दाङ,२१ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हिटलर’ भनेर प्रश्न सोधेका दुई पत्रकारको संसद भवन प्रवेश पास निलम्बन गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले त्यसको कडा आलोचना गरेकी छन्। उनले फेसबुकमा लेख्दै प्रश्न गर्ने अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्।
गौतमले आफ्नो स्टाटसमा लेखेकी छन्, “एक समय थियो, जब मिडियामा देखिन नेताहरू आफैं माइक खोज्थे। तर अब जनताले आफैं प्रश्न गर्न थालेका छन्, सत्ता बोल्न बाध्य पार्दैछन्। संसद जनताको आवाज उठ्ने थलो हो, सत्ता चलाउनेको अहंकारको महल होइन!”
गत फागुन ४ गते ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठले संसद भवन परिसरमा प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ र ‘तानाशाह’ भनेर प्रश्न गरेका थिए। त्यसपछि संसदीय मर्यादा उल्लंघन भएको भन्दै संसद सचिवालयले उनीहरूको पास एक महिनाका लागि निलम्बन गरेको हो।
सांसद गौतमले पत्रकारहरूको निलम्बन फुकुवा गर्न माग गर्दै लेखेकी छन्, “प्रश्नहरू टर्टा लाग्नु स्वाभाविक हो, तर यदि देशको अवस्था मिठो हुन्थ्यो भने, प्रश्नहरू पनि मिठा आउँथे। प्रश्नलाई दबाउनु सट्टा सबैले समेट्ने गरी काम गर्नुस्। खुशीले जोडेर लैजानुस । संख्याको शक्ति त कुनै बेला भत्किन सक्छ ।प्रकाश ओली र किशोरकुमार श्रेष्ठको निलम्बन फुकुवा गर्नुस ।”
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ फागुन ।दाङको तुलसीपुरमा जुवा खेल्दै गरेका ११ जनालाइ प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका-९, रामनगर टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरेको हो।
प्रहरीका अनुसार, २०८१ फागुन २१ गते बेलुकी करिब साढे ४ बजे अबैध जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरीले सो स्थानमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबाट नगद रू. १,१६,८०० एक लाख सोह्र हजार आठ सय रुपैयाँ र ७ गड्डी तास बरामद गरेको छ।
पक्राउ परेका ११ जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २१ फागुन। अभौतिक मुद्रा (क्रिप्टो करेंसी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित ६ जनालाई हिरासतमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी, र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ।
सशस्त्र हवल्दार केसीको खातामा ७ लाख रुपैयाँ भेटिएको छ, जुन क्रिप्टो कारोबारी रोशन गुरुङको लुटिएको १४ लाख रुपैयाँको हिस्सा हो। प्रहरी स्रोतका अनुसार, केसीको खातामा भेटिएको रकम रोक्का गरिएको छ र अनुसन्धान प्रक्रिया सुरु भएको छ।
पक्राउ परेका अन्य व्यक्तिहरूले बयान दिएका छन् कि उक्त ७ लाख रुपैयाँ सहायक हवल्दार केसीले लुटेको रकम बुझेका थिए।
गुरुङसँग रहेको १४ लाख रुपैयाँ लुटिएको समयमा प्रहरी परिचय पत्र र हत्कडी देखाइएको थियो। यस प्रकरणमा मोरङका कपिल बस्नेत, संजोक तामाङ, र मनिसकुमार राय समेत पक्राउ परेका छन्। कपिल र संजोकबाट १२ लाख १० हजार रुपैयाँ बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा, गुरुङले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रुपैयाँको क्रिप्टो कारोबार गरेको खुलासा भएको छ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको एसपी अपिलराज बोहोराले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २१ फागुन। भारतबाट चाँदी तस्करी गर्दै काठमाडौं ल्याउने गिरोह पक्राउ परेपछि यो अवैध धन्दाको पर्दाफास भएको छ। काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेपछि तस्करीको शैली, संलग्न व्यक्तिहरू र कारोबारको तरिका बाहिर आएको हो। अनुसन्धानका क्रममा तस्करहरूले मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने गरेको खुलेको छ।
तस्करहरू पहिले भारतबाट चाँदी लुकाएर वीरगञ्ज ल्याउँथे। त्यहाँबाट मोटरसाइकलमा काठमाडौंको नरेफाँट पुर्याइन्थ्यो। चाँदीलाई धुलो जस्तो मसिनो बनाएर ल्याइन्थ्यो ताकि सजिलै लुकाउन सकियोस्।
यसरी काठमाडौं आइपुगेको चाँदी नरेफाँटमा भण्डारण गरिन्थ्यो। त्यसपछि विभिन्न सुनचाँदी पसलहरूमा बिक्री गरिन्थ्यो।
यस गिरोहका मुख्य नाइके बाराका सन्तोषकुमार साह रहेको खुलेको छ। पहिले कलैयामा सुनचाँदीको पसल चलाएका सन्तोषले ऋण तिर्न नसकेपछि पसल बेचेर दुबई गएका थिए। ११ महिना दुबई बसेर फर्केपछि उनले चितवनमा होटल सञ्चालन गरे। होटल पनि बिक्री गरेपछि उनी चाँदी तस्करीमा लागेको अनुसन्धानबाट खुलेको छ।
तस्करीका लागि उनले प्रेमकुमार कुशवाह र गणेश साहलाई भरिया बनाएर प्रयोग गर्थे। वीरगञ्जबाट चाँदी लिएर काठमाडौं ल्याए बापत यी भरियाहरूले ८ देखि १० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गर्थे।
तस्करीको प्रक्रिया निकै योजनाबद्ध थियो। भारतबाट चाँदी नेपाल भित्र्याउने काम भारतीय नागरिकहरूकै सहयोगमा हुने गर्थ्यो। भारतीयहरूले चाँदीलाई सीमा पार गराइ वीरगञ्ज ल्याइदिन्थे।
त्यसपछि सन्तोषका भरियाहरूले मोटरसाइकलमा लुकाएर काठमाडौं पुर्याउँथे। मोटरसाइकलको इन्धन ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने, धुलोजस्तो मसिनो दानामा परिणत गरी सजिलै ओसारपसार गर्ने र काठमाडौं ल्याएपछि नरेफाँटमा भण्डारण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
सन्तोषको यो धन्दामा उनकी प्रेमिका विपना सार्की पनि संलग्न थिइन्। ब्युटिपार्लर सिक्दै गरेकी विपनाले प्रेमी सन्तोषलाई चाँदी बेच्न सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ। पक्राउ परेका अन्य व्यक्ति दिनानाथ साह सुनार भने चाँदीको सप्लाइमा संलग्न रहेको खुलेको छ। उनी काठमाडौं ल्याइपुर्याइएको चाँदी सन्तोषले भनेका स्थानमा पठाउने काम गर्थे।
यो गिरोह महिनामा कम्तीमा तीन पटक चाँदी तस्करी गर्ने गर्थ्यो। एक पटकमा १५ देखि २० किलो चाँदी ल्याइन्थ्यो। प्रहरीले यो गिरोहलाई पक्राउ गरेपछि उनीहरूबाट चाँदी तौलने तराजु, पैसा गन्ने मेसिन र तस्करीमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ। अब उनीहरूलाई राजस्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको छ र कानुनी प्रक्रिया अघि बढाइनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई “हिटलर” र “तानाशाह” भन्ने शब्द प्रयोग गर्दै प्रश्न सोधेका दुई पत्रकारको संघीय संसद सचिवालयले पास निलम्बन गरेको छ।
सचिवालयले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिनाका लागि संसद भवन प्रवेशमा रोक लगाएको हो।
गत फागुन ४ गते संसद भवन परिसरमा प्रधानमन्त्री ओलीलाई सोधिएको प्रश्नलाई लिएर सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले संसदमा ध्यानाकर्षण गराएपछि सचिवालयले निर्णय लिएको हो। सचिवालयका अनुसार पत्रकार आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो।
स्रोतका अनुसार, किशोरकुमार श्रेष्ठ एमालेकै पूर्व वडा सदस्य उम्मेदवार हुन् भने प्रकाश ओली विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। संसद सचिवालयले बुधबारसम्म उनीहरूको पास फिर्ता गर्न निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची ,२१ फागुन । अर्घाखाँचीको मालारानी गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बुटवलबाट मालारानी गाउँपालिका–२, ढाडचौरतर्फ जाँदै गरेको लु.१ ज.४२२६ नम्बरको सवारी जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक मालारानी गाउँपालिका–२ निवासी ५० वर्षीय कृष्णलाल मरासिनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२१ फागुन । काठमाडौं विश्वविद्यालय (केयू)ले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफरमार्फत शैक्षिक कार्यक्रम पूरा गर्न दिने भएको छ ।
विभिन्न कारणले विदेशी विश्वविद्यालयमा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी यस्तो निर्णय गरिएको केयूले जनाएको छ ।
विद्यमान क्रेडिट अकुमुलेसन फ्रेमवर्क भित्र रहेर अध्यापन गराइने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् ।
क्रेडिट ट्रन्सफरका निम्ति केयूले आशयपत्रका लागि आह्वान गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बेओग्रेड, सर्बिया। सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि संसद् भवनमा कोलाहल मच्चिएको छ। संसद् बैठक चलिरहेको बेला सांसदहरूले विरोधस्वरूप ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ।
विपक्षी सांसदहरूले हाल देशमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थन गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। संसद्भित्र सुरक्षा बलहरूले नियन्त्रण गर्न खोज्दा झडप भएको र त्यसक्रममा तीन जना सांसद घाइते भएको बताइएको छ। प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, एक सांसदलाई हृदयाघात भएको छ र उनको अवस्था गम्भीर छ।
चार महिनाअघि एउटा रेल स्टेशनको छाना खस्दा १५ जनाको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। आन्दोलन बिस्तारै व्यापक रूप लिँदै गएको छ।
सत्तारूढ पक्षले भने आन्दोलनलाई बाह्य शक्तिहरूले उचालेको दाबी गरेको छ। उनीहरूको आरोपअनुसार, पश्चिमा गुप्तचर निकायहरूले सरकारलाई अस्थिर बनाउन प्रदर्शनलाई उक्साइरहेका छन्।
तस्बिर एजेन्सी
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ फागुन । गाउँपालिकाका अध्यक्षकै संलग्नतामा लागुऔषध कारोबारको घटना सार्वजनिक भएको छ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित गाउँपालिकाका नगर प्रहरी रघुनाथ प्रसाद धोबीलाई मंगलबार दोषी ठहर गरेको हो।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा भारतीय नागरिक रामा गुप्ता (रामा साह) र जीतेन्द्र पासवानलाई फसाउने प्रयास भएको थियो। अध्यक्षकै योजनामा नगर प्रहरी धोबी र फरार अभियुक्त विवेकप्रसाद पाण्डे (मेन्टु)ले साह र पासवान चढेको मोटरसाइकल नजिक लागुऔषधको झोला फ्याँकेर फसाउन खोजेको आरोप लागेको थियो।
घटनापछि सदरमुकाम परासीमा व्यापक विरोध प्रदर्शन भएको थियो। प्रहरीकै मिलेमतोमा निर्दोषलाई फसाएको भन्दै आलोचना भएपछि प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।
नवलपरासी अदालतले अध्यक्ष गुप्तालाई लागुऔषध मुद्दामा अप्रत्यक्ष संलग्न रहेको ठहर गरेको छ। गाउँपालिकाका नगर प्रहरी रघुनाथ प्रसाद धोबी पनि दोषी ठहर भएका छन्। फरार अभियुक्त विवेकप्रसाद पाण्डे अझै पक्राउ परेका छैनन्।
अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारण फागुन २९ गते हुनेछ। लागुऔषध मुद्दामा २ वर्षदेखि १० वर्षसम्म कैद तथा १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ। अध्यक्ष गुप्तालाई भने आधा सजाय हुने व्यवस्था गरिएको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए।
अध्यक्ष गुप्ताको कबाडी व्यवसाय रहेको छ। उनी र भारतीय नागरिक साह तथा पासवानबीच करिब १ करोड ३५ लाख रुपैयाँ बराबरको कबाडी सामानको लेनदेनको विवाद रहेको खुलेको छ। सोही विवादका कारण अध्यक्ष गुप्ताले साह र पासवानलाई फसाएको आरोप लागेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ फागुन । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नुका साथै समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्दै कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयसमेत बैठकले गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कविन्द्र नेपाल, युवा तथा खेलकुद मन्त्रालयमा बलराम ढकाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा नारद गौतम तथा स्वास्थ्य मन्त्रालयमा दुर्गा लक्ष्मी श्रेष्ठलाई सचिवको जिम्मेवारी तोकिएको छ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार यी निर्णयहरूले प्रदेशको प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस