काठमाडौ,२४ वैशाख । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले भूकम्पको धक्का स्थानीयवासीले अनुभव गरेको जानकारी दिएका छन्। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
जुम्ला,२४ वैशाख । प्रहरीले जबरजस्ती करणीको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध जबरजस्ती करणी गरेको आरोपसहित उजुरी दर्ता गरेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। उक्त उजुरी मंगलबार राति दर्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार घटनासम्बन्धी तथ्य, प्रमाण र पीडितको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ वैशाख। मध्यपूर्वमा बढ्दो तनावका बीच चीनले तत्काल र पूर्ण रूपमा युद्ध अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ। चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग हर्मुज जलसन्धि पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भएको वार्तापछि जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी शत्रुता अब ढिलाइ नगरी अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
उनका अनुसार चीनले युद्धको “पूर्ण अन्त्य” तत्काल हुनुपर्ने ठान्छ र शत्रुता पुनः सुरु हुनु अस्वीकार्य छ। उनले वार्ता निरन्तर जारी राख्नुपर्ने आवश्यकता औंल्याउँदै सबै पक्षलाई कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गरेका छन्।
वाङ यीले विशेष रूपमा हर्मुज जलसन्धि मार्फत समुद्री यातायात सुरक्षित रूपमा पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय समुदायको तत्काल आह्वानप्रति सम्बन्धित पक्षले छिटो प्रतिक्रिया दिनुपर्ने बताएका छन्।
आणविक मुद्दाबारे टिप्पणी गर्दै उनले इरानलाई शान्तिपूर्ण आणविक ऊर्जाको प्रयोग गर्ने अधिकार रहेको स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन्। साथै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएकोमा चीनले स्वागत गरेको पनि उनले बताए।
चीनले मध्यपूर्वमा देखिएको तनावलाई आफ्नो ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा जोडेर हेर्दै आएको छ। विश्लेषणअनुसार चीनले समुद्री मार्गबाट आयात गर्ने कच्चा तेलमध्ये ठूलो हिस्सा मध्यपूर्वबाट आउने भएकाले हर्मुज जलसन्धिमा अवरोध भए ऊर्जा आपूर्तिमा ठूलो जोखिम उत्पन्न हुने बताइन्छ।
चीनले पछिल्ला कूटनीतिक प्रयासमार्फत संकट समाधानमा सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्दै वाङ यीले अमेरिका र इरानबीचको नाजुक युद्धविरामलाई समर्थन गर्दै चीनको पहलले पनि योगदान दिएको दाबी गरेका छन्।
उनले आगामी दिनमा पनि चीनले तनाव न्यूनीकरण, युद्ध अन्त्य र शान्ति वार्तालाई अघि बढाउन सक्रिय भूमिका खेल्ने तथा मध्यपूर्वमा स्थायित्व कायम गर्न सबै पक्षसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ वैशाख । नेपाली काँग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफू अनुकूल निर्णय गराउन संवैधानिक परिषद्को बैठक बोलाइएको आरोप लगाए। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अध्यादेश ल्याइएको उनको आरोप छ ।
“प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे पूर्वनिर्धारित सोच बनाएर भोलि संवैधानिक परिषद्बाट तर्कसहित निर्णय गराउने होइन, उनले भने– आफूले प्रस्ताव गरेको पारित गराउन जालझेल गरिएको छ। प्रधानमन्त्री, सभामुख र भोलि कानूनमन्त्री आउनुहुन्छ। तीन जनाले पारित गरेपछि बहुमत पुग्ने हिसाबले प्रक्रिया अघि बढाइएको छ।”
थापाले संवैधानिक परिषद्लाई नियन्त्रणमा राख्न अध्यादेश ल्याइएको आरोप लगाउँदै विगतमा पनि यस्ता प्रयास भएको तर आफूहरूले रोक्दै आएको दाबी गरे। अहिले भने त्यस्तो प्रयास रोक्न नसकिएको उनले उल्लेख गरे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ वैशाख। नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौको निर्देशनपछि निवार्चन प्रक्रिया स्थगित गरिएको हो । प्रशासनको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले बुधबार परिपत्र जारी गर्दै निर्वाचनसम्बन्धी सबै कार्यक्रम यथास्थितिमा राख्ने निर्णय गरेको हो।
यसअघि रेडक्रसले असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेको थियो। निर्धारित कार्यतालिकाअनुसार पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते तथा केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गतेका लागि तय गरिएको थियो।
महामन्त्री मीनबहादुर मल्लले प्राप्त निर्देशनअनुसार हाल सुरु गरिएको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्म स्थगित गरी यथास्थितिमा राख्न निर्देशन दिएका छन्। केन्द्रीय कार्यालयले यससम्बन्धी पत्राचार प्रदेश, जिल्ला र पालिका तहका सबै शाखाहरूमा गरिसकेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई दिनअघि नै निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। प्रशासनले संस्थागत सुधार र शुद्धीकरण आवश्यक रहेको औंल्याउँदै निर्वाचनअघि विधान संशोधन, नयाँ सदस्यता खुला गर्ने, स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने तथा निष्पक्ष, स्वतन्त्र र जवाफदेही निर्वाचन प्रणाली कायम गर्न सुझाव दिएको छ।

यसअघि एमाले,कांग्रेस गठबन्धन सरकारले २०८२ साउन ९ गते विनोदकुमार शर्माको अध्यक्षतामा तदर्थ समिति गठन गर्दै तीन महिनाभित्र नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो। तर, हालै मन्त्रालयमा भएको छलफलमा तल्लो तहदेखि केन्द्रसम्मकै निर्वाचन प्रक्रिया र अद्यावधिक अवस्थाबारे गम्भीर प्रश्न उठेपछि तत्कालका लागि निर्वाचन स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
कालिकोट,२३ वैशाख। कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुका बाख्रा चराएर घर फर्कने क्रममा विद्युत् तारबाट करेन्ट लाग्दा ५७ वर्षीय एक पुरुषको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३ का टिकाराम देवकोटा रहेका छन्।
प्रहरीका अनुसार सडक खन्ने क्रममा राष्ट्रिय प्रसारण लाइनको तार चुँडिएर बाटोमा खसेको थियो। सोही तारमा छोएपछि देवकोटालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ वैशाख । प्रहरीले एम्बुलेन्समार्फत ओसारपसार गराउँदै गरेको गाँजा बरामद गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडाबाट एम्बुलेन्स प्रयोग गरी ओसारपसार गरिँदै गरेको १४८ केजी गाँजा प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहम्मद सदाम रहेका छन्। उनीहरू एम्बुलेन्समार्फत गाँजा ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ वैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पक्षमा उभिन आह्वान गरेका छन्।
सरकारले व्यवस्थापनबिना विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत श्रम संस्कृतिसँग आबद्ध सबैलाई एकजुट हुन आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्ः
“श्रम संस्कृतिका समस्त श्रमदाता ज्युहरूलाई आह्वान ! देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पक्षमा उभिनुहोला ! उहाँहरूलाई एक ढिक्का बनाई संरक्षण गर्नु होला ! नेतृत्व गर्नु होला ! कसैको बास नउठोस् ! जय माटो ! जय देश !!”
साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन नगरी बस्ती हटाउने कार्य मानवीय दृष्टिले उचित नभएको संकेत गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,२३ वैशाख। बाँकेको खजुरा गाउँपालिकामा एक युवकको हत्या भएको छ। खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्दको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार बिहान करिब ६ बजेतिर घटना भएको हो। चन्द गाउँमै साथीको व्रतबन्ध समारोहमा सहभागी हुन गएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार साथीहरूबीच विवाद चर्किएपछि बियरको बोतल लगायतका वस्तुले टाउकोमा प्रहार गरिएको थियो।
प्रहरीका अनुसार विवादका क्रममा एक पक्षले बाहिरबाट थप व्यक्तिहरू बोलाएपछि चन्दमाथि पुनः आक्रमण गरिएको हो। घटनामा गम्भीर घाइते भएका चन्दलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले एक दर्जनभन्दा बढी युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। केहीलाई पछि छोडिएको भए पनि केही अझै प्रहरी नियन्त्रणमै रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २३ वैशाख । जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका एक कैदी पुनः पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा यशोधारा गाउँपालिका–२ का ५२ वर्षीय बरसाति मुसलमान रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार मुसलमानविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जिल्ला अदालतले २०८१ साल फागुन १८ गते एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
उनी भदौ २५ गते कपिलवस्तु कारागार कार्यालयबाट फरार भएका थिए। प्रहरीका अनुसार जेनजी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिको फाइदा उठाउँदै उनी कारागारबाट भागेका थिए।
प्रहरीले उनलाई मंगलबार यशोधारा गाउँपालिका–२ बाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई बाँकी सजाय भुक्तान गर्नका लागि पुनः कारागार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस