वासिङटन डिसी । अमेरिकामा ट्रम्प प्रशासनले ठूलो संख्यामा युएसएआईडीका कर्मचारीहरूलाई बर्खास्त गरेको छ। साथै, थुप्रै कर्मचारीहरूलाई बिदामा बस्न बाध्य पारिएको बिबिसी समाचारमा उल्लेख छ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) अन्तर्गत ४२ सय कर्मचारीलाई बिदा दिइएको छ भने कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ। बीबीसी समाचारका अनुसार, प्रशासनले संघीय कर्मचारीहरूको संख्या घटाउने नीति अवलम्बन गर्दै आएको छ।
यद्यपि, बर्खास्त गरिएका कर्मचारीहरूमध्ये कतिलाई पुन: नियुक्त गरिनेछ भन्ने स्पष्ट पारिएको छैन। ट्रम्प प्रशासनले सरकारी खर्च कटौती गर्ने उद्देश्यले एलोन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (DODGE) योजना अन्तर्गत संघीय कर्मचारी सङ्ख्या घटाउने प्रयास गरिरहेको बताइएको छ।
सन् १९६१ मा स्थापना भएको युएसएआईडीमा पछिल्लो समय कर्मचारी कटौती हुनुअघि करिब १०हजार कर्मचारी कार्यरत थिए। संघीय बजेट कटौतीको प्रभावस्वरूप, यो संस्था पनि प्रभावित बनेको देखिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ फागुन । कास्कीस्थित ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ। महतको परिवारले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। अब दर्ता प्रक्रियापछि पक्राउ पुर्जी जारी गरी आवश्यक अनुसन्धान अघि बढाइने उनले जानकारी दिए।
महतको परिवारले सशस्त्र प्रहरी बलका १६ बेसिकका एक इन्स्पेक्टरसँग उनको प्रेम सम्बन्ध रहेको दाबी गरेको छ। तर, पछिल्लो समय उनीहरूको सम्बन्धमा दरार आएपछि मानसिक तनावका कारण महतले आत्महत्या गरेको परिवारको भनाइ छ।
छानबिन समिति गठन
घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलको हेडक्वाटरले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा गठित समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार समितिले छिट्टै अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नेछ।
तालिमकै क्रममा मृत्यु
सिन्धुपाल्चोककी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर थिइन्। उनले २०७२ सालमा सशस्त्र प्रहरीमा सिपाहीका रूपमा सेवा सुरु गरेकी थिइन्। २०७८ सालमा असईमा नाम निकालेपछि उनले २०८१ सालमा इन्स्पेक्टर तालिम सुरु गरेकी थिइन्। पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा तालिमकै क्रममा उनी महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ फागुन । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।
अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रुपैयाँ पुगेको छ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स(एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको छ। यो किसानले पाउने मूल्य हो। संघका अनुसार उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रवार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाइएको हो।
खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रुपैयाँ छ।
२२ सय व्यक्ति फरार सूचिमा
लमजुङ,१२ फागुन। लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
प्यूठान,११ फागुन । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा शनिबार हत्या गरिएको अवस्थामा भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको हत्या अभियोगमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालका अनुसार घटनाको सूचना दिने व्यक्ति नै हत्यारा रहेको खुलेको छ। शनिबार मध्यान्ह पंकजले प्रहरीलाई हत्या भएको सूचना दिएका थिए। तर, अनुसन्धानको क्रममा उनै दोषी रहेको पुष्टि भएको छ।
डिएसपी बस्यालका अनुसार घटनापछि प्रहरीले पंकजसहित पाँच/छ जनालाई निगरानीमा राखेको थियो। अनुसन्धानका क्रममा उनले दिएको बाझिएको बयानकै आधारमा शंका उब्जिएको र आइतबार मध्यान्ह १२ बजेपछि पंकजमाथि मात्र केन्द्रित भएर अनुसन्धान गरिँदा उनले हत्या स्वीकार गरेको बताइएको छ।
भित्री रिसले बनायो अपराधी :
प्रहरीका अनुसार पंकजका काका-काकीले गाली गर्ने, घर नआउन भन्ने, विवाह गर्न नसकेको जस्ता कारणले रुष्ट थिए। त्यही रिसको कारण शुक्रबार राति अत्यधिक मदिरा सेवन गरी हत्या योजनाका साथ उनी काकाको घर पुगेका थिए।
पक्राउ परेका पंकजले प्रहरीसमक्ष दिएको बयानअनुसार उनले राति १०:३० बजेतिर घरको दोस्रो तलाको झ्यालबाट प्रवेश गरेका थिए। त्यसपछि भुइँ तलामा ओर्लिएर पालैपालो दुवै जनालाई घनले हिर्काएर हत्या गरेका थिए। घटनापछि काकी हुकुमाको पटुका भित्र रहेको २२० रुपैयाँ समेत लिएर गएका थिए। प्रहरीले हत्या गर्न प्रयोग गरिएको घन घटनास्थलभन्दा ५० मिटर दक्षिण फेला पारेको छ।
डिएसपी बस्यालका अनुसार मृतक रामबहादुर मिस्त्रीको काम गर्थे, जसकारण उनको घरमा घन उपलब्ध थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनालगत्तै पंकज कतै फरार भएका थिएनन्, तर उनले बाझिएको बयान दिएकाले प्रहरीको अनुसन्धान उनैमाथि केन्द्रित भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ फागुन । तुलसीपुर महोत्सवको ११औं दिन लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकार शान्तिश्री परियार र अर्जुन सापकोटाको संयुक्त प्रस्तुति हेर्न हजारौं दर्शकको भीड लागेको थियो। स्टेजमा दुबै कलाकारले धमाकेदार प्रस्तुति दिएपछि दर्शकहरू निकै उत्साहित बने।
शान्तिश्री परियारको मनमोहक आवाज र अर्जुन सापकोटाको जोशपूर्ण गायनले माहोल झनै गर्मायो। उनीहरूले गाएका लोकप्रिय लोकदोहोरी गीतहरूमा दर्शकहरू नाच्दै, गाउँदै रमाएका थिए। स्टेजमा कलाकारहरूको तालमेलले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो।
महोत्सव आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार यो साँझ विशेष रूपमा लोक तथा दोहोरी पारखीहरूका लागि स्मरणीय रह्यो। सांस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार कार्यक्रममा चर्चित मोडल दिपा शाही, गायक सन्दीप सेन्चुरी, हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेललगायतका कलाकारहरूले पनि प्रस्तुति दिए।
तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव (२०८१) फागुन १ गतेदेखि सुरु भई १६ गतेसम्म सञ्चालन हुनेछ। अध्यक्ष ऋषिराज भण्डारीका अनुसार महोत्सवमा लोकदोहोरी प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा व्यापार प्रवर्द्धनका गतिविधिहरू समावेश छन्।
आयोजकले सबैलाई महोत्सवमा सहभागी भई मनोरञ्जन लिन र स्थानीय व्यापार प्रवर्द्धनमा योगदान दिन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ फागुन ।विष्णु प्रशाद शर्मा घिमिरेको स्मृति तथा रोटरी डेको अवसरमा आयोजित रोटरी हाजिरी जवाफ प्रतियोगिता घोराहीमा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। दोस्रो स्थान मेचिकाली विद्यालय तथा तेस्रो स्थान जनज्योति विद्या मन्दिर ले प्राप्त गरे। गुरुकुल एकेडेमीले विभिन्न प्रतिस्पर्धाहरूमा सहभागिता जनाउँदै आफ्नो शैक्षिक उत्कृष्टता सावित गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पान्डेले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै यस किसिमका प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
कार्यक्रममा शिक्षक निशान्त आचार्य, पद्मोदय पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत, तथा नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगी ले मन्तव्य राख्दै रोटरी क्लबको यस पहलको प्रशंसा गरे। उनिहरुले विद्यार्थीहरूलाई निरन्तर अध्ययन तथा ज्ञान विकासमा लागिरहन आग्रह गरे ।
रोटरी क्लब दाङका अध्यक्ष प्रदिप शुबेदीको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा रोशन दाहाल ले सहजिकरण गरेका थिए। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरियो।
२२ सय व्यक्ति फरार सूचिमा
जाजरकोट,११ फागुन। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जापान सरकार र तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) को सहयोगमा भेरी नगरपालिका र नलगाड नगरपालिकाका भूकम्पले जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरिनेछ।
गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले विद्यालय भवनहरूमा ठूलो क्षति पु¥याएको थियो। त्यसयता विद्यार्थीहरू खुला आकाशमुनि अध्ययन गर्न बाध्य भएका थिए। भौतिक संरचनाको अभावले गुणस्तरीय शिक्षामा असर परेपछि भूकम्प प्रतिरोधी भवन निर्माण गरिने निर्णय गरिएको हो।
भेरी नगरपालिका र नलगाड नगरपालिकाका ११ वटा विद्यालयहरूको भौतिक संरचना निर्माणका लागि ३७ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ। सुविधासम्पन्न र गुणस्तरीय भवन निर्माण गरिने जानकारी तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) नेपालका इन्जिनियर विनोद केसीले जानकारी दिए।
भेरी नगरपालिका–१३ स्थित भगवती माध्यमिक विद्यालयमा जापान सरकारको सहयोगमा नौ कोठे भवनसहित शौचालय तथा फर्निचर निर्माण गर्न तीन करोड १२ लाख ८९ हजार रुपियाँको सम्झौता गरिएको छ। निर्माण कार्य २०८३ साउन ४ गते सम्पन्न गरिनेछ। भेरी नगरपालिका र नलगाड नगरपालिकामा १२ कोठे, नौकोठे, छकोठे तथा चारकोठे बालमैत्री र लैङ्गिकमैत्री भवन निर्माण गरिनेछ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा जापान सरकारको आर्थिक सहयोगमा तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) का नेपाल निर्देशक मास्तुकी बिज्जुकीले शिलान्यास गरेका हुन् । उनले भूकम्पबाट जीर्ण भएका विद्यालय भवन पुनर्निर्माण गरिनु विद्यार्थीहरूको शिक्षामा सहयोगी हुने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव जीवन भण्डारीका अनुसार भवन अभावकै कारण शिक्षाको गुणस्तरमा असर परेको छ। नयाँ भवन निर्माणपछि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूले पनि गुणस्तरीय शिक्षा पाउने अपेक्षा गरिएको छ। भूकम्प प्रतिरोधी भवन आपत्कालीन समयमा सर्वसाधारणका लागि सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने पनि बताइएको छ।निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गरिनेछ बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,११ फागुन । बाँकेको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ। यो जडान वन्यजन्तु गतिविधि अनुगमन, बासस्थान अध्ययन, तथा जैव विविधताको संरक्षण गर्ने उद्देश्यले गरिएको डिभिजन वन कार्यालय बाँकीले जनाएको छ।
डिभिजन वन कार्यालय, बाँकेका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार, यी क्यामेराले वन्यजन्तुको आहोरदोहोर ट्र्याक गर्न मद्दत पुर्याउनेछ र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा योगदान दिनेछ।
उनले थप जानकारी दिँदै भने कि डिभिजन वन कार्यालय अन्तर्गतका सबडिभिजन वन कार्यालयहरू जिल्लामा दिगो वन व्यवस्थापन सुनिश्चित गर्न सक्रिय रूपमा संलग्न छन्। राष्ट्रिय वन व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वनबाट काठ तथा दाउरा संकलन गर्ने कार्य गत कात्तिकदेखि सञ्चालनमा छ।
साथै, वन कार्यालयका अनुसार, सामुदायिक वन समूह, पदाधिकारी, तथा उपभोक्ताहरूलाई वन व्यवस्थापन, सुशासन, तथा संस्था सञ्चालन प्रक्रियाका सम्बन्धमा जानकारी गराउन विभिन्न अन्तर्क्रिया तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ फागुन ।तुलसीपुर चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि सञ्चालन भइरहेको तुलसीपुर महोत्सवमा प्रयोग भएका टिकटहरूको वैधतासम्बन्धी उठेका सवालहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोजक समितिले महोत्सवका सबै टिकटहरू पूर्ण रूपमा कानुनी रूपमा मान्य रहेको स्पष्ट पारेको छ।
चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “महोत्सवस्थलमा प्रवेश गर्न तयार पारिएको र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक छन्। साथै, अनाधिकरण र उपमहानगरपालिकाले उपलब्ध गराएका टिकटमा आयोजकले हरेक दिन क्रस परीक्षण गर्ने गरेको तथा टिकटमा विशेष चिन्ह (सिम्बोल) प्रयोग गरिएको यथार्थ हो।”
साथै, आयोजक समितिले महोत्सवका टिकटहरू अनाधिकृत रूपमा प्रयोग भएको भन्ने हल्ला निराधार भएको दाबी गरेको छ। “गलत रूपमा अनाधिकृत तवरले टिकट प्रयोग भएको छैन,” विज्ञप्तिमा उल्लेख छ।
आयोजक समितिले केही सञ्चारमाध्यमहरूमा बिना प्रमाण समाचार प्रकाशन तथा प्रसारण भइरहेकोप्रति आपत्ति जनाएको छ। “विना तथ्य प्रकाशन एवं प्रसारण भएका सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई तथ्यपरक समाचार मात्र प्रकाशन गर्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
तुलसीपुर चेम्बर अफ कमर्सले महोत्सवलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउँदै यस सम्बन्धमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस