सुकुम्बासीमाथिको डोजर आतंक बन्द गर: नेकपा माओवादी दाङ

   बैशाख २०, २०८३       admin

दाङ, २० वैशाख। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर आतंकको विरोध गरेको छ।पार्टीको जिल्ला समितिले जारी गरेको वक्तव्यमा वैकल्पिक व्यवस्था नगरी घर भत्काउने कार्यले न्यूनतम मानवीय अधिकारसमेत उल्लङ्घन गरेको आरोप लगाइएको छ।

देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रम बढ्दै गएको र त्यसकै प्रभाव दाङमा पनि पर्ने भन्दै सर्वसाधारणमा त्रास फैलिएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा नागरिकहरू आफ्नो बसोबास जोगाउन संघर्षमा उत्रिन बाध्य हुने स्थिति आएको पार्टीको भनाइ छ।

पार्टीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा गरिब किसानको जमिन र आवास सुनिश्चित नगरी कुनै पनि बहानामा जबर्जस्ती विस्थापन नगर्न सरकारलाई चेतावनी दिएको छ।

साथै, लामो समयदेखि भोगचलन गर्दै आएका जग्गामा प्रमाणका आधारमा स्वामित्व दिनुपर्ने माग पनि गरिएको छ। स्थानीय सरकारलाई सुकुम्बासीको पक्षमा उभिन आग्रह गर्दै पार्टीले उनीहरूको न्यायपूर्ण संघर्षमा पूर्ण समर्थन रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन घट्यो, चाँदीको भाउ बढ्यो

   बैशाख २०, २०८३       admin

दाङ,२० वैशाख । नेपाली बजारमा आइतबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार रुपैयाँले घटेको हो भने चाँदी ६५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार छापावाल सुन २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उतारचढाव देखिएको छ।

आज एक औँस सुन ४ हजार ७५० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पत्रकार महासंघ दाङको २३ औं साधारणसभा सम्पन्न

   बैशाख १, २०८३       admin

दाङ,१९ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ वार्षिक साधारण सभा तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितालाई बलियो बनाउन सञ्चारकर्मी आफैँ सुधारिनु पर्ने बताएका छन्।

उनले अरूलाई खबरदारी गर्नुभन्दा अघि आफूभित्र सुधार ल्याउनुपर्ने, सहने र ग्रहण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनले पछिल्लो समय प्रेसमाथिको दबाब क्रमशः घट्दै गएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा र सुदृढीकरणका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए। साथै लोकतान्त्रिक मूल्य–मान्यतामाथि हुने प्रहारबारे जनतालाई स्पष्ट सूचना दिनु पत्रकारको दायित्व भएको उनको भनाइ थियो।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव सविन प्रियासनले राज्यका केही नीति मिडियामैत्री नभएको भन्दै त्यसविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताए। उनले राज्यबाट विज्ञापन वा सूचना नपाए पनि पत्रकारिता नरोकिने र आवश्यक परे सामाजिक सञ्जालमार्फत पनि काम गर्न सकिने धारणा राखे।

अन्य वक्ताहरूले पत्रकारिता क्षेत्र जोगाउन आपसी एकता, सहकार्य र निष्पक्ष अभ्यास आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा सचिव जे.एन. सागरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै पत्रकार महिलाका लागि “सुरक्षा नीति २०८२” सुशीला आचार्यले प्रस्तुत गरेकी थिइन्।

सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ओपेन्द्र बस्नेतले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष नारायणी रजौरेले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोल्पा दुर्घटनाः सडक सुरक्षा सुधारमा सरकार गम्भीर

   बैशाख १, २०८३       admin
sanghiya

काठमाडौ,१९ वैशाख । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा गत बिहीबार भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनापछि सरकारले यस्तो प्रतिबद्धता जनाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, दुर्घटनाको कारण पत्ता लगाउन गठित छानबिन समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने स्पष्ट पारेको छ।

दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गृह मन्त्रालयले समिति गठन गरेको हो। उक्त समितिमा प्राविधिक तथा सुरक्षा निकायका प्रतिनिधिहरू समावेश गरिएको जनाइएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको कार्यावधि शनिबार सकिँदैछ। समितिले दुर्घटनाको कारण, सडकको अवस्था, सवारीको प्राविधिक पक्ष, चालकको अवस्था तथा सम्भावित मानवीय त्रुटिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ।

सरकारले सडक दुर्घटनालाई केवल घटनामात्र नभई नागरिकको जीवन, परिवारको भविष्य र सामाजिक सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयका रूपमा लिएको जनाएको छ। त्यसैले आगामी दिनमा सडकको मर्मत, सवारी साधनको प्राविधिक जाँच, चालकको योग्यता तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनमा जोड दिइने उल्लेख गरिएको छ।

विज्ञप्तिमा सडक सुरक्षासम्बन्धी दीर्घकालीन सुधारका लागि सम्बन्धित सबै निकायबीच समन्वय बढाइने, जोखिमयुक्त सडकखण्डहरूको पहिचान गरी सुधार गरिने तथा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चालिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि र अमेरिकी दूत गोरबीच भेटवार्ता

   बैशाख १, २०८३       admin

काठमाडौ,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान लामिछानेको निजी निवासमा भएको भेटमा अमेरिका–नेपाल साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।

भेटका क्रममा उनले नेपालमा नयाँ सरकारले परिवर्तनका लागि जनादेश पाएको र सुधारका प्रयासहरू आशाजनक रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य गर्न अमेरिका उत्साहित रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका गोरले यसअघि शिशिर खनाल र स्वर्णिम वाग्लेसँग समेत भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी कार्यालय परिसरभित्र ८६ बम फेला

   बैशाख १, २०८३       admin

दाङ,१९ वैशाख । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्रै ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालयको कम्पाउण्डमा भवन निर्माणका लागि जग खन्ने क्रममा पहिलोपटक बुधबार दिउँसो शङ्कास्पद वस्तु देखिएको थियो। त्यसपछि उत्खनन कार्यलाई निरन्तरता दिँदा शनिबार बिहानसम्म जम्मा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्। यससँगै घटनास्थलबाट करिब ५०० ग्राम विस्फोटक पदार्थ, करिब २ केजी बम निर्माणमा प्रयोग हुने सामग्री, ७ थान रेडियो वेभ उपकरण र १० मिटर फायरिङ केबलसमेत बरामद भएको छ।

घटनापछि तत्कालै नेपाली सेनासँग समन्वय गरी प्रहरीको टोली परिचालन गरिएको थियो। पछि सेनाको बम डिस्पोजल तथा इन्जिनियर टोलीसमेत घटनास्थलमा खटाइएको छ। अहिले संयुक्त रूपमा सबै विस्फोटक सामग्री सुरक्षित रूपमा निष्क्रिय पार्ने काम भइरहेको छ।

प्रहरीका अनुसार बम फेला परेको क्षेत्र लामो समयदेखि प्रयोगमा रहे पनि जमिनमुनि लुकाइएका यस्ता सामग्रीबारे जानकारी थिएन। प्रारम्भिक अनुमानमा यी विस्फोटक सामग्री सशस्त्र द्वन्द्वकालमा लुकाइएका हुन सक्ने देखिएको छ।
प्रहरी कार्यालय परिसरमै यति ठूलो परिमाणमा बम फेला पर्नुले सुरक्षा व्यवस्थापन र पुराना द्वन्द्वकालीन सामग्रीको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अहिले उक्त क्षेत्रमा थप उत्खनन तथा निगरानी बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

व्यवसायी रिजालले गरे कांग्रेस परित्याग

   बैशाख १, २०८३       admin

दाङ,१९ वैशाख । नेपाली कांग्रेसका क्रियाशिल नेता तथा व्यवसायी विमल रिजालले पार्टी परित्याग गरेका छन् ।

तुलसीपुर–५ निवासी तथा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रिजालले सक्रिय सदस्यता सहित पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

उनले बैशाख १६ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ३का सभापतिलाई पत्र लेख्दै व्यक्तिगत व्यावसायिक कारणले पार्टी छोडेको जनाएका छन्।

रिजालले पार्टीमा रहँदा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै उनले तुलसीपुर क्षेत्रमा सामाजिक अभियानमा समेत सक्रिय भूमिका खेल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनका घाइतेहरुको विवरण सावर्जनिक

   बैशाख १८, २०८३       admin

काठमाडौ,१८ वैशाख । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले पछिल्लो पटक २२ जनाको नाम थप्दै सूचीकृत प्रक्रिया पूरा गरेको जनाएको छ।

केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार प्राप्त २५० जनाको विवरणमध्ये मन्त्रालयको मापदण्डअनुसार २२ जनामात्रै प्रमाणीकरण गरी सूचीकृत गरिएको हो। यससँगै जेनजी आन्दोलनमा घाइतेको कुल संख्या २ हजार ६६० पुगेको छ। तीमध्ये देशभरिका ९९ अस्पतालमा उपचार भएको विवरण छ।

मन्त्रालयले अस्पतालको अभिलेख र प्रमाणीकरणका आधारमा मात्र नाम समावेश गरेको जनाएको छ। नयाँ सूचीकृत नामहरू गृह मन्त्रालयमा पठाइएको छ। जेनजी आन्दोलनका घाइतेहरूले अध्ययन कोटा, रोजगारी र उपचारमा सुविधा पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुकुम्बासी आन्दोलनः रास्वपा सांसदलाई जिल्ला प्रवेशमा रोक

   बैशाख १८, २०८३       admin

दाङ,१८वैशाख । दाङका सुकुम्बासीहरू आन्दोलित बनेका छन्। सरकारले उचित विकल्प र व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउन थालिएको भन्दै सुकम्बासीहरु आन्दोलित बनेका हुन् ।

सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा डोजर चलाएर बस्ती हटाउन थालेपछि त्यसको प्रभाव दाङसम्म परेको हो। घोराही र तुलसीपुरका सुकुम्बासी संगठनहरूले बैठक गर्दै सरकारको कदमको कडा विरोध गरेका छन्।

आन्दोलनका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने निर्णयसमेत गरेका छन्। प्रदर्शनकारीहरूले “बालेन सरकार मुर्दावाद”, “विकासका नाममा विस्थापन बन्द गर”, “गरिबी हटाउ गरिब होइन” जस्ता नारा लगाउँदै घोराही र तुलसीपुरमा प्रदर्शन गरेका छन्।

हामी भूमिहीन अव्यवस्थित सुकुम्बासी अभियानका संयोजक हरिश गिरीले आफूहरूलाई ‘हुकुमवासी’को आरोप लगाइएकोमा आपत्ति जनाउँदै ३३ वर्षदेखि ऐलानी जग्गामा बस्दै आएको बताए। डोजर चलाइए घरबारविहीन हुने उनको भनाइ छ।

त्यस्तै, सुकुम्बासी लिला विकले चुनावका बेला सुकुम्बासी बस्तीमा डोजर नचल्ने आश्वासन दिइए पनि अहिले उल्टै विस्थापन सुरु गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

दाङमा सुकुम्बासी र राजनीतिक दलका कार्यकर्ताबीच तनाव बढ्न सक्ने देखिएपछि प्रशासनले अवस्था निगरानीमा राखेको छ। सुकुम्बासीहरूले ‘विकल्पबिनाको विस्थापन स्वीकार्य छैन’ भन्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोल्पा जिप दुर्घटनाः मृत्यु भएका सबैको सनाखत

   बैशाख १८, २०८३       admin

दाङ,१८वैशाख । रोल्पमा जिप दुर्घटनामा परेर मृत्यु भएका २० जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुर्घटनामा जिप चालकसहित २० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना मात्र जीवित रहेका छन्। जीवित रहेका समीर कामीले जिप दुर्घटना हुनुअघि छतबाट हाम फालेर ज्यान जोगाएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन्।

त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्।

त्यस्तै, दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने—५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने—५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका—५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन्।

रुकुम पूर्वबाट थवाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो करिब ३ बजे करिब ८०० मिटर तल भिरमा खसेको थियो। जिपमा चालकसहित २१ जना सवार थिए। प्रहरीका अनुसार कच्ची तथा चिप्लो सडक, लगातार वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

दुर्घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको हो। मृतकहरू वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जाँदै गरेका तीर्थयात्री रहेको जनाइएको छ।

यसैबीच, गृह मन्त्रालयले दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ। यादव ढकालको संयोजकत्वमा बनेको समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology