दाङ,२७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
आइतबार रास्वपाका पार्टी सभापति रवि लामिछानेले रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी, दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदी, रास्वपा दाङ जिल्ला उपाध्यक्ष अर्जुन के.सी. तथा क्षेत्र नं. ३ का संयोजक बलिराम खत्री लगायतको उपस्थिति रहेको थियो ।
रिजालले करिब ३० वर्ष लामो नेपाली कांग्रेससँगको राजनीतिक यात्रा अन्त्य गर्दै केही समयअघि पार्टी परित्याग गरेका थिए । त्यसपछि उनी आइतबार औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७वैशाख । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक प्रहरी चौकीमा आतंककारी आक्रमण हुँदा १५ प्रहरीको मृत्यु भएको छ ।
बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानका अनुसार ज्यान गुमाउने सबै प्रहरी कर्मचारी हुन् । घटनामा घाइते भएका तीन जनालाई अस्पताल ल्याइएको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
यसअघि प्रहरी अधिकारी सज्जाद खानको कार्यालयले फतेह खेल चौकीको भग्नावशेषबाट १२ जना प्रहरीको शव निकालिएको र तीन जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार बन्नु सहर बाहिर रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्काइएको थियो । विस्फोटपछि आक्रमणकारीहरू चौकीभित्र प्रवेश गरी प्रहरीमाथि गोली प्रहार गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके, २७ वैशाख । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । खजुरा गाउँपालिका–६, उढरापुरमा कारलाई ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बा.प्र. ००१–०३० च. २८५१ नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाका छोरा अरहान अहमद जोलाहाको मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार शनिबार साँझ भित्री सडकमा कार ब्याक गर्ने क्रममा सडकमा रहेका बालकलाई ठक्कर लागेको हो ।
घटनापछि कार चालक खजुरा गाउँपालिका–७ निवासी ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ वैशाख ।रोल्पामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गंगादेव गाउँपालिका वडा नं. ३ लोरीबिनिका ७८ वर्षीय टंक बहादुर वलीको शनिबार बिहान भीरबाट लडेर मृत्यु भएको हो ।
आइतबार बिहान करिब साढे नौ बजे वली आफ्नै घरबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको बाटोबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
वली बाटोमुनि घोप्टो अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिनावाङबाट प्रहरी सहायक निरीक्षक ललित बहादुर बुढाथोकीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल पुगेको टोलीले प्रारम्भिक जाँचका क्रममा वलीको घटनास्थलमै मृत्यु भइसकेको फेला पारेको बिरेन्द्र बिर विश्वकर्माले जानकारी दिएका छन् ।
उनका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय जिनावाङबाट करिब २० किलोमिटर दक्षिणमा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ वैशाख । सरकारले अध्यादेशमार्फत सार्वजनिक पदमा नियुक्त १ हजार ५ सय ९४ पदाधिकारीलाई एकमुष्ठ पदमुक्त गरेको निर्णय विवादमा परेको छ । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा गरिएको निर्णयप्रति सरोकारवालाले आपत्ति जनाएका छन् ।
सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई हटाएको दाबी गरे पनि सीटीईभीटीमा भने प्रशासनिक प्रकृतिको पदमा रहेका सदस्य सचिव ई. महेश भट्टराईलाई बर्खास्त गरिएको छ भने उपाध्यक्ष मोहम्मद सफिउल्लाहलाई निरन्तरता दिइएको छ । यसले निर्णयमाथि विभेदपूर्ण र पूर्वाग्राही भएको आरोप लागेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्यादेश जारी भएको तीन दिनमै भट्टराईलाई बर्खास्ती पत्र पठाएको थियो । तर, परिषद्कै उपाध्यक्षजस्तो राजनीतिक पदमा रहेका सफिउल्लाहलाई भने यथावत राखिएको छ । यसले सरकारको निर्णयमाथि नैतिक प्रश्न उठेको छ ।
कर्मचारीहरूका अनुसार सदस्य सचिव पद प्रशासनिक प्रकृतिको हो र परिषद्का कर्मचारीमध्येबाट नियुक्त गरिने प्रावधान रहेको छ । त्यसैले उक्त पदलाई राजनीतिक नियुक्ति भन्न नमिल्ने उनीहरूको तर्क छ । भट्टराईले आफूलाई कानुनको मर्मविपरीत अन्यायपूर्ण ढंगले हटाइएको प्रतिक्रिया दिएका छन् ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत देशभरका पदाधिकारी हटाएको जनाएको भए पनि सीटीईभीटीमा १७ पद रिक्त हुँदा उपाध्यक्ष पद भने सुरक्षित रहनुले निर्णय थप विवादित बनेको छ ।
उपाध्यक्ष सफिउल्लाहलाई निरन्तरता दिइनुको कारणबारे सरकारको औपचारिक प्रतिक्रिया आउन सकेको छैन । यस विषयमा सम्पर्क गर्दा सस्मित पोखरेलको मोबाइल स्विच अफ रहेको जनाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ वैशाख। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा विभिन्न डिजिटल माध्यमबाट सार्वजनिक गरिने जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा, आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको हो ।
नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१०६१ नम्बरमार्फत एसएमएस र आईभीआर सेवा उपलब्ध हुने बोर्डले जनाएको छ ।
त्यसैगरी विभिन्न प्राविधिक साझेदारमार्फत वेबसाइट तथा मोबाइल एप प्रयोग गरी पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीले सहज रूपमा अनलाइन तथा मोबाइल माध्यमबाट नतिजा प्राप्त गर्न सक्नेछन् । साथै, आधिकारिक स्रोत मात्र प्रयोग गर्न र भ्रामक सूचनाबाट सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरिएको छ ।
एसइई २०८२ को नतिजा सार्वजनिकसँगै देशभरका लाखौं विद्यार्थीले डिजिटल माध्यमबाट सहज पहुँच पाउने अपेक्षा गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ वैशाख। अबदेखि स्थानीय तहले कम्पनी दर्ता गर्न तथा सेयर खरिद गर्न सक्ने भएका छन् । कम्पनी रजिस्ट्रार कार्यालय, त्रिपुरेश्वरले यससम्बन्धी सूचना जारी गर्दै स्थानीय तहलाई कम्पनी स्थापना तथा सेयर लगानी गर्न सकिने व्यवस्था रहेको जानकारी गराएको हो ।
कार्यालयका अनुसार वैकल्पिक ऊर्जा लगायत विभिन्न क्षेत्रमा लगानी गर्न स्थानीय तहले अग्रसरता देखाएपछि कम्पनी ऐन–२०६३ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता तथा सेयर खरिद गर्न सकिने व्यवस्था स्पष्ट गरिएको हो ।
सूचनामा यस विषयमा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको उल्लेख गरिएको छ । साथै, स्थानीय तहले यससम्बन्धी आफ्नै कानुन बनाई निर्णय गर्नुपर्ने र कम्पनी ऐन–२०६३ तथा प्रचलित अन्य कानुन बमोजिम प्रक्रिया अगाडि बढाउनुपर्ने कार्यालयले जनाएको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ वैशाख। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन सुरु भएकै दिन प्रस्तुत गर्ने तयारी गरेको छ ।
संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुने तय भएको छ । अधिवेशन आरम्भ भएकै दिन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।
यसअघि २५ वैशाखमा सरकारले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारको आग्रहअनुसार राष्ट्रपति कार्यालयले संयुक्त बैठकलाई सम्बोधनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट अघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार यो प्रक्रिया अगाडि बढाइएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ वैशाख । दाङको दंगीशरण गाउँपालिकामा किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ। शनिबार दंगिशरण गाउँपालिका–६ बागरस्थित साना किसान कृषि सहकारी संस्थाले किसानलाई कृषि यान्त्रिकीकरण सामग्री वितरण गरेको हो।
संस्थाको २१औं वार्षिक साधारणसभाबाट पारित कार्यक्रमअनुसार शेयर सदस्य किसानलाई अनुदानमा सामग्री दिइएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष टंकबहादुर वलीले आधुनिक प्रविधि प्रयोग बढाएर उत्पादन लागत घटाउने र किसानको आम्दानी बढाउने उद्देश्यले सामग्री वितरण गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि रोशनजंग शाहले यस्ता उपकरणले कृषिलाई आधुनिक र व्यवसायिक बनाउन सहयोग पुग्ने बताए। उनले प्राप्त सामग्रीको सही प्रयोग गर्न किसानलाई आग्रह गरे।
कार्यक्रममा ५५ स्प्रे ट्यांकी, १५ मिनिटिलर, ४ ठूला कम्बाइन मिल, १ सानो कम्बाइन मिल, १ पिलेट दाना मिल, २४ मोटर, २ कर्ण सेलर, ५ ज्याप प्लान्टर र ५ पिसानी मिल गरी ११२ थान सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार वितरण गरिएको सामग्रीको कुल लागत करिब १७ लाख २१ हजार रुपैयाँ रहेको छ। यसमध्ये ६ लाख ३ हजार रुपैयाँ अनुदान र बाँकी रकम किसानको सहभागिताबाट जुटाइएको हो।
कार्यक्रममा उर्मिला परियारले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन दीपबहादुर चौधरीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ वैशाख । बिजौरी उद्योग वाणिज्य संघले १३औं साधारणसभा तथा छैटौं अधिवेशन असार १३ गते गर्ने निर्णय गरेको छ। शनिबार बसेको संघको बैठकले उक्त मिति तय गरेको महासचिव दीपककुमार बस्नेतले जानकारी दिए।
बैठकले संघमा आबद्ध व्यवसायीहरूलाई जेठ २५ गतेसम्म सदस्यता नवीकरण गर्न आग्रह गर्ने तथा नयाँ सदस्यलाई दर्ता प्रक्रियामा ल्याउने निर्णय पनि गरेको छ।
संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा बसेको बैठकले केही वर्षअघि निर्माण गरिएको तर हाल प्रयोगमा नरहेको प्रहरी बिटलाई संघको स्वामित्वमा लिएर तुलसीपुर–१९ छिल्लिकोट क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सहयोग गर्ने निर्णय गरेको छ।
त्यस्तै, बजार क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन बिजौरीका चार स्थानमा सिसी क्यामेरा जडान गर्ने निर्णय पनि गरिएको छ।
बैठकमा पूर्व अध्यक्ष मुकेश ओली, निवर्तमान अध्यक्ष प्रेमनाथ योगी, कानुनी सल्लाहकार विष्णुमणि धिताललगायतको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस