क्यानले घटायो टिकट मूल्य

   बैशाख २१, २०८३       admin

काठमाडौ,२१वैशाख ।नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ। सोमबार (वैशाख २१) जारी सूचनाअनुसार मंगलबार (वैशाख २२) हुने नेपाल र ओमानबीचको खेलका लागि प्रतिटिकट २०० रुपैयाँ कायम गरिएको छ। यसअघि टिकट मूल्य ४०० रुपैयाँ रहेको थियो।

लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकसहित सातौँ स्थानमा रहेको छ। नेपालले हालसम्म सात खेलमा जित निकाल्दा १४ खेलमा हार बेहोरेको छ भने दुई खेल रद्द भएका थिए।

यसैबीच, मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखलाका लागि पनि क्यानले प्रतिटिकट २०० रुपैयाँ नै तोकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुबईमा अलपत्र परेकी युवतीको उद्दार

   बैशाख २१, २०८३       admin

काठमाडौ,२१ वैशाख । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि यूएई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अनेकौँ दुःख, यातना र ठगीको शिकार बनेर अन्ततः स्वदेश फर्किएकी छन्।

घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिताले घरधनीबाट सहन नसकिने मानसिक यातना भोग्नुपरेपछि त्यहाँबाट भाग्न बाध्य भएकी थिइन्। तर, घरबाट भागेपछि सहयोग पाउने आशामा परेकी उनी उल्टै नक्कली संस्थाको ठगी जालमा फसिन्।

घर छोडेपछि तीन दिनसम्म खुला आकाशमुनि भोकै बस्नुपरेकी रमितालाई केही व्यक्तिहरूले आफूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि भन्दै सम्पर्क गरेका थिए। उनीहरूले नेपाल फर्काइदिने र कानुनी प्रक्रिया मिलाइदिने बहानामा रमिताको परिवारबाट १ लाख ४० हजार रुपैयाँ असुलेका थिए।

नक्कली एनआरएनएको आवरणमा ठगी गर्ने ती समूहले उनलाई झन्डै १९ महिनासम्म झुलाएर राखेको एनआरएनएका केन्द्रीय उपाध्यक्ष मनोज गोर्खालीले बताएका छन्। उनीहरूले नक्कली टिकट र कागजात बनाएर पटक–पटक एयरपोर्ट पुर्‍याएर फर्काउने गर्दै रमितामाथि थप मानसिक यातना दिएका थिए।

लामो समयसम्म न घरको न घाटको अवस्थामा रहेकी रमिता अन्ततः वास्तविक गैरआवासीय नेपाली संघ (यूएई) को सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि एनआरएनए यूएईले सक्रियता देखाउँदै केवल ११ दिनमै उनको सम्पूर्ण कानुनी तथा कागजी प्रक्रिया पूरा गरिदिएको थियो।

रमितालाई सुरक्षित रूपमा स्वदेश फर्काउन एनआरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, सचिव सबिन योन्जन, सदस्य विजय श्रेष्ठ तथा सिन्धुपाल्चोक तामाङ समाजका महासचिव राम तामाङले महत्वपूर्ण भूमिका खेलेका थिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदूरपश्चिममा चार घण्टादेखि निरन्तर वर्षा

   बैशाख २१, २०८३       admin

काठमाडौ,२१ वैशाख । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। बिहान करिब ५ बजेदेखि सुरु भएको पानी अझै जारी रहेको छ भने कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ।

निरन्तर वर्षाका कारण खेतबारीमा पानी जम्न थालेको छ भने मौसममा चिसोपन पनि बढेको स्थानीयले महसुस गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। हाल प्रदेशभरि पूर्ण रूपमा बदली लागेको अवस्था रहेको छ।

महाशाखाका अनुसार कोशी, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र तथा देशका हिमाली भू–भागमा पनि बदली रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले बताएका छन्। साथै दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाले पनि मौसम प्रभावित भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

   बैशाख २१, २०८३       admin

काठमाडौ,२१ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुने तय भएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा पार्टीले सञ्चालन गरेको एक महिने ‘जरा अभियान’ र क्रियाशील सदस्यता अद्यावधिकको विषयमा मुख्य रूपमा छलफल हुने जनाइएको छ।

साथै, देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक एकता र संगठन व्यवस्थापनका विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चर्चित ८ तले घर मालिक चाम्लिङ पक्राउ : हातहतियारजन्य सामग्री बरामद

   बैशाख २०, २०८३       admin

काठमाडौ,२०वैशाख। सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएको ८ तले घरका मालिक इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट तथा हतियारजस्ता देखिने सामग्री फेला परेका छन्। ती सामग्रीबारे अनुसन्धान तथा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भने चाम्लिङलाई बरामद सामग्रीबारे सोधबुझ र कागज गराउने प्रयोजनका लागि बोलाइएको बताएका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बोक्सीको आरोपमा पुर्व जनप्रतिनिधिलाई मलमूत्र खुवाइयो

   बैशाख २०, २०८३       admin

काठमाडौ,२० वैशाख । बोक्सीको आरोप लगाउदै एक महिलामाथि अमानवीय गरिएको छ। रौतहटको कटहरिया नगरपालिका–९ मा बोक्सीको आरोप लगाउँदै ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई केही स्थानीयले जबर्जस्ती मानव मल मूत्र खुवाएको आरोप लागेको छ।

घटनाका अनुसार छिमेकी पुकार माझीको घरमा विवाहका लागि आएका जन्तीमा सहभागी एक १० वर्षीय बालक बिरामी भएपछि उनलाई जादू टुना गरेको आरोप लगाइएको थियो।

शनिबार साँझ करिब २० जनाको समूह अंकलियाको घरमा प्रवेश गरी कुटपिट गर्दै बियरको बोतलमा मल मूत्र घोलेर जबर्जस्ती खुवाएको पीडित पक्षले जनाएको छ।

पीडिताकी छोरी सुमिला देवीका अनुसार घरमै बसिरहेका आमा छोरीमाथि एक्कासी आक्रमण गरिएको हो।

घटनामा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साहलगायत एक दर्जनभन्दा बढी व्यक्तिको संलग्नता रहेको आरोप लगाइएको छ।

घटनापछि नेपाल प्रहरीको टोलीले अचेत अवस्थामा रहेकी महिलालाई उद्धार गरी उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आरोपीहरूलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि समेत अवरोध र आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ। स्थिति केहीबेर तनावपूर्ण बनेपछि थप सुरक्षा सतर्कता अपनाइएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यका अनुसार घटनाबारे गहन अनुसन्धान भइरहेको छ र दोषीमाथि कानुनी कारबाही गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लैंगिक हिंसाका घटनाबारे तत्काल सरकारलाई खबर गर्न आग्रह

   बैशाख २०, २०८३       admin

काठमाडौ,२० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा आएका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै महिला तथा किशोरीमाथि हुने शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेको छ। दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

संविधानले प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयनका लागि सचेतनामूलक अभियानसँगै संरक्षण र पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
हिंसामा परेका वा जानकारी पाएका व्यक्तिले सहज रूपमा सहयोग पाउन विभिन्न निःशुल्क हेल्पलाइन सञ्चालनमा ल्याइएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ’ ११४५, बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलासका लागि १०४ नम्बरमा फोन गर्न सकिन्छ।
त्यसैगरी स्वास्थ्य उपचार र कानुनी सहायताका लागि देशभरका अस्पतालमा रहेका एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) तथा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

पीडितको पहुँच सहज बनाउन ह्वाट्सएप नम्बर ९८५१३११११२ र इमेलमार्फत पनि जानकारी दिन सकिने व्यवस्था गरिएको छ। साथै, हिंसा प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरता अभिवृद्धिका लागि सीप विकास कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।

लैङ्गिक हिंसा मुक्त समाज निर्माण राज्य मात्र होइन, परिवार, समुदाय, निजी क्षेत्र र सञ्चार माध्यम सबैको साझा दायित्व भएको भन्दै मन्त्रालयले सहकार्यका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वर्तमान सरकार विवेकहीन: सिके राउत

   बैशाख २०, २०८३       admin

काठमाडौ,२० वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई कार्यशैली तत्काल सच्याउन चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विकासलाई केवल सडक र पूर्वाधारमा सीमित नगरी नागरिकको गाँस, बास र आधारभूत आवश्यकतासँग जोड्नुपर्ने बताएका छन्।

राउतले वर्तमान नेतृत्वलाई लोकप्रियतावादी र विवेकहीन भन्दै सामाजिक सञ्जालको लाइक–कमेण्टका आधारमा निर्णय लिइँदा मानवीय संवेदना कमजोर हुने टिप्पणी गरेका छन्।

डोजर प्रयोगमार्फत भइरहेको संरचना हटाउने कार्यप्रति आपत्ति जनाउँदै उनले यस्तो कदमले सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको बताएका छन्।

उनले सत्ता र प्रभावको भरमा आफूलाई जनताभन्दा माथि ठान्ने भ्रम नपाल्न आग्रह गर्दै शक्तिको अहंकार खतरनाक हुने चेतावनी दिएका छन्। निर्णय गर्दा ‘गोल्डेन रुल’ अपनाउन सुझाव दिँदै पीडितको ठाउँमा आफूलाई राखेर सोच्न सरकारलाई आग्रह गरेका छन्।

राउतले उदाहरण दिँदै अन्य देशमा नागरिकका लागि राज्यले संवेदनशील व्यवहार गर्ने गरेको उल्लेख गरे पनि नेपालमा भने नागरिक नै पीडित बन्ने अवस्था देखिएको बताएका छन्।

राज्य भनेको केवल जमिन नभई जनता भएको र सरकार जनताको सेवक भएको स्मरण गराउँदै उनले सरकार समयमै सचेत नभए भविष्यमा राज्यप्रति नकारात्मक धारणा बन्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भालुवाङ–प्युठान सडक पहिरोले अवरुद्ध

   बैशाख २०, २०८३       admin

दाङ,२०वैशाख । पहिरोका कारण भालुवाङ–प्युठान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सरुमारानी गाउँपालिका–४ खहरे खोलामा आइतबार बिहान करिब ५ बजेतिर परेको वर्षापछि माथिबाट माटो र ढुङ्गासहितको पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण उक्त सडक हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रुहरू बीचमै रोकिएका छन् भने स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।

प्रहरीका अनुसार सडक खुलाउने प्रयासका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। मौसममा सुधार आएपछि पहिरो हटाउने काम तीव्र पारेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अष्ट्रेलियामा तीनजनाको हत्या

   बैशाख २०, २०८३       admin

काठमाडौ,२० वैशाख ।अस्ट्रेलियाको सिड्नीस्थित दक्षिणपश्चिम क्षेत्रमा एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर टाढा रहेको रोजमेडो क्षेत्रमा घटना भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुग्दा करिब ६० वर्षकी महिला र २० वर्षका एक पुरुष मृत अवस्थामा भेटिएका थिए। गम्भीर घाइते भएका ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology