महोत्सवमा आज रचना रिमाल आउने

   फागुन ०८, २०८१       admin

दाङ,८ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार विस्तारका लागि सञ्चालन भइरहेको महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, गायिका आशा बिसी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने भएका छन्।

साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार महोत्सवको आजको विशेष सांगीतिक कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको सहभागिता सुनिश्चित गरिएको छ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारासहित सञ्चालन गरिएको महोत्सव फागुन १६ गतेसम्म जारी रहनेछ। महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा टिकट किन्दा NCELL SIM सित्तैमा

   फागुन ०८, २०८१       admin

दाङ, ८ फागुन । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा आउने र प्रबेश टिकट किन्ने दर्शकले एनसिएलको सिम सित्तैमा पाउने बताए ।

एनसिएल संगको सहकार्यमा महोत्सव स्थलमा रहेको एन्सिएल काउन्टर बाट सिम उपलब्ध हुने छ । यस्का लागि टिकत्को अर्धकट्टी अनिवार्य गरिएको छ ।
यसरी उपलब्धा गराइने सिममा ५० मिनेटको टक टाइम र केहि डाटा पाइने छ ।

‘महोत्सवमा १०० रुपैँयामा टिकट पाउने गरेको छ ।’ उनले भने–‘तर टिकट किन्ने दर्शकले थप सेवा पाउनु हुन्छ । यो महत्सबको सुबिधा हो । आउनुहोस महोत्सब हेर्नुहोस टिकट काट्नुहोस एनसिएलको सिम सित्तैमा पाउनुहुन्छ ।’ अध्यक्ष भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्याब्सन एथलेटिक्स प्रतियोगिता सुरु

   फागुन ०७, २०८१       admin

दाङ, ७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ । आज दाङको बेलझुण्डीमा एक कार्यक्रमका बिच तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख प्याब्सन दाङका अध्यक्ष तथा प्रमुख अतिथि निर्मल न्यौपानेले खेललाई शिक्षासँग जोड्ने प्याब्सनको अभियान अन्तरगत खेलकुद कार्यक्रमलाई अगाडि बढाइएको बताए । ञस्वास्थ्यका लागि खेलकुद आवश्यक छ ।

अब खेलकुदलाई शिक्षासँग पनि जोड्न आवश्यक छ । राष्ट्रिय पाठ्यक्रमको अवधारणाले शिक्षासँग खेलकुदलाई जोडेको छ । यसै अन्तरगत प्याब्सनले विभिन्न खेलकुदसँग बालबालिकालाई जोड्दै लगेको छ ।झ न्यौपालेले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल शिक्षक महासंघ तुलसीपुरका अध्यक्ष जितबहादुर थापा, अप्टिमिस्ट क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, प्याब्सन तुलसीपुरका सल्लाहकार मानबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा ३४ वटा विद्यालय सहभागी रहेका छन् । फुटबलमा ३४ वटा समूहबिच प्रतिस्पर्धा रहने छ । त्यस्तै छात्रा एथलेटिक्समा १००, २००, ४०० र ८०० मिटरको दा‌‌ैड, ४×१०० मिटरको रिले दौड तथा लङ जम्प लगायतका खेल रहेका छन् । प्रतियोगिता ७,८,९ र १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा मार्चपास समेत गरिएको थियो ।

मार्चपासमा बाल अमृत इङलिस बोर्डिङ स्कुल प्रथम, सप्तरङ्गी इङलिस बोर्डिङ स्कुल द्वतीय तथा ज्ञानोदय इङलिस बोर्डिङ स्कुल तृतीय भएका थिए । साथै उत्कृष्ट पिटी प्रदर्शनमा आइडियल बोर्डिङ स्कुलले उपाधि जितेको छ ।

प्याब्सन तुलसीपुर नगर कमिटीका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष विष्णु योगीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या

   फागुन ०७, २०८१       admin

इस्लामाबाद, ७ फागुन । पाकिस्तानको बलुचिस्तान प्रान्तको बरखान जिल्लामा अज्ञात बन्दुकधारीहरूले यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या गरेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार क्वेटाबाट लाहोरतर्फ जाँदै गरेको गाडीमा सवार यात्रुलाई बन्दुकधारीहरूले जबरजस्ती ओरालेर परिचयपत्र जाँच गरेपछि गोली हानी हत्या गरेका हुन्। रोयटर्सका अनुसार बरखानका डेपुटी कमिस्नर वकार खुर्शीदले घटनाको पुष्टि गरेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार मारिनेहरू पाकिस्तानको पञ्जाब प्रान्तका रहेको प्रहरीले जनाएको छ।

बलुचिस्तान पाकिस्तानको पृथकतावादी विद्रोहीहरूको सक्रिय क्षेत्र हो, जहाँ सशस्त्र समूहहरूले ठूलो स्वायत्तता र प्राकृतिक स्रोतहरूको उचित बाँडफाँटको माग गर्दै आएका छन्। पछिल्ला महिनाहरूमा यस क्षेत्रमा सुरक्षा बल, चिनियाँ पूर्वाधार परियोजना तथा पञ्जाब प्रान्तका कामदारहरूलाई लक्षित गरी आक्रमणहरू बढ्दै गएका छन्।

गत अगस्ट महिनामा पनि विद्रोही समूहले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरेका थिए। पछिल्ला घटनाहरूले पाकिस्तानको सुरक्षा व्यवस्थामाथि थप चुनौती खडा गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आगलागीबाट रोल्पामा एक घर जलेर नष्ट

   फागुन ०७, २०८१       admin

रोल्पा,७ फागुन । आगलागीबाट रोल्पामा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ पूर्णगाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।

आज दिउँसो पौने ४ बजे बजेतिर मन कुमारी परियारको घरमा आगलागी भएको हो । आगलागी हुँदा घरमा रहेका सबै लत्ता कपडा र सरसामान जलेर पूर्णरुपमा नष्ट भएका छन्।

स्थानीयका अनुसार आगलागीबाट करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। फुसको छाना भएको घर भएकाले आगो तीव्र रूपमा फैलिएको थियो। स्थानीयबासीहरुको प्रयासमा आगो नियन्त्रणमा ल्याइए पनि घरभित्र रहेका सामग्री बचाउन सकिएको थिएन।

आगलागीको कारण हालसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।

फोटो:गोपाल चन्द

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज ‘हाउसफुल,’

   फागुन ०७, २०८१       admin

दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ।

आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन्। उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए।

महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । महोत्सव फागुन १६ गतेसम्म चल्नेछ। हरेक दिन दर्शकको भीड बढ्दै गएको छ। मेलामा स्थानीय व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याएको छ।

आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी गराए।

भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताए ।

‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।

मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।

‘हामीहरुले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छौँ ।’ उनले भने– ‘अहिले कृषि तथा स्थानीय उत्पादनका स्टल ल्याउनेहरु पनि उत्साहित छ्न ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रजातन्त्र दिवसमा कांग्रेस क्षेत्र नं २ को कार्यक्रम

   फागुन ०७, २०८१       admin

घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल गरिएको थियो।

कार्यक्रम क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि खनालले प्रजातन्त्र दिवस नेपाली जनताले मौलिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै भने, “नेपाली जनतालाई रैतिबाट नागरिक बनाएको दिन नै प्रजातन्त्र दिवस हो।” साथै, पछिल्लो समय प्रजातन्त्र र पुराना दलहरूविरुद्ध नकारात्मक प्रचार गरिएको भन्दै उनले त्यसप्रति सजग रहनुपर्ने आवश्यकता औंल्याए।

उनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्र स्थापना भएको र हरेक परिवर्तनमा कांग्रेसले अग्रसरता लिएको स्मरण गराउँदै ती परिवर्तनहरूलाई संस्थागत गर्न कांग्रेसका सबै तहले जुट्नुपर्नेमा जोड दिए।

अन्य वक्ताहरूले पनि प्रजातन्त्रको मर्म जनसामान्यलाई बुझाउन आवश्यक रहेको बताए। उनीहरूले दशकौं बितिसक्दा पनि जनताले प्रजातन्त्रको पूर्ण प्रत्याभूति महसुस गर्न नसकेको उल्लेख गर्दै प्रजातान्त्रिक मूल्य, राष्ट्रियता, र समाजवादलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लोका बिक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव अर्जुन योगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सल्लाहकार डा. बिनबहादुर सिंह वली, खड्ग बुढाथोकी, पूर्व क्षेत्रीय सभापति गोविन्द मज्गैयलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव आर.के. शीतलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रजातन्त्र दिवसमा तुलसीपुर नगर जेसिजको वक्तृत्वकला

   फागुन ०७, २०८१       admin

दाङ,७ फागुन । तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

बुधबार आयोजित कार्यक्रममा “प्रजातन्त्र सुदृढीकरणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा ज्ञानज्योति माविका विनोद केसी प्रथम भएका छन्। यस्तै, गोर्खा माविका सन्दिप ओली द्वितीय, तुलसी आवासीय माविका लक्ष्मी हमाल तृतीय, तथा अश्वरा माविका पुजा केसी सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा तुलसीपुर क्षेत्रका १३ संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।

जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, दिपेश भण्डारी, निर्वतमान अध्यक्ष पूर्ण बहादुर डाँगी, शालिकराम ओली, कार्यकारी उपाध्यक्ष केशवराज न्यौपाने, कोषाध्यक्ष शैलेन्द्र कुमार ओलीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए भने प्रवक्ता सागर न्यौपानेले कार्यक्रमबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोल्पामा टिप्पर दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु

   फागुन ०७, २०८१       admin

रोल्पा, ७ फागुन । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार माडी गाउँपालिका वडा नम्बर ४ चुकबोटबाट माडी गाउँपालिका २ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँ स्थित सहिदमार्ग सडकबाट करिव १०० मिटर तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सवारी दुर्घटना हुँदा दुईजना घाइते, एकजनाको अवस्था गम्भीर

   फागुन ०७, २०८१       admin

दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित घोराही रोडबाट वडा नम्बर ६ को कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन्।

घटनामा मोटरसाइकल चालक तुलसीपुर–९ बस्ने २४ वर्षीय संजय के.सी. गम्भीर घाइते भएका छन्। उनको दुवै हात, खुट्टा, टाउको र मुखमा चोट लागेको छ, उपचारका लागि उनलाई लखनउ रेफर गरिएको छ।

त्यस्तै, मोटरसाइकलमा पछाडि सवार तुलसीपुर–७ का २८ वर्षीय सुदीप नेपालीको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई तुलसीपुरस्थित सिटी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

गाडी चालक तुलसीपुर–६ निवासी ३८ वर्षीय दुजमान भण्डारी (वडा अध्यक्ष) रहेको खुलेको छ।

दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई प्रहरी नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology