प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई ब्यबस्थित बनाईने बताए ।विभिन्न वार्डमा रहेका बिरामिहरुको प्रबिधिको सहयोगमा अभिलेखीकरण गरेर एकिकृत गर्न, डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताए । त्यस्तै बैंकका शाखा म्यानेजर ठकुरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ फागुन । दाङको घोराही-१४ मा रहेको शुभप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथी भएको आक्रमणको नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति दाङ सहित दाङमा क्रीयासिल शिक्षकका संघ संगठनद्वारा विरोध गरेका छन ।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा भएको सांघातिक आक्रमणको कडा विरोध गरिएको छ। विज्ञप्तिमा घोराही उपमहानगरपालिका वडा नं १४ अन्तर्गत विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेलामा गणपूरक संख्या नपुगी निर्णय प्रक्रिया अघि बढाउन खोजिएको थियो। सोही क्रममा स्थानीय अभिभावक समूहले आपत्ति जनाउँदै विरोध गरेका थिए। यसै क्रममा वडाध्यक्ष भानसिङ बुढाको नेतृत्वमा केही समूहले बलपूर्वक निर्णय गर्न दवाब दिँदै विद्यालयका प्रधानाध्यापक रुद्र बुढालाई कुटपिट गरेका छन्।
नेपाल शिक्षक महासंघले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा भएको यस्तो हिंसात्मक घटना दुःखद रहेको जनाएको छ। महासंघले शिक्षालयहरूलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन तथा शिक्षक तथा विद्यालय कर्मचारीलाई निर्भय वातावरणमा काम गर्न दिन सबै पक्षलाई आग्रह गरेको छ।

महासंघले दोषीलाई कानूनी कारबाहीको माग गर्दै शान्ति सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। साथै, शिक्षक तथा कर्मचारीहरूले सहज वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।
बिज्यप्तिमा नेपाल शिक्षक महासंघ, दाङका अध्यक्ष युवराज बस्नेत, नेपाल शिक्षक संघ, दाङका अध्यक्ष प्रकाश डागी , एकीकृत अखिल नेपाल शिक्षक संगठन, दाङ अध्यक्ष झक्कुप्रसाद केसि, अखिल नेपाल शिक्षक संगठन, दाङका अध्यक्ष धनिराम घर्ती मगर, अखिल नेपाल शिक्षक संघका रुमालप्रसाद बसेल,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, दाङका अध्यक्ष शुशिला पौडेल,नेपाल शिक्षक फोरम, दाङ जयराम यादव, विद्यालय कर्मचारी परिषद्, दाङका अध्यक्ष तप्तप्रसाद शर्माले हस्ताक्षर गरिएको संयुक्त बिज्ञानप्प्तिमा शिक्षक महासंघले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २८ फागुन । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद हुँदा दाङमा एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षले सोही वडामा रहेको शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढालाई कुटेका हुन् । एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिटभए पछि राजनीतिक तरङ आएको छ । मावि शुभ प्रभातको विद्यालय व्यवस्थापन समितिको बैठकमा विब्यस गठनमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा एमालेबाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बनाइनु पार्ने भन्दै आएका थिए । अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका आरोक लगाउदै प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेको अभिभावकहरुले बताए । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले आफुलाई कुटपिट गरेको प्रधानाध्यापक बुढाले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २८ फाल्गुन । तुलसीपुरमा इन्स्योरको सिकाइ अनुभव आदानप्रदान कार्यक्रम भएको छ। इन्स्योर परियोजना सञ्चालन भएको माध्यमिक विद्यालय तुल्सीपुर सेन्टरसँग आबद्ध भएका प्रशिक्षार्थी र उद्योगी ब्यबसयि र विद्यालय बीच सिकाइ अनुभव आदानप्रदान कार्यक्रम गरिएको हो ।
२४ महिने निःशुल्क इन्स्योर परियोजना कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू र उनीहरूलाई विभिन्न उद्योग व्यवसायका प्रतिनिधिहरूबीच सिकाई अनुभव आदानप्रदान समस्यस, उपलब्धि , आबश्यक्ताको सिकाइ अनुभब आदान प्रदान गरिएको छ ।
इन्स्योर परियोजना लुम्बिनीका प्राबिधिक संयोजक राजकुमार सेती महतको अध्यक्षतामा भएको कार्यक्रममा माध्यमिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले इन्स्योरको शिक्षाले विद्यार्थीहरूको सीप, दक्षता,क्षमता अभिवृद्धि तथा रोजगार सिर्जना गर्ने बताए । उनले यो गोल्डेन अपर्चुनिटी भएको हुँदा यसलाई पूर्णरुपमा प्रशिक्षार्थीहरुले सदुपयोग गर्नुपर्ने बताए । शैक्षिक सत्र २०८/०८१ का दुई संकायमा विद्यार्थीहरुलाई इन्स्योरले सीप सिकाइरहेको छ इलेक्ट्रिक र आइटी संकायका विद्यार्थीहरूले यो सीप सिकिरहेको र अहिले प्रशिक्षार्थी लागिका रुप्मस विभिन्न निकायहरूमा प्रयोगात्मक गरिरहेको समेत जानकारी गराइएको थियो। ज्ञान र सीपसँगै उद्यमशीलता स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम विद्यालयमा सञ्चालन गरिएको प्रधानाध्यापक पौडेलले जानकारी दिए।
इन्स्योरका लुम्बिनी प्रदेश प्राविधिक संयोजक राजकुमार सेतीमहरले कार्यक्रमको विषयवस्तु बारेमा जानकारी गराएका थिए । उन्ले त्यसको प्रक्रिया र अवस्थाको बारेमा समेत जानकारी गराएका थिए। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशकुमार राजभण्डारीले यस्ता कार्यक्रमहरूले उद्योग र व्यवसायमा नयाँ आयमा ल्याउने बताए उनले विद्यार्थीहरूको सिपलाई उद्योगले र व्यवसायले जोड्न सकेमा झन् फराकिलो र व्यवस्थित रहने समेत विश्वास व्यक्त गरे । प्रशिक्षार्थीका रूपमा उद्योगहरूमा जाने विद्यार्थीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराई उनीहरूलाई पेशा सीप र व्यवसायमा उत्प्रेणा थप्नुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले विभिन्न समस्याहरू रहेको र उपलब्धिहरु पनि प्रशस्त रहेको बताएका थिए। उनीहरुले निःशुल्क रुपमा आठ घण्टा काम गर्नुपर्दा केही समस्या रहेकोले थोरै भएपनि पारिश्रमिकको व्यवस्थापन गर्न सुझाएका थिए । अपेक्षा अनुसार आफूहरुले सिप सिकिरहेको र व्यवसाय र व्यवसायीहरूले केही महत्त्व दिन सके अझ आफ्नो सिप र क्षमताको विकास हुने बताएका थिए।
माध्यमिक विद्यालय तुल्सीपुर सेन्टरका लेखापाल धर्मराज पौडेलले विद्यार्थी व्यवसाय र विद्यालय बीचको समन्वयबाट मात्रै सीप सिकेको सदुपयोग हुने र त्यसले आम क्षेत्रमा विकास गर्ने बताए उनले अनुशासन र व्यवसायिकतामा प्रशिक्षार्थीहरु पूर्ण रुपमा रहनुपर्ने समेत बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ फागुन । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन मा दुई प्यानल खडा भएका छन । नेपाल विद्यार्थी संघ र संयुक्त प्यानल प्रतिस्पर्धामा देखिएका हुन ।
सभापति पदका लागि भने चार जनाको उम्मेदवारी दर्ता गराएका छन । आगामी चैत ५ गते स्ववियु चुनावका लागि नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवारी दिएका हुन । नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघबाट प्रमोद भण्डारीको नेतृत्वमा उम्मेदवारी परेको छ ।
संयुक्त बिद्यार्थी प्यानलको तर्फ बाट सभापतिमा लेखमणी खत्री (लक्ष्मण) को उम्मेदवारी परेको छ । लक्ष्मण पनि नेविसंघकै नेता हुन । टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आँफु नेतृत्वमा बिभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका छन् ।
त्यस्तै स्वतन्त्र रुपमा दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् । कृष्ण केसी (डेभिड खत्री) र कोमलबहादुर वली (केबी)ले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र तर्फका अर्का उम्मेदवार निरज बस्यालको आवश्यक प्रमाणपत्र नपुगेका कारण उनको उम्मेदवारी भने निर्वाचन समितिले खारेज गरि दिएको स्ववियु निर्वाचन समितिका उपप्रमुख सुर्य शर्माले बताए ।सचिव पदमा नेविसंघबाट टोपबहादुर वली, संयुक्त बिद्यार्थी प्यानलबाट सोनिया थापा, स्वतन्त्रवाट संकिता डाँगीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघबाट शिक्षा नेपाली, संयुक्त बिद्यार्थी प्यानलबाट तिलकराज डाँगी र स्वतन्त्रबाट आसिक मियाँ उम्मेदवार छन् ।
नेविसंघका प्रत्यक्ष तर्फका सददस्य पदका उम्मेदवार
१ – मनिषा चौधरी
२– रुपेश चौधरी
३– यामकुमारी भण्डारी
४– सञ्जिब चौधरी
५– प्रशान्त खनाल
६– ममता वली
७– करुणा नेपाली
८– लक्ष्मण वली
नेविसंघका प्रत्यक्ष तर्फका दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नेविसंघका समानुपातिक तर्फका उम्मेदवार
१– नबिन खड्का
२– अभिषेक कुसुन्डा
३– सुभाश केसी
४– जानकीकुमारी भुसाल
५– सन्तोष खड्का
६– प्रिया सेन
७– निश्चलसिंह बिष्ट
८– सुस्मिता केसी
९– अर्जुन भट्टराई
१०– रेशम खड्का
११– सुजल आचार्य
१२– चन्द्रप्रकाश केसी
१३– विकास न्यौंपाने
१४– भविष चौलागाँई
१५– सुगम केसी
संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फका सदस्य पदका उम्मेदवार
१ – नेबबहादुर भण्डारी (नबीन)
२– कबि सेन
३– प्रेम केसी
४– दिलिप शर्मा (दीपक)
५– अनिता खड्का
६– तुलसीराम भण्डारी
संयुक्त बिद्यार्थी प्यानलका समानुपातिक तर्फका उम्मेदवार
१– हेमन्त प्रकाश वली
२– मनोज रावत
३– भद्रबहादुर खत्री (भुपेस)
४– पूर्णिमा बस्नेत (सपना)
५– जर्नादन वली
६– देवबहादुर वली
७– प्रमोद नेपाली
८– कमल कँडेल
९– संकल्प बस्नेत
१०– सुरजकुमार बुढाथोकी
११– राजु बिक
१२– सुमन भण्डारी
१३– ओदबहादुर भण्डारी
संयुक्त बिद्यार्थी प्यानलबाट समानुपातिक तर्फपनि जम्मा १३ जना मात्रै उम्मेदवार प्रस्तुत गरेको हुँदा यसमा पनि नेविसंघलाई स्वतह लाभ हुने देखिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका हुन्।
यसअघि, फागुन २६ गते उम्मेदवारहरूको लागि मनोनयन पत्र वितरण गरिएको थियो। निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । फागुन २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध तथा छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। फागुन २९ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन हुनेछ। यसपटकको निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा, २६ फागुन।
रोल्पाको सुनछहरी गाउँपालिका–६ जैमाकसलाका पूर्व वडाअध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईमा मृत्यु भएको छ । उनी सुनछहरी गाउँ पालिका वडा नं ६ का २०७४ का अध्यक्ष हुन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीयत तहकै निर्वाचनमा पुनः वडाअध्यक्षको उम्मेदवार रहेका थिए । वडाअध्यक्षमा पराजित बनेपछि उनी रसिया गएका थिए । पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए । रसिया र युक्रेनको बेलाबेला भइरहने लडाईले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसवुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ ।
परिवारले फागुन २४ गते मात्र उनको मृत्युको थाहा पाएका थिए । बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । केही हप्तादेखि सम्पर्क विहिन बनेपछि परिवार आत्तिएका थिए । उनको मृत्यु भएको यकिन मिति समेत थाहा भएको छैन । उनले रसियाको सेना छाडेर घर आउने पनि बताउदै आएको आफन्त बताउँछन् ।
सोमबार बेलुका उनको मृत्युको खबर सामाजिक संजालमा फैलिएको थियो । वडाको पूर्वअध्यक्ष भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेता समेत रहेका थिए ।
सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना निकै दुःखद भएको वताए । ‘म गाउँपालिकामा अध्यक्ष निर्वाचित हुँदा उहाँ वडाअध्यक्ष निर्वाचित हुनु भएको थियो । पाँच वर्ष सहकार्य गरियो ।’, गाउँपालिकाका पूर्वअध्यक्ष पुनले भने, ‘उहाँको मृत्युको खबरले स्तब्ध भएको छु ।’
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६फागुन ।
दानको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उम्मेदवारहरुलाई सोमबार निर्वाचन समितिले चुनाब चिन्ह दिएको छ ।
निर्वाचन मा तिन समुह बीच प्रतिस्पर्धा रहेको छ । काङ्ग्रेस , एमाले र माओवादी समर्थित प्यानल खडा भएका छ्न ।
नेपाली काँग्रेसको समर्थनमा रहेको लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ‘घडी’ चुनाब चिन्ह पाएका छन् । भण्डारी नेतृत्वको टिमको उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रशाद शर्माले ‘भाले’ , सचिव पदका उम्मेदवार रञ्जनकुमार गौतमले ‘माछा’ र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाको भागमा ‘पुतली’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
त्यस्तै भण्डारी नेतृत्वकै टिममा खुल्ला सदस्य तर्फ प्रमोदकुमार योगी (शरद) ले ‘चस्मा’ र बुद्धिराम चौधरीले ‘कार’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यहरु तर्फ लुमा बुढा मगरले ‘डमरु’ , सुष्मा अधिकारीले ‘चरा’ र शारदा सार्कीले ‘हात्ती’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
निर्वाचन समितिका संयोजक प्रदीपककुमार धितालका अनुसार उम्मेदवारहरुले आँफै चुनाब चिन्ह रोजेका थिए । सोमबार बेलुका ४ बजेसम्म उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने समय सीमा रहेको छ ।
खानेपानी चुनाबमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिएका छने भने नेकपा माओबादी केन्द्रको छुट्टै टिमपनि चुनाबी मैदानमा छ ।
खानेपानीको नेतृत्व चुन्नका लागि चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदानको समय तोकिएको छ ।
त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२५ फागुन । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन।
नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।
देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस