दाङ,९ फागुन । तुलसीपुरको महोत्सवको चहलपहलले महोत्सवको वातावरण तातिएको छ। महोत्सवको मुख्य ढोकाबाट भित्र पस्नेबित्तिकै स्थानीय उत्पादनले भरिएका आकर्षक स्टलहरूले स्वागत गर्छन्। विभिन्न रंगका फूलका गमला, छालाका जुत्ता, बाँसका हस्तकला सामग्री, हसिया(हथौडासहित स्थानीय उत्पादनको सुगन्धले महोत्सवलाई भव्य बनाएको छ।
रैथाने कोसेली घर स्टलभित्र छिर्दा झन् आकर्षण थपिन्छ। बाँसबाट बनाइएका साना(ठूला टोकरीहरू, काँस र मुजबाट निर्मित कलात्मक झोला, थाकलका पातबाट तयार पारिएका पर्यावरणमैत्री झोला र हस्तकलाका सामग्रीहरू झलमल गरिरहेका छन्। तुलसीपुर र दंगीशरणका उद्यमीहरूले निर्माण गरेका यी सामग्रीले स्थानीय सीपको अद्भुत परिचय दिएको छ।
दंगीशरणकी उर्मिला चौधरी मुस्कुराउँदै ग्राहकलाई कलमदानी देखाइरहेकी छन्। उनी भन्छिन्, “पहिले फुर्सद हुँदा यस्तै सामग्री बनाउँथ्यौँ, तर व्यवसायिक रूपमा अघि बढ्न सकेका थिएनौँ। अहिले यिनै हस्तकलाका सामानले राम्रो आम्दानी दिन थालेको छ।” उनका अनुसार स्थानिय स्रोतसाधनको सही सदुपयोग गरेर आत्मनिर्भर बन्न सकिन्छ।
बजारको भीडभाडमा रमाइरहेका ग्राहकहरूको आँखा कौतुहलले चम्किएको देखिन्छ। एकजना युवती बाँसको हस्तकलाका सामग्री छाम्दै भन्छिन्, “यी सामान सस्तो मात्र होइन, मौलिक पनि छन्। अहिले हामी विदेशी सामान प्रयोग गर्छौँ, तर यस्ता स्थानीय उत्पादनले हाम्रो संस्कृति बचाउनेछ।”
महोत्सवको प्रवेशद्वारमै राखिएका स्टलहरू विशेष रूपमा ध्यान तान्ने खालका छन्। दर्शकहरू गेटमै रोकिएर स्थानीय उत्पादन हेर्दै, किन्दै अघि बढिरहेका छन्। विभिन्न हस्तकलाका स्टलहरूले महोत्सवलाई मौलिक र सौन्दर्यपूर्ण बनाएका छन्।
ग्रीन फाउन्डेसन तुलसीपुरका अध्यक्ष घनश्याम पाण्डे स्थानीय उद्यमीहरूलाई हस्तकला तालिम दिन व्यस्त छन्। उनी भन्छन्, “स्थानीय स्रोतको सही सदुपयोग गरेर स्वरोजगार सिर्जना गर्न सकिन्छ। महोत्सवले उत्पादनलाई प्रवर्द्धन मात्र होइन, बजारमा चिनाउन पनि ठूलो मद्दत पुर्याएको छ।”
त्यही भिडभाडबीच चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी नजिकै उभिएका छन्। उनी महोत्सवमा उत्साहित देखिन्छन्। उनी भन्छन्, “स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने हाम्रो लक्ष्य हो। यसपटकका उद्यमीहरू उत्साहित छन्, यो हाम्रो उपलब्धि हो।”
महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क उपलब्ध गराइएको छ। आयोजकहरूको उद्देश्य केवल व्यापार प्रवर्द्धन मात्र होइन, स्थानीय युवालाई उद्यमशीलता तर्फ आकर्षित गर्ने हो।
दृश्यावलोकन गर्दै एक जना हस्तकलाका सामानहरू नियाल्दै भन्छन्, “हामीले बनाएका यस्ता सामग्रीलाई ठूला शहर र अन्तर्राष्ट्रिय बजारमा चिनाउन सके भविष्य उज्यालो हुने थियो।”
यसरी हेर्दा, तुलसीपुर महोत्सव केवल व्यापारिक गतिविधि मात्र होइन, स्थानीय उत्पादन, उद्यमशीलता, संस्कृति र आत्मनिर्भरतालाई जोड्ने महत्वपूर्ण अभियान पनि हो। हस्तकलाका साना- साना सामग्रीहरू, फूलका गमलाहरू, छालाका जुत्ता र कृषि उत्पादनहरूले महोत्सवलाई स्थानीयपनको जीवन्त तस्वीर बनाएका छन्।
तुलसीपुरमा सुरु भएको यो यात्रा केवल महोत्सवभरि मात्र सीमित छैन। यहाँ उत्पादन भएका सामानहरू अब विभिन्न बजारमा पुगेपछि मात्र यसको वास्तविक प्रभाव देखिनेछ। स्थानीय उत्पादन प्रवर्द्धन गर्ने यो अभियानले स्वरोजगारको सम्भावनालाई उज्यालो बनाउँदैछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । तुलसीपुरमा रहेको एक इट्टा उद्योगमा कुटपिट हुँदा तीनजना मजदुर घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टीस्थित रमेश वलीले सञ्चालन गरेको ADC इँटा उद्योगमा सामान्य विवादका कारण भएको कुटपिटमा तीन जना मजदुर घाइते भएका हुन्। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ।
कुटपिटमा परी घाइते हुनेहरूमा भारतको बहराइज नामपारा देहातका ३१ वर्षीय जमुल खान घाइते भएका छन् उनको दुवै हात खुट्टा ढाड र छातीमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
यसैगरी सोही ठाउँका ५० वर्षीय कलिम महिमद र ४८ वर्षीय भुजाउ मोहम्मद रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम छ
प्रहरीले कुटपिट घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बहराइज नानपारा देहात बस्ने ३२ वर्षीय साबिर खान सोही ठाउँ बस्ने २२ वर्षीय शमशेर खान,२४ वर्षिय अरवाज खान, बाँकेको नेपालगञ्ज नगरपालिका वडा नम्बर ११ बस्ने २६ वर्षीय खुर्सिद दर्जी, सोही ठाउँ बस्ने ३५ वर्षीय जाखिर दर्जी र ४० वर्षीय मोहर अलि रहेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। प्रारम्भिक जानकारी अनुसार इटा उद्योगभित्र मजदुरहरूबीच विवाद हुँदा घटना भएको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा, गायिका सिर्जना खत्री “हाउडे माया”, उषा दशौंदी लगायतका कलाकारहरूको दमदार प्रस्तुति रहने भएको छ।
साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले महोत्सव झनै आकर्षक बन्ने अपेक्षा गरिएको छ। “आजको दिन पशुपति शर्मा, सिर्जना खत्री, उषा दशौंदी लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्, जसले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ,” खड्काले बताए।
तुलसीपुर चेम्बर अफ कमर्स आयोजनामा जारी महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। महोत्सवमा कृषि, व्यापार, तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आज चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाले थप दर्शक आकर्षित हुने आयोजकको विश्वास छ।
तुलसीपुर महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो र यहि फागुन १६ गतेसम्म सञ्चालन हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । धानको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ चामेखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका-८ निवासी १६ वर्षीय रोहण भण्डारीले चलाएको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ निवासी ५४ वर्षीय बुद्धिराम खड्कालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक र पैदल यात्री दुबै घाइते भएका हुन्।
मोटरसाइकल चालक भण्डारीको मुख र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ।
यस्तै पैदल यात्री खड्काको टाउको र छातीमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका भैरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा माहोल झन् रमाइलो बनेको थियो।
सम्झिने पानी छम्किने…फोटो फ्रेममा ..लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उनले दर्शकहरूलाई नचाउन सफल भइन्। उनको प्रस्तुतिसँगै उपस्थित दर्शकहरू उत्साहित बने, हातमा मोबाइल समातेर तस्बिर र भिडियो खिच्नेहरूको भिड देखिन्थ्यो।
संगीतप्रेमीहरूले मात्र होइन, परिवारसहित आएका दर्शकहरू पनि कार्यक्रममा रमाएको देखिन्थ्यो। महोत्सव आयोजकका अनुसार कलाकारहरूको उत्कृष्ट प्रस्तुति र दर्शकहरूको जोशले महोत्सवको आकर्षण बढाएको छ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति लगातार भइरहेकाले अझै केही दिन कार्यक्रम रोमाञ्चक बन्दै गएको सांस्कृतिक संयोजक सन्तोष खड्काले बताए।
उनका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसँगै नृत्य तथा लोकदोहोरी प्रतियोगिता समेत हुने गरेको छ। लोकप्रिय कलाकारहरूको उपस्थितिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको उनले बताएका छन्।
आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्।
भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताए ।
‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।
मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए । महोत्सव फागुन १६ गतेसम्म चल्ने छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ मा रहेको ज्ञान ज्योति फाउन्डेशन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न संकायका अध्ययनरत विद्यार्थीहरूले न्यायको माग गर्दै सडक र्याली गरेका छन् ।
भारतको ओडिसामा रहेकाे कलिंगा इन्स्टिच्यूट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटि) को छात्राबासमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै शान्तिपूर्ण र्याली र काेणसभा गरेका छन ।
ज्ञान ज्योतिको प्राङ्गणबाट सुरु भएको र्याली तुल्सीपुर बजार परिक्रमा गरी बी.पी.चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थी एकता जिन्दाबाद, प्रकृतिलाई न्याय दे, न्याय खोज्न जाँदा कुटाई खाइयो पढ्न जाँदा पासोमा झुन्ड्याइयो, नेपाली विद्यार्थीमाथिको दमन बन्द गर, नाे मोर साइलेन्स, प्रकृति इज वान अफ अस लगायत लेखिएका पर्चा पम्प्लेट र ब्यानर समाएर विद्यार्थीहरूले शान्तिपूर्ण र्याली गरेको थिए ।
ज्ञान ज्योति माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीको अध्यक्षता तथा नागरिक समाज दाङका पूर्व संयोजक, नागरिक अगुवा तथा वरिष्ठ पत्रकार टिकाराम रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख बक्ता रेग्मीले यो आन्दोलन देशब्यापी हुनुपर्ने बताए । भारतीय सरकारले सत्यतथ्य छानबिन गरी प्रकृति लम्सालको परिवारलाई न्याय दिनुपर्ने बताए । नेपाली विद्यार्थी हरूले न्यायको माग गर्दा उल्टै दुर्व्यवहार गरेको भन्दै राज्यले कूटनीतिक माध्यमबाट यसको सहजीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार दीपक बोहराले विद्यार्थीले गरेको शान्तिपूर्ण र्यालीले राज्यलाई खबरदारी गर्ने बताए ।
त्यस अवसरमा विद्यार्थी बविता भण्डारीले लाखौं खर्च गरेर उज्ज्वल भविष्यका लागि बाहिरी देश पढ्न जानु पर्ने अबस्था रहेपनि त्यहाँ पनि सुरक्षित हुन नसकेको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरिन् । विद्यार्थीहरू ईशा ओली, रविन भण्डारी लगायतले राज्यसग न्यायकाे माग गरेका थिय ।
कार्यक्रममा कलेजका शैक्षिक संयोजक शरद गौतमले धन्यवाद ज्ञापन गरेका भने कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
बैतडी, ८ फागुन । बैतडीमा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ।
बुधबार साँझ चौकी फर्कने क्रममा शैल्यशिखर नगरपालिका–१, बारिलस्थित आफ्नो घरबाट हिँड्दा भिरालो बाटोमा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका खडायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ८ फागुन। संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ।
५९ वर्षीय सापकोटा लामो समयसम्म नेकपा (एमाले) काभ्रेको सचिव भएर नेतृत्व गरेका थिए। सन् २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।
उनको पार्थिव शरीर बिहीबार पार्टी कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीका बागमती प्रदेश सभा सदस्य लक्ष्मण लमसालले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
गाजा। प्यालेस्टिनी लडाकू समूह हमासले आज बिहीबार ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्ने जनाएको छ। फिर्ता गरिने शवमा शिरी बिबास, उनका दुई छोरा— ४ वर्षीय एरियल बिबास र ९ महिनाका केफिर बिबास, तथा चौथो बन्धक ओडेड लिफशिट्जको शव रहेको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा यी चारै जना बन्धक बनाइएका थिए। त्यसबेला केफिर सबैभन्दा कान्छा बन्धक थिए। हमासले नोभेम्बर २०२३ मा शिरी र उनका दुई छोरा इजरायली बम आक्रमणमा मारिएको दाबी गरेको थियो। तर, इजरायलले यो दाबी अस्वीकार गर्दै आएको छ।
यसअघि, केफिरका पिता यार्डेन बिबासलाई यसै महिनाको सुरुमा रिहा गरिएको थियो। बन्धक बनाइएको बेला उनले हमासद्वारा जारी भिडियोमा आफ्ना परिवारका सदस्यहरूको मृत्युको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई दिएका थिए।
यसबाहेक, हमासले शनिबार थप ६ जना बन्धकहरूलाई रिहा गर्ने योजना बनाएको छ। यो संख्यामा पहिले अपेक्षा गरिएभन्दा दोब्बर हो। हमाससँग भएको सम्झौताअनुसार, शनिबार रिहा गरिएका बन्धकहरूको बदलामा इजरायलले अक्टोबर २०२३ यता पक्राउ परेका १९ वर्ष मुनिका सबै महिला र प्यालेस्टिनीलाई रिहा गर्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ फागुन । दाङको तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १ कुमालगाउँ भन्ने ठाउँमा एक व्यक्ति मृत फेला परेका हुन्
बिहिबार बिहान पौने ९ बजे ५५ वर्षीय लोकबहादुर परियार मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरदेखि करिब ६०० मिटर उत्तरतर्फको बाटोमा अवस्थामा स्थानीयले फेला पारेका हुन्। घटनाबारे स्थानीयले बिहान ९ बजे इलाका प्रहरी कार्यालय खिलतपुरलाई जानकारी गराएका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक खिमबहादुर खड्काको टोली तत्काल घटनास्थलतर्फ गएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस